Wednesday, August 27, 2025

मदिराजस्तो तिम्रो माया

 मदिराजस्तो तिम्रो माया



संगिता उप्रेती श्रेष्ठ

           वास्तवमा माया भनेको जीवन हो भावनात्मक शब्द हो, तर यसलाई शब्दमा परिभाषित गर्न असम्भव छ अनि उचित पनि हुँदैन । जसरी हामीले हावामा उडिरहेका फुलहरुका सुगन्ध देख्न सक्दैनौं । अनुभव गर्न सक्छौं त्यस्तै माया प्रेम पनि एक भावना हो । विभिन्न वैज्ञानिक, दार्शनिक, उपन्यासकार, भिक्षु मनोवैज्ञानिकहरुका अनुसार माया प्रेमको परिभाषा फरक फरक रहेका छन । तिमीलाई थाहा नै होला, माया प्रेम आकाश जस्तै अनन्त छ, जसको कुनै सीमा नै छैन । माया विस्वासका कुरा धेरैले गर्छन, तर यसलाई बुझने कम नै भेटिन्छन ।

                  आज म तिमीलाई एउटा पत्र लेख्दै छु । तिम्रो मायालाई मैले बुझ्न सके या सकिन त्यो त मलाई थाहा भएन, किनकी माया र प्रेम उमेर अनुसार फरक हुँदो रहेछ । तिम्रो माया र प्रेमले त मलाई मदिरा जस्तो लाग्यो । तिम्रो प्रेममा म लठ्ठ भएँ । अर्धबेहोस भएँ । तिम्रै झ–झल्कोमा सबैसँग बेखबर भएँ । सोच त के गरिन तिम्रो माया, विश्वास, प्रेम पाउँदा मदिरा भन्दा पनि कडा हुँदो रैछ नि तिम्रो त्यो मायाको मात । मदिरा त पिउन छोडेपछि लाग्दैन भन्ने सुनेको थिएँ तर तिम्रो माया विश्वास र प्रेमको मदिराको मातले कहिले पनि छााडेन बारम्बार तिम्रै यादले बल्झाउँदो रहेछ । सायद माया र प्रेमलाई बन्धन पनि भन्ने गर्छन् क्यारे, त्यसैले होला मलाई तिम्रो माया र विश्वासको बन्धनले बेलाबेलामा बल्झाइरहन्छ । अनि अर्को कुरा, माया बन्धन भएर पनि कति प्रिय अनि कति लोभलाग्दो । मान्छे सबै बन्धनबाट उम्कन चाहन्छ तर किन यो माया र प्रेमको बन्धनमा बाँधिन चाहन्छ ।

पूmलमा भएको सुगन्धलाई जतिसुकै च्यातेर फाले पनि सुगन्ध चुडाउन सकिंदैन । त्यसैगरी माया प्रेमको अक्षय बन्धन पनि चुँडाउन नसकिने हुँदोरहेछ । मैले तिमीलाई बुझ्न सकिन या तिमीले मलाई त्यो कुरा थाहा भएन, तर तिमी मबाट टाढा हुँदैछौं तिम्रो यस्तो व्यवहार देख्दा २०७२ सालको महाभुकम्प आएको जस्तो धक्का महसुस भएको छ । तिम्रो माया प्रेम विश्वासमा म यतिा धेरै भिजेको थिएँ कि तिमी तिमी नै थिएनौं मेरो माया, विश्वास प्रेम थियौ प्रीति आलेले भनेजस्तै मेरो नसा नसामा थियौं, तर जब तिमी गयौं तिम्रो माया विश्वास प्रेम सँगै म पनि सती गए अथवा मेरो नसा नसा रगतमा तिम्रो माया पुग्न सकेन । अनि भन्ने गर्छु मदिरा जस्तो तिम्रो माया । तिम्रो माया प्रेमजस्तै मदिरा पनि खाएपछि नसा नसामा पुग्छ आखिर तिम्रो मायाको उपनाम यही मदिरा नै रैछ क्यारे ।

तिमी मेरो पहिलो माया थियौं म तिम्रो पहिलो दोस्रो कुन थिएँ त्यो तिमीलाई नै थाहा होला । तिमी मेरो पहिलो प्रेम भएकोले होला मैले तिमीलाई धेरै महत्व दिएको थिएँ । हिजो हामीले बिताएका रमाइला स्थान आज मरुभुमि झै निराश र उजाड बनेका छन । मुटु फुटाउने छाती भक्कानिने पलहरु बनेका छन । मायाले रसाउने गरेका छन ।

हिजो तिम्रो माया, साथ, सल्लाह सेवन गरेका यी नसाहरुले आज मायाकै कारण मदिरा सेवन गवरेका छन । अनि भन्न बाध्य हुन्छु मदिरा जस्तो तिम्रो माया प्रेम । तिमीले दिएका हरेक चीज वस्तुहरुलाई आज पनि मैले निकै जतन साथ राखेको छु । तिम्रो सुन्दर औलाबाट कालो मसिले लेखेका ती अक्षरहरु समयको अन्तरालले फिक्का पारिदिएतापनि यादहरु भने गाढा छन । हुनात तिमीलाई मेरो माया नलाग्ने पनि होइन । मलाई तिम्रो माया नसा बनेर लाग्यो, तर मेरो माया तिमीलाई माया नै बनेर लग्यो । समय र परिस्थितिले तिमीलाई त्यस्तै बनायो । परिवार समाजको लागि तिमी मबाट धेरै टाढा हुन खोज्यौं, तर पनि केही छैन । म त तिम्रो छायामा नै मेरो जिन्दगी समर्पित गर्न चाहन्थें । हाम्रो मायाको फुलबारी रङ्गीचङ्गी बनाउन चाहन्थें । मायाको फुलबारीमा भएका कोपिलाहरुको अनुराग फक्रियोस र सबतिर अनुराग छरोस् भन्ने मेरो कामना थियो तर आज सबै सपनाहरु बन्द कोठामभित्रब छरपस्ट भएका छन । म जस्तो थिएँ त्यस्तै छु तिमी जस्तो थियौं त्यस्तै रहेनछौ, किनकी यहाँ भनाइ र गराइमा फरक हुँदो रहेछ । हुन त मैले म जस्तो थिएँ त्यस्तै छु भन्दा तिमीलाई आफैले आफैलाई मपाइ भनेको जस्तो लाग्ला तर होइन म त अझै पनि तिमीलाई तिमीले बुझ्न सक्ने जति, तिमीले लिना सक्ने जति, आफ्नो मनमुटुमा समेट्न सक्ने जति, मुहारमा मिठो मुस्कान फलाउन सक्ने जति माया विश्वास गर्छु । तिमीलाई हेरेर कहिल्यै पनि नथाकेका यी नयनहरु तिम्रो स्पर्श बोकेर आउने बतासहरुलाई अझै पनि साँक्षी राखेर भन्छु, तिम्रो जीवनमा हर्ष उमङ्ग पोखेर म भित्री हृदयदेखि नै तिमीलाई निस्वार्थ माया गर्छु । तानाशाह हिटलरले भनेका छन प्रेम होइन युद्ध गर्नुहोस युद्धमा तपाई कि मर्नु हुन्छ कि बाँच्नु हुन्छ तर माया प्रेममा तपाई न बाँच्नु हुन्छ न मर्नु हुन्छ नै । हो त्यस्तै बनायो मलाई तिम्रो मायाले पनि मन जोडने देखि महल जोड्ने सम्मको सपना बोकेका हामी आज सम्बन्ध टुटाएर बसेका छौं । सम्बन्ध मात्र टुटेको होइन मन पनि टुटेको छ । मुटु भक्कानिएको छ । आँखा रसाएका छन । जसरी देशबाट परदेश पठाउँदा विदाइमा हात हल्लाउँदा आँखा रसाउँछन ठ्पयाक्कै त्यस्तै भएको छ । मात्र वेदना र रोदन फरक फरक हो । अहिले तिम्रो जीवन के कस्तो छ मलाई थाहा छैन तर म भने विवश भएको छु । मन भरी पीडाको भारी बोकेको छु । आजकल त जीवनका पानाहरु पनि शुन्य भएका छन । रङ्गिन सपना देख्न छोडेको छु हृदयमा तिमीलाई सजाउन त भाग्य चाहिंदो रहेछ । तर म अभागी न परें । हुन त एक भएकालाई समय चक्रले छुटाउँछ । मुनामदनलाई छुट्याए जसरी त्यसैले मेरो कुनै गुनासो छैन अनि केही दुःख पनि । मैले हिंडेको जीवनको बाटो भाग्यले कोरिदिएका छन । ती भित्रका स–साना शब्द हाँसोको कारण बनेर म रमाएको छ । तिम्रो अभावमा मैले बिताएका दिन मेरा चिन्तन, मेरा बिचार, अनि मेरा भावना समय मिल्यो भने अवश्य सुनाउँला । यो जिन्दगी तिमीले मलाई समर्पण गर्न नसके पनि अर्को जिन्दगी तिमीले भन्दा पहिला नै म तिमीलाई समर्पण गरुँला । मायाले मानिसलाई परिवतृन गराउँछ भन्ने गर्थे तर साँच्चै गराउने रहेछ मदिरा भन्दा पनि कडा रहेछ । तिम्रो मायाको मत एक पटक मातिएपछि बारम्बार मातिस्यो मातिनै रह्यो ।

No comments:

Post a Comment