Sunday, November 10, 2013

संघीय समाजवादी पार्टीको विशाल मोटरसाइकल -याली

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013

संघीय समाजवादी पार्टीको विशाल मोटरसाइकल -याली 


संघीय समाजवादी पार्टी काठमाण्डौं क्षेत्र नं.३को आयोजनामा भएको विशाल मोटरसाईकल ¥याली सम्पन्न भएको छ । बौद्ध चुच्चेपाटीबाट शुरु भएको -याली गौशाला चावहिल बौद्ध, जोरपाटी, बेंसी गाउँ, गोकर्ण हुँदै सुन्दरजल र पुनः गोकर्ण हुँदै नारायणटार जोरपाटीबाट बौद्ध स्थित क्षेत्र नं.३ का संघीय समाजवादी पार्टी कार्यालय अगाडि समापन भएको थियो ।

¥यालीमा पार्टीका प्रत्यक्ष उम्मेदवार आङ्काजी शेर्पा, पार्टीका अन्य नेताहरू डा. गणेश योन्जन, नेपालजीत लामा, काठमाण्डौं क्षेत्र नं. ६ का उम्मेदवार केशव स्थापित लगायत अन्य नेताहरू थिए । दुई हजार भन्दा बढी मोटरसाईकल र अन्य सवारी साधनहरूको साथ सम्पन्न भएको यो -यालीको संयोजक रन्जन लामा बौद्धले गरेका हुन । ¥याली संगै विचमा कोण सभा गरि उम्मेदवार आङ्काजी शेर्पाले आफु उम्मेदवार हुनुको स्पष्ट धारणा त्यस क्षेत्रका जनतासामु राख्नु भएको थियो । -याली सफल बनाउन सयौंको संख्यामा रहेको संघिय भोलुन्टर्स फोर्सले स्वयमसेवकको भुमिका निर्वाह गरेका थिए ।

No comments:

Post a Comment