Wednesday, September 3, 2025

नानी महर्जन (मनोपरामर्शकर्ता) ः एक परिचयः

 नानी महर्जन (मनोपरामर्शकर्ता) ः एक परिचयः 

नानी महर्जन

              सामाजिक चेतना, महिला सशक्तीकरण, सीप विकास, उद्यमशीलता र मनोसामाजिक परामर्शका क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा नानी महर्जन कीर्तिपुरको उदाउँदो नाम हो । वि.सं. २०३९ साल श्रावण १२ गते आमा श्रीमती धननानी महर्जनको कोखबाट, बुबा श्री बाबुकाजी महर्जनको आँगनमा सुपुत्रीका रूपमा जन्म भएकी उहाँ बाल्यकालदेखि नै अध्ययनशील, संवेदनशील र सामाजिक भावनाले ओतप्रोत थिइन् । उहाँ एक सुसंस्कारित परिवारकी सदस्य हुनुहुन्छ । दाइ जितेन्द्र महर्जन र दिदीहरू कर्ण शोभा महर्जन, कविता महर्जन, केशवती महर्जनकी प्यारी बहिनीको स्वरुपमा आफुले पृथ्वीमा स्थान पाउनुलाई पुर्वजन्म पुण्यकर्मकै प्रतिफल मान्नुहुन्छ । छोरी वेदान्सी डंगोल जीवनमा प्राप्त हुनुलाई अहोभाग्य नै ठान्नुहुन्छु । विवेक महर्जन ज्युमा समर्पित भई आफु उहाँकी एकमुखी रुद्राक्ष हुनु दैबको मिलाप मान्नुहुन्छ ।

                  वि.सं. २०५६ सालमा जनसेवा स्कुलबाट एसएलसी उत्तीर्ण गर्नासाथ पढाइका अलावा नोकरी तथा व्यवसाय, सीपमूलक कार्यहरूको प्रशिक्षणमा लागेकी उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर (प्रथम श्रेणी) र त्रिचन्द्र कलेजबाट मनोसामाजिक परामर्शमा पोस्ट ग्राजुएट (प्रथम श्रेणी) भारतको टाटा इन्स्टिट्युट अफ सोसल साइन्सेज, मुम्बइबाट मनोसामाजिक परामर्शमा सर्टिफिकेट तहको उपाधि हासिल गरेकी छिन् । बाल्यकालदेखि नै अध्ययनशील, संवेदनशील र सामाजिक भावनाले प्रेरित महर्जन आफ्नो साथी सर्कलमा अनुशासित र नेतृत्व गुणले युक्त भएकाले प्यारी र परिचित थिइन् । 

                 निरन्तर अध्ययन र अन्वेषण समेत गर्न मन पराउने, उनले केही वर्ष अगाडि मात्र उद्योग मन्त्रालय अन्तर्गतको उद्यमशीलता विकास तालिम हासिल गरेकी छिन् । लण्डनमा केयर युकेद्वारा संचालित कार्यक्रममा सामाजिक परिचारिकाका रुपमा Dementia & Alzheimers का बिरामी उपचारमा अनुभव र ज्ञान हासिल गरेकी छिन् ।  झण्डै ४ वर्ष विदेश बसाइँमा एनएचएस, युकेबाट विभिन्न तालिम समेत प्राप्त गरेकी उनले नेपालमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू मार्फत पनि सेवा गरेकी छिन् । वि.सं. २०६२ साल देखि नै कीर्तिपुर महिला एकता समाज सेवामा लागेकी विनाशकारी भुकम्प वि.सं.२०७२ देखि सक्रिय रुपमा सामाजिक कार्य गर्दै गर्दा मनोसामाजिक परामर्शको महत्व र आवश्यकता राम्रोसँग बुझेकी उनले आफ्नो दुधे बच्चा वेदान्शीबाट समेत केही समय टाढा रही पूर्ण छात्रवृत्तिमा मुम्बइको टाटा इन्स्टिट्युटबाट उच्च अंकका साथ कोर्स पूरा गरेकी थिईन् । सदैव विभिन्न संस्थामा विविध भूमिकामा जोडिएर आफूलाई निखार्दै लैजान मन पराउने महर्जनलाई नजिकबाट चिन्नेहरू सकारात्मक सोच, अथाह उर्जा, नम्र स्वभाव, हँसिलो भावाङ्गी तथा समाज, कमजोर र दीनहीन प्रति सेवा भावका कारण उदाहरणीय महिलाको रुपमा नहिच्किचाई चिनाउने गर्दछन्। यो स्तम्भ लेख्दै गर्दा उनी कीर्तिपुरस्थित एक सफल र अग्रणी सहकारी कीर्तिपुर महिला एकता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा अध्यक्षको भूमिकामा छिन् जुन संस्था आजभन्दा १८ वर्षअघि उनकै अध्यक्षतामा गठन भएको थियो । कोरोना महामारीको प्रकोपले थला पारेको व्यापार, व्यवसाय र जनजीवनलाई नेप प्रोडक्ट प्रा.लि.नामको कम्पनीबाट अनलाइन व्यापार शुरु गरी व्यावसायिक क्षमता देखाएकी छिन् । जसले नेपाली, त्यसमा पनि महिला दिदिबहिनीका स्थानीय उत्पादनलाई प्राथमिकताका साथ डिजिटल प्लेटफर्म मार्फत बजारीकरण गर्दै आएकी छिन्, जहाँ अहिले पनि कम्पनीमा चार जना निरन्तर खटिइरहेका छन् । काठमाडौंमा भएका उद्यमशीलता तथा सीप विकास सम्बन्धी दर्जनौं तालिम, गोष्ठी र कार्यशालामामा प्रशिक्षक, कार्यपत्र प्रस्तुतकर्ता र सहभागीको रुपमा सहभागिता जनाउनुका साथै पाल्पा, नवलपरासी, ललितपुर, भत्तपुर लगायतका जिल्लामा फिल्ड तहमा कामको सिलिसिलामा फिल्डमै बसेर काम गरेको अनुभव समेत संगालेका छिन् । सामाजिक भूमिकामा स्थानीय क्लब, आमा समूह लगायतमा सक्रिय सल्लाहकार, पाँगा जेष्ठ नागिरक सेवाका सह सचिव, विद्यालय व्यवस्थापन समिति, पुस्तकालय संचालक समिति, नगरपालिकाको उद्यमशीलता विकास कार्यक्रमको फोकल पर्सन र उपप्रमुखको सचिवालयमा सक्रिय रुपमा कार्यरत छिन् । 

उहाँ आवद्ध संघसंस्थाहरु यस प्रकारका छन् ः 

१. कीर्तिपुर महिला एकता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड – संस्थापक अध्यक्ष 

२. नेप प्रोडक्ट डिजिटल प्लेटफर्म – संस्थापक अध्यक्ष 

३. आधारभूत विद्यालय व्यवस्थापन समितिको सदस्य ४. पाँगा ज्येष्ठ नागरिक सेवा केन्द्र – सह–सचिव 

५. महिला सशक्तिकरण केन्द्र नेपाल, 

६. Women's Network Group Kirtipur

 ७. Inter-Generation Feminist Forum

मनोसामाजिक परामर्शदाताका रुपमा स्थानीय र पाटनका समेत कैयौं मानसिक रोगका शिकार बिरामीहरूलाई उचित परामर्श दिई पुनर्जीवन दिन समेत सफल उनले आफूलाई पनि मानसिक यातनाको चरम बिन्दुबाट संहालेर अघि बढेको बताउनु हुन्छ । समस्या जसलाई पनि र जहाँ पनि आउन सक्ने भएकोले कुनै पनि समस्याबाट भाग्ने आत्तिने होईन्, अविचलित भई सामना गर्ने प्रयासले मात्र समस्याको समाधान हुने विश्वास राख्न आग्रह गर्छिन् । 

नानी महर्जनको राजनीतिक चेतना “समाजको आवश्यकता परिपूर्ति गर्न नेतृत्व दिनु“ भन्ने ध्येय मान्नुहुन्छ ।  उहाँको लक्ष्य मानव जन्मलाई सार्थक बनाउनु र समाजमा जागरुक नागरिकको रूपमा आफ्नो कर्तव्य र दायित्व निर्वाह गर्नु रहेको छ । 

अन्तमा, नानी महर्जनको जीवन यात्रा समाजसेवा, शिक्षा, महिला सशक्तीकरण, उद्यमशीलता र मनोसामाजिक सहयोगमा समर्पित छ ।  उहाँ केवल एक शिक्षिका वा परामर्शदाता मात्र नभई, एक सशक्त सामाजिक नेतृ, उद्यमी र परोपकारी व्यक्तित्व पनि हुनुहुन्छ । आफ्नो जीवन उद्यमशीलता, सकारात्मकता, मनोपरामर्श, समाज र राष्ट्रमै समर्पित गर्दै जीवन यात्रामा हिँडेकी अटल युवा नेतृ मुहारबाट धेरैले प्ररेणा लिन सकिन्छ । आफ्नो जीवन समाजमै समर्पित गर्दै जीवन यात्रामा हिडेकी अटल नेतृको रुपमा अनुशरण गर्न सकिन्छ ।

कीर्तिपुर सन्देश साप्ताहिक ७१० अंकमा प्रकाशित


Monday, September 1, 2025

युवा नेतृत्व आजको आवश्यकता

 युवा नेतृत्व आजको आवश्यकता


संगीता उप्रेती श्रेष्ठ

मुलुकमा यतिबेला युवा नेतृत्वको आवश्यकता र औचित्यतामाथि बहस भइरहेको छ । विश्वका कतिपय देशमा ४० नकटेका युवाहरुले देशको बागडोर सम्हालिरहेको वर्तमान विश्व सन्दर्भमा हाम्रो देशमा पनि युवा नेतृत्वको आवश्यकतामाथि बहस हुनुलाई सुखद मान्नुपर्छ । हुन त, यस्तो बहस पहिले पनि नभएको होइन, धेरैपटक युवाले देशको नेतृत्व गर्नुपर्छ भन्ने बारेमा बहस भएको छ तर पनि त्यही पुरानै अनुहार र ६०–८० कटेका व्यक्तिहरुले नै नेतृत्व गरिरहेका छन । त्यसकारण पनि बेला बेलामा युवा नेतृत्वको आवश्यकतामाथि बहस हुँदै आएको छ । वर्तमान समयमा यो अपरिहार्यता पनि हो । यसलाई अफै दायरा फराकिलो बनाएर व्यापक बनाउन आवश्यक छ ।

नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद ऐन २०७२ ले अर्थात युवा नीति २०७२ ले १६ देखि ४० वर्षको उमेर समुहलाई युवा भनेर निर्धारण गरेको छ । विभिन्न देशहरूले भिन्न–भिन्न उमेर समूहलाई युवा भनेर परिभाषित गरे पनि संयुक्त राष्ट्रिय संघले १५ वर्षदेखि २४ वर्ष उमेर समूहको व्यक्तिलाई युवाको परिभाषितभित्र समेटेर उनीहरूको प्राथमिकताको विषय समेत तोकेको पाइन्छ । यो उमेर समूह नेपालको कुल जनसंख्याको करिब ३०–४० प्रतिशत रहेको तथ्याङ्कले जनाउँछ । ४० वर्षको उमेरलाई युवा अवस्था भनियतापनि २५ देखि ४० वर्षको उमेर नै सशक्त युवा अवस्था हो । त्यसपछिको उमेरमा शारीरिक शक्ति क्षिण हुँदै जाने प्रक्रिया शुरु हुने प्राकृतिक नियम भएकोले ४० देखि ६० वर्षसम्मको उमेरलाई परिपक्वको उमेर मानिन्छ । ४० देखि ६० वर्षसम्मको उमेरमा आपूmसँग भएको ज्ञान, सीप, दक्षता र अनुभव अरूलाई बाँड्दै निर्देशकरुपमा भुमिका निर्वाह गर्ने उमेर हो । युवा र युवा शक्ति हो । कुनै पनि राष्ट्रको मेरुदण्ड भनेकै युवा हो । विश्वको अनेकौं मुलुकहरूको राजनीतिक आर्थिक तथा सामाजिक परिवर्तन युवा शक्तिबाटै भएको कुरा प्रष्टै देख्न सकिन्छ । नेपालको इतिहासममा भएको परिवर्तनहरूमा देशका निमित रगत बगाई बलिदान गर्ने युवा जनशक्तिहरू नै अग्रस्थानमा आउँछन । साथै राजनीतिक परिवर्तनको पनि अग्रमोर्चामा रहँदै आएका युवाहरूलाई राजनीतिक परिवर्तन पछि सधैँ भुमिकाविहिन बनाइयो भन्ने ठूलो जनमत नेपाली समाजमा व्याप्त युवा शक्ति कै पहुँचबाट नै नेकपा (माओवादी) को १० वर्षे जनआन्दोलनले सार्थकता पाएर नेतृत्व गर्दै आएतापनि आजसम्म कुने दलले राजनीतिक नेतृत्वमा युवालाई समेट्न सक्ने युवामैत्री नीति निर्माण गरेका छन जस्तो लाग्दैन । युवालाई भविष्यको नेतृत्वकर्ता भन्दै मुलधारको राजनीतिबाट बन्चित गराउने वर्तमान युवाको अस्तित्व अस्वीकार गर्ने र भविष्यको सपना देखाएर सधैँ खाडी मुलुकमा पढाउने मनोवृति पाएको नेतृत्वमा देखियो भन्ने मत धेरै नआएको पनि होइन । देशको पहिलो पुँजी भनेको त्यस देशको सक्रिय जनशक्ति हो । एउटा देशको विकासको मात्रामा उक्त सक्रिय युवाहरूको ठुलो भुमिका रहन्छ । हाम्रा युवाहरू देशभित्र आफुमा भएको सिप क्षमता र योग्यताका आधारमा जुट्ने हो भने समृद्ध नेपाल निर्माणको लागि विदेशी सहायता पर्खेर बसिरहन पर्दैन तर राजनीतिक पार्टीहरूले युवा नेतृत्व छान्दा देश र जनताको लागि रगत पसिना बगाएका भन्दा पनि व्यक्तिको गुलामी गरी प्रशस्त सम्पत्ति कमाउन सकने र नेतृत्वको चाकडी गर्नेलाई व्यवस्थापित गर्ने परिपाटी रहेको हामी सबैलाई थाहा हुँदै आएको कुरा हो । नेत्ृत्वको सपना देख्ने युवाहरूले आपूmलाई चाहिने गुणहरूको पनि विकाश गर्न जरुरी देखिन्छ । युवा नेतृत्व अवसर र चुनौतीइ दुबै हो । तर त्यस चुनौतीको पर्खाल भत्काउन तयार भएको देखाउँदैनन् केबल अवसरको पछि दौडिरहेको मात्र देखिन्छ । नेपाली विद्यार्थी युवाहरू विश्वका विभिन्न देश गइरहेका छन् । जसले गर्दा नेपालको ठूलो पुँजी विदेश पलायत भएको छ । त्यसैले तत्काल यी विद्यार्थी युवाहरूलाई आफ्नै देशको विश्वविद्यालयमा फर्काउनको लागि हरेक क्षेत्रमा ठुलो सुधार गर्नका साथै पर्याप्त बजेट विनियोजन गर्नुपर्ने देखिन्छ । समृद्ध नेपाल सुखी नेपालीको नारा युवा जति विदेश जाउ देशमा रेमिटेन्स पठाउको अवधारणामा आधारित भएको विदेशिएका युवाहरूले भरपुर मात्रमा महसुस गरिरहेका छन । नेपालको विकाशको आधारशिला भनेको कृषि जलस्रोत र पर्यटनलाई लिइन्छ । आधुनिक कृषि प्रविधि र बैज्ञानिक अनुसन्धानको माध्यमबाट उत्पादनमा वृद्धि ल्याउनको लागि साथै दिगो कृषि प्रथाहरूको अवलम्बन, जैविक खेती र माटोको संरक्षण गर्न महत्वपूर्ण देखिन्छ ।

जलस्रोतको प्रयोगबाट राष्ट्रिय उर्जा आवश्यकताहरू पुरा गरी विद्युत आयातमा निर्भरता घटाउन र कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न सिचाई परियोजनाहरूको विकास र प्रभावकारी व्यवस्थापनमा मद्दत पु¥याउँछ । नेपालको प्राकृतिक सौन्दर्य एैतिहासिक धरोहर र विविधता नेपाललाई एक प्रमुख पर्यटन गन्तव्यको रुपमा स्वीकारिन्छ । अत्याधिक पर्यटकीय दवाव र अव्यवस्थित विकासले प्राकृतिक र सांस्कृतिक सम्पादनमा नकरात्मक असर पर्न सक्छ । त्यसकारण पर्यटनको क्षेत्रलाई पर्यावरणीय र सांस्कृतिक दृष्टिले दिगो बनाउन जरुरी छ । स्थानीय रोजगारी सृजना गर्न र सामुदायिक आधारमा पर्यटनको विकास गर्नुका साथै स्वास्थ्य र इको टुरिजम जस्ता नयाँ प्रकारको पर्यटनका अवसरहरूको विकासमा युवाहरूले अघि बढ्नुपर्ने जरुरी देखिन्छ । आजको युवा भनेको तीब्र परिवार्तन र चुनौतीहरूको युगको प्रविधि सामाजिक संरचना र विश्वव्यापी समस्याहरूमा भइरहेको गतिशीलता युवा नेतृत्वको लागि एक अवसर चुनैती दुबै प्रस्तुत गर्दछ । युवा नेतृत्वको केन्द्रबिन्दु प्राय स्थानीय स्तरमा हुने गर्दछ । तर, यसको प्रभाव र दृष्टिकोण विश्वव्यापी हुनु पर्दछ । परम्परागत सोच र पुराना ढाँचाहरूको अप्ठ्यारोबाट बाहिर निस्केर युवा नेतृत्व नवविचार र दिगो समाधान खोज्न युवाहरू सक्षम छन । सामाजिक न्याय र समताको पक्षमा दृढरुपमा सक्रिय भएर आवाज उठाइरहँदा यसले समावेशी र समान समाज निर्माणमा ठुलो योगदान पु¥याउँछ भन्दा दुइमत पक्कै नहोला । लोकतान्त्रिक मुल्य र मानव अधिकारको संरक्षण गर्न, भ्रष्टाचार र अनियमितताका विरुद्ध आवाज उठाएर राज्यको संरचना र प्रक्रिया सुधार्न हाम्रो जिम्मेवारी र अधिकार पनि हो । जलवायु परिवर्तन शिक्षा र स्वास्थ्य जस्तो समस्याहरूको समाधानमा युवा नेतृत्वको सहभागिता भने एकदमै न्यून भएको पाइन्छ । आजको आवश्यकता भनेको प्रभावकारी सृजनात्मक र समावेशी नेतृत्व हो । जसले केवल पारिवारिक नीतिहरूलाई मात्रै पालना नगरी नयाँ दृष्टिकोण र कार्यविधिहरू लगि गर्न सक्छ । युवा नेतृत्वको भुमिका विशेषगरी त्यस अवस्थामा आवश्यक छ । जहाँ दिगो विकास र सामाजिक न्याय प्रविधिको उपभोग र विभिन्न समस्याको सुधारको लागि आवश्यकता छ । देश बनाउन उमेर होइन ग्रेड इच्छाशक्ति भएको नविन दृष्टिकोण बोक्ने विचारमा युवापन र युवा मन भएको व्यक्ति नै चाहिन्छ । जुन नेपाल राष्ट्रिय र नेपाली मनले खोजिरहेको छ । यो राष्ट्रले अहिले खोजेको नेतृत्व युवा नै हो युवा नै देशको मेरुदण्ड हो युवा नै देशको सम्पत्ति हो । युवा नै देशको भविष्य हो । राष्ट्र निर्माता हो ।


Sunday, August 31, 2025

सिद्धान्त र राजनीति

 सिद्धान्त र राजनीति



नवराज अधिकारी

नेपालमा राजनीतिक दलहरु पहिले औंलामा गन्न सकिने अवस्थामा थियो । सरकार पक्ष र विपक्ष गरी २÷४ वटा मात्र थियो । अहिले २०४६ पश्चात पहिले भन्दा ४ गुणा बढी दलहरु छन् । जुनबेला नागरिकहरूमा राजनैतिक दल बिना जुनकुनै कामपनि सम्भव नहुने भ्रममा पारेर “भेडी गोठको गोठालो” जस्तै एकोहोरो बनाइदिए । आफ्नो लागि दुहुनो गाई बनाए जनताहरुलाई प्रत्येक निर्वाचनमा खोक्रो आश्वासन मात्रै दिने । त्यही जनताहरुलाई केही आपद विपद् पर्दा तिनै नेताहरू हास्यास्पद रूपमा प्रस्तुत हुन्छन् ।

नेपाली राजनीतिमा “जसको गाई उसको बन जसको भाई उसको धन” भन्ने भनाई यथार्थता साबित छ । राजनीतिमा लगनशील व्यक्तिहरू समाजसेवा र सत्कर्ममा तल्लीन रहनु पर्नेमा आफ्नो  परिवार, नाता गोता र आफन्तहरुलाई राम्रो आम्दानी हुने ठाउँमा पु¥याउने, नियुक्ति दिने र आफ्नो निजी स्वार्थको लागि के के गर्नु पर्ने हो गरेरै छाड्ने क्रियाकलाप गरिरहेका छन् । आफ्ना राजनीतिक दलका सिद्धान्त प्रतिबद्धता पत्र, घोषणा पत्र, पर्चा, पम्प्लेट र दलको विधानमा मात्रै सीमित छन्  । 

राजनीतिक दल भनेको एउटै विचारधारा, उद्देश्य र नीतिमा आधारित भइ राष्ट्रको शासन व्यवस्थामा सक्रिय सहभागिता जनाउने संगठित समूह हो । यी दलहरू लोकतान्त्रिक प्रणालीमा सरकार निर्माण गर्ने वा विपक्षको भूमिकाबाट नीतिगत हस्तक्षेप गर्ने माध्यम हुन् । राजनीतिक दलको मूल अवधारणा जनताको प्रतिनिधित्व गर्नु, जनताका हितमा नीति निर्माण गर्नु, र सत्ता प्रणालीमा स्थायित्व ल्याउनु हो ।

राजनीतिक दलहरूका सिद्धान्तहरू सामान्यतः तिनीहरूको विचारधारामा आधारित हुन्छन्—जस्तै लोकतन्त्र, समाजवाद, पुँजीवाद, राष्ट्रवाद, उदारवाद आदि । यी सिद्धान्तहरूले पार्टीको आर्थिक, सामाजिक र वैदेशिक नीतिमा प्रभाव पार्दछ । उदाहरण स्वरूप, समाजवादी दलले समानताको पक्षपोषण गर्छ भने पुँजीवादी दलले व्यक्तिगत स्वतन्त्रता र बजार अर्थतन्त्रलाई प्राथमिकता दिन्छन । राजनीतिक दलहरूले जनतालाई संगठित गर्ने, उनीहरूका आवाज सरकारसम्म  पु¥याउने, जनमत निर्माण गर्ने, र निर्वाचनमार्फत जनताबाट सत्ता प्राप्त गर्ने कार्य गर्छन् । साथै, सशक्त राजनीतिक दलहरूले राष्ट्र निर्माण, लोकतन्त्रको संस्थागत विकास, र जवाफदेहिताको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दछन् ।

          राजनीतिक दलहरु आ–आफ्नो दलगत सिद्धान्तहरु अहिलेसम्म परिवर्तन गर्न भनेर तल्लिन रूपमा लागिरहेको जनताहरुलाई  बताइ रहन्छन् तर यो सिद्धान्त पूरा हुने कहिले ? नेपाली कांग्रेस जुन सामाजिक लोकतन्त्र लोकतान्त्रिक समाजवाद हुँदै वि. पी.को सिद्धान्तमा आएर अड्किएको छ । नेकपा एमाले माक्र्सवाद लेनिनबाद हुँदै जबज(जनताको बहुदलीय जनवाद)को विचारधारा लागू गर्छौं भनेर कराइरहनु शिवाय अरु केही भएको छैन । नेकपा माओवादी केन्द्र साम्यवाद मालेमा बाद र प्रचण्डपथ वामपन्थी राष्ट्रवादको नारा लगाउँदै आएको बाहेक अरु केही छैन । निर्वाचन आयोगमा दर्ता भएको सम्पूर्ण राजनैतिक दलहरुको आ–आफ्नै सिद्धान्त र विचारधाराहरु छन् । यी सम्पूर्ण राजनैतिक दलहरुको विचारधारा र सिद्धान्त पूरा गर्न नसक्नुमा को जिम्मेवार ? दलीय स्वार्थ दलको प्रमुख बन्न होडबाजी गर्ने भन्दा जनताको चासो लिएर दलालको राजा बन्नुभन्दा जनताको सिपाही भएर बस्नु उत्तम छ । राजनीति पैसाको लागि होइन सेवाको लागि गर्नुहोस् तपाईहरुलाई जनताले पुत्ला बनाएर बोक्ने दिन नआओस् । तपाईहरुको लागि थालीमा फूल अक्षता बोकेर जय जयकार मनाउने दिन आओस् ।

       जनता जनार्दन राजनीतिक दलहरुको मुखमा सँधै गुञ्जिने आवाज समय अनुसार सार्थक होस् ताकि दिन दुःखी गरीबलाई दिन्छु नभनौं किनकि भोको पेटको आशामा सधै तपाईहरुकै प्रतीक्षा गरिरहेका छन् आफ्नो र परिवारको पेट पाल्न ती गरिबहरू चोके ब्याजदरमा पैसा ऋण लिएर विदेशमा काम गर्न भनेर दिनहुँ गइरहेका छन् । एयरपोर्टमा ती गरिब छोराछोरी, परिवार पाल्न भनेर जाँदाको पीडादायी दृश्य तपाईं महामहिम माननीयज्यूहरुले देखि रहनुभएकै छ । राजनैतिक दलका खोक्रा भाषण कतिदिन पत्याउनु  “बोलीले जलेको घाउ कहिल्यै निको हुँदैन” भनेको जस्तो अब पत्याउन छाडिसके तपाईंहरु मेरो कार्यकर्ता मेरो भोट भनेर हिसाब मिलाउनु हुन्छ । अब त्यो भोट कहिले सम्म ? नसोचे पनि हुन्छ । जनताले  तपाईहरुको राजनीति बुझिसके बगेको खोला कहिल्यै पनि फर्किदैन । ताकि तपाईहरु खोला आउनुभन्दा पहिल्यै सोच्नुस् नत्र खोलाको तल तिर फर्केर हेर्नु शिवाय अरु केही हुने छैन । घरमा भए भरको सम्पूर्ण सम्पति धितो राखेर आर्काको देशमा दिनरात पसिना बगाएर परिवारको भोको पेट पाल्न अहोरात्र खटि रहेका ती नेपाली दाजु भाईहरुको पीडा हेरौं । आफ्नो ज्यानको बाजी लगाएर विभिन्न देशमा भइरहेको युद्ध त्यसमा आफ्नै टाउको माथिबाट गएको मिसाइल कति खेर के हुने हो डर र त्रासको बिचमा बाँच्नु परेको छ  । भनिन्छ भोको पेटमा पटुकी कसेर कतिन्जेल बाँच्ने ! प्राण पखेरु छउन्जेल पापी पेटले नमान्दो रहेछ । तपाईं राजनैतिक दलहरुले  दलको सिद्धान्तहरू पालन गरी चुनावको बेलामा गरेको वाचा बन्धन स्मरण गर्नुहोस् अब जनताको घर दैलो जाँदा  उपलब्धि के लिएर जाने  ? कसरी जाने ? अबको घोषणा पत्र के बनाउने ? विचार गर्नुहोस् ! भगवान भएर पनि राम वनवास जानू प¥यो फेरि तपाईहरुको पनि पालो आउला ।


Saturday, August 30, 2025

२०६८/०१/१० शनिवार (२३ अप्रैल २०११) १९९ दिन मनयागु विष छ्यों तयाः जिगु जेल डायरी नेपालभाषां गथे च्वयाहयागु खः अथे हे थन न्ह्यब्वयाच्वना

२०६८/०१/१० शनिवार (२३ अप्रैल २०११) १९९ दिन 

मनयागु विष छ्यों तयाः जिगु जेल डायरी नेपालभाषां गथे च्वयाहयागु खः अथे हे थन न्ह्यब्वयाच्वना 


म्हिगः बहनि लिबाक द्यनागु जूसां थौं सुथय् ४ ताः इलय् न्ह्यलं चाल । च्वफाय् हथाय् जुल । मिखाय् न्ह्यःसू दनि अय्सां पिने वना च्वफाना वया । हाजं सिलखं फायाः द्यना । पलख मिखा तिसिना च्वना न्ह्यः वल ।

५ ताः इलय् नम्बर जुल । कालकुल हाःसः दत । जि न्ह्यलं चाल । पलख जायवं ‘नम्बर खुल्यो’ धाल । पिने वना झारा च्वना । ख्वाः सिला । द्यः भागी याना । थौंकन्हय् द्यः भागी मयाय्कं चित्त सुख मदय् धुकल । न्हापा ल्वहंया द्यः छु भागी यायेगु धाय्म्ह जि । थौं इलं जिगु विचाः जिगु मनस्थितिलय् ह्यूपाः हयाबिल । धर्म धइगु कमजोर मनस्थितिया उपज खः धाइगु धात्थें खःगु जुयाच्वन । जिगु उमेर व शारीरिक स्थितिं याना जिगु मनय् उत्साह, उमंग व हिम्मत म्हो जुयावन । अले संस्कार कथं दैवी चमत्कारया आसाय् द्यःप्रति आशक्ति अप्वया वन । कोथाय् वया कफी दय्का त्वना । भान्साय् वनाः क्वाःलः कया हया । मन धुक्क जुल अले पिने ग्राउण्डय् चाःह्यू वना । चाःहिला च्वंच्वं च्या त्वं वना । छगू पुरी विस्कुट ज्वनाः होटलय् वना । च्या त्वना । च्या त्वनाः च्वं च्वं न्ह्यःवःगु थें जुल । हानं कोथाय् वया सिलखं फायाः ग्वःतुला । पलख जाःबलय् ओमशान्ति भाइजी वःगु सूचं बिल । जित दनाः वने मंमन्त । ग्वःतुला च्वं च्वं न्ह्यः वल ।

च्याताः इलय् न्ह्यलंचाल । मुसुहुं नं प्वाः स्याना वल । झारा च्वं वना । याउँक झारा जुल । प्वाः नं याउँल । पलख पिने चाःहिला । कोथाय् वयाः कफी दयका त्वना । म्हिंगनिसें जिगु मन थासय् तये मफुत । जिगु कोथाय् छम्ह भाइ नाईके दु संजिव के.सी.(नां हिइकागु) वया उमेर हद दुसा नीदँ दत जुइ । वयात नं जवरजस्ती करणीया द्वपं बियाः मुद्दा तयाः पुर्पक्षया निंतिं थन छ्वयाः हयातःगु दु ।

व मचाया छेँय् बानेश्वरय् । वया बा मदय् धुंकल । मां व ततापिं निम्ह अले व । वया ततापिं निम्हं इहिपा याना भातयाथाय् वनेधुंकल । वया मांया जागिर दु । उकिं व मचा याकःचा छेँय् । व नं एस.एल.सी. फेल जुयाः स्कूल वनेम्वाःम्ह । वया छेँय् सिन्धुपाल्चोकया छगू परिवार निकू कोथा बालं कयाः च्वनाच्वंगु जुयाच्वन । इमि झिंप्यदँ दुम्ह छम्ह म्ह्याय् नं दु । व मचा व संजिवया दथुइ नतुसतु दु । व मिसा मचाया मेपिं मिजं मचातय्लिसे मतिना धाय्ला छु धाय्ला सम्बन्ध दु । छेँय् सुं नं मदइबलय् व मिसा मचां मिजंमचात ब्वनाः हयाः घण्टौं कोथाय् चुकू ग्वयाः तयाः तइगु । छन्हू व मिसामचाया कोथाय् चुकू तये ल्वमन जुइ । कोथाय् दुने आपतिजनक सः वःगु तायाः संजिबं खापा धिनाः स्वल । व मिसामचा पिनेयाम्ह छम्ह मिजंमचानाप द्यनाच्वंगु खन । संजिवयात खनेवं व मिजंमचा बिस्यूंवन । वं मिसामचायात ब्वबिल, छेँय्च्वंपिन्त कनाबी धाल । व मिसामचा ग्यानाः छेँय् सुयातं कनेमते बरु छँनाप द्यनेमाःसां द्यने वा धाल । वं मिसामचायात ब्वःबिल । आवंनिसें अजाःगु ज्या यानाः जुलकि छंगु जीवन स्यनी धकाः अर्ति बिल । संजिवं थ्व खँ थः मांम्हसित कन । व मिसामचां थः काय्यात स्यंकी धकाः ग्यानाः इमित डेरां पितना छ्वल । छुं दिं लिपा व मिसामचाया बाज्यां संजिवं वया छय्यात जवरजस्ती करणी यात धकाः प्रहरी रिपोर्ट बिल । प्रहरीं वयात ज्वना यंकल बयान काल । वं छुं यानागु हे मदु धाल । मिसामचाया शारीरिक जाँच यात । मिसामचाया कुमारी जाली गूगु दु धकाः डाक्टरी रिपोर्ट वल । प्रहरी व न्यायाधिशं संजिवयात  व मिसामचानाप इहिपा या धाल । जिगु मिखां खंक हे मेपिनिनाप द्यनेधुंकूम्ह मिसानाप इहिपा यायमखु धाल । अले वयात पुर्पक्षया निंतिं जेल चलान याना हल ।

अदालती कारवाही न्ह्यात । साक्षी प्रमाण छुं हे मदु । डाक्टरयात सःतल । यौन सम्पर्क जुयाः हे व जाली गूगु खःला धकाः न्या । डाक्टरं अदालतय् वया बयान बिल, “यौन संसर्ग जुयाः मिजं मचाया वीर्य स्खलन जूगु अजःगु छुं हे खनेमदु । कुमारी जाली धइगु फुटबल म्हिता, साईकल गयाः नं गुइफु ।”

उकिं वयात सफाई दइ धइगु वया मां सकसियां तःधंगु आशा दुगु खः । संजिव या नं सफाई दइ धकाः लयतानां अदालत वन । लिहाँवःबलय् छु जुल धकाः न्यनाः, “६ वर्ष कैद व २५ हजार जरिवाना न्यंकाः हल । अदालतय् हे वया मां ख्वया बेहोस जुल हँ ।

“बच्छि अंश दइधाःगु ग्वलय् ?” व मिसामचाया बाज्यां न्यन हँ ।

“कतःपिन्त जेलय् तयेधुंकाः अंश दइ ला ?” संजिवया वकिलं धाल हँ ।

थुकिं सी दु डेराय् च्वनीपिं मनूतय् पक्की छेँय् च्वनेगु म्हंगस खंकाः थ्व मुद्दा तःगु जुयाच्वन ।

व मिसा मचाया बयान बाहेक संजिवं जवरजस्ती यात धैगु छुं हे प्रमाण मदु । यदि प्रमाण दुगु जूसा संजिवयात झिंनिदँया कैद सजाय बिइगु । प्रमाण हे मदुसां संजिवयात खुदँया सजाय बिल । जिगु खँय् नं व मचातसें जाहेरी ब्यूगु बाहेक मेगु छुं प्रमाण मदु । खः हे मखुगु काल्पनिक घटनाय् नं प्रमाण गनं दइ ? उकिं जित सफाई दइ धइगु तःधंगु आशा दुगु खः । संजिवया थ्व फैसलां जित ख्यानाः बिल । जिगु मनय् ग्याःचिकु ब्वलन । संजिवयात थें मचातय्गु बयानया आधारय् जित नं खुलाया निंति जक सजायँ ब्यूसां जिगु सामाजिक, राजनीतिक जीवन ध्वस्त जुइगु जुल ।

जिगु मन गोलमाल जूगु मेगु नं छगू हुनि दु । संस्थाया मचातय्गु फीस बद्रीलालं पुलाः बिल हँ । मचात छम्ह म्हस्यूम्ह मखु । जित जाहेरीतपिं जिं फीस पुलेमते धयाछ्वयापिं सकसिगुं पुला बिल हँ । थथे हे मनय् खँल्हागुलिं जि म्हसुख मन्त ।

थौं नं न्हिनय् बजि नयेत खसिया ला दयेकाच्वन । जिमि प्यम्ह प्यम्हसिया निथ्व दयेकाः थौंया क्रिकेटय् सु त्याइ धकाः गोलाप्रथा तयाः बूम्हसें लाया दाँ पुलेगु यानागु दु । जिमित पंजाव टिम मेपिन्त दिल्ली टिम लात । कासाया ल्याखं पंजाव टिम बःला उकिं जिपिं त्याइ धकाः धुक्क जुयाच्वना ।

प्यताः इलय् बजि नया । क्वाःलः कयाः हया । झाराच्वने मास्तिवल । झारा च्वंवना । ह्वारारां झारा जुल । प्वाः याउँसे च्वन । म्हं झ्यातुल, सने हे मफु थें च्वन । कोथाय् वया ग्वःतुला । पलख जाःबलय् हानं झारा जुल । जि छु याये छु याये जुल । न्हय्ताः ईतकया दुने जि हरन्त हे जुइक झारा जुल । थौं बहनि जा नयेमखु धकाः मनय् धुन । आः वासः नलकि हानं निन्हू स्वन्हूतक झारा मजुइगु खः ला ? अथे धकाः वासः मनलकि तसकं झारा जुइगु खःला ? थ्वहे मतिं याना अस्पताल वना । थःगु खँ धया । अथेखःसा थ्व नरमगु वासः छचाः न धकाः नकल ।

वासः नयाः वया । च्याताः इलय् हे जि द्यना । क्रिकेट म्याच नं मस्वया । कोथाय् च्वंपिं पासापिन्सं, “बा, छु जुल ? अस्पताल वनेनु” धाल ।

“थौं जि म्हसुख मदु । अस्पताल वनाः वासः नयाः वयेधुन ।” जिं धया ।

थन जिगु च्यूताः काइपिं यक्व दु । जित मतिनायाइपिं नं दु । अथेखःसां थन च्वनेत जिगु मन लः लः मधाः । जिं न्ह्यःवयेका छ्वया ।


Friday, August 29, 2025

लघुकथा “किट्नाशक वाटर”

 लघुकथा “किट्नाशक वाटर”



ज्ञानी राजा मानन्धर

लकडाउनको समय ! घरको लागि किनमेल गर्नुपर्ने सामानहरूको सुची तयार पारी मेरो हातमा थमाइन् श्रीमतीले र गएं एक्लै बजार ! बाटोमा एक दर्जन केरा किनेर आफुसँगै लगेको झोला भित्र कोचें ! मासु पसल भित्र पसें र आधा किलो लिएं !

एउटा किराना पसलमा पुगें !

“सन्फ्लावर तेल २ पाकेट ! २०० ग्रामको घ्यु १ बट्टा !” भनेर अर्डर दिएं ! चुरोटको तलतल लागेर आएकोले खल्तीबाट पाकेट झिकेर एक खिल्ली मुखमा च्यापेर पसलेलाई अनुरोध गरें “चुरोट सल्काउनु प¥यो, एकचोटि बाल्ने दिनुस् त !” भनेपछि पसले यता उता खोज्नमा लागे ! भेट्टाइसकेपछि मलाई दिन लागेको होला भनी हात थापेको, तर त्यसो गरेन उनले र आफै सलाई बालेर मेरो सामुन्ने ल्याएर भने “हामीले कसैलाई टच गर्न दिएका छैनौं ! त्यसैले मैलेनै बालेको हुँ ! लौ सल्काउनुस् !”

मैले पसलेको आशयलाई राम्ररी बुझें र चुरोट सल्काएं !

पसलेले मैले मागेको तेल र घ्यु १ बट्टा दिए ! मैले पैसो दिएं ! उस्ले हिसाब गरी फिर्ता पैसो दिइसकेपछि “पानी होला ?“

“खानलाई भए छैन ! मिनरल वाटर मात्रै छ, ३० रुपियां !”

मैले तीस रुपैयाँंको परवाह नै नगरि पैसो तिरेर लिएँं र उस्को पसल अगाडिनै तेलको पाकेट, घ्युको बट्टा र सामान किन्दा मलाई फिर्ता दिएको नोटलाई समेत मिनरल वाटरले नुहाइ दिएं !

पसलेले सोधे “के गर्नु भाको त्यो ?”

मैले भनें “सयौंजनाले टच गरिसक्या सामानमा कोरोना भाईरस नहोला भन्न सकिन्न ! त्यसैले किरालाई बाहिरै मारेर लग्न पाए बेस भनेर धोएको !” मेरो जवाफले पसलेको मुख हेर्न लायकको बन्यो !


लघुकथा ः– स्कुलको खाजा

 लघुकथा ः–  स्कुलको खाजा


 दिलकुमारी डङ्गोल

दियाको दुईजना छोरी मात्र । 

२ बर्ष फरकका ।  ६ र  ८ बर्षको  ।

स्कुलको ड्रेस लगाइसकेका छन्, दुबैले समयमै । जेठी छोरी काँइयो बोकेर नजिक आउँदै, “मामु कपाल कोरीदिनु न ।” कपाल कोरिदिदै दियाले सोध्यो छोरीलाई, “आजको खाजा समोसा लग्ने है, छोरी । दुबैलाई यौटै खाजा ल्याइदिएको छु ।”

यो सुन्ने बित्तिकै कपाल कोर्न छोडेर रिसाउँदै, “खान्न म त्यस्तो समोसा । सधैं यस्तै मात्र खाजा । कहिले पकौडा निम्की । कहिले दुनोट र चप ।  मिठै लाग्दैन  । खान्न, खान्न म ।”

“साथीहरुले कस्तो मीठो खाजा ल्याउँछ । अण्डामाम भुटेर । कहिले पास्ता, परौठा । उनका मामुहरुले बनाएर  पठाइदिनुहुन्छ ।” 

“तपाईं भने सधै यस्तै खाजा मात्र दिनुहुन्छ ।”

“हामीलाई पनि यस्तै खाजा पकाइदिनु न ।”

दियाले सम्झाउँदै, “खाजा त भोक हटाउनको लागि खाने हो । मिठोको लागि होइन नि, छोरी ।” 

“मीठो मानेर खानुपर्छ । मीठो हुँदै जान्छ ।” 

“स्कुलबाट फर्केपछि तात्तातो चाउचाउ बनाइदिउलाँ । आज पकाउन भ्याइएन छोरी । अर्कोदिन बनाइदिन्छु ल ।” 

छोरीले आँखाभरी आँसु राखेर ठुल ठूलो स्वरले कराउन लागिन, बिहानैदेखि टिकटक बनाउने र लाइभ बस्दैमा फुर्सद छैन, तँपाइलाई ।हृ

“अहिले भ्याइएन रे । लाइभ बसेपछि सब बिर्सने । तँपाईं प्रायःयस्तै भनेर तारिरहनु हुन्छ, हामीलाई ।”

दिया छोरीको कपाल बात्दै नम्र स्वरमा, “भोलि पक्का बनाइदिन्छु । आजलाई समोसा लग है ।”

त्यसपछि केही नबोलि छोरी खाजा नलिइकन चुपचाप झोला बोकेर कोठाबाट निस्क्यो  ।


Wednesday, August 27, 2025

मदिराजस्तो तिम्रो माया

 मदिराजस्तो तिम्रो माया



संगिता उप्रेती श्रेष्ठ

           वास्तवमा माया भनेको जीवन हो भावनात्मक शब्द हो, तर यसलाई शब्दमा परिभाषित गर्न असम्भव छ अनि उचित पनि हुँदैन । जसरी हामीले हावामा उडिरहेका फुलहरुका सुगन्ध देख्न सक्दैनौं । अनुभव गर्न सक्छौं त्यस्तै माया प्रेम पनि एक भावना हो । विभिन्न वैज्ञानिक, दार्शनिक, उपन्यासकार, भिक्षु मनोवैज्ञानिकहरुका अनुसार माया प्रेमको परिभाषा फरक फरक रहेका छन । तिमीलाई थाहा नै होला, माया प्रेम आकाश जस्तै अनन्त छ, जसको कुनै सीमा नै छैन । माया विस्वासका कुरा धेरैले गर्छन, तर यसलाई बुझने कम नै भेटिन्छन ।

                  आज म तिमीलाई एउटा पत्र लेख्दै छु । तिम्रो मायालाई मैले बुझ्न सके या सकिन त्यो त मलाई थाहा भएन, किनकी माया र प्रेम उमेर अनुसार फरक हुँदो रहेछ । तिम्रो माया र प्रेमले त मलाई मदिरा जस्तो लाग्यो । तिम्रो प्रेममा म लठ्ठ भएँ । अर्धबेहोस भएँ । तिम्रै झ–झल्कोमा सबैसँग बेखबर भएँ । सोच त के गरिन तिम्रो माया, विश्वास, प्रेम पाउँदा मदिरा भन्दा पनि कडा हुँदो रैछ नि तिम्रो त्यो मायाको मात । मदिरा त पिउन छोडेपछि लाग्दैन भन्ने सुनेको थिएँ तर तिम्रो माया विश्वास र प्रेमको मदिराको मातले कहिले पनि छााडेन बारम्बार तिम्रै यादले बल्झाउँदो रहेछ । सायद माया र प्रेमलाई बन्धन पनि भन्ने गर्छन् क्यारे, त्यसैले होला मलाई तिम्रो माया र विश्वासको बन्धनले बेलाबेलामा बल्झाइरहन्छ । अनि अर्को कुरा, माया बन्धन भएर पनि कति प्रिय अनि कति लोभलाग्दो । मान्छे सबै बन्धनबाट उम्कन चाहन्छ तर किन यो माया र प्रेमको बन्धनमा बाँधिन चाहन्छ ।

पूmलमा भएको सुगन्धलाई जतिसुकै च्यातेर फाले पनि सुगन्ध चुडाउन सकिंदैन । त्यसैगरी माया प्रेमको अक्षय बन्धन पनि चुँडाउन नसकिने हुँदोरहेछ । मैले तिमीलाई बुझ्न सकिन या तिमीले मलाई त्यो कुरा थाहा भएन, तर तिमी मबाट टाढा हुँदैछौं तिम्रो यस्तो व्यवहार देख्दा २०७२ सालको महाभुकम्प आएको जस्तो धक्का महसुस भएको छ । तिम्रो माया प्रेम विश्वासमा म यतिा धेरै भिजेको थिएँ कि तिमी तिमी नै थिएनौं मेरो माया, विश्वास प्रेम थियौ प्रीति आलेले भनेजस्तै मेरो नसा नसामा थियौं, तर जब तिमी गयौं तिम्रो माया विश्वास प्रेम सँगै म पनि सती गए अथवा मेरो नसा नसा रगतमा तिम्रो माया पुग्न सकेन । अनि भन्ने गर्छु मदिरा जस्तो तिम्रो माया । तिम्रो माया प्रेमजस्तै मदिरा पनि खाएपछि नसा नसामा पुग्छ आखिर तिम्रो मायाको उपनाम यही मदिरा नै रैछ क्यारे ।

तिमी मेरो पहिलो माया थियौं म तिम्रो पहिलो दोस्रो कुन थिएँ त्यो तिमीलाई नै थाहा होला । तिमी मेरो पहिलो प्रेम भएकोले होला मैले तिमीलाई धेरै महत्व दिएको थिएँ । हिजो हामीले बिताएका रमाइला स्थान आज मरुभुमि झै निराश र उजाड बनेका छन । मुटु फुटाउने छाती भक्कानिने पलहरु बनेका छन । मायाले रसाउने गरेका छन ।

हिजो तिम्रो माया, साथ, सल्लाह सेवन गरेका यी नसाहरुले आज मायाकै कारण मदिरा सेवन गवरेका छन । अनि भन्न बाध्य हुन्छु मदिरा जस्तो तिम्रो माया प्रेम । तिमीले दिएका हरेक चीज वस्तुहरुलाई आज पनि मैले निकै जतन साथ राखेको छु । तिम्रो सुन्दर औलाबाट कालो मसिले लेखेका ती अक्षरहरु समयको अन्तरालले फिक्का पारिदिएतापनि यादहरु भने गाढा छन । हुनात तिमीलाई मेरो माया नलाग्ने पनि होइन । मलाई तिम्रो माया नसा बनेर लाग्यो, तर मेरो माया तिमीलाई माया नै बनेर लग्यो । समय र परिस्थितिले तिमीलाई त्यस्तै बनायो । परिवार समाजको लागि तिमी मबाट धेरै टाढा हुन खोज्यौं, तर पनि केही छैन । म त तिम्रो छायामा नै मेरो जिन्दगी समर्पित गर्न चाहन्थें । हाम्रो मायाको फुलबारी रङ्गीचङ्गी बनाउन चाहन्थें । मायाको फुलबारीमा भएका कोपिलाहरुको अनुराग फक्रियोस र सबतिर अनुराग छरोस् भन्ने मेरो कामना थियो तर आज सबै सपनाहरु बन्द कोठामभित्रब छरपस्ट भएका छन । म जस्तो थिएँ त्यस्तै छु तिमी जस्तो थियौं त्यस्तै रहेनछौ, किनकी यहाँ भनाइ र गराइमा फरक हुँदो रहेछ । हुन त मैले म जस्तो थिएँ त्यस्तै छु भन्दा तिमीलाई आफैले आफैलाई मपाइ भनेको जस्तो लाग्ला तर होइन म त अझै पनि तिमीलाई तिमीले बुझ्न सक्ने जति, तिमीले लिना सक्ने जति, आफ्नो मनमुटुमा समेट्न सक्ने जति, मुहारमा मिठो मुस्कान फलाउन सक्ने जति माया विश्वास गर्छु । तिमीलाई हेरेर कहिल्यै पनि नथाकेका यी नयनहरु तिम्रो स्पर्श बोकेर आउने बतासहरुलाई अझै पनि साँक्षी राखेर भन्छु, तिम्रो जीवनमा हर्ष उमङ्ग पोखेर म भित्री हृदयदेखि नै तिमीलाई निस्वार्थ माया गर्छु । तानाशाह हिटलरले भनेका छन प्रेम होइन युद्ध गर्नुहोस युद्धमा तपाई कि मर्नु हुन्छ कि बाँच्नु हुन्छ तर माया प्रेममा तपाई न बाँच्नु हुन्छ न मर्नु हुन्छ नै । हो त्यस्तै बनायो मलाई तिम्रो मायाले पनि मन जोडने देखि महल जोड्ने सम्मको सपना बोकेका हामी आज सम्बन्ध टुटाएर बसेका छौं । सम्बन्ध मात्र टुटेको होइन मन पनि टुटेको छ । मुटु भक्कानिएको छ । आँखा रसाएका छन । जसरी देशबाट परदेश पठाउँदा विदाइमा हात हल्लाउँदा आँखा रसाउँछन ठ्पयाक्कै त्यस्तै भएको छ । मात्र वेदना र रोदन फरक फरक हो । अहिले तिम्रो जीवन के कस्तो छ मलाई थाहा छैन तर म भने विवश भएको छु । मन भरी पीडाको भारी बोकेको छु । आजकल त जीवनका पानाहरु पनि शुन्य भएका छन । रङ्गिन सपना देख्न छोडेको छु हृदयमा तिमीलाई सजाउन त भाग्य चाहिंदो रहेछ । तर म अभागी न परें । हुन त एक भएकालाई समय चक्रले छुटाउँछ । मुनामदनलाई छुट्याए जसरी त्यसैले मेरो कुनै गुनासो छैन अनि केही दुःख पनि । मैले हिंडेको जीवनको बाटो भाग्यले कोरिदिएका छन । ती भित्रका स–साना शब्द हाँसोको कारण बनेर म रमाएको छ । तिम्रो अभावमा मैले बिताएका दिन मेरा चिन्तन, मेरा बिचार, अनि मेरा भावना समय मिल्यो भने अवश्य सुनाउँला । यो जिन्दगी तिमीले मलाई समर्पण गर्न नसके पनि अर्को जिन्दगी तिमीले भन्दा पहिला नै म तिमीलाई समर्पण गरुँला । मायाले मानिसलाई परिवतृन गराउँछ भन्ने गर्थे तर साँच्चै गराउने रहेछ मदिरा भन्दा पनि कडा रहेछ । तिम्रो मायाको मत एक पटक मातिएपछि बारम्बार मातिस्यो मातिनै रह्यो ।

शर्मिला राजभण्डारी जोशी(समाजसेविका) ः एक परिचय

 शर्मिला राजभण्डारी जोशी(समाजसेविका)  ः एक परिचय 


वि.सं. २०२६ असोज २६ गते आमा श्रीमती लक्ष्मी राजभण्डारीको कोखबाट बुबा श्री सानुभाई राजभण्डारीको स्वास्थ्य सहायकको रुपमा इलाम कार्यरत छँदा आफुले पृथ्वी अवलोकन गर्न पाएँ भन्दै आफुलाई संसारकै भाग्यशाली व्यक्ती मान्नुहुन्छ । आफ्नो सुखदुःख साटासाट गर्ने दिदी रिता राजभण्डारीको साथ पाएर दुनियाँ नै जितौं भन्ने आँट आफुमा अंकुरण गर्दै भाइ सुदर्शन राजभण्डारी स्नेहले जीवन सार्थक बिन्दुमा पुगेको महसुस गर्नुहुन्छ । आफ्नी दिदी रीता राजभण्डारी लाखे नेवाः दे दबू काठमडौं जिल्ला कार्य समिति सदस्य तथा नेवाः मिडिया क्लब काठमाडौंकी सह–कोषाध्यक्ष हुनु भई “कीर्तिलक्ष्मी” फिल्म तथा “जि वया ला लछि मदुनि” नाटकको कलाकार हुनुहुन्छ भनी गर्व गर्नुहुन्छ । साथै विगत ४० वर्षदेखि फोटो व्यवसाय लगायत पत्रकारितामा सुम्पिदै समाजलाई अग्रणी स्थानमा पु¥याउन सफल व्यवसायी नवीन जोशीको एकमुखे रुद्राक्ष हुन पाउनुलाई गर्वकै विषय मान्नुहुन्छ । वि.सं. २०४९ मंसिर महिनामा नवीन जोशीसँग उहाँको लगनगाँठो कसेको थियो । नवीन जोशी विगत १० वर्षदेखि Newa.T.V. HD का Director रुपमा कार्यरत हुनुहुन्छ भने कीर्तिपुर नयाँबजारमा उहाँको कलाकार स्टुडियो पनि छ । उहाँहरूको आँगन अभिनव (Football Commenter ) र सबिनव (Bachelor–IT जोशी दुई फूलहरुको सुगन्ध घरलाई स्वर्ग झै तुल्याएको छ । शर्मिला राजभण्डारी आफ्ना दुई रतन आ–आफ्नो पेशामा, शिक्षामा अग्रणी स्थान हुनुलाई गर्वको विषय ठान्नुहुन्छ  ।

  With life partener Navin Joshi

शर्मिला राजभण्डारीले आफुलाई प्रारम्भिक शिक्षा कीर्तिपुर मा.वि.बाट प्राप्त गर्न पाउनु जन्मथलो ऋण नै मान्नुहुन्छ भने त्यो तिर्नुपर्छ र त्यसको दक्षताको लागि आफुले B.A. तहको शिक्षाले आफुलाई सुसज्जित पार्नु भएको छ

। पद्मकन्या कलेजबाट बि.ए. गर्नु भएको थियो । उहाँ कीर्तिपुरकै रैथाने बाघभैरब अवस्थित सतक्वःमा हुर्किनु भएको थियो भने हाल श्रीमान नवीन जोशीको घर कीर्तिपुर–१० बाट आफ्नो जीवन यात्रा चलायमान बनाउँदै आउनु भएको छ । 

Family of Sharmila

उहाँले पेशा रुपमा विगत २५ वर्ष देखि फोटो व्यवसाय गर्दै आपसी साथ सहयोगको एक उदाहरणिय योगदान दिदै आउनु भएको छ । ६ वर्ष देखि पत्रकारितामा आफुलाई सक्रिय रुपमा समर्पण गर्दै समाजमा विद्यमान अन्धकारहरु निस्तेज बनाउँदै आउनु भएको छ । जीवन अहम् गर्न होईन् आफ्नो आफन्तले गर्व गर्नुपर्छ सोच्दै उहाँ विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ । 

१. नेवाः देँ दबू, काठमाडौ जिल्ला – सदस्य ।

२. नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौ जिल्ला – सदस्य ।

३. नयाँ बजार क्लब तथा पलिस्था मयजु पुचः– कोषाध्यक्ष ।

४. कीर्तिपुर–१० – मेलमिलाप कर्ता ।

५. कीर्तिपुर–१० महिला सञ्जाल– सचिव । 

शर्मिला राजभण्डारी समाजको हित, शिक्षा र स्वास्थ्य सुरक्षालाई जीवनको ध्येय बनाएर अघि बढिरहेकी व्यक्तित्व हुन् । साधारण परिवारमा जन्मिएर निरन्तर संघर्षमार्फत अध्ययन आर्जन गर्दै आज समाजसेवा र उद्यमशीलता दुवै क्षेत्रमा सक्रिय रहनु भएको छ । महिला सशक्तीकरण, सीप अभिवृद्धि र आय–आर्जनका क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ । पारिवारिक जीवन र पेशागत उत्तरदायित्वलाई सन्तुलन गर्दै समाजलाई पनि समय दिनु उहाँको विशेषता हो जीवनका विभिन्न संघर्ष पार गर्दै आफूलाई सक्षम बनाएर समाजको सेवामा लाग्नु नै उहाँको उद्देश्य हो । “समाज भनेको ठूलो परिवार हो, जहाँ प्रत्येक सदस्यले आफ्नो क्षमता अनुसार योगदान दिनुपर्छ” भन्ने विश्वास उहाँको जीवन दर्शन हो । कीर्तिपुरका वीर योद्धा कीर्तिलक्ष्मीको चलचित्र हेरेपछि आफु पनि आफुले सक्ने क्षेत्रमा योगदान दिई विरंगना बन्न सक्छु भन्दै समाज रुपान्तरण आफु समर्पित भएको कुरा गर्नुहुन्छ । 

अन्तमा, शर्मिला राजभण्डारी जोशी, “जीवन भनेको सेवा, समाज भनेको परिवार” भन्ने विश्वासमा अघि बढिरहेकी प्रेरणादायी समाज सेविका हुन् । उहाँ कुनै पार्टीमा आवद्ध नरहेको जानकारीसँगै आफुसँग भएको ज्ञानले राजनीतिलाई निःस्वार्थ भावनाल समाज सेवा गर्ने सकारात्मक सोच मान्नुहुन्छ । समस्याको निकास खोजि विकास गर्ने अवधारणा नै पार्टी हुनुपर्छ भन्ने आफु विस्वस्त रहेको कुरा गर्नुहुन्छ । समाजले यी यस्ता सोच विचारलाई जीवन्त बनाई राख्न हौसला, उत्साह भर्ने गर्नुपर्छ । आराम, आनन्द, सुरक्षा एवम् खुशी संगमलाई शर्मिला नामको अभिप्राय मान्न सकिन्छ जुन समाजको लागि आवश्यक उर्जा हुन् । सद्भाव, सम्मान र उमंगले त्यसको खेती अनि उत्पादन गर्ने लक्ष्य समाजको हुनुपर्छ । यसलाई अहम होईन् गर्व ठान्ने गर्नुपर्छ ।

प्रस्तोता ः प्रशान्त महासागर



Tuesday, August 26, 2025

जनयुद्ध की धनयुद्ध ?

 जनयुद्ध की धनयुद्ध ?


 नवराज अधिकारी

 २०६२/०६३मा सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर देशमा राजतन्त्र चाहिँदैन भनेर जन आन्दोलन गरेर  राजालाई दरबारबाट हटाए । आन्दोलनमा कयौ व्यक्तिहरू घाइते भए कतिको मृत्यु भयो । जंगलमा भएको माओवादी  युद्ध रोकेर शान्ति वार्तामा आयो । जनताबाट निर्वाचित सरकार बनाउने भनेर चुनाव भयो । सरकार बन्यो युद्धका बेला घाइते भएकाहरूले पाएचाहिँ के ? मृत्यु भएकाहरूले पाए के ? पाए त केबल शहीदका ती परिवारले पीडा बोकेर परिवारको सम्झनामा विक्षिप्त बनेर प्रत्येक दिन पीडामा छट्पटीरहेका छन् । द्वन्दकालमा घाइते भएकाहरु अहिले पनि शरीरभरि गोली बोकेर जीवन मरणको दोसाँधमा छन् “न मरी जाऊँ न गरी खाउँ” भन्ने सम्मको ती अवस्थाका नागरिकले देशको लागि के गरे के गरेनन् भन्ने ?

            २०५२ साल फाल्गुन १ गते माओवादीहरूले जनयुद्ध सुरु गरेको सम्झनामा प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाइन्छ । २०५२ सालदेखि २०६३ सालसम्म चलेको जनयुद्धको अवधिलाई ससस्त्र द्वन्द्वकालको रुपमा परिभाषित गरियो । ससस्त्र द्वन्द, राजतन्त्र समाप्ति र जन गणतन्त्र स्थापनाको लागि गरिएको थियो । उक्त विद्रोहमा  १७००० भन्दा बढि सर्वसाधारण नागरिक, विद्रोही, सेना र प्रहरीहरुको मृत्यु भएको थियो । आज पनि कयौ मानिस बेपत्ता छन् जसका आफन्तहरूले अहिले पनि “कि सास देऊ, कि लास देऊ” भनिरहेको अवस्था छ । ०६२/०६३ को जन आन्दोलन पश्चात देशमा गणतन्त्र स्थापना भयो अब देश र हामी नेपाली एक युग पार गरेर अर्को युगमा प्रवेश गर्दछौं भन्ने आभास भएको थियो तर भै दियो ठीक त्यसको उल्टो ! जनयुद्ध र जन आन्दोलनमा भए गरेका उपलब्धिहरू बिस्तारै पछाडि धकेलिँदै छ जबकि अहिले देश विकास समानान्तर र आबस्यकता अनुसार नभई पावर, पहुँचले गर्दा असमान हुँदै गइरहेको छ । राजनैतिक दलहरु दलीय स्वार्थमा डुब्दै गइरहेका छन् । जबकि ०६२÷०६३ अघिको जनयुद्ध अहिले धन युद्ध हुँदै छ । भनिन्छ देश परिवर्तन भयो हुन पनि हो । आफ्नै पौरखले आफ्नै खेत बारीमा काम गरेर खाने नागरिकहरु आज खाडी मुलुकमा उखरमाउलो गर्मी खाँदै घर परिवार पाल्न निरीह र लाचार बनेर आर्काको देशमा विकाशको फड्को मारि दिन तत्पर छन् जब की त्यो पसिनाको रेमिटेन्सले देशको खर्चमा केही हदसम्म भरथेग गरेको छ । नत्र भने हाम्रो गाउँ – गाउँको सरकारदेखि सिंहदरबार बस्ने सम्मलाई खर्च कहाँबाट जो हो गर्नु   ?          

              १० बर्षे जनयुद्धको समयमा दुर्गम गाउँ बस्तीहरूमा बसोबास गर्नेहरू सरकार र माओवादीको  दोहोरो चेपुवामा परेर बाध्यात्मक अवस्था सिर्जना भै आफ्नो थात थलो छोडेर शहरमा हातमुख जोड्न स्थानान्तरण भए । गाउँ बस्तीमा कसैको पति छैन, कसैको पत्नी छैन, कसैको छोरा छैनन् जबकि घरमा कमाउने व्यक्ति नभएपछि के गर्नु आफ्नो खेतबारी आफ्नो भन्ने नै रहेन । जबकि ०६२÷०६३ को आन्दोलन पछाडि अब केही होला देश बन्ला भन्ने थियो तर त्यो भनेको जस्तो हुन सकेन । राजनीतिक दाउ पेच, नाताबाद, कृपावाद र वर्ग–वर्गमा ठूलो भिन्नता छ । राजनीतिलाई समाजसेवा बनाउनुपर्नेमा अवसर बनाए, कुनै पनि कार्यालयमा कर्मचारी नियुक्ति प्रक्रियामा सानो पददेखि उच्चतम पदसम्म प्रत्येक राजनीतिक दलले आ–आफ्नो भाग लगाएर आफ्ना–आफ्ना मानिसलाई नियुक्ति गर्ने जस्ता कार्यहरू यथावत छ ।

          वर्ग संघर्षको विकास समाज उत्पति देखि नै सुरु भएको मानिन्छ । जब मानिस समाजमा मिलेर कामहरू गरी सम्पति आर्जन गर्न थाले त्यसबेला देखि पुँजीपति वर्ग र श्रमिक वर्ग भनेर छुट्याउन थालियो । १० वर्ष जनयुद्धमा पनि वर्ग संघर्षको लागि कतिको ज्यान गयो त कति अपाङ्गता भएर बस्न बाध्य हुनुप¥यो । पुँजीपति वर्ग र श्रमिक वर्ग बिचको खाडल कहिले भरिएला ? १० बर्षे जनयुद्धमा वर्ग संघर्ष, जातीय संघर्ष आदि इत्यादि नामबाट संघर्ष गरे पनि अहिले त्यो सबै कागज र भाषणमा मात्रै सीमित हुन पुग्यो । पुँजीपति, पुँजीवाद र श्रमिक वर्गको जतिसुकै कुराहरू गरे पनि यी दुई वर्गबीचको अन्तर कहिले समान हुनेछैन । कार्ल माक्र्सले भनेका छन् दोस्रो वर्ग सदैव नै पहिलो वर्गको शोषणमा पर्दछ । समाजका शोसक तर्फ शोषित यी दुई वर्ग सदा नै आपसमा संघर्षरत रहेका हुन र यिनमा सम्झौता कहिले सम्भब छैन । अब यो १० बर्षे उपलब्धिहरू जनयुद्ध थियो की धन युद्ध सहजै अनुमान लगाउन सकिन्छ । होइन भने किन सामान्य जीवनशैलीका राजनैतिक नेताहरू विलासी जीवन शैली र विभिन्न अनुसन्धान गर्नुपर्ने अनैतिक कार्यहरूमा सम्मिलित भइरहेका छन् । यही हो त १० वर्षको उपलब्धि  ?


Sunday, August 24, 2025

हिमाल कार्की ः एक परिचय

 हिमाल कार्की ः एक परिचय 


Himal Karki


प्रस्तोता ः प्रशान्त महासागर

वि.सं. २०२७ बैशाख ०४ गतेका दिन सुभद्रा कार्की र लोक बहादुर कार्कीको आँगनमा भिमशिला जस्तो चट्टानले डेरा जमाउन पुगे । कसैको आगमनले गुलशन बागवान सावित भए । घरको जेठो छोरोको रुपमा जन्म लिनुभयो । उहाँको नाम हिमाल राखियो भने कुलले दिएको थर कार्कीले सु–सज्जित हुनुभयो । उहाँको साथ र सहयोगको लागि जय कार्की भाइ बनी आउनु सुनमाथि सुगन्ध बनी चारै दिशा फैलिन थाले । 

जीवनको सुख र दुःखलाई हरहमेशा आफ्नो छाँया बनाउने उद्देश्य स्वरुप उहाँले सुनीतालाई छान्नु भयो, वैवाहिक जीवनसँग नाता गाँस्नु भयो । श्रीमती सुनीता र उहाँको बगैचामा कृतीका, सहनसिला र साँग्रीला  एवम् पर्वत कार्की जस्ता फूलहरूले फुल्ने अवसर प्राप्त गर्नुभयो । जीवन तिनै फूलहरूको लागि समर्पित गर्दै अनेकन कार्य व्यस्ततामा आफुलाई हिमाल झै अटल बनाई यात्रा गर्दै हुनुहुन्छ । 

शिक्षामा उहाँले स्नातक (व्यवस्थापन) २०५० सालमा आफुलाई दिक्षित बनाउनु भएको थियो । आफ्नो शैक्षिक दक्षता अनुरुप उहाँले राजनीतिलाई आर्थिक, मानवीय, खनिज, बस्तु, विचार, परिवार, समाज या राष्ट्रमा आउने जुनसुकै समस्याको उचित व्यवस्थापन र उत्थानको भूमिका नै वास्तवमा राजनीति हो, बुझ्नुहुन्छ । 

पेशाले उहाँ सफल व्यापारी हुनुहुन्छ । नेपाली काँग्रेस काठमाण्डौं जिल्ला सदस्य हुनुका साथै २०५४ सालको स्थानीय निर्वाचनमा उहाँ कीर्तिपुर नगरपालिका वडा नं. १२ बाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । हाल उहाँ वालकुमारी मा.वि.को व्यवस्थापन समीतिको अध्यक्ष, अन्ध अपाङ्ग प्राविधिक तथा सिप विकास केन्द्रको महासचिव एवम् जाखा सहकारीको ऋण समीतिको संयोजकमा कार्यरत हुनुहुन्छ । 

जीवनको लक्ष्य र उद्देश्यलाई उहाँले राजनैतिक उद्देश्य मान्दै अवसर प्राप्त भएको खण्डमा समाजमा रहेका विभिन्न समस्याहरूका समाधान खोज्दै जनतालाई आवश्यक भौतिक, सामाजिक एवम् आर्थिक उन्नतिमा समर्पित हुने विचार लिनु भएको । सत्ता र शक्तिको दुरुपयोग नगर्ने लक्ष्य र उद्देश्य उहाँको रहेको छ ।

त्यस्तै कर्तव्य र दायित्वका सवालमा जनताका हरेक समस्याहरू जस्तै कि आर्थिक, सामाजिक, भौतिक एवम्  राजनीतिमा हातेमाले गरी समान रूपमा अवसर र सर–सहयोग गर्दै स्वास्थ्य, शिक्षा, विकास र रोजगारीमा निःस्वार्थ रूपमा आफ्नो स्थानबाट सहभागी तथा सहयोगी बनी कर्तव्य र दायीत्व पुरा गर्नुपर्छ, विचार राख्नुहुन्छ । 

उहाँ कीर्तिपुर नगरपालिका वडा नं ५, कौन्याचौरका एक स्थायी बासिन्दा हुनुहुन्छ भने आफ्नो क्षेत्र र विचारमा हिमाल झै अटल हुनुहुन्छ । एक भिमशिला झै हुनुहुन्छ ।

कीर्तिपुर सन्देश साप्ताहिक अंक ७०७


Saturday, August 23, 2025

लघुकथाः व्यापारी

 लघुकथाः व्यापारी




दिलकुमारी डङ्गोल


बिहानको समय,

कलेज नजिकैको  नास्ता पसलमा बिद्यार्थीहरू आउने जानेको क्रम यथावत नै छ ।

प्रायः ११÷१२ पढ्ने विद्यार्थीहरू देखिन्थे ।

त्यस्तैमा चार जना केटीहरू आयो । भित्र टेबुलमा गएर बस्यो । दुई दुई जना बाडिएर । 

एकैछिनमा साहुजी आएर, “चियाखाजा चुरोट के ल्याइदिऊ ?” 

सायद सधै आएर खाने गरेको भएर होला ।

एउटी केटीले भन्यो, “अहिलेलाई चारवटा चिया र दुईवटा चुरोट ल्याइदिनु । एकछिनमा खाजा के खाने भनौंलाँ ?”

साहुजीले हस् भन्दै, चारवटा चिया ल्याइदियो । चुरोट र लाइटर हातमा दियो । केटीहरू गफिदै चिया खादै, चुरोट 

तान्दै थिए । 

त्यहिबेलामा, साहुजीको छोरा पसलभित्र आयो । कपी किन्न र कलेजमा खाजा खान पैसा माग्यो । साहुजीले रु ५००÷– को नोट निकालेर दियो । पैसा खल्टीमा राखेर निस्क्नै लाग्दा, आफुसंगै पढेकी स्कुलको साथीलाई देख्यो । नजिक 

गएर हात मिलायो । ती केटीसंग कुरा गर्दै गरेको छोरालाई देखेर बोलाइहाल्यो ।  छोरा आयो ।  भित्र लगेर सम्झाउँदै,

“यस्तो चुरोट खाने तिम्रो साथी ? बिग्रेका । कहिल्यै कक्षाकोठा बस्ने होइन । खाली बाहिर डुलेरै बिहान बित्छ  ।  यस्तालाई  साथी बनाएर नहिड है छोरा ।”

छोराले भन्यो, “उनी मेरो स्कुलको साथी हो  । संगै क्भ्भ् दिएको ।”  यति भन्न मात्र  के भ्याको ?

साहुजी रिसाउदै, “जो सुकै होस् न । अबदेखि साथी भनेर जाने बोल्ने होइन । यस्ता बिग्रेका केटीहरुसंग ।” बिहानैदेखि चुरोट तानेर बस्ने । आमाबुबाले पनि वास्ता नगरेका जस्ता ।  संगत नगर्लास्  उनीहरुको ।

छोरा केही  नबोलिकन निस्केर गयो । त्यहाँबाट ...


Friday, August 22, 2025

ज्येष्ठ नागरिकप्रति युवा दायित्व

 ज्येष्ठ नागरिकप्रति युवा दायित्व


संगीता उप्रेती श्रेष्ठ

नेपाली समाजमा आफुभन्दा ठुलालाई सम्मान र सानालाई माया गर्ने समाज हो । हाम्रो धर्म, परम्परा, सांस्कृतिक र व्यवहारले ज्येष्ठ नागररिकप्रति कर्तव्य पालना गर्न सिकाएको छ । साथै जुनसुकै धर्मले ज्येष्ठ नागरिकलाई राज्य र समाजले दिनुपर्ने सहयोग साथैै सम्मानका बारेमा निर्देश गरेको छ । जुन दर्शनले बृद्ध बृद्धालाई अत्यन्त उच्च सम्मान र सहयोग गर्न प्रेरित गर्छ । तर नेपालमा अहिले ज्येष्ठ नागरिकप्रति गरिने व्यवहार ठिक छैन भनी नियम कानुन बनेकै छैनन । विकसित हुँदै गएको प्रवृत्ति पनि हाम्रो परम्परा साथै मूल्य मान्यता अनुसारको छैन । जसले गर्दा ज्येष्ठ नागरिकले अपमान बोध गर्नुपर्ने अवस्था छ । यो अवस्था रहनु भनेको भोली आफैमाथि आइलाग्ने नकारात्मक व्यवहारलाई निम्तो दिनु हो । किनकि आजका प्रत्येक युवा–युवती भोलिका वृद्धा–वृद्ध हुन । सबैले वृद्ध अवस्था भोग्नै पर्छ । तसर्थ यो अवस्थालाई सरल सहज र सुखमय बनाउन समाज र राज्यले आवश्यक ध्यान दिन जरुरी छ । जहाँ ज्येष्ठ नागरिकको हितमा काम हुन्छ त्यो मुलुक आफैमा सुसंस्कृति र कर्तव्यनिष्ठ जनता भएको मुलुक ठहरिन्छ । आफ्नै अग्रजहरुप्रति उचित व्यवहार गर्न नसक्ने व्यक्ति समाज र राष्ट्रलाई सम्मानको दृष्टिले हेर्न सकिंदैन । तसर्थ सबैलेज्येष्ठ नागरिकको हक–हितका लागि सोच्नै पर्छ । नेपालमा २४ लाख ज्येष्ठ नागरिक रहेको अवस्था छ । तर विडम्बना के छ भने उनिहरूसंग रहेको दक्षता र सीप राज्य समाजले उपयोग गर्न चासो देखाएको छैन । यो दक्षतालाई प्रयोग गर्नका लागि राज्यसंग नियम कानुन र दीर्घकालीन योजना सोच नहुनुनै अहिले खड्किएको पक्ष हो ।

वृद्धहरूलाई हेलाको पात्र बनाईदैछ । जबकि उनीहरूसंग समाजलाई काम लाग्ने ज्ञान र सीप छ । ज्येष्ठ नागरिकको यो पंक्तिमा धेरै व्यक्ति सरकारी वा गैरसरकारी जागरिबाट अवकाश प्राप्त भएकाहरू पाइन्छन । यदि उपयुक्त स्थान दिने हो भने उनीहरूले लामो समय लगाएर आर्जन गरेको ज्ञान सीप राष्ट्रले अझ धेरै लामो समयसम्म प्राप्त गर्न सक्छ । तर यसका लागि सरकारले कानुन तर्जुमा गर्नुपर्ने हुन्छ र विभिन्न संघ–संस्था समूह र समाजले अग्रजहरूको ज्ञानलाई उपभोग गर्ने वातावरण तयार गर्न सक्नुपर्छ । एकातिर यसले जेष्ठ नागरिकप्रति सम्मान गरेको ठहर्छ भने राष्ट्रले पनि उनिहरूबाट प्रचुर लाभ लिन सक्छ । वास्तवमा बालक, युवा र अन्य समुहका लागि विभिन्न कानुन बने, सेवा गृह निर्माण भए तर वृद्ध–वृद्धाका लागि केही छैन । यो अवस्था हुनुहुँदैन मानव विकाशको क्रममा मानिसको जन्म भएपछि युवा, वृद्ध हुँदै मर्ने प्रक्रिया प्रकृतिको बरदान नै मानिन्छ । यदि यो प्रक्रियामा कतै भुलचुक भए यो संसार नरहन सक्छ ।

सबै प्राणीका लागि जन्म बाल, युवा र वृद्ध हुँदै अन्तिममा मृत्युवरण गर्नु नै प्रकृतिको नियम हो । यही नियम भित्र पर्छ ज्येष्ठ नागरिकप्रति गरिने सम्मानजनक व्यवहार र उपयुक्त व्यवस्था । तर नेपालमा ज्येष्ठ नागरिकको हक–हित र उचित सरोकारको विषयमा सरकारले कुनै नियम कानुन बनाएको छैन । २४ लाख भन्दा बढि ज्येष्ठ नागरिकप्रति एक प्रकारले यो अपमान हो । उनीहरूको हक–हित सुरक्षित गर्न र मृत्यु पर्यन्त सम्मान गर्न सक्ने खालको कानुनी व्यवस्था सरकारले तुरन्त गर्नुपर्छ । केमा स्पष्ट हुन जरुरी छ भने हामी जे छौ अग्रजहरूकै कारणले प्राप्त भएको हो यसलाई कसैले पनि विर्सन मिल्दैन । अहिलेका वृद्धहरू हिजो युवा थिए र युवाहरू हिजो बालक थिए । आजका युवा भोलि वृद्ध हुन्छन । यहि नै प्रकृतिको नियम हो । यो प्रकृतिको नियमलाई कसैले बदल्न सक्तैन । तसर्थ अग्रजहरूका हक–हितको ग्यारन्टी गर्नु भनेको आफ्नो वृद्ध अवस्थालाई सहज बनाउनुु हो । तसर्थ ज्येष्ठ नागरिकहरूको हकहितको ग्यारेन्टी गर्ने कानुन निर्माण र उनीहरूले सम्मान जनक बाँच्न पाउने वातावरण तयार गर्नै पर्छ ।

नेपालमा ज्येष्ठ नागरिकमाथि अधिकांश पारिवारिक दुव्र्यवहारमा सम्पत्ती नै प्रमुख कारक तत्व मानिएको छ । तसर्थ ज्येष्ठ नागरिकलाई सम्पत्तिको कारणबाट हुने दुव्र्यवहारबाट सुरक्षित गराउन कानुनमा आधारभूतरूपमै संशोधन गर्नुपर्छ । जसअनुसार ज्येष्ठ नागरिकले आजैको सम्पत्तिमा इच्छापत्रको व्यवस्था हुनुपर्छ । जुन इच्छापत्र ज्येष्ठ नागरिकले चाहेको बखत सहजै रद्ध हुने कानुनी व्यवस्था गर्नुपर्छ । हाल, आपूmसँग कुनै सम्पत्ति नभएकाले सन्तानको आय आर्जनमा बाँच्न बाध्य ज्येष्ठ नागरिक मात्रै पारिवारिक दुव्र्यवहारमा परिरहेका छैनन् कि आपूmसँग बाँचुन्जेल खान लगाउन पुग्ने सम्पत्ति भएका ज्येष्ठ नागरिकहरू पनि पारिवारिक दुव्र्यवहारमा परिरहेका छन । यो भन्दा विडम्बनाको विषय केही हुन सक्तैन ।

ज्येष्ठ नागरिकलाई सम्मान गर्न कुन पालिका, वडा, जिल्ला कुन शहर कुन गाउँ टोल उत्कृष्ट छ भनी पहिचान गर्ने परम्पराको कायम गर्नुपर्छ । समाजमा, सामाजिक काममा सार्वजनिक पदधारीको सही उमेर र पाका मानिसलाई क्रमश आशन ग्रहण गराउने, सम्मान गर्ने संस्कृतिको विकास गर्नु पर्छ । अन्य मुलुकका असल अभ्यासको खोजी गरी हामी आफ्नो कर्म गरौं तिनै तहका सरकारले परामर्शदाता, सल्लाहकार, स्वयंसेवक, संचालक, सदस्य लगायतका पदमा नियुक्ति गर्नुपर्छ । प्रत्येक वडामा ज्येष्ठ नागरिक स्रोत केन्द्रको स्थापना गर्नुपर्छ । यस केन्द्रले ज्येष्ठ नागरिकको प्रोफाइल तयार गरी उनीहरूको क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्न सक्नुपर्छ ।


१.खुल्ला दिशा मुक्त कीर्तिपुरको त्रि वि

 १.खुल्ला दिशा मुक्त कीर्तिपुरको त्रि वि



नवराज अधिकारी

धुम्म आकाश असारको मध्य समय झ्याउँकिरी र अन्य किरा फट्याङ्ग्राको  आवाजमा बिहानीको उज्यालो संगै हुलका हुल मानिसहरू अपराधीलाई हतकडी लगाएर डोहो¥याए जस्तो पप्पी र डग्गीहरूलाई साङ्लोमा घिसार्दै कीर्तिपुरको शान र गौरव देशकै ठूलो त्रिभुवन विश्वविद्यालय हाता परिसर भित्र छिर्दै थिए सायद कसैको नियन्त्रणमा अध्ययन गर्न भनेर हिडेछन की  क्या हो ? हुन त देशले शिक्षा क्षेत्रमा फड्को मारिसकेको छ । देशमा साक्षरता प्रतिशत बढिरहेको छ । कोही कसैको साङलोमा नियन्त्रित तिनीहरू एक आपसमा कराउँदै थिए सायद नित्य कर्मको समय भएर हो कि ? मानिसहरुले तिनीहरूको भाषा बुझेर हो कि केहीबेर टक्क अडिए साङलोमा नियन्त्रित तिनीहरू खुट्टा उचाल्दै थिए सायद शौचालयको खोजीमा हुनुपर्छ । चेतनशील प्राणीले ती अबोध जनावरको लागि खुल्ला आकाश नै सौचालय बनाइदिए । ती डग्गी र पप्पीहरु आफ्नो लाज छोप्न बुट्यान र झाडी भएतिर तन्किदै कराउँदै थिए । नजिकै रुखहरूमा भएका चराचुरुङ्गी जोड जोडले कराउन थाले सायद मेरो मनले भन्दै थियो यी चराहरू आफ्नो बासस्थानमा अरूले फोहोर गरे अथवा मेरो घर वरिपरि किन हल्ला गर्दैछ भनेर हुनुपर्दछ । न कराउनु पनि किन “घर आयो कुकुर बलियो” भने जस्तै आफ्नो बासस्थानमा अरूले कब्जा जमाउन खोज्दा जो कोही पनि आक्रामक हुन्छ तर तिनीहरू सभ्य र सलिन थिए विरोध मात्र जनाए ।

        विश्वविद्यालय यस्तो ठाउँ हो जहाँ माध्यमिक तह पछि उच्च शिक्षा अध्ययन गर्ने ठाउँ हो जहाँ बौद्धिक वर्गहरू उल्लेख्य मात्रामा उपस्थित हुन्छन् । सम्पूर्ण विषय अध्ययन अध्यापन हुने ठाउँमा प्रत्येक दिन कुकुर डुलाउने देखि लिएर गाईबस्तु चराउने ठाउँ भइरहेको छ । विश्व विद्यालय भित्र पशु उद्धार केन्द्र त छैन ? के यो ठीक हो त ?  कीर्तिपुर १२ वर्ष अगाडि नै खुल्ला दिशा मुक्त घोषणा भएको नगरपालिका हो । धर्म शास्त्र, विभिन्न भाषाहरूदेखि लिएर सम्पूर्ण क्षेत्र र विषय पढाइ हुने ठाउँमा विज्ञान वैज्ञानिक र आविष्कार केन्द्र समेत रहेको यस विश्व विद्यालयमा विद्यार्थी बनेर आई नपुग्ने सायद कमै होलान । शिक्षा क्षेत्रमा यो एउटा देशकै शान हो । विश्व विद्यालय सुधार गर्नुपर्दछ भनेर पेशागत संगठन, राजनैतिक दलका भातृ संस्थाको रूपमा विभिन्न विद्यार्थी संगठनहरू लागि परिरहेका छन् । यस विश्व विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू शिक्षा क्षेत्रमा सुधार गर्नुपर्दछ भनेर भनिरहेका हुन्छन् । जहाँ अध्ययन गरेका विद्यार्थीहरू कयौ पटक शिक्षा मन्त्री समेत भइसकेका छन् अझ विशेषत प्रधानमन्त्री कुलपति हुने  प्रावधान रहिआएको छ ।

           विश्व विद्यालयले समय समयमा विश्व विद्यालय क्षेत्र भित्र गाईबस्तु चराउन, कुकुर डुलाउने, सवारी साधन सिक्न सिकाउन निषेध गरिएको सूचना बेला बेलामा प्रकाशित भइरहेको थियो । की अहिले यी र यस्ता कार्यहरू गर्न गराउन पाइने हो ? यदि होइन भने त्यहाँ कार्यरत सुरक्षा निकायलाई त्यस्ता कार्यहरू गर्न गराउन हुँदैन भन्ने थाहा छैन ? की विश्व विद्यालय क्षेत्र भित्र पशु उद्धार केन्द्र बनाएर संरक्षण गरिएको छ ? की विश्व विद्यालयले  नै चासो नदिएको हो ? विश्व विद्यालयले यी र यस्ता साना साना कार्यहरूको लागि विशेष चासो लिएर देशकै ठूलो र पुरानो विश्व विद्यालय विश्व सामु चिनाउन पहल गरौं । त्रिविलाई कुकुर डुलाउने वा गाई चराउने ठाउँ बनाउनु न त उचित हो, न त स्वीकार्य । यस्तो प्रवृत्तिले हाम्रो शैक्षिक गौरवमा आँच पु¥याउँछ । त्रि वि विश्वविद्यालय मात्र होइन  यो नेपाली शिक्षा क्षेत्रको मेरुदण्ड हो यसलाई सुरक्षित, स्वच्छ र सम्माननीय बनाउनु हरेक नागरिकको जिम्मेवारी हो ।


Thursday, August 21, 2025

राज्यलक्ष्मी महर्जन शाक्य ः एक परिचय

 राज्यलक्ष्मी महर्जन शाक्य ः एक परिचय


कीर्तिपुरलाई पृथ्वीनारायणको हमलाबाट कसरी जोगाउने भन्दै आफै युद्धमा होमेकि लडेकी कीर्तिपुरको बिरंगना कीर्तिलक्ष्मी जतिकै सक्रिय रोगसँग लडेर पनि कीर्तिपुर समाजमा आशा बाँडिरहेकी योद्धा एवम् कसरी कीर्तिपुरलाई सम्पन्न बनाउन सकिन्छ सोची रहने विचार राज्यलक्ष्मी हुन् । हिजो बैरिबाट बचाउने चाह हुनु र आज विकृति विफलतामा सफलता खोज्नु एउटै हो कि जसलाई पुनरआगमन मान्न सकिन्छ कि ?

कीर्तिलक्ष्मी जस्तै राज्यलक्ष्मी नामैमा एउटा गहिरो अर्थ छ । “देशको ढुकुटी“ भन्ने भावार्थ बोकेको यो नाम धारण गरेर जन्मिएकी राज्यलक्ष्मी महर्जन शाक्यको जीवन भने कुनै साधारण कथा होईन् । संघर्ष, पीडा, आँसु र साहसका प्रत्येक पानामा उनले आफ्नो जीवनलाई लेखेकी छिन् ।


वि.सं. २०३६ साल कार्तिक २२ गते, कीर्तिपुरको पाँगा सिकुछेँमा, स्व. कृष्ण बहादुर महर्जन र स्व. ईश्वरीमाया महर्जनका कान्छी सुपुत्रीको रूपमा जन्मिएकी उनी, जीवनले उनलाई असाधारण बाटोतर्फ डो¥याउनेछ भन्ने कुरा त्यतिबेला कसैलाई थाहा थिएन् ।

२०५१ साल मंसिर १६ गते, परम्परागत संस्कार अनुसार विजय शाक्यसँग लगनगाँठो कस्दै उनले वैवाहिक जीवनको यात्रा सुरु गरिन् । यात्राबाट प्राप्त सांसारिक सुख, दुई सुपुत्र रोहित र विनित आज विदेशमा अध्ययनरत छन् । तर आमाको साहस र संघर्षको कथा भने उनीहरूको आत्मामा गहिरो छाप बन्न बाँकी नै  छ ।



२२ फेब्रुअरी २०१७, यो दिन उनको जीवनमा आँधी झैँ आयो । डाक्टरहरूले उच्चारण गरेका शब्दहरू “चौथो चरणको क्यान्सर” ले उनको आत्मालाई क्षणभरमा चिरफार गरिदियो । संसार अन्धकारले ढाकिए झैँ लाग्यो । “अब जीवनको घडी रोकिँदैछ कि ?” भन्ने प्रश्नले उनको मन भत्काइरह्यो । तर, राज्यलक्ष्मी हार मान्ने नामकी थिइनन् ।

महँगो उपचार, लगातार अस्पतालका यात्रा, असह्य पीडा, बारम्बार शल्यक्रिया... यो सबै उनले आफैंले आफ्नै काँधमा बोकिन् । ११ पटक शल्यक्रिया भइसकेपछि पनि उनले आँसु पुछ्दै भनेकी थिइन्, “म रोगी होईन्, रोगसँग लड्ने योद्धा हुँ।” १२औं शल्यक्रियाको तयारी भइरहेकै बेलामा पनि उनको आत्मबल अडिग रह्यो । शरीर क्यान्सरसँग थाक्थ्यो, तर उनको मन अझै अटुट साहसले भरिएको रहन्थ्यो । सारकोमा बोन म्यारो क्यान्सर चौथो चरणबाट घटेर दोस्रोमा पुगेको खबरले उनलाई मात्र होईन्, सम्पूर्ण समाजमा आशाको दीप प्रज्वलित भएको छ ।

समाज र उद्यमशीलताको आकाशमा राज्यलक्ष्मीको जीवन रोगसँगको मात्र युद्ध होईन्, समाजलाई उज्यालो बनाउने यात्रा समेत हो । उनले बीबीए अध्ययन सकेपछि व्यवसाय, उद्यमशीलता र समाजसेवामा समान तिव्रता दिएर अघि बढिन् । उनी आवद्ध संघसंस्था यश प्रकारका छन् ः

नेपाल इन्डस्ट्रियल फेडरेसन महिला औद्योगिक विकास समितिकी सदस्य, सातै प्रदेश संयोजक

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश पर्यटन विकास समितिकी प्रमुख

कीर्तिपुर उद्योग वाणिज्य संघकी संस्थापक अध्यक्ष

झिगु मार्ट, जानकीधाम होटल प्यालेस, झिगु होमस्टे, मनकामना क्राफ्ट एण्ड क्रिएशनमा नेतृत्व

स्वाभिमानी पब्लिकेशन प्रा.लि. र जनधारणा राष्ट्रिय साप्ताहिकमा प्रबन्ध निर्देशक

नेपाल रेडक्रस सोसाइटी, महिला अधिकार, मानवअधिकार, पत्रकारिता र कारागारमै जीवन परामर्श


यी सब भूमिकाले उनलाई एक बहुआयामिक व्यक्तित्व बनायो । उनले सधैँ “समयसँगै आफैलाई रुपान्तरित गर्दै अघि बढ्नु नै जीवनको सार” ठानेकी छिन् । 

शरीरमा रोगको चपेटा थियो, तर आत्मामा उज्यालो । धेरैजसो मानिसहरू यति ठूलो पीडासँग हार मान्थे । तर राज्यलक्ष्मीले भने रोगलाई मात्र जितिनन्, अरुलाई पनि “जीवन लड्नकै लागि हो” भनेर सिकाइन् । 


उनले महिलाको सशक्तीकरण, उद्यमशीलताको विकास, समाजसेवा र मानवअधिकारका क्षेत्रमा आफ्नो सम्पूर्ण आत्मा अर्पण गरिन् । गाउँ–गाउँ पुगेर तालिम, प्रोत्साहन, लगानीका अवसरहरू सिर्जना गर्दै उनले “एक महिला उठ्यो भने समाज उठ्छ” भन्ने सन्देशलाई कर्ममार्फत उतारिन् ।

अन्तमा, राज्यलक्ष्मी महर्जन शाक्य केवल नाम मात्र होईन्, यो साहसको प्रतीक हो, जीवनसँगको संघर्षमा नझुक्ने आत्मबलको प्रतिरूप हो । उनले जीवनलाई आफ्नै शब्दमा यसरी परिभाषित गरेकी छन्, “रोग शरीरमा बस्छ, तर हारलाई कहिल्यै मनमा बस्न दिनु हुँदैन।” उनको यही अटूट धैर्य, सकारात्मक सोच र दृढ इच्छाशक्तिले उनलाई रोगसँग लड्ने मात्र होईन्, समाजलाई उज्यालो दिने प्रेरणादायी दीप बनाएको छ । राज्यलक्ष्मी महर्जन शाक्य, रोगभन्दा बलियो जीवन, समाजभन्दा गहिरो सेवा, अनि प्रेरणाको शाश्वत स्रोत हुन् । उहाँको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै निजी क्षेत्रलाई अगाडि बढाउनको निम्ति कीर्तिपुरमा औद्योगिक ग्राम स्थापना गर्नको लागि उहाँको कार्य अझै शीघ्र सफलताको कामना मेरो तर्फबाट पनि गर्न चाहन्छु । उहाँको अग्रणी भूमिका रहने कुरामा समाज विश्वस्त हुनुपर्छ ।

कीर्तिपुर सन्देश ७०८ अंकमा प्रकाशित  प्रस्तोता ः प्रशान्त महासागर


Wednesday, March 19, 2025

मानव विकासक्रमसँगै शिलालेख र लिपिको विकास

 मानव विकासक्रमसँगै शिलालेख र लिपिको विकास

ई.शरदमंगल जोशी

                      शिलालेख भनेको ढुंगामा कुँदिएको अभिलेख हो । प्राचीन समयमा महत्वपूर्ण घटनाहरु, राजकीय आदेश, धार्मिक सन्देश, भूमि अनुदान, युध्द विवरण आदि लिखित रुपमा संकलन गर्न शिलालेख प्रयोग गरिन्थ्यो । ढुंगे शिलालेखको इतिहास कोट्याउँदा शिलालेखको परम्परा संसार भरि पुरानो सभ्यताहरूबाट सुरु भयको पाइन्छ । फ्रान्सको दक्षिण(पश्चिम भागमा अवस्थित नियाक्स गुफा (Niaux Cave) विश्वकै सवैभन्दा पुरानो प्रागैतिहासिक सम्पदाहरु मध्ये एक हो । यसमा हजारौं वर्ष अघि सिर्जना गरिएका अत्यन्त सुन्दर कलाकृतिहरु रहेका छन् ।यहाँ भेटिएको प्रागैतिहासिक कलाको लगभग सबै भाग मानव हातका चित्रहरु थिए । यी चित्रहरु रातो र कालो रंगमा पोतेका थिए । यी चित्रहरु रेडियोकार्बन परीक्षणबाट करिब ३१००० देखि २७००० वर्ष पहिलेको भएको प्रमाणित भइसकेको छ । 

       डा. मोहनलाल गुप्ताको  'Ancient Historu of India Qmone Age to 1200AD पुस्तकका आधारमा शिलालेखको विकास मानवको विकासक्रम अनुसार विकसित हुँदै गएको वर्णन गरेका छन् । पृथ्वीको जन्म अगोको गोला चिसो हुने क्रमसंगै जीवजगतको प्रकट हुने सम्भव भयो । पृथ्वीमा मानवको अगमन हिमयुगमा भएको थियो । यो युगको आरम्भ ठीक कुन समयमा भएको भन्न सकिदैन । पूर्वी अफ्रीकाका क्षेत्रहरुमा ३५ लाख वर्ष पुराना पत्थरका औजारहरुसंग मानवको अवशेषहरु फेला परेका छन् । यस युगका मानवलाई आस्ट्रेलोपिथेकस भनिन्छ । यस आदिम मानवको मस्तिष्क ४०० मिलिलिटर आकारको थियो । यी आदिम मानव दुई खुट्टामा उभिएर हिड्न सक्ने तर सीधा उभिन सक्दैनथ्यो । यस आदिम मानवलाई शब्द उच्चारण गर्न असमर्थ थियो । त्यसैले यसलाई मानव र बाँदर बीचको प्रजाति भनिन्छ । यस जातिले पत्थरलाई हतियारको रुपमा प्रयोग गर्न जानिसकेका थिए । 

दुई खुट्टाले सिधा उभिन सक्षम मानव करिव १० लाख वर्ष पुरानो जीवाश्ममा प्राप्त भयो जसलाई ु होमो इरेक्टसु भनिन्छ । यस मानवको मस्तिष्कको आकार १००० मिलिलिटर थियो । यस मानवहरु केही शब्द बोल्न सक्षम भइसकेका थिए । यस मानवका जिवाश्महरुको नजिक धेरै संख्यामा तेजधार भएका काट्ने औजारहरु र कच्चा फेला परेका छन् । यस आधरमा यस प्रजातिका मानवहरुले मासु पोलेर खान सक्ने र आगोको प्रयोग गर्न जानिसकेको अनुमान गर्न सकिन्छ । यस मानवले पशुपालन गर्न जानिसकेका थिए । आफ्नो पशुहरुको लागि नयाँ चराउने जमिनको खोजीमा लामो यात्रा गथ्र्यो । यो मानव लगभग १० लाख वर्ष पहिले अफ्रिकाबाट बाहिर निस्केको थियो । यसका जीवाश्म चीन, दक्षिण – पूर्वी एशिया र भारतका नर्मदा नदीको घाटीमा फेला परेका छन् । यो मानव लगभग ७ लाख वर्ष अघि २० देखि ३० प्रकारका उपकरण बनाउन जानिसकेका थिए । होमो इरेक्टसबाट निएण्डरतल र होमो सेपियन गरि दुई जातिहरु उत्पन्न भए । निएण्डरतल नामक मानव ३० हजार वर्ष अघि सम्म पृथ्वीमा उपस्थित थियो । यी मानवहरुमा लामो  लामो रौं भएका, मन्द बुध्दि भएका प्राणी थिए । यी मानवहरुको अनुहार रुपरेखा आजका मानिससंग धेरै मिल्दोजुल्दो थिए । लगभग ३० हजार वर्ष पहिले यो मानव पृथ्वीबाट पूर्ण रुपमा समाप्त भएको थियो । 

आजभन्दा पाँचलाख वर्ष पहिले होमो इरेक्टसले हाम्रो जस्तै आकार लिन सुरु गर्यो । यसलाई होमो सेपियन भनिएको हो । यसको अर्थ ु हाम्रो जातिको ु हो । यस मानवको मस्तिष्कको औसत आकार लगभग १३०० मिलिलिटर थियो । भारतमा मानवको पहिलो बसोबास पनि यही सुरु भएको भन्ने कुरा पत्थरका औजारहरुको आधारबाट थाहा पाइन्छ । 

आज भन्दा लगभग १ लाख २० हजार वर्ष पहिले आधुनिक मानव अस्तित्व आएका थिए । यी होमोसेपियन जातिका परिष्कृत रुप थिए । आजभन्दा लगभग ४० हजार वर्ष पहिले परिष्कृत होमोसेपियन जातिका केही मानव युरोपमा  बस्न गए ।  बौद्धिक रूपमा यिनीहरू निएण्डरतलहरु भन्दा धेरै सक्षम थिए । यिनीहरू नयाँ काम गर्ने सोच राख्थे र अझ राम्रो हतियार बनाउन सक्षम थिए । यिनीहरुले शरीरलाई ढाँक्ने तरिका सिकेका थिए र उनका आश्रय स्थलहरु पनि राम्रो थिए ।

आजभन्दा लगभग १० हजार वर्षअघि मानिसले कृषि र पशुपालन सुरु गरेको हो । आजभन्दा लगभग ८ हजार वर्षअघि मानिसले हातले भाँडा बनाउने र तिनीहरूलाई आगोमा पकाउने काम सुरु गरेको थियो । यस अवस्थामा मानिसको मस्तिष्कको जसरी जसरी विकास भयो सोही अनुसार पत्थर र धातुका हतियार र औजारहरूको विकास गर्दै गए । यससँगै यो सभ्य जीवनतर्फ अघि बढ्यो । 

प्रसिद्ध भारतीय इतिहासकार डा.ईश्वरी प्रसादले लेखेका छन् । आजका मानवको रूप नै औजारहरूको प्रयोगबाट भएको हो । भारतको विन्ध्याचलका पहाडहरूको गुफाहरूमा लगभग १ लाख वर्ष पुरानो चित्रहरू प्राप्त भएका छन् । ती गुफाहरुमा तिनका औजारहरू पनि भेटिएका छन् । आजभन्दा ८००० वर्ष अघिसम्मका मानवहरुलाई पूर्व (पाषण कालका मानव भनिन्छ । यस कालका मानव पूर्ण रूपमा सिकार गर्नेमा थियो । यस मानवले कृषि, पशुपालन संग्रह गर्ने जस्ता मानवीय क्रियाकलाप गर्दथ्यो । यस कालका मानवले संस्कृति निर्माण गर्न पनि जानिसकेका थिए । यस कालका मानवहरू कुनै एक स्थानमा स्थिर भएर बस्दैन थिए । उनीहरुलाई शिकार, कन्दमूल, फल आदि पाउने आशा हुन्थ्यो र त्यहाँ जान थिए । प्राकृतिक कठिनाइहरू र जंगली जनावरहरुबाट जोगिनका लागि उनीहरु नदीहरु भएका ठाउँ नजिक बस्न थाले र नदीहरुबाट माछा समात्ने गर्द थिए । जंगलमा पाइने कन्द(मूल र फल पनि उनीहरुको मुख्य आहार थिए । रुखका पातहरु, छाला र जनावरको खालबाट आफ्नो शरीर ढाक्न सुरु गरेका थिए । 

यसकालका मानिसहरु समूह बनाएर बस्द थिए । प्रत्येक समूहको एक प्रधान हुन्थ्यो । जसको नेतृत्वमा ती समूहहरु आहार र सिकारको खोजीमा एक स्थानबाट अर्को स्थानमा सर्द थिए । यसकालमा शवहरुलाई जंगलमा त्यति नै छोडिदिन्थे । ती शवहरु जनावर र पंक्षीहरुको आहार हुन्थ्यो । पछि शवप्रति जिम्मेवारी भावना विकसित भएपछि उनीहरुले शवहरुलाई रातो रंगेर माटोमा गाड्न थाले ।  ८००० ईसापूर्वमा पृथ्वीमा हालसम्मको अन्तिम हिमयुग को समाप्ति भयो । यससँगै पृथ्वीको जलवायु शुष्क र उष्ण हुँदैगयो र जलवायुमा भएका परिवर्तनसँगै वनस्पति र जीवजन्तुहरुमा पनि परिवर्तन आए । यस कालमा मानवहरुको मस्तिष्क पूर्व मानवका भन्दा धेरै विकसित भइसकेको थियो । जसबाट यस मानवले चाँदै सभ्यता र संस्कृतिको विकास गर्यो । जसबाट नयाँ संस्कृतिको पनि जन्म भयो । यस संस्कृति भारतमा लगभग ८००० ईसापूर्व आरम्भ भएर लगभग ४००० ईसापूर्व सम्म रह्यो । भारतका नागपुर, मध्य भारत, कृष्णा नदीको दक्षिण, नर्मदा नदीका किनारहरु, गोदावरी नदीका मुख क्षेत्र, हिमालय क्षेत्रहरुमा प्राप्त भएका औजारहरू पश्चिमी एसिया, युरोप र अफ्रिकामा पनि पाइएका छन् ९ गुप्ता,२०१६० । यस कालका केही नारी मूर्तिहरु भेटिएका छन् जसबाट अनुमान गरिएको छ कि यसकालका मानव मातृदेवीको उपासक थियो । देवीलाई प्रसन्न बनाउनको लागि सम्भवतः उनीहरुले पशु बलि दिन्थे । उनीहरूमा विश्वास थियो कि यसले पृथ्वी मातालाई प्रसन्न बनाउँछ र पशु तथा कृषि दुवैमा वृद्धि हुनेछ ९ गुप्ता, २०१६, पृ।३६० । 

मानिसहरूले ढुङ्गा को स्थानमा धातुको प्रयोग थाले । सुरुमा तामाको प्रयोग त्यसपछि पित्तल र अन्तमा फलामको प्रयोग गर्न थाल्यो । यसबाट मानव सभ्यताको विकास तीव्र गतिले हुन थाल्यो । ढुङ्गालाई पगाल्न सकिँदैन तर तामालाई पगाल्न सकिन्छ । त्यसैले तामालाई पागालेर त्यसबाट साना र ठूला धेरै प्रकारका वस्तुहरु बनाउन थाले ।  भारतको नागपुर देखि गंगा( द्रोणीसम्म फैलिएको विशाल क्षेत्रमा तामाका वस्तुहरु फेला परेका छन् । यस्ता वस्तुहरूमा माछा मार्ने हतियार, खड्ग र मानिसको आकृति भएका वस्तुहरू समावेश छन् । यी वस्तुहरुको प्रयोग मात्र मार्न, स्वीकार गर्न र युद्ध गर्न नभएर विभिन्न शिल्पकला, कृषि आदि कार्यहरुमा पनि प्रयोग गर्न थाले ।  तामा वस्तुहरूको निर्माण गर्नेहरु दक्ष शिल्पकारहरु बन्न थाले । धातुहरुमा पहिलो प्रयोग तामा र तामाबाट धेरै बस्तुहरुको निर्माण हुनथाले पछि यसलाई पवित्र वस्तुको रुपमा लिनथाले । त्यसैले पनि हिन्दू धर्ममा तामाका वस्तुहरुलाई पवित्र र धार्मिक दृष्टिकोणबाट शुध्द मनिन्छ ९ गुप्ता, २०१६, पृ.३९० । 

वैज्ञानिक विधिबाट निर्धारित गरिएका मिति अनुसार तामाको प्रचलन करीब ३००० ईसा पूर्व देखि १५०० ईसा पूर्व भएको हो । यसै युगलाई ताम्र युग (Chalcolithic Age) भनिन्छ । यसै समयमा मानिसहरूले तामा र पत्थर को मिश्रण प्रयोग गर्न थाले । यसै समयमा सिन्धुघाटी सभ्यता (Harappa Civilization) को विकास भयो । यसै समयमा शहर निर्माण, ढल प्रणालीको पनि विकास भयो । आर्यहरुको आगमन १५ सय ईसा पूर्व देखि ६०० ईसापूर्वमा भय ।  जसलाई वैदिक युग भनिन्छ । यस युगमा ऋग्वेदको पनि प्रचार भयो । यस समायमा मानिसहरू गाई, घोडा र खेतीलाई मुख्य पेशा बनाउन थाले ।  यसै युगमा राज्य व्यवस्थाको सुरुवात पनि भयो जसमा राजाको प्रमुख भूमिका थियो । 

भारतमा ६०० ईसा पूर्व देखि ३०१ ईसा पूर्वमा  महाजनपद काल प्रारम्भ भयो । यसमा १६ महाजनपद हरूको उदय भयो । यस कालमा राजनीतिक व्यवस्था सुदृढ हुँदै गयो । गणराज्य र राजतन्त्रको बिकास पनि क्रमिकरुमा हुदै गयो । यसै कालमा गौतम बुद्ध र महावीरको जन्म भयो जसले समाजमा नयाँ विचार ल्याए । यस महाजनपद कालमा भारतमा प्रारम्भिक शिलालेखन र धार्मिक विचारधाराहरु को वृद्धि भएको थियो । यस कालमा लेखन संस्कृतिको पूर्ण रुपमा विकास भएको थियो भन्न सकिँदैन । यस कालमा ब्राह्मी र खरोष्ठी लिपि जस्ता लिपिहरूको प्रयोग भएको थियो । 

महाजनपद कालको अन्त्य पछि इसापूर्व २६०( २३२ को बीचमा अशोक मौर्य सम्राज्यको सम्राट भए । अशोकको शासनकालमा लेखन संस्कृतिको विकासलाई व्यापक रूपमा स्थापित गर्न मद्दत पुग्यो । सम्राट अशोकले आफ्नो शासनकालमा शिलालेखहरू लेखेर धार्मिक र प्रशासनिक आदेशहरू दिन्थे । सम्राट् अशोकले शिलालेखहरूमा ब्राह्मी लिपि प्रचलित भए । यस्ता शिलालेखहरूमा अशोकका नीति, अहिंसा, बौद्ध धर्मको प्रचार र समाज सुधारका सन्देशहरू व्यक्त गरिएका थिए । 

लेखन परम्परा सुरु हुनुअघि मानिसहरूले गुफामा चट्टानमा जंगलका ढुंगाहरुमा विभिन्न आकृतिका चिह्नहरू लेख्न थाले ।  पछि यस्ता चित्रका चिन्हहरू धार्मिक र सार्वजनिक स्थलहरुमा प्रयोग हुन थाले । यस चिन्हलाई हाइरोग्लाफिक भनिन्छ । यस प्रकारका प्रतीकात्मक चिन्हका चित्रहरुबाट लेखन परम्परा विकास हुँदै गए जसलाई क्युनिफर्म भनिन्छ । यसरी लेखन अभ्यासबाट शब्दात्मक र ध्वन्यात्मक रूपमा विकास हुँदै आजको आधुनिक लिपिको विकास भयो ९ देवकोटा, २०७८० । 

नेपालमा शिलालेख लेखनको इतिहासमा सम्राट अशोकको शिलालेखहरू महत्त्वपूर्ण छन् । विशेषगरी लुम्बिनीमा रहेको अशोक स्तम्भमा भेटिएको शिलालेखलाई नेपालमा पाइएको सबैभन्दा पुरानो शिलालेख मानिन्छ । लुम्बिनीको अशोक स्तम्भ शिलालेख सन् १८९६ मा अलोइस एन्टन फुहररले पत्ता लगाएका थिए । यस शिललेखमा भाषा प्राकृत र  ब्राह्मी लिपि थियो । यस शिलालेखको सन्देश सम्राट अशोकले लुम्बिनीलाई बुद्धको जन्मस्थल भनेर मान्यता दिँदै त्यहाँका बासिन्दालाई करमा छुट दिएको उल्लेख छ । यस शिलालेकको स्थापना अशोकले लुम्बिनीको भ्रमण इसापूर्व २४९ तिर गरेका थिए । यसै बेला उनले उक्त शिलालेख पनि स्थापना गरे । 

किराँत शासकहरूको पतनपछि लिच्छवी राजाहरूले करिब ईश्वी प्रथम शताब्दीदेखि आठौं शताब्दीसम्म नेपालमा शासन गरेका थिए । नेपालको इतिहासमा यो समयलाई स्वर्ण युगको रुपमा लिइन्छ किनकी लुम्बिनीको अशोक स्तम्भ लेखबाट लेखन संस्कृति सुरु भई लिच्छवीहरूले पहिलोपटक शिलालेखहरूको स्थापनामार्फत ऐतिहासिक तथ्यहरूको अभिलेख राख्ने परम्परा सुरु गरेका थिए । अभिलेखहरू चोकहरुमा, मन्दिरहरुमा, देवीदेवताका आधारशिला हरुमा पाटीपौवा, गल्ली, ढुंगेधारा बस्ती भित्र र बाहिरी क्षेत्रहरुमा भेटिन्छन् । यस्ता अभिलेखहरुमा त्यसबेलाको सामाजिक, धार्मिक र साँस्कृतिक परिवेश झल्काउँछ । शिलालेखको बनौट अवस्थित स्थान र तिनमा कुदिएका धार्मिक चिन्हहरुको आधारमा स्थानीय जनताको आफ्नै धारणा बनेको पाइन्छ । शिलालेखले किंवदन्तीहरु भन्दा भिन्न इतिहास, संस्कृति र समाजबारे वास्तविक र प्रमाणित जानकारी दिन्छन् । लिच्छवि शासक जयवर्माको ईस्वी १८५ सालको शिलालेख उपत्यकामा भेटिएको सबैभन्दा पुरानो प्रमाण हो । लिच्छविकालीन शिलालेखहरू विभिन्न प्रकारका लिपिहरूमा कुँदिएका पाइन्छन् (Parajuli 2024)

लिच्छवीकालीन शिलालेखहरुमा घरमा पूर्व लिच्छवि लिपि, उत्तर लिच्छवि लिपि वि।सं। ४ औँ शताब्दीदेखि लिएर ७  औँ शताब्दीको उत्तराद्र्धसम्म प्रचलित भएको स्वयम्भूस्थित शिलापत्र, चाँगुनारायण स्थित शिलास्तम्भ सं ३८६ मानदेव ९प्रथम०, लाजिम्पाटस्थित विष्णु विक्रान्त मूर्तिको पाठपीठ लेख सं। ३८९,  पलाञ्चोक स्थित विजयश्री भागवती पाठपीठ लेख सं। ४२५ बाट प्रमाणित हुन्छ ९ शाक्य, २०३०, पृ।४० । पूर्व लिच्छवि लिपि र उत्तर लिच्छवि लिपिलाई ब्राह्मी लिपिको तृत्तीय रुपमा पनि लिने गर्दछ । यस लिपिको लेखनशैलीमा त्रिकोण रूपमा रूपमा देख्न सकिन्छ र पुरातत्वविद् विद्वानहरूले यस लिपिलाई सिद्धमातृका लिपि भनेर पनि भन्ने गर्दछन् ९ शाक्य, २०३०, पृ।५० ।

एघारौं शताब्दीदेखि १८ औं शताब्दीसम्म नेपालमा रञ्जना लिपिको चलेको पाइन्छ । यो लिपि नेपाललगायत चीन, जापान, तिब्बत आदि महायान बौद्ध देशहरूमा पनि प्रचलित र प्रसिद्ध भएको पाइन्छ । प्रचलित नेवारीलिपि, भुजिंमोल लिपि, गोलमोल, लितुमोल, क्केमोल, कुंमोल, हिंमोल, पाचुमोल हुँदै प्राचीन देवनागरी लिपि र सामान्य देवनागरी लिपि नेपालमा चल्न थाल्यो ।