Saturday, September 7, 2013

योग साधना समाजको छैठौं वार्षिकोत्सव

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013
 
योग साधना समाजको छैठौं वार्षिकोत्सव

कीर्तिपुर सन्देश, कीर्तिपुर


हरेक विहान त्रिभुवन विश्व विद्यालयको गान्धी भवन अगाडिको चौरमा योग साधना चलाउँदै आइरहेको योग साधना समाज कीर्तिपुरले गत भाद्र १५ गते एक समारोहका विच छैठौं वार्षिकोत्सव मनाईयो ।

समाजका अध्यक्ष रामकृष्ण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि हरिशंकर योगीले पानसमा दीप प्रज्वलन गरी उट्घाटन गर्नु भएको थियो ।

उहाँले आफ्नो मन्तव्य दिनेक्रममा, “स्वास्थ्य नै मानव जीवनको धन हो, स्वस्थ मानिसको विचार स्वस्थ हुन्छ, स्वस्थ मानिस कर्मशील हुन्छ । रोग लागेपछि औषधी गर्नुभन्दा रोग लाग्नै नदिने प्रयास गर्नु पर्छ । स्वास्थ्य स्वस्थ हुनको लागि व्यायामको आवश्यक पर्छ । दिनहुँ विहान योग गर्दा विभिन्न   रोग लाग्नबाट बच्न सकिन्छ ।

मणिकाजी विष्टद्वारा संचालित उक्त कार्यक्रममा लीलान्द योगी, पद्म लाल महर्जन विमला ढकाल लगायतको उपस्थिति रहेका थिए ।

गत भाद्र ८ गते भएको रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरू पुरुष ७३ र महिला ८ जनालाई प्रमाण पत्र वितरण गरिएको थियो ।

No comments:

Post a Comment