Monday, June 24, 2013

दोस्रो संविधानसभा चुनावका लागि प्रमुख दलहरुको ‘रिहलसल’ स्ववियु निर्वाचन भएको ‘खुलासा’

अंक ९४ ने. सं. ११३३ बछलाथ्व द्वादशी बुधवाः २०७० जेठ ८ गते  बुधवार May 22, 2013
दोस्रो संविधानसभा चुनावका लागि प्रमुख दलहरुको ‘रिहलसल’
स्ववियु निर्वाचन भएको ‘खुलासा’

चुनावको सवालमा सन्दर्भ—समाचार टिप्पणी

कीर्तिपुर सन्देश

संविधानसभाको दोसं्रो निर्वाचनवाट निकास दिने कुरा भन्न नछाड्ने तर चुनावका लागी आवश्यक ऐन बनाउन सहमति गरि नसकेका प्रमुख राजनीतिक दल एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले र मधेसी मोर्चाले जेठ २३ गते सम्म पर्खने भएको छ । 

वर्तमान खिलराज रेग्मीको नेतृत्वमा रहेको अन्तरिम चुनावी मन्त्रिपरिषद्ले तत्कालै चुनावको मिति घोषणा गर्न सक्ने अवस्था छैन । चार राजनीतिक शक्तिको सहमतिको आधारमा बनेको वर्तमान सरकारलाई चुनावको मिति घोषणा गर्नका लागी सबैभन्दा अप्ठयारो भइरहेको  कारण ती चार राजनीतिक दल नै अहिलेको अवस्थामा एक मत छैन । विशेष गरि थ्रेसहोल्ड, समानुपातिक प्रतिनिधित्व १० प्रतिशत घटाइ प्रस्ताव गरेको विषयमा फरक÷फरक मत आई सहमति हुन नसकिरहेको कारणले चुनावको मिति घोषणा गर्न ढिलाई भइरहेको कुरा स्पष्ट भइसकेको अवस्था छ । 

त्यसैगरि चार राजनीतिक शक्ति वीचको सहमति, थे्रेस होल्ड, समानुपातिक प्रतिनिधित्व लगायत विषयलाई लिएर अन्य राजनीतिक दलहरुले आन्दोलन गरिरहेका कारणले पनि संविधानसभा निर्वाचनको मिति घोषणा हुन नसकिरहेको हो भन्दा केहि फरक नर्पला । 

वर्तमान राजनीतिक परिस्थितिमा प्रमुख चार राजनीतिक शक्तिले आउदो जेठ २३ गते हुन गइरहेको कलेजको स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई रिहलसलको रुपमा लिन थालेका छन् । एमाओवादीका एक नेताले कीर्तिपुर सन्देश साप्ताहिकसंग कुरा गर्दै सो खुलासा गर्नु भएको हो । 

त्यसैगरि एक राजनीतिक विश्लेषकले स्ववियु निर्वाचनको रिजल्ट जस्तो ढंगबाट आउछ त्यसैको आधारमा संविधानसभाको निर्वाचको पनि नतिजा आउने भएकोले आवश्यक रणनीति तयार गरि अघि बढ्ने सोचका साथ नेताहरु लागीपरेको टिप्पणी गरेका छन् । उहाँले अहिलेको अवस्थामा संविधानसभा निर्वाचनको मिति घोषणा हुनुपर्ने माग गर्दै सडकमा भाषण गर्ने तर भीत्री रुपमा स्ववियु निर्वाचनलाई नै पर्खेर बसिरहेको समेत बताउनु भएको छ ।

यसैवीच स्ववियु निर्वाचनका लागी एमाओवादी र एमाले निकट विद्यार्थी संगठनको तर्फवाट अन्तिम समयमा रातीसम्म पनि नयाँ भर्ना गरेको कारण विवाद पनि चर्कर्दै गएको अवस्था छ । त्रिभूवन विश्व विद्यालय लगायतका विभिन्न क्याम्पसमा नेकपा—माओवादी लगायतका दलहरुले सो मुद्दालाई लिएर तालाबन्दी गर्ने कार्यलाई समेत तिब्रता दिएको । याथास्थितिमा संविधानसभाको चुनाव हुन नदिने घोषणा गर्दै आएको मोहन बैद्यको नेतृत्वमा रहेको माओवादीका विद्यार्थीहरुले तालाबन्दी गर्नुको अर्थ स्ववियु निर्वाचन पनि गर्न नदिने ढंगबाट अघि बढेको भन्न सकिने अवस्था छ । स्ववियु निर्वाचन सम्पन्न भयो भने चार राजनीतिक शक्तिको आडमा वर्तमान सरकाले संविधानसभाको निर्वाचन समेत पेलेर भएपनि गर्न सकिने कुरालाई ध्यानमा राखी आन्दोलनरत दलका विद्यार्थीहरुले अवैध रुपमा विद्यार्थी भर्ना गरेको आरोप लगाउदै नयाँ ढंगवाट स्ववियु निर्वाचन प्रभाव पार्ने किसिमको अभियान संचालन गरेको अवस्था छ । अतः जे जस्तो भएतापनि संविधानसभाको चुनावको लागि स्वनियु निर्वाचन रिहलसलको रुपमा राजनीतिक दलहरुले लिन थालेको कुरामा कसैको दुइमत छैन होला । 

No comments:

Post a Comment