Saturday, September 7, 2013

कतै चुनाव नै द्वन्द्वको विउ हुने त हैन ?

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013

कतै चुनाव नै द्वन्द्वको विउ हुने त हैन ?

सम्पादकीय

आउँदो संविधानसभाको चुनावका लागि भनी उच्चस्तरीय राजनीतिक समितिमा सहभागी दलका नेताहरुले तयारी गरेका छन् भने विरोधमा उत्रेका दलहरुले पनि आ—आफ्नै ढंगवाट तयारीमा लागेका छन् ।

विरोधमा रहेका ३३ दलीय मोर्चाको तर्फवाट नेकपा—माओवादीले युवा दस्ता तयार गर्ने र चुनावलाई ध्वंस पार्ने घोषणा गर्दै अभियानमा लागेको अवस्था छ । उता चुनाव पक्षधर एकीकृत माओवादीले पनि चुनाव विथोल्न आउनेलाई प्रतिकार गर्न वाइसिएललाई निर्देशन दिएको र बुथ बुथमा दस्ता राख्ने घोषणा गरिसकेको अवस्था छ । त्यसै गरि कांग्रेसले पनि चुनाव विरोधीलाई तह लगाउन  कार्यकर्ताहरुको दस्ता बनाउने घोषणा गरिसकेको छ भने एमालेले पनि युथ फोर्सलाई परिचालन गर्ने घोषणा गरिसकेको अवस्था छ । चुनाव हुने वा नहुने भन्ने विषयमा जनता अन्यौल रहेको वर्तमान अवस्थामा चुनाव पक्षधर र विपक्षले आ—आफ्नो दस्ता तयार गरि बुथ बुथमा राख्ने घोषणाका कारण जनता झन आतंकित भएका छन् ।

अव चुनाव भई हालेतापनि दलका युवा दस्ताहरु कतै भिडन्त हुने त हैन भनी प्रश्न गर्न थालेका छन् । यसको अर्थ कतै चुनाववाटै मुलुकमा अर्को द्वन्द्व सृर्जना हुने हो कि भनी स्वयं नेताहरुले समयमै विचार पु¥याउनुपर्ने अवस्था आएको   छ । अन्यथा जनता चुनाव देखि अझ बढि आतंकित हुने कुरामा कसैको पनि दुई मत नहोला । 

No comments:

Post a Comment