Friday, September 20, 2013

मखं ज्यापु कुमारी ३०० बर्षको अवसरमा र्‍याली

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013

मखं ज्यापु कुमारी ३०० बर्षको अवसरमा र्‍याली



मखं ज्यापु गुथिको आयोजनामा १००८ कुमारी पुजाको आयोजना गरिएको छ । कुमारी परम्परा नेवार समुदायको आˆनै मौलिक परम्परा हो । नेवार समाजमा इहि नभएकी कन्या केटीलाई कुमारी भनेर पूजा गर्ने प्राचिनकालदेखि नै चल्दै आइरहेको छ । महायानी बौद्ध परम्परामा कुमारीलाई बज्रदेवी, बज्रजोगिनी, उग्रतारा, सरस्वती, बसुन्धरा, अजिमा आदि शक्ति देवीको रुपमा पुजा गरिन्छ भने हिन्दू परम्परामा तलेजु भवानीको रुपमा पूजा गरिन्छ । काठमाडौं हनुमान ढोकाको तलेजु भवानीको आमा भनेर चिनिने तानाबहालस्थित अजिमाको प्रतिकका रुपमा मखं ज्यापु कुमारीको स्थापना ने.सं. ८३३ भाद्र तृतियामा झंगल ठाकुर राजाबाट श्री ३ ताना देवताको नाममा मखं ज्यापु त्वाःगुथी खलक पुरखौकी कुमारी देवता गरी ताना देवताको आगम घरमा थापना गरी त्वाःगुठी थकाली एवं नाईके हाकुचा महर्जनलाई मोहर छाप गरी दिएको मल्लकालिन अभिलेखमा उल्लेख छ । बसन्तपुरकी शाक्य कुमारी ने.सं.८७७ भाद्र शुक्ल एकादशीका दिन स्थापना भएको देखिन्छ । यसरी मखं ज्यापु कुमारी शाक्य कुमारीभन्दा ४४ वर्ष अगाडि स्थापना भएको देखिन्छ ।

प्रकृति महर्जन हालको मखं ज्यापु कुमारी हुनुहुन्छ । मखं ज्यापु कुमारी ३०० वर्ष पुगेको अवसरमा भाद्र २३ गते आइतबार विहान मखन तारिणाीबहालबाट सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गरियो । भाद्र २५ गते मंगलबार विहान ८ बजे मखन तारिणीबहालदेखि हनुमान ढोका स्वेतभैरव सम्म १००८ कन्या कुमारी मखं ज्यापु कुमारीसागै बृहत कुमारी पूजा साथसाथै चांदीको सिक्का प्रकाशन गरि मनाइयो ।

No comments:

Post a Comment