Saturday, September 7, 2013

निर्वाचनको बाधक चार दलिय उच्चस्तरीय समिति—अशोक राई

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013
 
निर्वाचनको बाधक चार दलिय उच्चस्तरीय समिति—अशोक राई
 
हुम तमु 

दमौली भाद्र १४, सङ्घीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष अशोककुमार राईले निर्वाचनको बाधक चारदलिय उच्च स्तरीय समिति भएको आरोप लगाउनु भएको छ ।

तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा शुक्रवार आयोजित सङ्घीय समाजवादी पार्टी तनहुँको प्रथम जिल्ला भेलाको उद्घाटन गर्नुहुँदै अध्यक्ष राईले निर्वाचनको बाधक चार दलिय उच्चस्तरिय समितिको संवेदनाहिनता र गैरजिम्मेवारी भएको बताउनु भएको हो ।

चारदलिय समितिले वार्ताका लागि कुनै होमवर्क नै नगरी प्रस्तुत हुँदै आएकाले वार्ता सहमतिमा पुग्न नसकेको बताउनुहुँदै समस्या उच्चस्तरीय समिति हो, बैद्य नभएको उहाँको भनाई थियो ।

सहमतिमा पुग्न र निष्पक्ष निर्वाचनको लागि चारदलिय उच्चस्तरीय समिति भंग, रेग्मी सरकारको राजीनामा र सर्वदलिय सम्मेलनबाट निकास निस्कने दावी गर्नुहुँदै अहिले सम्मको वार्ता निष्कर्ष विहिन हुनुमा असन्तुष्टहरूको मागका बारेमा चारदलिय संयन्त्रको कुनै उत्तर नभएकाले सहमतिमा पुग्न नसकेको राईले बताउनु भयो । उहाँले भन्नुभयो हाम्रा मागका बारेमा होमवर्क गर्नुस अनि मात्र वार्तामा बस्छौं । अबको वार्तामा हुन्छ वा हुँदैन उत्तर आउने गरी वार्तामा बस्ने बताउनुहुँदै सहमति भए सँगै अघि बढ्छौ भएन भने प्रतिरोध आन्दोलन गर्ने चेतावनी दिनुभयो । निर्वाचनले समस्या समाधान हुनुपर्दछ, नयाँ द्वन्द्व निम्त्याउनु हुँदैन भन्नुहुँदै हामी निर्वाचन बहिस्कार गर्ने शक्ति होइन, मैदान छाडी कसैलाई एकलौटी हुन नदिने भए पनि निष्पक्ष निर्वाचनका लागि संघीय समाजवादी पार्टीेले प्रस्तुत गरेको मागको सम्बोधन हुनुपर्ने उहाँको भनाई थियो ।

यसैविच पार्टी संगठन एवं कार्यकर्ताको अहिलेका लागि तीन काम संगठन   विस्तार, सशक्त आन्दोलन र निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो । अध्यक्ष राईले जातिय चस्मा लगाएका वा दृष्टिभ्रम भएकाहरूले संघीय समाजवादी पार्टीलार्य जातिय पार्टीको आरोप लगाउने गरेको बताउनुभयो । पहिचान विरोधीले संविधानसभा भंग गरेर मुलुकलाई संकटग्रस्त बनाएकाले राजनीतिक समस्या समाधान, मुलुकको सामाजिक, आर्थिक, धार्मिक, जातिय उत्पीडन अन्त्यका लागि संघीय समाजवादी पार्टी गठन भएको      हो । पुराना दलहरू सक्षम भए संविधान जारी गर्थे, आफ्नै नेतृत्वमा निर्वाचन गथ्र्यो किन चुनावी सरकार गठन गर्नु पर्नेथ्यो, समानुपातिक सिट ३३५ घटाउन पाईंदैन, उच्चस्तरीय समितिको निर्णयमा चल्ने खिलराज रेग्मीको सरकारले कसरी स्वच्छ स्वतन्त्र निर्वाचन गर्न सक्छ उहाँको आशंका थियो ।

कार्यक्रमका विशिष्ट अतिथि सङ्घीय समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष मोहम्मद रिजवन अन्सारीले नक्कली लोकतन्त्रवादी र कम्युनिष्टहरूले मुलुकलाई असफल बनाउँदै गएकाले फाइनल गेम खेल्नका लागि पार्टीका कार्यकर्तालाई तयारीमा जुट्न आग्रह गर्नुभयो । उहाँले एक टोल एक संगठन निर्माण गर्दै पहिचानको पक्षमा जनतालाई संघर्षरत बनाउनु पर्नेमा जोड दिनुभयो । विगतमा हरुवाहरूले संविधानसभामा निर्णायक भुमिका खेलेकाले संविधानसभा नै भंग गर्ने अपराध गरेकाले जनताले संविधानसभाका हत्यारालाई कारवाही गर्ने बताउनुभयो ।

संघीय समाजवादी पार्टीले जातिय  राज्य नभई जातिय पहिचानको राज्यको माग गरेको स्पष्ट पार्नुहुँदै मुलुकलाई      पुराना अक्षम दलहरूले संकटग्रस्त बनाएकाले अव सानोतिनो औषधी वा सिटामोलले समस्या समाधान नहुने भएकाले संघीय समाजवादी पार्टी एन्टीवायोटिकको रुपमा गठन भएको दावी गर्नुभयो । कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य अधिवक्ता सुरेन्द्र थापामगरले असफल पुराना पार्टीहरूबाट कुनै आशा नगर्न आग्रह गर्नुहुँदै पुराना दलहरूबाट जनताको अधिकारको अपेक्षा गर्नु भनेको थारो भैंसीबाट दूध र चिलाउनेको रुखबाट स्याउ फल्छ भन्नु जस्तै भउको कटाक्ष गर्नुभयो । कार्यक्रममा एमाओवादी, नेपाली काँग्रेस र एमाले पार्टी परित्याग गरी संघीय समाजवादीमा प्रवेश गरेका थिए ।

जिल्ला भेला आयोजक समितिका संयोजक सुवेदार सुकवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नवप्रवेशी सिआई हिरध्वज गुरुङ, केन्द्रीय अनुशासन विभागका सदस्य सोम नेपाली, पार्टीका नवलपरासी अध्यक्ष छविलाल थापामगर, हरिसिंह गुरुङ, रजाक मिया, सिद्धान्त थापा, लोककुमार गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम संचालन मणिराज गुरुङले गर्नुभएको थियो ।

यस अघि भेलाको कार्यक्रमका प्रमुख अतिथि संघीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । भेला अघि सफा सडकबाट सुरु भएको ¥याली शहरको विभिन्न भाग परिक्रमा गरी जिल्ला विकास समितिको प्रांगणमा पुगी समारोहमा परिणत भएको थियो ।

भेलाले हरिसिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय संघीय समाजवादी पार्टी तनहुँ गठन गरेको छ । समितिको सचिवमा कृष्णवहादुर गुरुङ, उपसचिवमा कान्छीमाया तामाङ, सदस्यहरूमा चेतवहादुर दराई, गणेश खाती, रेखबहादेर थापा, लोककुमार गुरुङ, शारदा कुमाल, रेशम भुजेल, कर्णवहादुर भुजेल, डम्बरसिंह गुरुङ र बसन्त बराल विक रहेको भेला आयोजक समितिका संयोजक सुवेदार सुकवहादुर गुरुङले घोषणा गर्नुभयो ।

यसरी नै भेलाले सिद्धान्त थापामगरको अध्यक्षतामा संघीय युवा संघ तनहुँ गठन गरेको छ । समितिमा अमरदिप हाडा उपाध्यक्ष, मण्रिाज गुरुङ  सचिव, लोकेन्द्र गुरुङ सहसचिव, कोषाध्यक्षमा कल्पना गुरुङ र सहकोषाध्यक्षमा शेरवहादुर बोटे रहनु भएको छ भने सदस्यहरूमा ज्ञानेन्द्र गुरुङ, राम गुरुङ, मेखवहादुर सारुमगर, कर्ण गुरुङ, सुकवहादुर गुरुङ, सुरज गुरुङ, धिरेन गुरुङ, अम्मर थापा र बसन्तकुमार बराल चयन हुनुभएको नवनिर्वाचित पार्टी अध्यक्ष हरिसिंह गुरुङले घोषणा गर्नुभयो ।

यसैगरी भेलामा अग्रगामी विद्यार्थी युनियन तनहुँ तदर्थ समिति पार्टीका तनहुँ अध्यक्ष हरिसिंह गुरुङले घोषणा गर्नुभयो । युनियनको अध्यक्षमा भरत गुरुङ, उपाध्यक्षमा विषम भुजेल, सचिवमा शिव श्रेष्ठ, सहसचिवमा भानु सुब्बा, कोषाध्यक्ष रोशन थापा र सदस्यहरूमा खेम थापा, विपिन राना, नविन थापा, पुष्प गुरुङ, शिला गुरुङ, सुष्मा गुरुङ र सुवर्ण गुरुङ रहनुभएको छ ।

No comments:

Post a Comment