Sunday, November 10, 2013

एमालेका कार्यकर्ताद्वारा निर्वाचन बहसमा हातपात, पोखरेल मौन

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013

एमालेका कार्यकर्ताद्वारा निर्वाचन बहसमा हातपात, पोखरेल मौन

सुविन्द्र श्रेष्ठ 

आसन्न दोस्रो संविधानसभाको निर्वाचनलाई लक्षित गरी अन्नपुर्ण पोष्ट दैनिक पत्रिका हिमालयन टेलिभिजन र सगरमाथा रेडियोको संयुक्त आयोजनामा भइरहेको निर्वाचन बहस कार्यक्रममा एमालेका कार्यकर्ताले हातपात    गरेका छन ।

निर्वाचन बहस कार्यक्रम अन्तरगत सोमवार काठमाडौं निर्वाचन क्षेत्र नं.५ का प्रमुख राजनीतिक दलहरु एकीकृत नेकपा माओवादीका महेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका नरहरि आचार्य, नेकपा एमालेका ईश्वर पोखरेल तथा राप्रपा नेपालका राजाराम श्रेष्ठ उम्मेदवारहरुका बीचमा निर्वाचन बहस भएको थियो । 

आसन्न संविधानसभा निर्वाचनमा जनताले तपाईंलाई नै भोट किन दिने तपाईंहरुको धारणा तथा प्रतिवद्धता के छ जस्ता विषयमा बहस कार्यक्रम केन्द्रित रहेको थियो ।

उम्मेदवारहरुले आ(आफ्ना विचार राखी सकेपछि दर्शकहरुले आफुलाई लागेका कुरा सोध्ने क्रममा उपस्थित एक स्वतन्त्र पत्रकारले ईश्वर पोखरेललाई पत्रपत्रिकामा आएका ट्याङ्की काण्डको बारेमा जनतालाई स्पष्ट पार्न प्रश्न गरी रहँदा एमालेका कार्यकर्ताहरु एक्कासी नाराबाजी गर्दै प्रश्न कर्ता माथि हातपात गरेका थिए । 

त्यहाँ पोखरेलको अनुहार भने हेर्न लायकको थियो । पोखरेलले आफ्ना कार्यकर्ताहरुलाई संयमित हुन एक शब्द समेत बोलेन । 

आफ्ना कार्यकर्ताको हुलले एकजना माथि हातपात गरिरहँदा समेत एक शब्द नबोलि चुपचाप मौन रहीरहनुले त्यो ट्याङ्की काण्ड वास्तविक त होइन भन्ने शंका उब्जेको छ ।

पोखरेलमाथि लगाईएको यो आरोपको खण्डन गरी आम जनमानसमा यस आरोपलाई सफाया दिन निकै उपयुक्त अवसर थियो । तर पोखरेलले त्यसो नगरी आक्रमणमा उत्रेका आफ्ना कार्यकर्तालाई संयमित हुन समेत नबोल्दा उहाँ यस अवसरबाट नराम्रोसँग चुकेको छ । 

यसरी जनताका हकहित र स्वतन्त्र अभिव्यक्तिका पक्षमा लडीरहेका भन्ने जिम्मेवार पार्टीका व्यक्तिले एकजना व्यक्तिको जिज्ञासालाई सुन्न तयार छैन भने कसरी तीनले लाखौं नेपाली जनताको जिज्ञासा र गुनासा सुन्लान ? तिनिहरुको कुरालाई सम्बोधन गर्ला ?

No comments:

Post a Comment