Sunday, August 31, 2025

सिद्धान्त र राजनीति

 सिद्धान्त र राजनीति



नवराज अधिकारी

नेपालमा राजनीतिक दलहरु पहिले औंलामा गन्न सकिने अवस्थामा थियो । सरकार पक्ष र विपक्ष गरी २÷४ वटा मात्र थियो । अहिले २०४६ पश्चात पहिले भन्दा ४ गुणा बढी दलहरु छन् । जुनबेला नागरिकहरूमा राजनैतिक दल बिना जुनकुनै कामपनि सम्भव नहुने भ्रममा पारेर “भेडी गोठको गोठालो” जस्तै एकोहोरो बनाइदिए । आफ्नो लागि दुहुनो गाई बनाए जनताहरुलाई प्रत्येक निर्वाचनमा खोक्रो आश्वासन मात्रै दिने । त्यही जनताहरुलाई केही आपद विपद् पर्दा तिनै नेताहरू हास्यास्पद रूपमा प्रस्तुत हुन्छन् ।

नेपाली राजनीतिमा “जसको गाई उसको बन जसको भाई उसको धन” भन्ने भनाई यथार्थता साबित छ । राजनीतिमा लगनशील व्यक्तिहरू समाजसेवा र सत्कर्ममा तल्लीन रहनु पर्नेमा आफ्नो  परिवार, नाता गोता र आफन्तहरुलाई राम्रो आम्दानी हुने ठाउँमा पु¥याउने, नियुक्ति दिने र आफ्नो निजी स्वार्थको लागि के के गर्नु पर्ने हो गरेरै छाड्ने क्रियाकलाप गरिरहेका छन् । आफ्ना राजनीतिक दलका सिद्धान्त प्रतिबद्धता पत्र, घोषणा पत्र, पर्चा, पम्प्लेट र दलको विधानमा मात्रै सीमित छन्  । 

राजनीतिक दल भनेको एउटै विचारधारा, उद्देश्य र नीतिमा आधारित भइ राष्ट्रको शासन व्यवस्थामा सक्रिय सहभागिता जनाउने संगठित समूह हो । यी दलहरू लोकतान्त्रिक प्रणालीमा सरकार निर्माण गर्ने वा विपक्षको भूमिकाबाट नीतिगत हस्तक्षेप गर्ने माध्यम हुन् । राजनीतिक दलको मूल अवधारणा जनताको प्रतिनिधित्व गर्नु, जनताका हितमा नीति निर्माण गर्नु, र सत्ता प्रणालीमा स्थायित्व ल्याउनु हो ।

राजनीतिक दलहरूका सिद्धान्तहरू सामान्यतः तिनीहरूको विचारधारामा आधारित हुन्छन्—जस्तै लोकतन्त्र, समाजवाद, पुँजीवाद, राष्ट्रवाद, उदारवाद आदि । यी सिद्धान्तहरूले पार्टीको आर्थिक, सामाजिक र वैदेशिक नीतिमा प्रभाव पार्दछ । उदाहरण स्वरूप, समाजवादी दलले समानताको पक्षपोषण गर्छ भने पुँजीवादी दलले व्यक्तिगत स्वतन्त्रता र बजार अर्थतन्त्रलाई प्राथमिकता दिन्छन । राजनीतिक दलहरूले जनतालाई संगठित गर्ने, उनीहरूका आवाज सरकारसम्म  पु¥याउने, जनमत निर्माण गर्ने, र निर्वाचनमार्फत जनताबाट सत्ता प्राप्त गर्ने कार्य गर्छन् । साथै, सशक्त राजनीतिक दलहरूले राष्ट्र निर्माण, लोकतन्त्रको संस्थागत विकास, र जवाफदेहिताको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दछन् ।

          राजनीतिक दलहरु आ–आफ्नो दलगत सिद्धान्तहरु अहिलेसम्म परिवर्तन गर्न भनेर तल्लिन रूपमा लागिरहेको जनताहरुलाई  बताइ रहन्छन् तर यो सिद्धान्त पूरा हुने कहिले ? नेपाली कांग्रेस जुन सामाजिक लोकतन्त्र लोकतान्त्रिक समाजवाद हुँदै वि. पी.को सिद्धान्तमा आएर अड्किएको छ । नेकपा एमाले माक्र्सवाद लेनिनबाद हुँदै जबज(जनताको बहुदलीय जनवाद)को विचारधारा लागू गर्छौं भनेर कराइरहनु शिवाय अरु केही भएको छैन । नेकपा माओवादी केन्द्र साम्यवाद मालेमा बाद र प्रचण्डपथ वामपन्थी राष्ट्रवादको नारा लगाउँदै आएको बाहेक अरु केही छैन । निर्वाचन आयोगमा दर्ता भएको सम्पूर्ण राजनैतिक दलहरुको आ–आफ्नै सिद्धान्त र विचारधाराहरु छन् । यी सम्पूर्ण राजनैतिक दलहरुको विचारधारा र सिद्धान्त पूरा गर्न नसक्नुमा को जिम्मेवार ? दलीय स्वार्थ दलको प्रमुख बन्न होडबाजी गर्ने भन्दा जनताको चासो लिएर दलालको राजा बन्नुभन्दा जनताको सिपाही भएर बस्नु उत्तम छ । राजनीति पैसाको लागि होइन सेवाको लागि गर्नुहोस् तपाईहरुलाई जनताले पुत्ला बनाएर बोक्ने दिन नआओस् । तपाईहरुको लागि थालीमा फूल अक्षता बोकेर जय जयकार मनाउने दिन आओस् ।

       जनता जनार्दन राजनीतिक दलहरुको मुखमा सँधै गुञ्जिने आवाज समय अनुसार सार्थक होस् ताकि दिन दुःखी गरीबलाई दिन्छु नभनौं किनकि भोको पेटको आशामा सधै तपाईहरुकै प्रतीक्षा गरिरहेका छन् आफ्नो र परिवारको पेट पाल्न ती गरिबहरू चोके ब्याजदरमा पैसा ऋण लिएर विदेशमा काम गर्न भनेर दिनहुँ गइरहेका छन् । एयरपोर्टमा ती गरिब छोराछोरी, परिवार पाल्न भनेर जाँदाको पीडादायी दृश्य तपाईं महामहिम माननीयज्यूहरुले देखि रहनुभएकै छ । राजनैतिक दलका खोक्रा भाषण कतिदिन पत्याउनु  “बोलीले जलेको घाउ कहिल्यै निको हुँदैन” भनेको जस्तो अब पत्याउन छाडिसके तपाईंहरु मेरो कार्यकर्ता मेरो भोट भनेर हिसाब मिलाउनु हुन्छ । अब त्यो भोट कहिले सम्म ? नसोचे पनि हुन्छ । जनताले  तपाईहरुको राजनीति बुझिसके बगेको खोला कहिल्यै पनि फर्किदैन । ताकि तपाईहरु खोला आउनुभन्दा पहिल्यै सोच्नुस् नत्र खोलाको तल तिर फर्केर हेर्नु शिवाय अरु केही हुने छैन । घरमा भए भरको सम्पूर्ण सम्पति धितो राखेर आर्काको देशमा दिनरात पसिना बगाएर परिवारको भोको पेट पाल्न अहोरात्र खटि रहेका ती नेपाली दाजु भाईहरुको पीडा हेरौं । आफ्नो ज्यानको बाजी लगाएर विभिन्न देशमा भइरहेको युद्ध त्यसमा आफ्नै टाउको माथिबाट गएको मिसाइल कति खेर के हुने हो डर र त्रासको बिचमा बाँच्नु परेको छ  । भनिन्छ भोको पेटमा पटुकी कसेर कतिन्जेल बाँच्ने ! प्राण पखेरु छउन्जेल पापी पेटले नमान्दो रहेछ । तपाईं राजनैतिक दलहरुले  दलको सिद्धान्तहरू पालन गरी चुनावको बेलामा गरेको वाचा बन्धन स्मरण गर्नुहोस् अब जनताको घर दैलो जाँदा  उपलब्धि के लिएर जाने  ? कसरी जाने ? अबको घोषणा पत्र के बनाउने ? विचार गर्नुहोस् ! भगवान भएर पनि राम वनवास जानू प¥यो फेरि तपाईहरुको पनि पालो आउला ।


No comments:

Post a Comment