Friday, September 6, 2013

संघियता विरोधीहरूलाई लिम्बुवानबासीले लखेटे

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013

संघियता विरोधीहरूलाई लिम्बुवानबासीले लखेटे

भाद्र १६ संघियता विरोधी चुनावी अभियान लिएर लिम्बुवान पान्थर यासोक बजार पुगेका संघियता विरोधी नेता चित्र वहादुरका कार्यकर्ताहरूलाई लिम्बुवानबासीहरूले लेखेटेका छन । पम्पलेट, पर्चा,माईकिङ्ग सहित पुगेका राष्टिूय जनमोर्चाका केन्द्रिय सदस्य सुरेन्द्र भण्डारी र रामवहादुर बुढामगर लगायतका केही नेता कार्यकर्ताहरूलाई स्थानीय लिम्बुवानवासीहरूले आक्रमण गरी लखेटेका हुन् । यस क्रममा भण्डारी र बूढा मगर सामान्य घाइते भएको बताईएको छ । लिम्बुवानबासीहरूले सघियता संविधानमा उल्लेख भै सकेका कारण संघियताको विरोध गर्नु कानुन विपरित भएको र संविधान र कानुनको संरक्षण गर्नु हरेक नेपालीको मूल दायित्व भएको बताएका छन ।

हुन पनि हो । कसले दिन्छ प्रतिगामीहरूलाई साथ ? समयको गतिलाई उल्टो दिशामा घुमाउन खोज्नेहरू इतिहासको पानामा सिमित हुनेछन् ।

No comments:

Post a Comment