Monday, June 24, 2013

जो छ नेता शक्तिशाली उही नेता महान नेता

अंक ९४ ने. सं. ११३३ बछलाथ्व द्वादशी बुधवाः २०७० जेठ ८ गते बुधवार May 22, 2013

कविता
 

जो छ नेता शक्तिशाली उही नेता महान नेता

राम महर्जन , की.न.पा. १६ नगाउँ

तेरो बाउ मेरो बाउ माछा मार्न गयो
टाउको जति एनेकपा माउवादीलाई
पुच्टर जति एमाले, कांग्रेसलाई
मध्य भाग जति लोकमानलाई ।।१।।
चाहे दात्रृनिकायले विरोध गरोस्
चाहे मानव अधिकारवादीले विरोध गरोस्
चाहे विद्यार्थी वर्गले विरोध गरोस्
शक्तिको सामु कस्को के लाग्छ ।।२।।
जो छ नेता शक्तिशाली  नेता
उही नेता महान नेता
दश वर्षे लडाईं त्यसै हो र ?
हिक्मत र बहादुरीले चलेको हो ।।३।।
    शुरुमा लुसुक्क हस्ताक्षर
पिछलग्गु भएर समर्थन गर्ने
पछिबाट आएर विरोध गर्ने
यो त लोक पत्याउने दाऊ मात्र हो ।।४।।
हवस हजुर सरकार छ“दैछ
इशारामा प्रशासन चल्दैगर्छ
कामरेड अनुकुल नभएसम्म
चुनाव पर सरेर के भो र ? ।।५।।

No comments:

Post a Comment