Saturday, September 7, 2013

क्षेत्र नं. १० का लागि को को सिफारिस भए ?

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013

क्षेत्र नं. १० का लागि को को सिफारिस भए ?
 

सन्दर्भः चुनावी उम्मेदवार

मंसिर ४ गते हुने भनिएको संविधान सभाको दोस्रो चुनाव हुने नहुने अन्यौलता कायमै छ । ने.क.पा—माओवादी सहित ३३ दलीय मोर्चा र सघीय समाजवादी पार्टीले यथास्थितिमा चुनावमा भाग नलिने भनेर आन्दोलन गरिरहेका छन । अहिले चुनाव पक्षधर पार्टीहरूले चुनावको लागि कसलाई टिकट दिने सिफारिस गर्न आफ्ना क्षेत्रीय कमितिहरूलाई आदेश दिए बमोजिम काठमाडौं क्षेत्र नं.१० बाट भाद्र १६ गते आइतवारसम्म उम्मेदवारहरूको नामावली सम्बन्धित जिल्ला कमिटिहरूमा पठाई सकेका छन । उम्मेदवारहरूको नाम सिफारिस भएपछि टिकट कसले पाउँछ ? कसले टिकट पाए पार्टीको अवस्था कस्तो हुन्छ भन्ने अड्कलबाजी सुरु भइसकेका छन ।

नेपाली कांग्रेस १० नं. क्षेत्रीय समितिले राजन के.सी., राजकुमार नकर्मि र घनश्याम गिरीको नाम सिफारिस गरेर पठाइसकेको छ । के.सी.ले गत संविधानसभाको चुनावमा प्रचण्ड विरुद्ध उम्मेदवार भइ पराजित भए पनि सम्मानजनक दोस्रो नम्बरमा मत ल्याएको थियो । कांग्रेसले नाम सिफारिस गरेको बेलासम्म प्रचण्डले यस क्षेत्रबाट चुनाव लड्दैन भन्ने आंकलन थियो । प्रचण्ड नउठेमा कांग्रेसले जित्ने सम्भावना देखेर उम्मेदवार बन्न सबै आत्तुर थिए । संधै एकजनालाई मात्र टिकट दिनु हुँदैन, मौका सबैले पाउनु पर्छ भनेर नकर्मिको दावी छ । के.सी.को दक्षिण क्षेत्रमा प्रभाव छ भने नकर्मिको कीर्तिपुर क्षेत्रमा प्रभाव छ । त्यस्तै पार्टीले टिकट दिएमा आपूm पछि नहट्ने भन्दै गिरीले पनि दावी गरेको कुरा कांग्रेसका एक कार्यकर्ताले कीर्तिपुर सन्देशलाई जानकारी दिनु भएको छ । उहाँको दावी अनुसार कीर्तिपुर पश्चिम क्षेत्रको ६ वटा गाविसमा गिरीको राम्रो पकड छ । यसरी तिनै जनाको आफ्नो क्षेत्रमा पकड बलियो भएकोले तिनैजनाले उम्मेदवारी दावी गरेका हुन । कांग्रेसमा प्रकाशमान गुट र तिर्थराम (शेरवहादुर) गुट अझै कायम छ । जसको गुट बलियो हुन्छ उसैले टिकट पाउने छ । त्यस्तो अवस्थामा एकले अर्काको अन्तरघात नगरी तिनैजना दावेदार मिलेर गएमा कांग्रेसले जित्ने सम्भावना रहेको दावी गरेको छ । त्यसै गरि नेकपा एमाले क्षेत्र नं. १० का कार्यकर्ताहरू पुष्पलाल पार्कमा भेला भई प्रत्यक्ष तर्फबाट तीनजनाको नाम सिफारिस गरिएको छ । पहिलो संविधानसभाका उम्मेदवार सानु श्रेष्ठ मच्छेगाउँ छाडी कोटेश्वरमा बस्न गएकोले उहाँले उम्मेदवारको दावी नगरेको एक एमाले कार्यकर्ताले जानकारी दिनुभयो । कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर अध्यक्ष सुरेन्द्र मानन्धर, कीर्तिपुर दक्षिणतर्फबाट जिल्ला कमिति सदस्य गुञ्जमान बस्नेत र कीर्तिपुर पश्चिमतर्फबाट उर्मिला कर्माचार्यको नाम सिफारिस गरिएको छ । मानन्धरले एमालेको गत २०६७ सालको जिल्ला अधिवेशनमा उपसचिवको  उम्मेदवारी दिंदा भारी मतले पराजित भएको थियो । २०६८ सालमा क्षेत्र नं. १० बाट राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा चुनाव लड्दा सानु श्रेष्ठबाट हार खाएको थियो । त्यसपछि मानन्धर नगर कमितिको अध्यक्ष बन्नु भएको थियो । वस्नेत कीर्तिपुर दक्षिण क्षेत्र सेतीदेवी गा.वि.स.को हुनुुहुन्छ । उहाँ २०५४ सालदेखि लगातार ४ पदावधि जिल्ला कमिति सदस्यमा निर्वाचित हुनु भएको छ । काठमाडौं जिल्ला विकास समितिको सदस्यमा पनि निर्वाचित हुनु भएको थियो । पार्टीमा बरिष्ठताको आधारमा उहाँ मानन्धरभन्दा निकै माथि रहेको छ । यसपाली आपूmले मौका पाउनु पर्ने उहाँको दावी रहेको छ । कर्माचार्य सतुंगलको हुनुहुन्छ । उहाँ युवासंघको केन्द्रिय सदस्य रही काम गरी सक्नु भएको छ । उहाँको श्रीमान सुमन श्रेष्ठ पनि युवासंघको हुनुहुन्छ । महिलाले पनि मौका पाउनु पर्छ भनी रमा आलेमगर र बेलीमाया घलेले आवाज उठाएपछि कर्माचार्यको नाम सिफारिस गर्न बाध्य भएको एमालेका एक कार्यकर्ताले बताएका छन् ।  उहाँका अनुसार मानन्धर झलनाथ खनालको गुटमा रहेको छ भने बस्नेत केपी ओली गुटको हुनुहुन्छ । कर्माचार्य माधव नेपाल गुटको हुनुहुन्छ । अहिले नाम सिफारिस गरेर पठाए पनि कसले टिकट पाउने हो ठेगान छैन । जिल्ला कमितिले निर्णय गर्ने हो । जिल्ला कमितिमा ओलीको गुट बलियो भएको र बरिष्ठताको आधारमा गुञ्जमान सिंह वस्नेतले टिकट पाउने सम्भावना रहेको छ भने ३३ प्रतिशत महिला सिटको निश्चितता गर्नको लागि उर्मिला कर्माचार्यले टिकट पाउने सम्भावना पनि त्यतिकै छ । संघीय समाजवादी पार्टीले चुनाव लड्ने नलड्ने ठेगान छैन । यदि चुनाव लडेमा सतुंगलका रमेश चन्द्र प्रधान निश्चित प्रायः नै रहेको छ । यदि उहाँले चुनाव लड्नु भयो भने पहिचान पक्षधरले उहाँलाई नै मत दिने सम्भावना रहेको छ । नेपाली कांग्रेस, एमालेका थुप्रै मत उहाँको पक्षमा जाने सम्भावना   रहेको छ । यदि घनश्याम गिरीले टिकट पाएन भने, दक्षिण भेगमा गुञ्जमानले टिकट पाएन भने प्रचण्डलाई टक्कर दिने व्यक्ति उहाँ नै हुने अड्कल गरिरहेका छन । संघीय समाजवादी पार्टीको तर्फबाट टिकट लिने सम्भावना रहेका सतुंगलका रमेशचन्द्र प्रधान विगतमा नेपाली कांग्रेसका कार्यकर्ता थियो भने पछिल्लो समयमा स्पष्ट रुपमा पहिचनको मुद्दा उठाउ“दै आएको संघीय समाजवादी पार्टीमा लाग्नु भएको हो । प्रधान सो पार्टीका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । नेकपा—माओवादीले चुनावमा भाग लिएन भने उसका कार्यकर्ताले पहिचान पक्षधर प्रधानलाई सघाउने सम्भावना रहेको विश्लेषण गर्न थालेका छन् । 

यसै वीच एकीकृत माओवादीवाट पुनः अध्यक्ष प्रचण्ड नै यस क्षेत्रवाट चुनावमा उठ्ने चर्चा चल्न थालेको छ ।

No comments:

Post a Comment