Monday, November 11, 2013

नयाँ बजारस्थित बैद्य माओवादी कार्यालयमा छापा

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013
 
नयाँ बजारस्थित बैद्य माओवादी कार्यालयमा छापा
तीन बोरा प्रचार सामग्री प्रहरीले लगेको बैद्य माओवादीको आरोप

इतागोलमा एमाओवादीको पोष्टर च्याते,  एमाओवादीले झीगु स्वनिगः पत्रिका च्याते,

दुबै पार्टीका कार्यकर्तावीच भनाभन

बसन्त महर्जनलाई गिरफ्तार गर्न प्रहरी  आएका थिए, स्थानीयवासीद्वारा प्रतिकार

कीर्तिपुर सन्देश

मंसिर ४ गते हुने संविधानसभाको  निर्वाचन बहिस्कार आन्दोलन गर्दै आएको मोहन बैद्यको नेतृत्वमा रहेको नेकपा—माओवादीको कीर्तिपुर नयाँबजारस्थित काठमाण्डौं १० नं. निर्वाचन क्षेत्रीय कार्यालयमा प्रहरीले छापा मारेको छ । 

गत आइतवार बेलुकी करिव ७ बजे बैद्य माओवादीको कार्यालयमा   प्रहरीले छापा मारेको हो । 

करिव तीन भ्यान प्रहरीले सो पार्टीको कार्यालयमा छापा मारी तीन बोरा चुनाव बहिस्कारको पर्चा, पोष्टर र हँसिया हथौंडा अंकित झण्डा सहित सामान लगेको पार्टी कार्यालयले जनाएको छ । छापा मार्ने क्रममा ठूलै संख्यामा प्रहरी आएको र स्थानीयवासीको पनि भीड भएको   थियो । 

नयाँबजार जस्तो मूल सडकमा नै त्यसरी बेलुकी पार्टी कार्यालयमा छापा मारेका कारण स्थानीयवासी त्रशित भएका थिए ।  बैद्य माओवादीले चुनाव बहिस्कार आन्दोलन गर्दै आएको अवस्थामा अन्य कुनै पनि स्थानमा हालसम्म त्यसरी छापा मारेको सूचना आइ नसकेको अवस्था र पार्टीको केन्द्रीय कार्यालय राजधानीका भएतापनि कीर्तिपुरको नयाँबजारस्थित क्षेत्रीय कार्यालयमा अकस्मात प्रहरीले बैद्य माओवादीको क्षेत्रीय कार्यालयमा छापा  मारेको घटनालाई राजनीतिक विश्लेषकहरुले अर्थपूर्ण रुपमा लिएको छ ।


काठमाण्डौं उपत्यका र बहिरका विभिन्न स्थानमा उम्मेदवारलाई आक्रमण गर्ने घटनादेखि उम्मेदवारको गाडीमा आगो लगाएका घटनाहरु समाचारमा आइरहेको अवस्थामा अहिलेसम्म कीर्तिपुर क्षेत्रमा त्यस्तो कुनै प्रकारको अप्रिय घटना नभएतापनि बैद्यको नेतृत्वमा रहेको माओवादीको क्षेत्रीय कार्यालयमा छापा मारेका कारण सरकार र सुरक्षा निकायले पनि कीर्तिपुर क्षेत्रलाई निगरानीमा राखेको अनुमान गर्न थालेका छन ।  

संविधानसभाको चुनावमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड नै प्रत्यक्षमा कीर्तिपुर क्षेत्रवाट उठेको कारणले नै विगतमा जस्तै यसपालि पनि कीर्तिपुर क्षेत्र चुनावको सवालमा केन्द्र बनेको अवस्था छ । यसै वीच प्रचण्डको मंगलवार कीर्तिपुरको पा“गा क्षेत्रमा घरदैलो कार्यक्रम भएका कारण सो बेला बैद्य माओवादीले अवरोध पु¥याउने अनुमानको आधारमा त्यसरी आफूहरुको पार्टी कार्यालयमा प्रहरीले छापा मारेको हो भनी बैद्य माओवादीका एक नेताले कीर्तिपुर सन्देशलाई बताउनु भएको छ । 

छापा मारेको भोलीपल्ट सोमवार विहान क्षेत्रीय पार्टी कार्यालयमा भेला भएका बैद्य माओवादीका नेताहरु मध्ये एक जनाले सो कुरा बताउनु भएको हो ।  

नेपाली सेना र प्रहरीको आडमा बैद्य माओवादीलाई दमन गरे त्यसको प्रतिकार गर्न आफूहरु तयार रहेको समेत बैद्य माओवादीका एक नेताले चेतावनी दिएका छन् । 

संविधानसभाको चुनाव बहिस्कार आन्दोलन गर्दै आएको मोहन बैद्यको नेतृत्वमा रहेको नेकपा—माओवादी सहित ३३ दलीय मोर्चाले उपत्यका बाहिर एमाओवादीका अध्यक्ष प्रचण्ड जुन जुन जिल्लामा पुगेका छन् ती जिल्लाहरुमा सोहि दिन बन्द आह्वान गर्नेदेखि चुनावी प्रचारमा समेत अवरोध पु¥याउँदै आएका कारणले बैद्य माओवादीको कीर्तिपुरस्थित कार्यालयमा छापा मारेको हुन सक्ने अनुमान गरेको छ । 

यसै वीच मंगलवार विहान करिव साढे ८ बजे एकीकृत माओवादीका अध्यक्ष एवं १० नं. निर्वाचन क्षेत्रका उम्मेदवार प्रचण्डको नेतृत्वमा सो पार्टीका विभिन्न उम्मेदवारहरुको घरदैलो अभियान भयो । 

अभियानको क्रममा कीर्तिपुर नगरको इतागोलमा पुगे । सो ¥याली तथा घरदैलो कार्यक्रममा एकीकृत माओवादीको तर्फवाट समानुपातिकमा उम्मेदवार बनेका कीर्तिपुर पा“गाका स्थानीयवासी एवं पूर्व राज्यमन्त्री दिलिप महर्जनको पनि सहभागिता भएको सो ¥यालीको क्रममा स्थानीय नेता कार्यकर्ताहरु सहभागी भएका  थिए । 

मंसिर ४ गते हुने संविधानसभाको चुनावका लागि गरिएको सो अभियान संचालन गर्नु अघि स्थानीयवासीले दिएको जानकारी अनुसार बैद्य माओवादीले चुनाव बहिस्काको आह्वान गदै लेखिएको वालपेन्टिङमाथि एमाओवादीका कार्यकर्ताहरुले सोहि दिनमा विहान प्रचण्डको पोष्टर टाँसेको थियो । 

जब प्रचण्डको नेतृत्वमा सो क्षेत्रमा ¥याली पुग्यो उक्त समयमा मोहन बैद्यको नेतृत्वमा रहेको नेकपा— माओवादीका कार्यकर्ताहरुले प्रचण्डको पोष्टर च्याटेका थिए । 

यसै वीच नेपालभाषाको दैनिक पत्रिका झीगु स्वनिगः वितरक बसन्त महर्जन पनि सो ठाउँमा पुगेको रहेछ । वितरक महर्जन पाँगा निवासी हुन भने उहाँ बैद्य माओवादीका कार्यकर्ता पनि हुन । 

महर्जनले पत्रिका बाँद्दै गरेको अवस्थामा ¥यालीमा आएका एमाओवादीका कार्यकर्ताहरुले झीगु स्वनिगः करिव २ सय थान च्याटिदिएका थिए । सो क्रममा भनाभन समेत भएको थियो । प्रचण्डको ¥यालीकै क्रममा यस्तो घटना भएको देखेपछि स्थानियवासी अचम्मित भएका छन् । 

सोहि क्रममा बैद्य माओवादीका कार्यकर्ता एवं झीगु स्वनिगः पत्रिकाका वितरक बसन्त महर्जनले पनि प्रचण्डको पोष्टर च्यातेको स्थानीयवासीले बताएका छन् । प्रचण्डको जुलुस पाँगा लाछिमा पुग्दा एमाओवादीका एक जना कार्यकर्ताले बसन्त महर्जनलाई पिट्न खोज्दा प्रहरीले बसन्तलाई बचाएर घर पठाई दिएको        थियो ।

प्रचण्ड ¥याली समाप्त गरी फर्केको लगतै एमाओवादीका केही कार्याकर्ताहरु प्रहरीलाई लिएर बसन्त महर्जनको घर पाँगाको दथलमा पुगेका थिए । बसन्त महर्जलाई प्रचण्डको पोष्टर च्याटेको आरोपमा गिरफ्तार गर्न खोजेको थियो । 

सो क्रममा पाँगा दथल टोलवासीले ‘ पहिला पत्रिका च्यात्नेलाई ल्याउनु’ भनी जनताले प्रतिकार गरे । जनताको प्रतिकार देखेपछि प्रहरी लाचार भएर फर्किन बाध्य भए । त्यसपछि स्थानीयवासीले प्रचण्डको विरुद्ध नारावाजी समेत गरे । 

एकीकृत माओवादी र बैद्य माओवादीका धेरै जना राज्य समितिका सदस्यदेखि विभिन्न तहका कार्यकर्ता रहेको कीर्तिपुरको पा“गा क्षेत्रमा नै चुनावको विषयमा यस्तो घटना भएका कारण भोलिका दिनमा अझ बढि यस्ता घटना हुनसक्ने स्थानीयवासीले अनुमान गर्न थालेको अवस्थाछ । 

संविधानसभा चुनावको मुखमा आएर सुरक्षा निकाय चनाखो हुनुपर्ने र दुबै माओवादीका कर्याकर्ता पनि समयमित हुनुपर्ने अवस्था आएको छ र सस्तो घटनाले कसैलाई फाईदा हुदैन भन्दा केहि फरक नर्पला ।

No comments:

Post a Comment