Saturday, September 7, 2013

सङ्घीय समाजवादी पार्टीको विरोध प्रदर्शन

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013
 
सङ्घीय समाजवादी पार्टीको विरोध प्रदर्शन

संघीय समाजवादी पार्टी नेपालले चारदलिय सिन्डिकेट विरुद्ध विरोध प्रदर्शन सुरु गरेको छ । शनिवार भक्तपुरको दुधपाटीदेखि च्यामासिंम्हासम्म कालोझण्डा लिएर नारा, जुलुससहित प्रदर्शन गरेको हो । आफ्नो पाँच बुँदे माग सम्बोधन नगरेसम्म देशव्यापी विरोध जारी राख्ने उक्त पार्टीले जनाएको छ । उक्त पार्टीले २५ बुँदे आदेश र ११ बुँदे सहमति खारेज हुनुपर्ने, उच्चस्तरीय राजनीतिक समिति विघटन गरी सर्वदलीय सम्मेलन बन्नुपर्ने, संविधानसभाको सिट संख्या ६०१ यथावत हुनुपर्ने, विदेशमा रहेका नेपालीलाई मताधिकार दिइनु पर्नेलगायतका माग राख्दै आएको छ । उसको मागलाई लिएर चुनावी सरकारसित पटक(पटक निष्कर्षहीन वार्ता बसेको थियो भने पछिल्लो पटक उच्चस्तरीय राजनीतिक समितिले पाँचौं पटक वार्तामा बोलाए पनि कुनै टुँगोमा पुग्न सकेको छैन ।

विरोध सभालाई सम्बोधन गर्दै पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले उच्चस्तरीय राजनीतिक समितिले आफ्ना मागप्रति गम्भीरता नदेखाए मंसिरमा हुने भनिएको चुनावमा सहभागी नहुने चेतावनी दिए । “यो उच्चस्तरीय भनिएको समिति गैरसंवैधानिक छ” उनले भने, “हामीले संविधान अनुकुल काम गर मात्र भनेका हौं । यदि हाम्रा मागलाई वेवास्ता गरेमा मंसिरमा हुने भनिएको चुनावलाई सशक्त बहिस्कारमा उत्रिन बाध्य हुनेछौं ।”

आगामी चुनावमा सहभागी हुनका निम्ति संघीय समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भई चुनाव चिन्हसमेत पाइसकेको छ । पार्टीका जिल्ला अध्यक्ष तथा नेवाः प्रदेश संघर्ष समितिका संयोजक कृष्णवहादुर घजुले चारदलीय संयन्त्रविरुद्ध चरणवद्ध विरोध जारी रहने बताए ।

No comments:

Post a Comment