Saturday, August 23, 2025

लघुकथाः व्यापारी

 लघुकथाः व्यापारी




दिलकुमारी डङ्गोल


बिहानको समय,

कलेज नजिकैको  नास्ता पसलमा बिद्यार्थीहरू आउने जानेको क्रम यथावत नै छ ।

प्रायः ११÷१२ पढ्ने विद्यार्थीहरू देखिन्थे ।

त्यस्तैमा चार जना केटीहरू आयो । भित्र टेबुलमा गएर बस्यो । दुई दुई जना बाडिएर । 

एकैछिनमा साहुजी आएर, “चियाखाजा चुरोट के ल्याइदिऊ ?” 

सायद सधै आएर खाने गरेको भएर होला ।

एउटी केटीले भन्यो, “अहिलेलाई चारवटा चिया र दुईवटा चुरोट ल्याइदिनु । एकछिनमा खाजा के खाने भनौंलाँ ?”

साहुजीले हस् भन्दै, चारवटा चिया ल्याइदियो । चुरोट र लाइटर हातमा दियो । केटीहरू गफिदै चिया खादै, चुरोट 

तान्दै थिए । 

त्यहिबेलामा, साहुजीको छोरा पसलभित्र आयो । कपी किन्न र कलेजमा खाजा खान पैसा माग्यो । साहुजीले रु ५००÷– को नोट निकालेर दियो । पैसा खल्टीमा राखेर निस्क्नै लाग्दा, आफुसंगै पढेकी स्कुलको साथीलाई देख्यो । नजिक 

गएर हात मिलायो । ती केटीसंग कुरा गर्दै गरेको छोरालाई देखेर बोलाइहाल्यो ।  छोरा आयो ।  भित्र लगेर सम्झाउँदै,

“यस्तो चुरोट खाने तिम्रो साथी ? बिग्रेका । कहिल्यै कक्षाकोठा बस्ने होइन । खाली बाहिर डुलेरै बिहान बित्छ  ।  यस्तालाई  साथी बनाएर नहिड है छोरा ।”

छोराले भन्यो, “उनी मेरो स्कुलको साथी हो  । संगै क्भ्भ् दिएको ।”  यति भन्न मात्र  के भ्याको ?

साहुजी रिसाउदै, “जो सुकै होस् न । अबदेखि साथी भनेर जाने बोल्ने होइन । यस्ता बिग्रेका केटीहरुसंग ।” बिहानैदेखि चुरोट तानेर बस्ने । आमाबुबाले पनि वास्ता नगरेका जस्ता ।  संगत नगर्लास्  उनीहरुको ।

छोरा केही  नबोलिकन निस्केर गयो । त्यहाँबाट ...


Friday, August 22, 2025

ज्येष्ठ नागरिकप्रति युवा दायित्व

 ज्येष्ठ नागरिकप्रति युवा दायित्व


संगीता उप्रेती श्रेष्ठ

नेपाली समाजमा आफुभन्दा ठुलालाई सम्मान र सानालाई माया गर्ने समाज हो । हाम्रो धर्म, परम्परा, सांस्कृतिक र व्यवहारले ज्येष्ठ नागररिकप्रति कर्तव्य पालना गर्न सिकाएको छ । साथै जुनसुकै धर्मले ज्येष्ठ नागरिकलाई राज्य र समाजले दिनुपर्ने सहयोग साथैै सम्मानका बारेमा निर्देश गरेको छ । जुन दर्शनले बृद्ध बृद्धालाई अत्यन्त उच्च सम्मान र सहयोग गर्न प्रेरित गर्छ । तर नेपालमा अहिले ज्येष्ठ नागरिकप्रति गरिने व्यवहार ठिक छैन भनी नियम कानुन बनेकै छैनन । विकसित हुँदै गएको प्रवृत्ति पनि हाम्रो परम्परा साथै मूल्य मान्यता अनुसारको छैन । जसले गर्दा ज्येष्ठ नागरिकले अपमान बोध गर्नुपर्ने अवस्था छ । यो अवस्था रहनु भनेको भोली आफैमाथि आइलाग्ने नकारात्मक व्यवहारलाई निम्तो दिनु हो । किनकि आजका प्रत्येक युवा–युवती भोलिका वृद्धा–वृद्ध हुन । सबैले वृद्ध अवस्था भोग्नै पर्छ । तसर्थ यो अवस्थालाई सरल सहज र सुखमय बनाउन समाज र राज्यले आवश्यक ध्यान दिन जरुरी छ । जहाँ ज्येष्ठ नागरिकको हितमा काम हुन्छ त्यो मुलुक आफैमा सुसंस्कृति र कर्तव्यनिष्ठ जनता भएको मुलुक ठहरिन्छ । आफ्नै अग्रजहरुप्रति उचित व्यवहार गर्न नसक्ने व्यक्ति समाज र राष्ट्रलाई सम्मानको दृष्टिले हेर्न सकिंदैन । तसर्थ सबैलेज्येष्ठ नागरिकको हक–हितका लागि सोच्नै पर्छ । नेपालमा २४ लाख ज्येष्ठ नागरिक रहेको अवस्था छ । तर विडम्बना के छ भने उनिहरूसंग रहेको दक्षता र सीप राज्य समाजले उपयोग गर्न चासो देखाएको छैन । यो दक्षतालाई प्रयोग गर्नका लागि राज्यसंग नियम कानुन र दीर्घकालीन योजना सोच नहुनुनै अहिले खड्किएको पक्ष हो ।

वृद्धहरूलाई हेलाको पात्र बनाईदैछ । जबकि उनीहरूसंग समाजलाई काम लाग्ने ज्ञान र सीप छ । ज्येष्ठ नागरिकको यो पंक्तिमा धेरै व्यक्ति सरकारी वा गैरसरकारी जागरिबाट अवकाश प्राप्त भएकाहरू पाइन्छन । यदि उपयुक्त स्थान दिने हो भने उनीहरूले लामो समय लगाएर आर्जन गरेको ज्ञान सीप राष्ट्रले अझ धेरै लामो समयसम्म प्राप्त गर्न सक्छ । तर यसका लागि सरकारले कानुन तर्जुमा गर्नुपर्ने हुन्छ र विभिन्न संघ–संस्था समूह र समाजले अग्रजहरूको ज्ञानलाई उपभोग गर्ने वातावरण तयार गर्न सक्नुपर्छ । एकातिर यसले जेष्ठ नागरिकप्रति सम्मान गरेको ठहर्छ भने राष्ट्रले पनि उनिहरूबाट प्रचुर लाभ लिन सक्छ । वास्तवमा बालक, युवा र अन्य समुहका लागि विभिन्न कानुन बने, सेवा गृह निर्माण भए तर वृद्ध–वृद्धाका लागि केही छैन । यो अवस्था हुनुहुँदैन मानव विकाशको क्रममा मानिसको जन्म भएपछि युवा, वृद्ध हुँदै मर्ने प्रक्रिया प्रकृतिको बरदान नै मानिन्छ । यदि यो प्रक्रियामा कतै भुलचुक भए यो संसार नरहन सक्छ ।

सबै प्राणीका लागि जन्म बाल, युवा र वृद्ध हुँदै अन्तिममा मृत्युवरण गर्नु नै प्रकृतिको नियम हो । यही नियम भित्र पर्छ ज्येष्ठ नागरिकप्रति गरिने सम्मानजनक व्यवहार र उपयुक्त व्यवस्था । तर नेपालमा ज्येष्ठ नागरिकको हक–हित र उचित सरोकारको विषयमा सरकारले कुनै नियम कानुन बनाएको छैन । २४ लाख भन्दा बढि ज्येष्ठ नागरिकप्रति एक प्रकारले यो अपमान हो । उनीहरूको हक–हित सुरक्षित गर्न र मृत्यु पर्यन्त सम्मान गर्न सक्ने खालको कानुनी व्यवस्था सरकारले तुरन्त गर्नुपर्छ । केमा स्पष्ट हुन जरुरी छ भने हामी जे छौ अग्रजहरूकै कारणले प्राप्त भएको हो यसलाई कसैले पनि विर्सन मिल्दैन । अहिलेका वृद्धहरू हिजो युवा थिए र युवाहरू हिजो बालक थिए । आजका युवा भोलि वृद्ध हुन्छन । यहि नै प्रकृतिको नियम हो । यो प्रकृतिको नियमलाई कसैले बदल्न सक्तैन । तसर्थ अग्रजहरूका हक–हितको ग्यारन्टी गर्नु भनेको आफ्नो वृद्ध अवस्थालाई सहज बनाउनुु हो । तसर्थ ज्येष्ठ नागरिकहरूको हकहितको ग्यारेन्टी गर्ने कानुन निर्माण र उनीहरूले सम्मान जनक बाँच्न पाउने वातावरण तयार गर्नै पर्छ ।

नेपालमा ज्येष्ठ नागरिकमाथि अधिकांश पारिवारिक दुव्र्यवहारमा सम्पत्ती नै प्रमुख कारक तत्व मानिएको छ । तसर्थ ज्येष्ठ नागरिकलाई सम्पत्तिको कारणबाट हुने दुव्र्यवहारबाट सुरक्षित गराउन कानुनमा आधारभूतरूपमै संशोधन गर्नुपर्छ । जसअनुसार ज्येष्ठ नागरिकले आजैको सम्पत्तिमा इच्छापत्रको व्यवस्था हुनुपर्छ । जुन इच्छापत्र ज्येष्ठ नागरिकले चाहेको बखत सहजै रद्ध हुने कानुनी व्यवस्था गर्नुपर्छ । हाल, आपूmसँग कुनै सम्पत्ति नभएकाले सन्तानको आय आर्जनमा बाँच्न बाध्य ज्येष्ठ नागरिक मात्रै पारिवारिक दुव्र्यवहारमा परिरहेका छैनन् कि आपूmसँग बाँचुन्जेल खान लगाउन पुग्ने सम्पत्ति भएका ज्येष्ठ नागरिकहरू पनि पारिवारिक दुव्र्यवहारमा परिरहेका छन । यो भन्दा विडम्बनाको विषय केही हुन सक्तैन ।

ज्येष्ठ नागरिकलाई सम्मान गर्न कुन पालिका, वडा, जिल्ला कुन शहर कुन गाउँ टोल उत्कृष्ट छ भनी पहिचान गर्ने परम्पराको कायम गर्नुपर्छ । समाजमा, सामाजिक काममा सार्वजनिक पदधारीको सही उमेर र पाका मानिसलाई क्रमश आशन ग्रहण गराउने, सम्मान गर्ने संस्कृतिको विकास गर्नु पर्छ । अन्य मुलुकका असल अभ्यासको खोजी गरी हामी आफ्नो कर्म गरौं तिनै तहका सरकारले परामर्शदाता, सल्लाहकार, स्वयंसेवक, संचालक, सदस्य लगायतका पदमा नियुक्ति गर्नुपर्छ । प्रत्येक वडामा ज्येष्ठ नागरिक स्रोत केन्द्रको स्थापना गर्नुपर्छ । यस केन्द्रले ज्येष्ठ नागरिकको प्रोफाइल तयार गरी उनीहरूको क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्न सक्नुपर्छ ।


१.खुल्ला दिशा मुक्त कीर्तिपुरको त्रि वि

 १.खुल्ला दिशा मुक्त कीर्तिपुरको त्रि वि



नवराज अधिकारी

धुम्म आकाश असारको मध्य समय झ्याउँकिरी र अन्य किरा फट्याङ्ग्राको  आवाजमा बिहानीको उज्यालो संगै हुलका हुल मानिसहरू अपराधीलाई हतकडी लगाएर डोहो¥याए जस्तो पप्पी र डग्गीहरूलाई साङ्लोमा घिसार्दै कीर्तिपुरको शान र गौरव देशकै ठूलो त्रिभुवन विश्वविद्यालय हाता परिसर भित्र छिर्दै थिए सायद कसैको नियन्त्रणमा अध्ययन गर्न भनेर हिडेछन की  क्या हो ? हुन त देशले शिक्षा क्षेत्रमा फड्को मारिसकेको छ । देशमा साक्षरता प्रतिशत बढिरहेको छ । कोही कसैको साङलोमा नियन्त्रित तिनीहरू एक आपसमा कराउँदै थिए सायद नित्य कर्मको समय भएर हो कि ? मानिसहरुले तिनीहरूको भाषा बुझेर हो कि केहीबेर टक्क अडिए साङलोमा नियन्त्रित तिनीहरू खुट्टा उचाल्दै थिए सायद शौचालयको खोजीमा हुनुपर्छ । चेतनशील प्राणीले ती अबोध जनावरको लागि खुल्ला आकाश नै सौचालय बनाइदिए । ती डग्गी र पप्पीहरु आफ्नो लाज छोप्न बुट्यान र झाडी भएतिर तन्किदै कराउँदै थिए । नजिकै रुखहरूमा भएका चराचुरुङ्गी जोड जोडले कराउन थाले सायद मेरो मनले भन्दै थियो यी चराहरू आफ्नो बासस्थानमा अरूले फोहोर गरे अथवा मेरो घर वरिपरि किन हल्ला गर्दैछ भनेर हुनुपर्दछ । न कराउनु पनि किन “घर आयो कुकुर बलियो” भने जस्तै आफ्नो बासस्थानमा अरूले कब्जा जमाउन खोज्दा जो कोही पनि आक्रामक हुन्छ तर तिनीहरू सभ्य र सलिन थिए विरोध मात्र जनाए ।

        विश्वविद्यालय यस्तो ठाउँ हो जहाँ माध्यमिक तह पछि उच्च शिक्षा अध्ययन गर्ने ठाउँ हो जहाँ बौद्धिक वर्गहरू उल्लेख्य मात्रामा उपस्थित हुन्छन् । सम्पूर्ण विषय अध्ययन अध्यापन हुने ठाउँमा प्रत्येक दिन कुकुर डुलाउने देखि लिएर गाईबस्तु चराउने ठाउँ भइरहेको छ । विश्व विद्यालय भित्र पशु उद्धार केन्द्र त छैन ? के यो ठीक हो त ?  कीर्तिपुर १२ वर्ष अगाडि नै खुल्ला दिशा मुक्त घोषणा भएको नगरपालिका हो । धर्म शास्त्र, विभिन्न भाषाहरूदेखि लिएर सम्पूर्ण क्षेत्र र विषय पढाइ हुने ठाउँमा विज्ञान वैज्ञानिक र आविष्कार केन्द्र समेत रहेको यस विश्व विद्यालयमा विद्यार्थी बनेर आई नपुग्ने सायद कमै होलान । शिक्षा क्षेत्रमा यो एउटा देशकै शान हो । विश्व विद्यालय सुधार गर्नुपर्दछ भनेर पेशागत संगठन, राजनैतिक दलका भातृ संस्थाको रूपमा विभिन्न विद्यार्थी संगठनहरू लागि परिरहेका छन् । यस विश्व विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू शिक्षा क्षेत्रमा सुधार गर्नुपर्दछ भनेर भनिरहेका हुन्छन् । जहाँ अध्ययन गरेका विद्यार्थीहरू कयौ पटक शिक्षा मन्त्री समेत भइसकेका छन् अझ विशेषत प्रधानमन्त्री कुलपति हुने  प्रावधान रहिआएको छ ।

           विश्व विद्यालयले समय समयमा विश्व विद्यालय क्षेत्र भित्र गाईबस्तु चराउन, कुकुर डुलाउने, सवारी साधन सिक्न सिकाउन निषेध गरिएको सूचना बेला बेलामा प्रकाशित भइरहेको थियो । की अहिले यी र यस्ता कार्यहरू गर्न गराउन पाइने हो ? यदि होइन भने त्यहाँ कार्यरत सुरक्षा निकायलाई त्यस्ता कार्यहरू गर्न गराउन हुँदैन भन्ने थाहा छैन ? की विश्व विद्यालय क्षेत्र भित्र पशु उद्धार केन्द्र बनाएर संरक्षण गरिएको छ ? की विश्व विद्यालयले  नै चासो नदिएको हो ? विश्व विद्यालयले यी र यस्ता साना साना कार्यहरूको लागि विशेष चासो लिएर देशकै ठूलो र पुरानो विश्व विद्यालय विश्व सामु चिनाउन पहल गरौं । त्रिविलाई कुकुर डुलाउने वा गाई चराउने ठाउँ बनाउनु न त उचित हो, न त स्वीकार्य । यस्तो प्रवृत्तिले हाम्रो शैक्षिक गौरवमा आँच पु¥याउँछ । त्रि वि विश्वविद्यालय मात्र होइन  यो नेपाली शिक्षा क्षेत्रको मेरुदण्ड हो यसलाई सुरक्षित, स्वच्छ र सम्माननीय बनाउनु हरेक नागरिकको जिम्मेवारी हो ।


Thursday, August 21, 2025

राज्यलक्ष्मी महर्जन शाक्य ः एक परिचय

 राज्यलक्ष्मी महर्जन शाक्य ः एक परिचय


कीर्तिपुरलाई पृथ्वीनारायणको हमलाबाट कसरी जोगाउने भन्दै आफै युद्धमा होमेकि लडेकी कीर्तिपुरको बिरंगना कीर्तिलक्ष्मी जतिकै सक्रिय रोगसँग लडेर पनि कीर्तिपुर समाजमा आशा बाँडिरहेकी योद्धा एवम् कसरी कीर्तिपुरलाई सम्पन्न बनाउन सकिन्छ सोची रहने विचार राज्यलक्ष्मी हुन् । हिजो बैरिबाट बचाउने चाह हुनु र आज विकृति विफलतामा सफलता खोज्नु एउटै हो कि जसलाई पुनरआगमन मान्न सकिन्छ कि ?

कीर्तिलक्ष्मी जस्तै राज्यलक्ष्मी नामैमा एउटा गहिरो अर्थ छ । “देशको ढुकुटी“ भन्ने भावार्थ बोकेको यो नाम धारण गरेर जन्मिएकी राज्यलक्ष्मी महर्जन शाक्यको जीवन भने कुनै साधारण कथा होईन् । संघर्ष, पीडा, आँसु र साहसका प्रत्येक पानामा उनले आफ्नो जीवनलाई लेखेकी छिन् ।


वि.सं. २०३६ साल कार्तिक २२ गते, कीर्तिपुरको पाँगा सिकुछेँमा, स्व. कृष्ण बहादुर महर्जन र स्व. ईश्वरीमाया महर्जनका कान्छी सुपुत्रीको रूपमा जन्मिएकी उनी, जीवनले उनलाई असाधारण बाटोतर्फ डो¥याउनेछ भन्ने कुरा त्यतिबेला कसैलाई थाहा थिएन् ।

२०५१ साल मंसिर १६ गते, परम्परागत संस्कार अनुसार विजय शाक्यसँग लगनगाँठो कस्दै उनले वैवाहिक जीवनको यात्रा सुरु गरिन् । यात्राबाट प्राप्त सांसारिक सुख, दुई सुपुत्र रोहित र विनित आज विदेशमा अध्ययनरत छन् । तर आमाको साहस र संघर्षको कथा भने उनीहरूको आत्मामा गहिरो छाप बन्न बाँकी नै  छ ।



२२ फेब्रुअरी २०१७, यो दिन उनको जीवनमा आँधी झैँ आयो । डाक्टरहरूले उच्चारण गरेका शब्दहरू “चौथो चरणको क्यान्सर” ले उनको आत्मालाई क्षणभरमा चिरफार गरिदियो । संसार अन्धकारले ढाकिए झैँ लाग्यो । “अब जीवनको घडी रोकिँदैछ कि ?” भन्ने प्रश्नले उनको मन भत्काइरह्यो । तर, राज्यलक्ष्मी हार मान्ने नामकी थिइनन् ।

महँगो उपचार, लगातार अस्पतालका यात्रा, असह्य पीडा, बारम्बार शल्यक्रिया... यो सबै उनले आफैंले आफ्नै काँधमा बोकिन् । ११ पटक शल्यक्रिया भइसकेपछि पनि उनले आँसु पुछ्दै भनेकी थिइन्, “म रोगी होईन्, रोगसँग लड्ने योद्धा हुँ।” १२औं शल्यक्रियाको तयारी भइरहेकै बेलामा पनि उनको आत्मबल अडिग रह्यो । शरीर क्यान्सरसँग थाक्थ्यो, तर उनको मन अझै अटुट साहसले भरिएको रहन्थ्यो । सारकोमा बोन म्यारो क्यान्सर चौथो चरणबाट घटेर दोस्रोमा पुगेको खबरले उनलाई मात्र होईन्, सम्पूर्ण समाजमा आशाको दीप प्रज्वलित भएको छ ।

समाज र उद्यमशीलताको आकाशमा राज्यलक्ष्मीको जीवन रोगसँगको मात्र युद्ध होईन्, समाजलाई उज्यालो बनाउने यात्रा समेत हो । उनले बीबीए अध्ययन सकेपछि व्यवसाय, उद्यमशीलता र समाजसेवामा समान तिव्रता दिएर अघि बढिन् । उनी आवद्ध संघसंस्था यश प्रकारका छन् ः

नेपाल इन्डस्ट्रियल फेडरेसन महिला औद्योगिक विकास समितिकी सदस्य, सातै प्रदेश संयोजक

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश पर्यटन विकास समितिकी प्रमुख

कीर्तिपुर उद्योग वाणिज्य संघकी संस्थापक अध्यक्ष

झिगु मार्ट, जानकीधाम होटल प्यालेस, झिगु होमस्टे, मनकामना क्राफ्ट एण्ड क्रिएशनमा नेतृत्व

स्वाभिमानी पब्लिकेशन प्रा.लि. र जनधारणा राष्ट्रिय साप्ताहिकमा प्रबन्ध निर्देशक

नेपाल रेडक्रस सोसाइटी, महिला अधिकार, मानवअधिकार, पत्रकारिता र कारागारमै जीवन परामर्श


यी सब भूमिकाले उनलाई एक बहुआयामिक व्यक्तित्व बनायो । उनले सधैँ “समयसँगै आफैलाई रुपान्तरित गर्दै अघि बढ्नु नै जीवनको सार” ठानेकी छिन् । 

शरीरमा रोगको चपेटा थियो, तर आत्मामा उज्यालो । धेरैजसो मानिसहरू यति ठूलो पीडासँग हार मान्थे । तर राज्यलक्ष्मीले भने रोगलाई मात्र जितिनन्, अरुलाई पनि “जीवन लड्नकै लागि हो” भनेर सिकाइन् । 


उनले महिलाको सशक्तीकरण, उद्यमशीलताको विकास, समाजसेवा र मानवअधिकारका क्षेत्रमा आफ्नो सम्पूर्ण आत्मा अर्पण गरिन् । गाउँ–गाउँ पुगेर तालिम, प्रोत्साहन, लगानीका अवसरहरू सिर्जना गर्दै उनले “एक महिला उठ्यो भने समाज उठ्छ” भन्ने सन्देशलाई कर्ममार्फत उतारिन् ।

अन्तमा, राज्यलक्ष्मी महर्जन शाक्य केवल नाम मात्र होईन्, यो साहसको प्रतीक हो, जीवनसँगको संघर्षमा नझुक्ने आत्मबलको प्रतिरूप हो । उनले जीवनलाई आफ्नै शब्दमा यसरी परिभाषित गरेकी छन्, “रोग शरीरमा बस्छ, तर हारलाई कहिल्यै मनमा बस्न दिनु हुँदैन।” उनको यही अटूट धैर्य, सकारात्मक सोच र दृढ इच्छाशक्तिले उनलाई रोगसँग लड्ने मात्र होईन्, समाजलाई उज्यालो दिने प्रेरणादायी दीप बनाएको छ । राज्यलक्ष्मी महर्जन शाक्य, रोगभन्दा बलियो जीवन, समाजभन्दा गहिरो सेवा, अनि प्रेरणाको शाश्वत स्रोत हुन् । उहाँको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै निजी क्षेत्रलाई अगाडि बढाउनको निम्ति कीर्तिपुरमा औद्योगिक ग्राम स्थापना गर्नको लागि उहाँको कार्य अझै शीघ्र सफलताको कामना मेरो तर्फबाट पनि गर्न चाहन्छु । उहाँको अग्रणी भूमिका रहने कुरामा समाज विश्वस्त हुनुपर्छ ।

कीर्तिपुर सन्देश ७०८ अंकमा प्रकाशित  प्रस्तोता ः प्रशान्त महासागर


Wednesday, March 19, 2025

मानव विकासक्रमसँगै शिलालेख र लिपिको विकास

 मानव विकासक्रमसँगै शिलालेख र लिपिको विकास

ई.शरदमंगल जोशी

                      शिलालेख भनेको ढुंगामा कुँदिएको अभिलेख हो । प्राचीन समयमा महत्वपूर्ण घटनाहरु, राजकीय आदेश, धार्मिक सन्देश, भूमि अनुदान, युध्द विवरण आदि लिखित रुपमा संकलन गर्न शिलालेख प्रयोग गरिन्थ्यो । ढुंगे शिलालेखको इतिहास कोट्याउँदा शिलालेखको परम्परा संसार भरि पुरानो सभ्यताहरूबाट सुरु भयको पाइन्छ । फ्रान्सको दक्षिण(पश्चिम भागमा अवस्थित नियाक्स गुफा (Niaux Cave) विश्वकै सवैभन्दा पुरानो प्रागैतिहासिक सम्पदाहरु मध्ये एक हो । यसमा हजारौं वर्ष अघि सिर्जना गरिएका अत्यन्त सुन्दर कलाकृतिहरु रहेका छन् ।यहाँ भेटिएको प्रागैतिहासिक कलाको लगभग सबै भाग मानव हातका चित्रहरु थिए । यी चित्रहरु रातो र कालो रंगमा पोतेका थिए । यी चित्रहरु रेडियोकार्बन परीक्षणबाट करिब ३१००० देखि २७००० वर्ष पहिलेको भएको प्रमाणित भइसकेको छ । 

       डा. मोहनलाल गुप्ताको  'Ancient Historu of India Qmone Age to 1200AD पुस्तकका आधारमा शिलालेखको विकास मानवको विकासक्रम अनुसार विकसित हुँदै गएको वर्णन गरेका छन् । पृथ्वीको जन्म अगोको गोला चिसो हुने क्रमसंगै जीवजगतको प्रकट हुने सम्भव भयो । पृथ्वीमा मानवको अगमन हिमयुगमा भएको थियो । यो युगको आरम्भ ठीक कुन समयमा भएको भन्न सकिदैन । पूर्वी अफ्रीकाका क्षेत्रहरुमा ३५ लाख वर्ष पुराना पत्थरका औजारहरुसंग मानवको अवशेषहरु फेला परेका छन् । यस युगका मानवलाई आस्ट्रेलोपिथेकस भनिन्छ । यस आदिम मानवको मस्तिष्क ४०० मिलिलिटर आकारको थियो । यी आदिम मानव दुई खुट्टामा उभिएर हिड्न सक्ने तर सीधा उभिन सक्दैनथ्यो । यस आदिम मानवलाई शब्द उच्चारण गर्न असमर्थ थियो । त्यसैले यसलाई मानव र बाँदर बीचको प्रजाति भनिन्छ । यस जातिले पत्थरलाई हतियारको रुपमा प्रयोग गर्न जानिसकेका थिए । 

दुई खुट्टाले सिधा उभिन सक्षम मानव करिव १० लाख वर्ष पुरानो जीवाश्ममा प्राप्त भयो जसलाई ु होमो इरेक्टसु भनिन्छ । यस मानवको मस्तिष्कको आकार १००० मिलिलिटर थियो । यस मानवहरु केही शब्द बोल्न सक्षम भइसकेका थिए । यस मानवका जिवाश्महरुको नजिक धेरै संख्यामा तेजधार भएका काट्ने औजारहरु र कच्चा फेला परेका छन् । यस आधरमा यस प्रजातिका मानवहरुले मासु पोलेर खान सक्ने र आगोको प्रयोग गर्न जानिसकेको अनुमान गर्न सकिन्छ । यस मानवले पशुपालन गर्न जानिसकेका थिए । आफ्नो पशुहरुको लागि नयाँ चराउने जमिनको खोजीमा लामो यात्रा गथ्र्यो । यो मानव लगभग १० लाख वर्ष पहिले अफ्रिकाबाट बाहिर निस्केको थियो । यसका जीवाश्म चीन, दक्षिण – पूर्वी एशिया र भारतका नर्मदा नदीको घाटीमा फेला परेका छन् । यो मानव लगभग ७ लाख वर्ष अघि २० देखि ३० प्रकारका उपकरण बनाउन जानिसकेका थिए । होमो इरेक्टसबाट निएण्डरतल र होमो सेपियन गरि दुई जातिहरु उत्पन्न भए । निएण्डरतल नामक मानव ३० हजार वर्ष अघि सम्म पृथ्वीमा उपस्थित थियो । यी मानवहरुमा लामो  लामो रौं भएका, मन्द बुध्दि भएका प्राणी थिए । यी मानवहरुको अनुहार रुपरेखा आजका मानिससंग धेरै मिल्दोजुल्दो थिए । लगभग ३० हजार वर्ष पहिले यो मानव पृथ्वीबाट पूर्ण रुपमा समाप्त भएको थियो । 

आजभन्दा पाँचलाख वर्ष पहिले होमो इरेक्टसले हाम्रो जस्तै आकार लिन सुरु गर्यो । यसलाई होमो सेपियन भनिएको हो । यसको अर्थ ु हाम्रो जातिको ु हो । यस मानवको मस्तिष्कको औसत आकार लगभग १३०० मिलिलिटर थियो । भारतमा मानवको पहिलो बसोबास पनि यही सुरु भएको भन्ने कुरा पत्थरका औजारहरुको आधारबाट थाहा पाइन्छ । 

आज भन्दा लगभग १ लाख २० हजार वर्ष पहिले आधुनिक मानव अस्तित्व आएका थिए । यी होमोसेपियन जातिका परिष्कृत रुप थिए । आजभन्दा लगभग ४० हजार वर्ष पहिले परिष्कृत होमोसेपियन जातिका केही मानव युरोपमा  बस्न गए ।  बौद्धिक रूपमा यिनीहरू निएण्डरतलहरु भन्दा धेरै सक्षम थिए । यिनीहरू नयाँ काम गर्ने सोच राख्थे र अझ राम्रो हतियार बनाउन सक्षम थिए । यिनीहरुले शरीरलाई ढाँक्ने तरिका सिकेका थिए र उनका आश्रय स्थलहरु पनि राम्रो थिए ।

आजभन्दा लगभग १० हजार वर्षअघि मानिसले कृषि र पशुपालन सुरु गरेको हो । आजभन्दा लगभग ८ हजार वर्षअघि मानिसले हातले भाँडा बनाउने र तिनीहरूलाई आगोमा पकाउने काम सुरु गरेको थियो । यस अवस्थामा मानिसको मस्तिष्कको जसरी जसरी विकास भयो सोही अनुसार पत्थर र धातुका हतियार र औजारहरूको विकास गर्दै गए । यससँगै यो सभ्य जीवनतर्फ अघि बढ्यो । 

प्रसिद्ध भारतीय इतिहासकार डा.ईश्वरी प्रसादले लेखेका छन् । आजका मानवको रूप नै औजारहरूको प्रयोगबाट भएको हो । भारतको विन्ध्याचलका पहाडहरूको गुफाहरूमा लगभग १ लाख वर्ष पुरानो चित्रहरू प्राप्त भएका छन् । ती गुफाहरुमा तिनका औजारहरू पनि भेटिएका छन् । आजभन्दा ८००० वर्ष अघिसम्मका मानवहरुलाई पूर्व (पाषण कालका मानव भनिन्छ । यस कालका मानव पूर्ण रूपमा सिकार गर्नेमा थियो । यस मानवले कृषि, पशुपालन संग्रह गर्ने जस्ता मानवीय क्रियाकलाप गर्दथ्यो । यस कालका मानवले संस्कृति निर्माण गर्न पनि जानिसकेका थिए । यस कालका मानवहरू कुनै एक स्थानमा स्थिर भएर बस्दैन थिए । उनीहरुलाई शिकार, कन्दमूल, फल आदि पाउने आशा हुन्थ्यो र त्यहाँ जान थिए । प्राकृतिक कठिनाइहरू र जंगली जनावरहरुबाट जोगिनका लागि उनीहरु नदीहरु भएका ठाउँ नजिक बस्न थाले र नदीहरुबाट माछा समात्ने गर्द थिए । जंगलमा पाइने कन्द(मूल र फल पनि उनीहरुको मुख्य आहार थिए । रुखका पातहरु, छाला र जनावरको खालबाट आफ्नो शरीर ढाक्न सुरु गरेका थिए । 

यसकालका मानिसहरु समूह बनाएर बस्द थिए । प्रत्येक समूहको एक प्रधान हुन्थ्यो । जसको नेतृत्वमा ती समूहहरु आहार र सिकारको खोजीमा एक स्थानबाट अर्को स्थानमा सर्द थिए । यसकालमा शवहरुलाई जंगलमा त्यति नै छोडिदिन्थे । ती शवहरु जनावर र पंक्षीहरुको आहार हुन्थ्यो । पछि शवप्रति जिम्मेवारी भावना विकसित भएपछि उनीहरुले शवहरुलाई रातो रंगेर माटोमा गाड्न थाले ।  ८००० ईसापूर्वमा पृथ्वीमा हालसम्मको अन्तिम हिमयुग को समाप्ति भयो । यससँगै पृथ्वीको जलवायु शुष्क र उष्ण हुँदैगयो र जलवायुमा भएका परिवर्तनसँगै वनस्पति र जीवजन्तुहरुमा पनि परिवर्तन आए । यस कालमा मानवहरुको मस्तिष्क पूर्व मानवका भन्दा धेरै विकसित भइसकेको थियो । जसबाट यस मानवले चाँदै सभ्यता र संस्कृतिको विकास गर्यो । जसबाट नयाँ संस्कृतिको पनि जन्म भयो । यस संस्कृति भारतमा लगभग ८००० ईसापूर्व आरम्भ भएर लगभग ४००० ईसापूर्व सम्म रह्यो । भारतका नागपुर, मध्य भारत, कृष्णा नदीको दक्षिण, नर्मदा नदीका किनारहरु, गोदावरी नदीका मुख क्षेत्र, हिमालय क्षेत्रहरुमा प्राप्त भएका औजारहरू पश्चिमी एसिया, युरोप र अफ्रिकामा पनि पाइएका छन् ९ गुप्ता,२०१६० । यस कालका केही नारी मूर्तिहरु भेटिएका छन् जसबाट अनुमान गरिएको छ कि यसकालका मानव मातृदेवीको उपासक थियो । देवीलाई प्रसन्न बनाउनको लागि सम्भवतः उनीहरुले पशु बलि दिन्थे । उनीहरूमा विश्वास थियो कि यसले पृथ्वी मातालाई प्रसन्न बनाउँछ र पशु तथा कृषि दुवैमा वृद्धि हुनेछ ९ गुप्ता, २०१६, पृ।३६० । 

मानिसहरूले ढुङ्गा को स्थानमा धातुको प्रयोग थाले । सुरुमा तामाको प्रयोग त्यसपछि पित्तल र अन्तमा फलामको प्रयोग गर्न थाल्यो । यसबाट मानव सभ्यताको विकास तीव्र गतिले हुन थाल्यो । ढुङ्गालाई पगाल्न सकिँदैन तर तामालाई पगाल्न सकिन्छ । त्यसैले तामालाई पागालेर त्यसबाट साना र ठूला धेरै प्रकारका वस्तुहरु बनाउन थाले ।  भारतको नागपुर देखि गंगा( द्रोणीसम्म फैलिएको विशाल क्षेत्रमा तामाका वस्तुहरु फेला परेका छन् । यस्ता वस्तुहरूमा माछा मार्ने हतियार, खड्ग र मानिसको आकृति भएका वस्तुहरू समावेश छन् । यी वस्तुहरुको प्रयोग मात्र मार्न, स्वीकार गर्न र युद्ध गर्न नभएर विभिन्न शिल्पकला, कृषि आदि कार्यहरुमा पनि प्रयोग गर्न थाले ।  तामा वस्तुहरूको निर्माण गर्नेहरु दक्ष शिल्पकारहरु बन्न थाले । धातुहरुमा पहिलो प्रयोग तामा र तामाबाट धेरै बस्तुहरुको निर्माण हुनथाले पछि यसलाई पवित्र वस्तुको रुपमा लिनथाले । त्यसैले पनि हिन्दू धर्ममा तामाका वस्तुहरुलाई पवित्र र धार्मिक दृष्टिकोणबाट शुध्द मनिन्छ ९ गुप्ता, २०१६, पृ.३९० । 

वैज्ञानिक विधिबाट निर्धारित गरिएका मिति अनुसार तामाको प्रचलन करीब ३००० ईसा पूर्व देखि १५०० ईसा पूर्व भएको हो । यसै युगलाई ताम्र युग (Chalcolithic Age) भनिन्छ । यसै समयमा मानिसहरूले तामा र पत्थर को मिश्रण प्रयोग गर्न थाले । यसै समयमा सिन्धुघाटी सभ्यता (Harappa Civilization) को विकास भयो । यसै समयमा शहर निर्माण, ढल प्रणालीको पनि विकास भयो । आर्यहरुको आगमन १५ सय ईसा पूर्व देखि ६०० ईसापूर्वमा भय ।  जसलाई वैदिक युग भनिन्छ । यस युगमा ऋग्वेदको पनि प्रचार भयो । यस समायमा मानिसहरू गाई, घोडा र खेतीलाई मुख्य पेशा बनाउन थाले ।  यसै युगमा राज्य व्यवस्थाको सुरुवात पनि भयो जसमा राजाको प्रमुख भूमिका थियो । 

भारतमा ६०० ईसा पूर्व देखि ३०१ ईसा पूर्वमा  महाजनपद काल प्रारम्भ भयो । यसमा १६ महाजनपद हरूको उदय भयो । यस कालमा राजनीतिक व्यवस्था सुदृढ हुँदै गयो । गणराज्य र राजतन्त्रको बिकास पनि क्रमिकरुमा हुदै गयो । यसै कालमा गौतम बुद्ध र महावीरको जन्म भयो जसले समाजमा नयाँ विचार ल्याए । यस महाजनपद कालमा भारतमा प्रारम्भिक शिलालेखन र धार्मिक विचारधाराहरु को वृद्धि भएको थियो । यस कालमा लेखन संस्कृतिको पूर्ण रुपमा विकास भएको थियो भन्न सकिँदैन । यस कालमा ब्राह्मी र खरोष्ठी लिपि जस्ता लिपिहरूको प्रयोग भएको थियो । 

महाजनपद कालको अन्त्य पछि इसापूर्व २६०( २३२ को बीचमा अशोक मौर्य सम्राज्यको सम्राट भए । अशोकको शासनकालमा लेखन संस्कृतिको विकासलाई व्यापक रूपमा स्थापित गर्न मद्दत पुग्यो । सम्राट अशोकले आफ्नो शासनकालमा शिलालेखहरू लेखेर धार्मिक र प्रशासनिक आदेशहरू दिन्थे । सम्राट् अशोकले शिलालेखहरूमा ब्राह्मी लिपि प्रचलित भए । यस्ता शिलालेखहरूमा अशोकका नीति, अहिंसा, बौद्ध धर्मको प्रचार र समाज सुधारका सन्देशहरू व्यक्त गरिएका थिए । 

लेखन परम्परा सुरु हुनुअघि मानिसहरूले गुफामा चट्टानमा जंगलका ढुंगाहरुमा विभिन्न आकृतिका चिह्नहरू लेख्न थाले ।  पछि यस्ता चित्रका चिन्हहरू धार्मिक र सार्वजनिक स्थलहरुमा प्रयोग हुन थाले । यस चिन्हलाई हाइरोग्लाफिक भनिन्छ । यस प्रकारका प्रतीकात्मक चिन्हका चित्रहरुबाट लेखन परम्परा विकास हुँदै गए जसलाई क्युनिफर्म भनिन्छ । यसरी लेखन अभ्यासबाट शब्दात्मक र ध्वन्यात्मक रूपमा विकास हुँदै आजको आधुनिक लिपिको विकास भयो ९ देवकोटा, २०७८० । 

नेपालमा शिलालेख लेखनको इतिहासमा सम्राट अशोकको शिलालेखहरू महत्त्वपूर्ण छन् । विशेषगरी लुम्बिनीमा रहेको अशोक स्तम्भमा भेटिएको शिलालेखलाई नेपालमा पाइएको सबैभन्दा पुरानो शिलालेख मानिन्छ । लुम्बिनीको अशोक स्तम्भ शिलालेख सन् १८९६ मा अलोइस एन्टन फुहररले पत्ता लगाएका थिए । यस शिललेखमा भाषा प्राकृत र  ब्राह्मी लिपि थियो । यस शिलालेखको सन्देश सम्राट अशोकले लुम्बिनीलाई बुद्धको जन्मस्थल भनेर मान्यता दिँदै त्यहाँका बासिन्दालाई करमा छुट दिएको उल्लेख छ । यस शिलालेकको स्थापना अशोकले लुम्बिनीको भ्रमण इसापूर्व २४९ तिर गरेका थिए । यसै बेला उनले उक्त शिलालेख पनि स्थापना गरे । 

किराँत शासकहरूको पतनपछि लिच्छवी राजाहरूले करिब ईश्वी प्रथम शताब्दीदेखि आठौं शताब्दीसम्म नेपालमा शासन गरेका थिए । नेपालको इतिहासमा यो समयलाई स्वर्ण युगको रुपमा लिइन्छ किनकी लुम्बिनीको अशोक स्तम्भ लेखबाट लेखन संस्कृति सुरु भई लिच्छवीहरूले पहिलोपटक शिलालेखहरूको स्थापनामार्फत ऐतिहासिक तथ्यहरूको अभिलेख राख्ने परम्परा सुरु गरेका थिए । अभिलेखहरू चोकहरुमा, मन्दिरहरुमा, देवीदेवताका आधारशिला हरुमा पाटीपौवा, गल्ली, ढुंगेधारा बस्ती भित्र र बाहिरी क्षेत्रहरुमा भेटिन्छन् । यस्ता अभिलेखहरुमा त्यसबेलाको सामाजिक, धार्मिक र साँस्कृतिक परिवेश झल्काउँछ । शिलालेखको बनौट अवस्थित स्थान र तिनमा कुदिएका धार्मिक चिन्हहरुको आधारमा स्थानीय जनताको आफ्नै धारणा बनेको पाइन्छ । शिलालेखले किंवदन्तीहरु भन्दा भिन्न इतिहास, संस्कृति र समाजबारे वास्तविक र प्रमाणित जानकारी दिन्छन् । लिच्छवि शासक जयवर्माको ईस्वी १८५ सालको शिलालेख उपत्यकामा भेटिएको सबैभन्दा पुरानो प्रमाण हो । लिच्छविकालीन शिलालेखहरू विभिन्न प्रकारका लिपिहरूमा कुँदिएका पाइन्छन् (Parajuli 2024)

लिच्छवीकालीन शिलालेखहरुमा घरमा पूर्व लिच्छवि लिपि, उत्तर लिच्छवि लिपि वि।सं। ४ औँ शताब्दीदेखि लिएर ७  औँ शताब्दीको उत्तराद्र्धसम्म प्रचलित भएको स्वयम्भूस्थित शिलापत्र, चाँगुनारायण स्थित शिलास्तम्भ सं ३८६ मानदेव ९प्रथम०, लाजिम्पाटस्थित विष्णु विक्रान्त मूर्तिको पाठपीठ लेख सं। ३८९,  पलाञ्चोक स्थित विजयश्री भागवती पाठपीठ लेख सं। ४२५ बाट प्रमाणित हुन्छ ९ शाक्य, २०३०, पृ।४० । पूर्व लिच्छवि लिपि र उत्तर लिच्छवि लिपिलाई ब्राह्मी लिपिको तृत्तीय रुपमा पनि लिने गर्दछ । यस लिपिको लेखनशैलीमा त्रिकोण रूपमा रूपमा देख्न सकिन्छ र पुरातत्वविद् विद्वानहरूले यस लिपिलाई सिद्धमातृका लिपि भनेर पनि भन्ने गर्दछन् ९ शाक्य, २०३०, पृ।५० ।

एघारौं शताब्दीदेखि १८ औं शताब्दीसम्म नेपालमा रञ्जना लिपिको चलेको पाइन्छ । यो लिपि नेपाललगायत चीन, जापान, तिब्बत आदि महायान बौद्ध देशहरूमा पनि प्रचलित र प्रसिद्ध भएको पाइन्छ । प्रचलित नेवारीलिपि, भुजिंमोल लिपि, गोलमोल, लितुमोल, क्केमोल, कुंमोल, हिंमोल, पाचुमोल हुँदै प्राचीन देवनागरी लिपि र सामान्य देवनागरी लिपि नेपालमा चल्न थाल्यो ।


Monday, March 17, 2025

 

दुई तिहाई सरकारयात न्हय्गू  हाथ्या

श्रीकृष्ण महर्जन नेवाः

वतर्मान केपी शर्मा ओलीया नेतृत्वया वर्तमान सरकार प्रतिनिधिसभाय् करिव करिव दुई तिहाई बहुमत दुगु सरकार खः । राजनीतिक स्थायित्व नापं संविधान संशोधनया मुख्य ज्या धकाः तायेका वंगु असार ३१ गते वर्तमान सरकार गठन जूगु खः । संसदया दक्ले तःधंगु दल व निगूगु तःधंगु दल जाना दयेकूगु वर्तमान सरकरयात थीथी कथंया न्हय्गू कथंया हाथ्यात वयाच्वंगु खने दु । जुजुवादी व हिन्दु राष्ट्र पक्षधरपिन्सं गणतन्त्र विरुद्ध आन्दोलन याःगुनिसें भारतं वर्तमान सरकारयात बेवास्ता यानाच्वंगु अले आदिवासीतय्गु मुक्कुमलुङ आन्दोलत नकं जुयाच्वंगुलिं हे वर्तमान ओली सरकारयात हाथ्यात वयाच्वंगु खने दु ।  न्हय्गू हाथ्या मध्ये अप्वः याना सरकारया कारणं हे वयाच्वंगु खने दु ।

जुजुवादीत आन्दोलनय्

पुलांम्ह जुजु ज्ञानेन्द्र शाह नं फागुन ७ गते प्रजातन्त्र दिवसया लसताय् बियादीगु सन्देशपाखें थःम्ह राजगद्दी त्याग यानागु विषय कमजोरी कथं नाला मकायेत ख्याच्वः तकं बियादीगु खः । थःम्हेस्यां राजगद्दी त्याग यानागु जूसां नं व्यवस्था बःलाःगु धाइपिन्सं अवस्था हिलेगु ज्या मयाःगु घपं तकं बियादिल । आःया व्यवस्थापाखें इतिहासयात नास याना पहिचानया नं अपमान यानाच्वंगु द्धपं बियादीगु खः । थुगु कथंया भिडियो सन्देश लिपा हिन्दू राष्ट्र व राजतन्त्र पक्षधरपिन्त उत्साहित यानाबिल । उकिं याना हिन्दू राष्ट्र व राजसंस्थाया पक्षधरपिन्त छथाय् तये हयाबिल । उकिं संसदय् दुपिन्सं संसदय् हे च्वना अले संसदय् दुपिं व संसदय् मदुपिं इमिसं सतकय् वया तकं गणतन्त्र विरुद्ध नाराबाजि यानाच्वंगु दु । आः पुलांमह जुजु ज्ञानेन्द्रयात हाकनं जुजु दयेकेगु नापं नेपाःयात हिन्दु राष्ट्र घोषणा याकेगु अभियानय् न्ह्याः वंगु दु । थ्व हे दथुइ राष्ट्रिय प्रजातन्त्र पार्टीया महामन्त्री डा. धवलशमशेर राणां ला वइगु चैत्र १ गते बृहत राष्ट्रवादी आन्दोलन यायेगु धकाः तकं धयादीगु दु । आः राष्ट्र, धर्म, संस्कृति रक्षा व स्वाभीमानी नेपाः निर्माणया निति आन्दोलन यायेगु धयादीगु दु । अथे हे जुजुवादी व हिन्दू राष्ट्रवादीत नं आन्दोलनया थःथःगु कथंया तयारी याना न्ह्याः वनाच्वंगु खने दु । जुजुवादीतसें अथे सतकय् न्हिया न्हिथं प्रदर्शन याना वयाच्वंगु अर्थात इमिसं याःगु आन्दोलन वर्तमान सरकारया नितिं तःधंगु हाथ्या जुया बिउगु दु ।

प्रमुख प्रतिपक्षको आन्दोलन

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रं वर्तमान सरकार गठन हे अप्राकृतिक व अवंवधानिक कथं जूगु धकाः न्ह्यथसें वर्तमान सरकारयात आलोचना यायेगुनिसें आन्दोलन तकं याना वयाच्वंगु दु । अथे हे मेमेगु दलतपाखें नं सरकारया विरुद्ध गतिविधि याना वयाच्वंगु दु । सरकार विरुद्ध दलतय्गु नं आन्दोलन नापं गतिविधिं याना नं ओली सरकारयात हाथ्या जुया वःगु दु । थ्व हे दथुइ नेकपा एकीकृत समाजवादी पार्टीं नं चैत्र १ गते पत्रकार सम्मेलन याना सरकार व सत्तारुढ दलया गतिविधि विरुद्ध आन्दोलनया घोषणा यायेगु तयारी याःगु दु । अथे हे मेमेगु दलतपाखें नं सरकार विरुद्ध गतिविधि याना न्ह्याः वनीगु अवस्था दु ।

भारतया बेवास्ता

प्रधानमन्त्री जुइ धुनेवं हे असार महिनाय् चीन भ्रमण यानादीम्ह केपी शर्मा ओलीयात भारतं आः तक नं ब्वना पौ छ्वया हःगु मदुनि । एमाले व कांग्रेसया वर्तमान सरकारयात हे भारतपाखें औपचारिक पौ मवःगुलिं वर्तमान सरकारयात भारतं बेक्व मिखां स्वयाच्वंगु खः धकाः धायेगु यानाहःगु दु । अले गुलि गुलिसिनं ला भारतपाखें हे जुजुवादी व हिन्दुवादीतय्त थ्व इलय् सक्रिय यायेगु भूमिका म्हिताच्वंगु खः धकाः तकं धायेगु यानाहःगु दु । भारतया बेवास्ता नं वर्तमान सरकारया नितिं छगु तःधंगु हाथ्या जुया बिउगु दु ।

यूएसएडया ग्वहालि बन्द

नेपाःया आर्थिक अवस्था संकटपूर्ण अवस्थाय् दु धकाः सकलसिनं सिउ । विदोश िआर्थिक ग्वहालि व सहायत मन्त धाःसा थाकुइ धकाः सकलसिनं धायेगु याना वयाच्वंगु दु । थ्व हे इलय् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पं यूएसएडमार्फत थीथी देय्यात बिया वयाच्वंगु ग्वहालि ९० दिनया निति. स्थगन यायेगु घोषणा याःगु दु । थुकिं याना नेपाःयात नं लिच्वः लाःगु दु । ओली सरकारयात आः थ्व नं तःधंगु हाथ्या जुया बिउगु दु ।

कुलमानया सवाल

माओवादी केन्द्रया सरकारया इलय् नियुक्ति जुयादीम्ह नेपाल विद्युत प्राधिकारणया कार्यकारी निर्देशक कुलमान घिसिङयात वर्तमान सरकारं अलमल यायेगु, स्पष्टिकरण कायेगु ज्या मदिक्क यानाच्वंगु दु । थुकियात मनूतसें कुलमानया सरकारं चीकेत्यनधकाः थुइकाच्वंगु दु । कुलमानयात चीकेगु ज्या बांलाःगु ज्या मखु धकाः आम जनतां थुइकाच्वंगु दु । अले प्रमुख प्रतिपक्ष दलयात ला झन तंपिहां वइगु विषय हे जुयाबिल । उकिं कुलमानया सवालय् सरकारं गुगु कथं पलाः ल्ह्वनाच्वन थुकिं याना नं सरकारयात हाथ्या जुयावःगु खने दु ।

अध्यादेश

संसद शुरु जुइगु छुं ई जक ल्यंदनिगु अवस्थाय् सरकारं संसदयात छलेयाना गुगु कथं अध्यादेश हल उकिं याना विपक्ष दलतय्त विरोध यायेगु थाय् दयेकाबिल । सरकारयात आलोचना यायेगु थाय् ब्वलन । भूमि सम्वन्धि अध्यादेशला संसदय् निर्णयाार्थ पेश तकं याये फयाच्वंगु मदु । सरकारय् हे दुगु दलतसें तकं उकिया विरोध यानाच्वंगु दु । उगु विधेयकया कारणं वर्तमान सरकार झन कमजोर जूगु दु । दलतलिसेया स्वापू बांलानावंगु मदु । उकिं अध्यादेश गुगु कथं हल थ्व वनं सरकारया नितिं हथ्या जुया बिउगु दु ।

मुक्कुमलुङ आन्दोलन

ताप्लेजुङया मुक्कुमलुङ पाथिभराय् केबलकार दयेकेगु नितिं सरकारं अप्वः प्राथमिकता बिया अनया आदिवासी लिम्बुतय्गु माग यात बेवास्ता यानाच्वंगु दु । लिम्बु आदिवासीतलिसे तत्कालिन अवस्थाय् पृथ्वीनारायण शाह नं सम्झौता याःगुनिसें आदिवासीतय्गु अधिकारया सवालयात कया तकं बांलाक्क बिचाः मयासें सरकार दमनय् क्वहां वयाच्वंगु दु धकाः आदिवासी जनजातितसें सरकारया विरोध यानाच्वंगु दु । आदिवासी जनजाति धाइपिं मुलुकय् ३५ प्रतिशत दु इपिं असन्तुष्ट दु । थ्व मुद्दायात तकं सरकारं ध्यान तयाच्वंगु मदु । उकिं छगू कथं आदिवासी जनजातित आन्दोलनय् दुगु धइगु नं वर्तमान सरकारया नितिं तःधंगु हाथ्या जुयाच्वंगु दु ।

थुगु कथं थीथी हाथ्यात दुई तिहाई बहुमत धयातःगु सरकारयात वयाच्वंगु दु । थ्व फुक्क कथंया हाथ्यायात आः ओली सरकारं गुगु कथं समाना याना वनीगु खः ? दल नाप नापं भारत व आदिवासी जनजातितलिसे गुगु कथं स्वापू बांलाका वनीगु खः ? थ्व मूल विषय जुयाच्वंगु दु । गणतन्त्रवादी दलत व आदिवासी जनजातिलिसे जाना मवन धाःसा जुजुवादीत गणतन्त्र विरुद्ध न्ह्यः वनेत झन अःपुइगु अवस्था दु । उकिं ओली सरकार आः गुगु कथं न्ह्याः वनीगु खः व धाःसा कन्हय्या दिनय् स्पष्ट जुजुं वनी ।

 

Friday, March 7, 2025

११५ औं अन्तराष्ट्रिय नारी दिवस

 ११५ औं अन्तराष्ट्रिय नारी दिवस



—संगीता उप्रेती श्रेष्ठ

मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर हर्षोल्लासका साथ मनाईंदैछ । अझै भनौं भने मार्चको पहिलो हप्तादेखि नै अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका छन सबैतिर । अन्तर्राष्ट्रिय महिला दिवस भनेर मार्च ८ को एक दिन महिलाको लागि समर्पण गरिनु चेतना जगाउने हिसाबले निकै राम्रो काम हो । नारी जसले मानवको सृष्टिदेखि आफ्नो जीवनभर हरेकरुपमा माया, प्रेम, सद्भाव बाँड्दै आइरहेकी छिन । आफ्नो दुःखलाई थाती राखेर खाली अरुको सुख अनि खुसीका लागि उ समर्पित हुँदै आइरहेकी छिन । त्यस्ती दया र साहसकी खानीको सम्मानार्थ अर्पित दिवसलाई सार्थक बनाउन सबै क्षेत्रबाट प्रयास गर्नु अत्यावश्यक छ । यसो भएमात्र यो दिवस मनाउनुको अर्थ रहन्छ । हाम्रो समाजमा पनि छोरीप्रति गर्व गर्छन, सनातनदेखि नै । त्यसैले त छोरी जन्मँदा लक्ष्मीको आगमन भयो भन्छौं हामी बुहारी आउँदा गृहलक्ष्मी भित्राइयो भनेर खुसी बाँडचुँड गर्छौं एकापसमा । अनि कुनै चाड पर्व हुन या घरमा आयोजित पुजाआजामा छोरीको खुट्टा ढोगेर टीका, दक्षिणा दिन्छौं । अर्थात छोरीलाई देवीकै अंश मान्छौं ।

यस्तो सुन्दर समाज, यस्तो छोरीमैत्री समाज, जहाँ हामी छौं, त्यसैले पनि यिनै छोरीहरुको कदरलाई सम्मान गर्ने, उनीहरुका अधिकार प्राप्तिका लागि पे्ररित गर्ने अनि उनीहरु ीवरुद्ध भइरहेका वा हुन सक्ने सम्भावित दुव्र्यवहार विरुद्ध खबरदारी गर्ने यो दिवसको महत्व निकै गहु्रंगो छ । सिक्काको अर्को पाटो पनि छ । जसबारेमा आजको दिनमा चर्चा गर्नु सान्दर्भिक हुनेछ । नारीलाई हाम्रो समाजले यसरी पुजिरहँदा पनि किन उनीहरु ऋाज समानताको मात्रामा धेरै पछि छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्छ । 

किन नारी आर्थिकरुमा परनिर्भर बनाइएका छन भन्ने सवाल उतिकै टड्कारो छ । आफ्नो सुरक्षा किन आफै गर्न सकिरहेकी छैनन । किन नारीमाथि गिद्धेदृष्टि लगानेहरु बढिरहेका छन । किन समान कामका लागि पनि असमान ज्याला थाप्न बाध्य छिन ? योग्यता अनुसारको काम र मान पाउनबाट किन उनलाई वञ्चित गरिन्छ ? प्रश्न धेरै छन । जसको उतर खोज्ने दिन हो मार्च ८ तारिख । यतिमात्र हैन चेतना बृद्धि गर्नको लागि र नारीलाई सशक्त तुल्याउनकै लागि थुप्रै अनुतरित प्रश्न उजागर गर्ने दिन पनि हो आज । जस्तो–किन आफ्नो घरमा पनि अपहेलित छिन् नारी ? किन आफन्तबाटै पल–पलमा दुव्र्यवहारमा पर्छन् उनीहरु ? निर्मला, समीक्षा जस्ता काण्ड किन निर्धक्क बढिरहेको समाजमा ? कसले मलजल गरिरहेछ यस्तो कुकार्यलाई ? किन बाहिर आउने वातावरण छैन महिला हिंसाका घटना ? किन प्रहरीदेखि प्रशासन हुँदै सरकारसम्म महिला मैत्री कानुन र व्यवहार अपनाउन उदासीन छन ? किन हरेक क्षेत्रमा महिलालाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरिन्छ । हो यस्तै सवाल उठाउने अनि तिनको उत्रर खोज्ने र सही उपचार पहिल्याउने काम गनू पर्छ दिवसहरुले । अनिमात्र दिवस मनाउनुको अर्थ हुन्छ । प्लेकार्ड बोकेर एकाध घण्टा सडकमा चिच्याउने अनि दुई वटा समोसा र एक गिलास चिया पिउने दिनमात्र हैन नारी दिवस । यसरी मात्र बुझियो भने हामी कहिल्यै उठ्न सक्ने छैनौं –विभेदको दलदलबाट असमानताको आहालबाट, हेलतोको पोखरीबाट अनि दुव्र्यवहारको सागरबाट । बिहान भालेको डाँकसँगै उठ्ने नारी बेलुका सबै घुर्न थाल्दासम्म भाँडा मोलिरहेकी हुन्छिन । सबै परिवारलाई खुवाइवरी बाँकी रहे खान्छिन् नत्र भाँडा चाटचुट गरेर ओछ्यउानमा पुग्छिन । न कुनै गुनासो छ न त कुनै दिन विश्राम नै । तर पनि किन सँधै पीडित छन नारी । खुसी हुँदा लक्ष्मी, भगवती, सरस्वती र कालीको उपमा दिइने, खुट्टामा ढोगिने यिनै नारीको ३६५ दिनै भोग्नुपर्ने पीडाबारे किन बेखबर छ हाम्रो समाज । के नारीलाई विश्राम चाहिन्न ? के नारीलाई मनोरञ्जन चाहिन्न ? के खुसी नारीका लागि बनेको शब्द छैन । के सम्पन्नता नारीको जन्मजात शत्रु हो । के पहिले दर्जा कुनै हालतमा नस्वीकार्ने कसम खाएका छन नारीले ? अहं, कुनै हातलमा हैन । त्यसैले आजको दिनमा यस्ता प्रश्न–सवाल÷मुद्दाका विषय उठान गर्नैपर्छ । यिनलाई बहसको विषय बनाउनै पर्छ । किन पनि भने यसैका लागि हो दिवस मनाउनुपरेको ।

नारी दिवस मनाउन सुरु गरिएको वर्ष अर्थात् सन १९१० यता नारीले प्रगति नगरेका हैनन् । विकसित देशको समेत राष्ट्र प्रमुख सम्हालिसकेका छन । सेना र प्रहरीमा सहभागिता बढाएका छन । पाइलट बनेका छन । बनावटी खुट्टाको सहारामा विश्वकै सर्वोच्च शिखर सगरमाथासमेत चुमिसकेका छन । नेपालकै सन्दर्भमा कुरा गर्दा पनि बराबरी नभए पनि निजामती सेवामा महिला २७ प्रतिशत पुगेका छन् । यतिबेला हरेक क्षेत्रमा महिलाको सङ्ख्या थोरै किन नहोस्, जुनसुकै क्षेत्रमा पनि संङ्ख्यामात्र हैन स्तर पनि बढ्दो छ महिलाको । अर्थात अवसर पाउने हो भने सक्षम छौ भनेर प्रमाणित गरिसकेका छन नेपाली महिलाहरुले । तर पनि विडम्बनाचाहिँ यो छ कि यो सबै महिलामा लागु छैन । अझै पनि धेरै महिलाका लागि यी प्रगति निकै टाढाको विषय छन, करिब करिब असम्भव जस्तै हो, तिनैका लागि पनि सम्पुर्ण महिलाको जागरुकता जरुरी छ आज । जो अझै पनि विभेदको साङ्गोलोले बाँधिएका छन । जो अहिले पनि बोक्सीको आरोपमा मलमुत्र खान र मारिनसमेत विवश छन । जो अझै पनि घरमै, आफन्त भनिएकाबाटै पिटिन, प्रताडित हुन बाध्य छन । कार्यस्थलमा हुने यौन दुव्र्यवहार अझै जारी छ । घरेलु हिंसा उतिकै छन । लैङ्गिक हिंसाको जरो झन झन भित्रभित्रै गडिरहेको छ । कानूनहरु एक पक्ष छन । अर्कोतिर प्रभावकारी कार्यान्वयन अभावमा भुते सावित भइरहेको छ । जस्तो–विवाहोतर कसैसँग सम्बन्ध राखेवापत श्रीमतीसँग श्रीमानले सम्बन्ध विच्छेद गर्न पाउँछ त्यो पनि अंश नदिई तर श्रीमानले यसै गरेमा के गर्ने भन्नेको चाहिं कानुन मौन छ । कतिपय कानुन बन्नै बाँकी छन । जसले गर्दा पीडकलाई अपराधिक कार्य गर्न हौस्याइरहेको छ । यस्तो अवस्थालाई महिलाको पक्षमा पुर्णरुपमा परिवर्तन गर्न जरुरी छ । जसका लागि नारी दिवस एउटा उचित मञ्च हुन सक्छ । अहिलेका शिक्षित नारीले बुझ्नुपर्ने कुरा पनि यही हो । राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सन्धि सम्मेलनहरुले गरेका महिला अधिकार संरक्षणका व्यवस्थाबारे पुरुषलाई शिक्षा दिन्, विद्यार्थीका पाठ्य क्रममा समावेश गराउने अभाव भएका कानुन बनाउने, भएका कानुनलाई समय सान्दर्भिकरुपमा परिमार्जन गर्ने र तिनको प्रभावकारी कार्यान्वयनले नारीलाई पहिलो दर्जाको नागरिकको रुपमा ससम्मान बाँच्न पाउने अवस्था सिर्जना गर्न सक्छ । जस्तो मनोरञ्जन क्षेत्रका महिलाका समस्या सरोगेरी जस्ता महिलासँग सम्बन्धित विषयमा कानुन छैन । कार्यस्थलमा हुने यौन दुव्र्यवहारबारेको कानुनले अनौपचारिक क्षेत्रका श्रमिकलाई नजर अन्दाज गरेको छ । त्यति मात्र हैन, मुलुकमा व्यापकरुपमा मौलाएको दण्डहीनताको अवस्थालाई जरैदेखि उखेल्न सक्दा नारीको अधिकार उपयोगमा देखिएका तगारा पन्छिन सक्छन । यसका लागि नारी अधिकारका पक्षपाती नारीमात्र हैन, सम्पूर्ण जनता जागरुक हुनैपर्छ । त्यसैले यस्तो प्रतिबद्धता व्यक्त गर्ने दिन पनि हो नारी दिवस । अर्थात आजको दिवसबाट लिने एउटा शिक्षा यो पनि हो नारी दिवस । नारी तिमी सम्मान हौ तिमी आकाश अनि धर्ती हो । जहाँ तिम्रो सम्मान हुन्छ त्यहाँ देव देवता पनि रमाउँछन । धनकी देवी लक्ष्मी, विद्याकी देवी सरस्वति र शक्तिकी देवी दुर्गा भनेर नारीलाई पुजा गर्ने हाम्रो नेपाली समाज । त्यसैले हरेक क्षेत्रमा नारीलाई प्रतिशतको रुपमा मात्र नलिइ सम्मान रुपमा अगाडि बढौं । हातमा हात काँधमा काँभ मिलाई यही कामनाको साथ ११५ औं नारी दिवसको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।


Friday, February 21, 2025

समानुपातिक प्रतिनिधित्व खुम्च्याएर संविधान संशोधन गरे देशमा ठूलो विद्रोह हुन्छः

 समानुपातिक प्रतिनिधित्व  खुम्च्याएर संविधान संशोधन गरे देशमा ठूलो विद्रोह हुन्छः

अध्यक्ष श्रेष्ठ, सङ्घीय परिषद



बालकुमारी, ललितपुर । जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधान संशोधन गर्दा समानुपातिक प्रतिनिधित्व प्रणाली हटाए देशमा ठूलो विद्रोह हुने कुरा बताएको छ । उनले उक्त कुरा प्राध्यापक, डाक्टर, इञ्जीनियर, कानुन व्यवसायी, पत्रकार, शिक्षक, अडिटर, राष्ट्रसेवक, भूपु कर्मचारीलगायतका बौद्धिक पेसाकर्मीहरूको छाता सङ्गठन नेपाल बौद्धिक पेसाकर्मी महासङ्घ पुनर्गठनका लागि भएको  घोषणा सभामा प्रमुख अतिथिको आशनबाट बताएको हो ।
सङ्घीयताविदकोरूपमा समेत चर्चित श्रेष्ठले आफ्नो पार्टीले समाजवाद सँगसँगै सङ्घवादलाई पनि सिद्धान्तको रूपमा मानेको बताउँदै उत्पीडित राष्ट्रियताहरूको मुक्ति सङ्घवादले र श्रमजीवी वर्गको मुक्ति समाजवादले गर्ने मौलिक सिद्धान्तको रूपमा सङ्घीय समाजवाद अगाडी सारेको बताए ।


नेपालजस्तो बहुलतायुक्त मुलुकका लागि सङ्घवाद र समाजवादलाई सिद्धान्त मान्ने नयाँ ढड्गको पार्टीको आवश्यकता भएको कुरा स्पष्ट पार्दै प्रमुख अतिथि श्रेष्ठले राजनीतिक रूपमा उत्पीडित राष्ट्रियताहरूको मुक्तिका लागि सङ्घीयता र साङ्गठनिक  रूपमा जस्तो समाज उस्तै पार्टी– जस्तो समाज उस्तै राज्यको नारा अगाडी सारेको कुरा बताए । यी विचारहरूले जनता समाजवाीलाई अरु पार्टीभन्दा भिन्न बनाएको कुरा पनि उनले स्पष्ट पारे ।
प्रमुख अतिथि श्रेष्ठले नेपाली काङ्ग्रेस र नेकपा (एमाले)ले राजनीतिक स्थिरताका लागि भन्दै समानुपातिक निर्वाचन फेर्ने कुरा गर्नु टाउको दुख्दा नाइटोमा औषधी हालेजस्तो भएको बताए । उनले देशमा राजनीतिक स्थायित्वका लागि सङ्घ र प्रदेशमा पनि स्थानीय तहमा जस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चुन्ने प्रणाली तथा संसद पूर्ण समानुपातिक र मन्त्रिपरिषद् विज्ञहरूको बनाउनुपर्ने बताए ।
घोषणा सभालाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि तथा पार्टीका केन्द्रीय समितिका अध्यक्ष माननीय अशोक कुमार राईले पहिचानसहितको सङ्घीयताबिना देशमा स्थायीत्व नहुने बताउँदै यस काममा निरन्तर रूपमा लागे पार्टीले सफलता हाँसिल गर्ने कुरा बताए । उनले आफूहरूले राजनीतिक सिद्धान्त, माग र मुद्दाहरूमा केन्द्रित भएर पार्टी पुनर्गठन गरेको बताउँदै राजनीतिक मुद्दालाई ओझेलमा पार्न जसपा नेपालका नेताहरूले मुद्दा हालेको बताए । उनले मुद्दा हाल्दैमा तर्सनु नपर्ने भन्दै कार्यकर्ताहरूलाई निर्धक्क भएर लाग्न निर्देशन दिए ।
पूर्वमन्त्री समेत रहेका राईले बौद्धिक पेसाकमीहरूको देश निर्माणमा ठूलो भूमिका हुने भन्दै व्यापक रूपमा सङ्गठन विस्तार गर्न निर्देशन दिए । उनले कार्यकर्ताहरूले पार्टीको घोषणापत्र, विधान, राजनीतिक प्रतिवेदन र परिपत्रहरू अध्ययन गरी आत्मविश्वासका साथ काममा जुट्न आहह्वान गर्नुका साथै कतिपय व्यक्तिहरूले बडनियतका साथ आफ्नो पार्टी  एमालेमा विलय हुने भनेर भ्रम फैलाएकोमा आक्रोश व्यक्त गरे । पुनर्गठन घोषणा कार्यक्रममा पार्टीका उपाध्यक्ष द्वय रणध्वज कन्दङ्वा र माननीय सुशिला श्रेष्ठले पनि पुनर्गठित समितिलाई मन्तब्य दिएका थिए ।
पुनर्गठन घोषणा सभाले बौद्धिक पेसाकर्मी महासङ्घको अध्यक्षमा लामो समयदेखि अध्यापन कार्यमा संलग्न अर्जुन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ भने अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष डा. युवराज लिम्बू, उपाध्यक्षहरूमा डा. अमीर आलम र नातिकाजी महर्जन, महासचिव दिलिप कुमार साह, सचिवहरूमा के वि अधिकारी र बागधन राई, कोषाध्यक्षमा संजय कुमार न्यौपाने चयन गरेको छ । अन्य सदस्यहरूमा प्रकाश श्रेष्ठ, जहर सिं राई, डा. सरिता, बसन्त कुमार कनौजिया चयन भएका छन् ।

Wednesday, February 5, 2025

शहीद स्मारक कलेजको ३४ औं वार्षिक उत्सव सम्पन्न

शहीद स्मारक कलेजको ३४ औं वार्षिक उत्सव सम्पन्न

 कीर्तिपुरको पहिलो सामुदायिक कलेजको रूपमा स्थापित शहीद स्मारक कलेजले गत २०८१ माघ १६ गते बुधबार (शहीद दिवस) का दिन आफ्नो चौंतिसौँ वार्षिक उत्सव सम्पन्न गरियो । कलेज व्यवस्थापन समितिका अध्यक्ष श्री शम्भुराम महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालज्यूबाट पानसमा दिप प्रज्वलन र शहीदहरूको फोटोमा माल्यापर्ण गरी उद्घाटन गर्नु भयो । उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. हिराबहादुर महर्जन, परीक्षा नियन्त्रण सह प्रा. पुष्पराज जोशी र कीर्तिपुर नगरपालिकाका उप प्रमुख शुभलक्ष्मी शाक्यज्यू विशेष अतिथिका साथै कलेजका संस्थापक, कीर्तिपुरका शिक्षाविदहरू, शैक्षिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरू र कलेजका शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।


प्रमुख अतिथिज्यूबाट पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरिएको सो कार्यक्रममा क्याम्पस प्रमुख मिलन मान महर्जनले स्वागत मन्तव्य दिदैं कलेजको प्रगति विवरण पेश गर्नु भयो । उहाँले हाल कलेजमा स्नातक तहमा एक हजार भन्दा बढी र +२ तहमा छ सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको र त्यसमध्ये पचास प्रतिशत भन्दा बढी छात्राको संख्या रहनुको साथै स्नातक तहमा करिव तेइस प्रतिशत स्थानीय विद्यार्थी रहेको व्यहोरा जानकारी गराउनु भयो । यसै क्रममा कलेजको शैक्षिक गतिविधिलाई आधुनिक सूचना प्रविधिसंग जोड्दै लैजानुको साथै अनुसन्धनामूलक गतिविधिमा सक्रिय हुदै आइरहेको कुरा राख्नु भयो ।

दशर्नाचार्य (एम फिल) उत्तीर्ण गर्न सफल कलेजका ८ जना शिक्षक शिक्षिकाहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको सो कार्यक्रममा कीर्तिपुरका अन्तराष्ट्रिय धावक तथा पदक विजेता धर्म महर्जनलाई पनि विशेष सम्मान गरिएको थियो । साथै लोक सेवा उत्तीर्ण गरी निजामती सेवामा प्रवेश गर्न सफल कलेजका सात जना विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रम कै क्रममा वोर्ड परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न तह र संकायका विद्यार्थीहरू सम्मान गर्नुको साथै कलेजको वार्षिक उत्सवको अवसरमा आयोजित विविध खेलकुद प्रतियोगितामा विजय हुने खेलाडीहरूलाई पनि मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

        कलेजलाई शुभकामना मन्तव्य दिने क्रममा विशेष अतिथि कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यज्यूले कीर्तिपुर क्षेत्रको उच्च शिक्षा अध्ययनको सहजताका लागि एक घर एक स्नातक कार्यक्रम लागु गर्दै आईरहेको साथै शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्दै आइरहको कुरा बताउनु भयो । शहीद स्मारक कलेजका प्रगतिका कारण यस कलेजको व्यवस्थापन समितिको सदस्य बन्न पाउँदा आफूलाई गर्व लागेको छ भन्नु हदै शुभकामना व्यक्त गर्नु भयो । मन्तव्य कै क्रममा विशेष अतिथि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक सह प्राध्यापक पुष्पराज जोशीले शहीद स्मारक कलेजले त्रिभुवन विश्वविद्यालयका विभिन्न परीक्षाहरू उत्कृष्ट ढङ्गले सञ्चालन गर्दै आइरहेकोले त्रि.वि. स्थायी परीक्षा केन्द्र कायम गरिएको बताउनु भयो । परीक्षा लगायत विभिन्न कार्यक्रमहरू सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालय र कीर्तिपुर मिलेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो । 


     प्रमुख अतिथिको तर्फबाट मन्तव्य दिदै त्रिभुवन विश्वविद्यायका उपकुलपति प्रा.डा. केशरजंग बरालज्यूले आफू यस पदमा आसिन भइसकेपछि कीर्तिपुर क्षेत्रको कुनै औपचारिक कार्यक्रममा भाग लिएको यो पहिलो अवसर भएको र कीर्तिपुर क्षेत्रको कलेज भन्ने वित्तिकै आफूले सहर्ष स्वीकार गरी कार्यक्रममा सहभागिता जनाएको र यस अवसरका लागि शहीद स्मारक कलेजलाई धन्यवाद ज्ञापन गरियो । मन्तव्य कै क्रममा कीर्तिपुर कै योगदानका कारण त्रिभुवन विश्वविद्यालय स्थापना र सञ्चालन भएकोले कीर्तिपुरको योगदानको कदर गर्दै आगामी दिनमा कीर्तिपुरलाई पनि साथमा लिई अगाडि बढ्ने आफ्नो योजना रहेको मनसाय पेश गर्नु भयो । आजको दिनमा विश्वविद्यालयमा विद्यार्थी संङ्ख्या उत्साहजन रूपमा नहरेको र विदेश जाने प्रचलन अध्याधिक मात्रामा रहेको तथ्यलाई मनन गर्दै रोजगार र सिपमूलक शिक्षा आजको आवश्यकता रहेका छ भन्नु भयो । पढाईसंग कमाईको बाटो पनि खोल्दै खुलाउदै जानु पर्ने कुरामा जोड दिनु भयो । यसका लागि उपकुलपतिको हैसियतले आफूले सक्दो काम गरिरहेको कुरा बताउनु भयो । अन्य संस्थामा विद्यार्थी संङ्ख्या कमी भैरहेको अवस्थामा यस कलेजको प्रगति सुन्दा खुशी लागेको र गुणस्तरिय शिक्षाको निरन्तरताको कामना गर्नु भयो साथै लोकसेवा मार्फत निजामती सेवामा प्रवेश गर्ने कार्यका साथै स्वरोजगार सिर्जना हुने कार्यमा पनि लाग्न सक्ने जनशक्तिको सिर्जना सकियोस् भन्ने कामनाका साथ चौंतिसौं वार्षिक उत्सव सफलताको शुभकामना व्यक्त गर्नु भयो । कलेजका सहायक क्याम्पस प्रमुख सञ्जय ज्ञवाली र शिक्षिका रिद्धि भन्सारीले सञ्चालन गर्नु भएको उक्त सभाको अन्तमा कलेजका विद्यार्थीहरूद्धारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।



कलेजको ३४ औं वार्षिक उत्सवको उपलक्ष्यमा माघ १५ गते साँझ खासीबजार अवस्थित शहीद स्तम्भमा माल्यार्पण र दिप प्रज्वलन कार्यक्रम पनि गरिएको थियो भने त्यहाँबाट बाजागाजा सहित कलेज व्यवस्थापन समिति, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको व्यापक सहभागितमा कलेजसम्म ¥यालीको आयोजना गरी कलेजमा दिपावलीको कार्यक्रम गरिएको थियो ।

Wednesday, January 29, 2025

कीर्तिपुरको नयाँबजारस्थित खेलकूद मैदान अहिलेसम्म नबन्नुका कारण के होला ?

 कीर्तिपुरको नयाँबजारस्थित खेलकूद मैदान अहिलेसम्म नबन्नुका कारण के होला ?

खेलकूद मैदानको हालको अवस्था


कीर्तिपुरको प्रवेशद्वारमा रहेको खेलकूद मैदानको हालत कीर्तिपुर प्रवेश गर्ने जो कोहीले देखेकै होला । यो खेल मैदानको यस्तो हालत भएको पनि ३ वर्ष भयो । अहिलेसम्म जस्ताको तस्तै कसैले बनाएको होइन । हरेक वर्षातमा त्यो चौरको माटो बगाउँदै बगाउँदै अहिले त मुख्य सडक नै लगिएला भन्ने डर लाग्न थालेको छ । 

उक्त खेल मैदानमा स्कुलका बालबालिकाहरु फुटवल, किक्रेट आदि खेल खेल्ने गथ्र्यो । जाडो महिनामा मानिसहरु त्यहाँ घाम टाप्दै बदाम खाँदै आनन्दित हुन्थ्यो । सिरक, डसना बनाउनेहरु पनि त्यहिं बसेर बनाउँथ्यो । साना साना नानी बाबुहरुलाई खेलाउन ल्याउँथ्यो । कतिपय विद्यालयहरुको खेलकुद सप्ताह नै यस चौरमा आएर मनाउँथ्यो ।


निर्माण पुरा नहुँदै प्राकृतिक प्रकोपले विगारेको शेरवाल, यसैलाई आधार मानेर अख्तियारमा भ्रष्टाचारको रिपोर्ट दिएको थियो ।

पूर्व मेयर रमेश महर्जनले आफ्नो कार्यकालको अन्तिम समयमा प्याराफिटसहितको खेलकुद मैदान बनाउन मैदानको माटो हटाएर खाल्डो खन्यो । काम नसकिंदै वर्षात सुरु भयो । कीर्तिपुरको आधाभागको पानी पाइपबाट र खुल्ला ढलबाट त्यस चौरमा पुग्थ्यो । त्यही वर्ष वर्षातमा धुमधामले पानी प¥यो । खाल्डो खनेको ठाउँमा पानी जम्मा भयो । तलाउजस्तो अवस्था सृजना भयो । राती अचानक ताल फुटेको जस्तो गरी ती जमेको पानी खाल्डो उछिनेर बग्यो । त्यस्तै तल चिखू खोलामा पनि बाढी आएको थियो । माथिको पानीले तल धकेलेको र तलको पानीले सेरवाललाई तान्दाखेरि तल बनाई राखेको सेरवाल भत्काएर टुक्रा टुक्रा पारी दियो । त्यसलाई प्राकृतिक प्रकोप भने पनि हुन्छ । त्यही बेला कीर्तिपुर नगरपालिका वडा नं. २ को नगच्वः र वडा नं.४ को तामाङ बस्तीमा पनि विभिन्न ठाउँमा क्षति पु¥याएको थियो । त्यसबेला कृषी बागवनी र एपिएफको पर्खाल पनि भत्कीएको थियो 

ढल निकास व्यवस्थित गर्न ल्याईराखेको ह्यूम पाईपहरु,

 त्यसबेला अरु सबै प्राकृतिक प्रकोप भनेर सिफारिस गरी बजेट बिनियोजन गरी निर्माण गरिएको थियो । यो खेलकूद मैदानलाई मात्र प्राकृतिक प्रकोप नभनीकन नेतृत्वलाई फसाउने प्रयास गरिएको देखियो । भ्रष्टाचार भएको आशंकामा अख्तियारमा उजुरी हालियो । 

कीर्तिपुर नगरपालिकामा नयाँ नेतृत्व आयो । खेलकुद मैदान पुनःनिर्माणमा भ्रष्टाचार भएको भनेर कसैले अख्तियारमा रिपोर्ट दियो । त्यो क्षतिको बारेमा ई.विजय महर्जनको अध्यक्षतामा एउटा छानबिन समिति बनायो । जसको रिपोर्टमा भ्रष्टाचार आएको गन्ध देखियो । त्यसैले अख्तियारले त्यहाँ केही निर्माण नगर्नु भन्ने आदेश दियो । अख्तियारले छानबिन गर्दा कारवाही नै गर्नुपर्ने किसिमको खासै प्रमाण फेला पार्न सकेन । भ्रष्टाचार हुँदै नभएको भन्न पनि सकेन । त्यसैले त्यतिकै कारवाही वा फुकुवा नगरीकन राखी राख्दा खेल मैदानको दुरावस्था भएको हो ।

अहिले त्यो खाल्डो गुहु घारीजस्तो भैसकेको छ । पाईपलाइन खुल्ला भएर बगिरहेको छ । जसले गर्दा बिहान बेलुका खपिनसक्नु दुर्गन्ध फैलिन्छ । अब गर्मी महिना आउन लागेको छ । यो फोहोरको दुर्गन्धले विमारी फैलियो भने जिम्मेवार को हुने ? पाईपलाईन बनाउन त अख्तियारले रोक्दैन होला ।  अहिले कीर्तिपुरवासीको एउटै माग रहेको छ जसरी हुन्छ त्यो खेलमैदान बनाउनु प¥यो । यदि कसैको दोष देखिएमा उसलाई कारवाही गर्नुप¥यो होइन भने तुरुन्त बनाउनु प¥यो । 


Monday, January 20, 2025

के अधिकार खोज्दै गर्दा हामीले आफ्नो कर्तब्य पनि पुरा गरेका छौं ?

 के अधिकार खोज्दै गर्दा हामीले आफ्नो कर्तब्य पनि पुरा गरेका छौं ?

संगीता उप्रेती श्रेष्ठ

अधिकार र कर्तब्य एउटा सिक्काका दुईवटा पाटा हुन । त्यसैले यी दुवैलाई एक अर्कोसँग अलग गरेर हेर्न मिल्दैन । तथापि आजकाल कर्तव्यभन्दा पनि अधिकारका कुराहरु धेरै चल्ने गर्दछन् । जुन व्यक्तिले समाजप्रतिको आफ्नो दायित्वलाई राम्रोसँग बुझेको हुन्छ र जुन व्यक्तिमा समाज सेवाको भावना रहेको हुन्छ त्यस्तो व्यक्तिले कर्तब्यको ख्याल गरेको हुन्छ भने आफ्नो निहित स्वार्थ मात्र बढी हेर्ने व्यक्तिले कर्तव्यलाई भनदा पनि अधिकारलाई बढी महत्व दिन्छ र त्यस्तो ब्यक्ति कर्तव्य निर्वाहमा लाग्नुभन्दा पनि अधिकारकै लागि बढी उफ्रने गर्दछ ।

निश्चय पनि जायज सवालमा आफ्नो हक, हित र अधिकारको आवाज उठाउनु नराम्रो कुरा होइन । राज्यको प्रचलित नियम, कानून र मर्यादाको सीमाभित्र रही प्रत्येक नागरिकले आ–आफ्नो अधिकारको खोजी गरिरहँदा हामीले आफ्नो कर्तब्य निर्वाह गरिरहेका छौ कि छैनौ त ? त्यसतर्फ पनि ध्यान दिनुपर्ने हो कि ? होइन अधिकारको नाममा केबल आफ्नो ब्यक्तिगत वा नाता सम्बन्ध पार्टीलाई मात्र अघि सारिरहने तर आफ्नो कर्तब्यलाई बेवास्ता गर्दै जाने हो भने यसले हाम्रो समाज र राष्ट्रलाई अघि बढाउँदैन बरु झनझन पछि धकेल्दछन । किनकी अधिकार कर्तब्यको सन्तुलनबाट नै समाज र राष्ट्र पनि सन्तु्लित रुपमा अघि बढ्न सक्तछ । हाम्रो नेपालमा एउटा अत्यन्त प्रचलित कहावत पछि छ सेवा गरे नै मेवा पाइन्छ । यहाँ सेवाले कर्तब्यको बोध गराउँछ भने मेवाले अधिकारको सेवा नगरी मेवा पाईदैन । अर्थात कर्तब्य नगरी अधिकार पाईँदैन । यसकारण नेपाली समाजमा कर्तब्यलाई पहिलो प्राथमिकता दिइएको छ । साँच्चै भन्ने हो भने दिनुमा जे आनन्द हुन्छ त्यो लिनुमा हुँदैन । हामीले बसोबास गर्दै आएको यस चराचर जगतमा पानी नदी, वृक्ष, सूर्य चन्द्र सबै दिनकै लागि सृष्टि भएका छन । नदीले जल दिएर, वृक्षले फलपूmल दिएर, सूर्यले ताप दिएर, चन्द्रमाले शितलता दिएर आफ्नो कर्तव्य पुरा गरेका छन । यसबाट पनि हामीलाई के शिक्षा मिल्छ भने हामीले अधिकार र कर्तव्यको कुरा गरिरहँदा सबैभन्दा पहिलो कर्तव्यलाई नै प्राथमिकता दिनु पर्दछ । आफ्नो कर्तब्य पुरा गरेपछि मात्र हामीले अधिकारको कुरा गर्न सुहाउँछ । आज विश्वमा जति पनि मुलुकहरु प्रगतिको पथमा अघि बढेका छन । तिनीहरुले पनि अधिकारभन्दा पहिला कर्तव्यलाई नै प्राथमिकता दिएको देखिन्छ । उनीहरुले पहिला म बनौं भन्ने भाव कहिल्यै राखेनन् । बरु मेरो देश बन्यो भने म अवश्य बन्छु भन्ने भावना राखेर आफ्नो कर्तव्य पथमा अघि बढे जसले गर्दा उनीहरु आज उन्नतिको शिखरमा पुग्न सफल भएका छन ।

हुन त कतिपय मानिसको भनाई के रहेको पाइन्छ भने कर्तव्य कसरी पुरा गर्न अथवा आफ्नो जिम्मेवारी निर्वाह गर्न अधिकार पनि चाहिने हुन् सक्छ तर प्रश्न के हो भने के कर्तब्य पुरा गर्नको लागि अधिकार माग गरिएको छ त ? यहाँ त आफ्नो कर्तब्य पूरा गर्नकै लागि भन्दा पनि अधिकारमै बढी  केन्द्रित रहने र कर्तब्यको कुरा आयो भने या त जिम्मेवारीबाट पनि नभए अरुलाई पन्छाउने प्रवृत्ति रहेको पाइन्छ ।

वास्तवमा हामीले अधिकारको सही प्रयोग पनि आफ्नो कर्तव्य वा जिम्मेवारी निर्वाह गरेर नै गर्न सक्छौं । किनकी अधिकार सँगसँगै कर्तव्य पनि गाँसिएर आएको हुन्छ । यदि हामीले आफ्नो कर्तब्य जिम्मेवारीपूर्वक निर्वाह गर्न सकेनौं भने हामीले पाएको अधिकारको हनन भयो कि भएन त्यो पनि हेर्नुपर्ने हुन्छ । अथवा हामीले समाजको हितकै लागि उपयोग गर्नु पर्दछ । त्यसो त हाम्रो देशको संविधान २०७२ को भाग ३ मा पनि मौलिक हक र कर्तब्यका सम्बन्धमा प्रष्ट रुपमा ब्याख्या गरिएको पाइन्छ । उक्त संविधानको भाग ३ अन्तर्गत धारा १६ देखि ४६ सम्म स्वतन्त्राको हक, समानताको हक, शिक्षा, स्वास्थ्य र रोजगार सम्बन्धी हक, सामाजिक न्यायको हक, सम्पत्तिको हक, धार्मिक स्वतन्त्रताको हक, गोपनीयताको हक, सूचनाको हक शोषण बिरुद्धको हक, भाषा तथा संस्कृति सम्बन्धी हक, स्वच्छ वातावरण सम्बन्धी हक महिलासम्बन्धी हक आदि रहेका छन भने सोही भागको धारा ४८ मा नागरिक कर्तब्यको बारेमा पनि स्पष्ट रुपमा उल्लेख गरिएको पाईन्छ । जस्तै राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संबिधान र कानूनको परिपालना गर्नु राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु अनि सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु भन्ने रहेको छ । त्यसैले राज्यले हाम्रो अधिकारको संरक्षण गर्दछ भने राज्य र आफ्नो देशप्रतिको जिम्मेवारी बफादार र उत्तरदायी रहँदै आफ्नो कर्तब्य पनि हामीले पुरा गर्नु पर्दछ । वास्तवमा जुन कुरा गर्नु पर्दछ । र गर्न सकिन्छ त्यही नै हाम्रो कर्तब्य हो दायित्व हो ।

यसरी मानिसको हरेक सामाजिक आर्थिक र राजनीतिक गतिविधिहरुमा अधिकार र कर्तब्य अन्तर्निहित बनेर रहेको हुन्छ । अधिकारको मानिसको स्वतन्त्रताको रक्षा गर्दछ भने प्राप्त स्वतन्त्रताको सम्मानजनक रुपमा उपयोग गर्नु पनि ब्यक्तिको कर्तब्य हुन्छ । अबश्य पनि अधिकार भन्ने कुरा समाजको हितकै लागि उपयोग गरिने हुनाले यसलाई सामाजिक हित विपरित लान सकिंदैन । त्यसैले पहिलो ब्यक्तिगत सामुदायिक अथा संस्थागत तहमा आफ्नो कर्तब्य रजिम्मेवारी निर्वा गर्न पर्दछ । र आफ्नो अधिकार पनि खोज्नु पर्दछ । किनकी कर्तब्यविहिन अधिकारको प्रयोग गर्न खोज्नु अराजक र अहंकारी प्रवृद्धि ठहरिन्छ । आज घर परिवार अनि समाजमा जुन किसिमले अशान्ति र अन्तर्कलह देखिने गरेको छ, त्यसको मूल कारण पनि आफ्नो कर्तब्यभन्दा अधिकारतर्फ नै बढी केन्द्रित रहनाले हो भन्दा अतिशयोक्ति हुने छैन । जस्तो घर–परिवारमा छोराछोरीले आफ्नो बुबा आमाप्रति गर्नु पर्ने आदर सेवा, कर्तव्यचाहिं पुरा गरेका छन कि छैनन् त ? यसतर्फ पनि हामी सबैकोध्यान पुग्नुपर्ने आबश्यकता देखिन्नछ ।

त्यसैले हामीले अधिकारको कुरा गरिरहँदा एक पटक आफ्नो आत्मसमीक्षा पनि गर्ने गरौं । के मैले आफ्नो देशको लागि समाजको लागि कर्तब्य पनि पुरा गरेको छ त ? यदि कसैले कर्तब्यबाट च्युत भई केवल अधिकारको मात्र खोजी गरिरहन्छ भने त्यसले उसको निहित स्वार्थ र अहंकारी प्रवृत्तिलाई नै उजागर गरिरेको हुन्छ । एउटा जिम्मेवारी नागरिकको आफ्नो समाज र राष्ट्रप्रति कर्तब्य र अधिकार दुबै रहन्छ । निश्चित रुपमा उसले अधिकारको उपयोग गर्दछ भने आफ्नो कर्तब्य वा जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने हुन्छ ।


Saturday, January 18, 2025

दल धैगु लं खः नेवाः धैगु छेंगू खः

 दल धैगु लं खः नेवाः धैगु छेंगू खः

श्रीकृष्ण महर्जन नेवाः 

यक्व राजनीतिक दलत दु । थःथःगु सिद्धान्त, थःथःगु नेता कार्यकर्तत दु । सिद्धान्त स्वल धाःसा बांमलाः मजू। सिद्धान्त नं बुलुहुँ बुलुहुँ  हिला नं वना च्वंगु दु । दर्जनौं दर्जन दलत मध्ये नं मूल रुपं प्रमुख दल कथं बागू दर्जन दलत न्ह्यःने दु । गुलिं गुलिं ला क्षेत्रीय दल थें नं जुया च्वंगु दु । नेवाः व कार्यकर्तात नं वहे जुया च्वंगु दु । म्हिगः गथे खः आः नं अथे हे अले छगू दलया नेता व मेगु दलया नेताया दथुइ स्वापू नं उलि हे बांलाः । गबलें नापं च्वनी अले गबलें ब्यागलं ब्यागलं च्वनेगु नं याना च्वंगु दु । विशेष याना सरकारया नेतृत्व यायेगु सवालय्, थःगु दलया स्वार्थया नितिं नापं च्वनेगु याना च्वंगु दु । न्ह्यागु हे सिद्धान्त ज्वना च्वंपिं जूसां नापं च्वनेगु याना च्वंगु दु ।

जब पक्ष विपक्षया रुपय् दलत च्वनी अबले धाःसा भाषण बिइगु स्वइबले सत्रु थेंहे जुइ । गबलें हे मिले जुइ मफइगु वातावरण ब्वलनी थें च्वन । जब इमिगु स्वार्थमिलेजुइभागबन्दाजुइ, हाकनंनापंच्वनी।मालधकाः पार्टी एकीकरण यायेगु, मोर्चा दयेकेगु निसें अनेक कथंया कुतः याइ । पार्टी  एकीकरण व मोर्चा दयेकेगु जक मखु हाकनं मिले मजुइ वं इपिं पार्टी नं तज्याइगु घट्नात जुया च्वंगु दु । पार्टीत ज्यासां संस्थापन पक्षहे बः लाइगु अवस्था नेपालय् आः तक खने दया च्वंगु दु । पार्टीत ज्यातधाःसा संस्थापन पक्षया पार्टीं तज्याना वंगु पार्टीयात लालित्तुमात्तु लिइगु, चिरमांया काय् थें तायेकेगु, अनेक कथंया द्धपंत बिइगु, धाये जिउनं मजिउनं धायेगु तकं याना च्वंगु दु ।

आःया अवस्थाय् छुं नं पार्टी दलया रुपय् न्ह्यः वया च्वंगु मदुथें नं च्वनीगु । फुक्क हे दलत गुट गुटया मोर्चा थें जक च्वनीगु । दल दुने नेतातय्सं थःथःगु दलय् दुने हे थःथःगु गुट दयेकेगु अले खास खास कार्यकर्तायात थःथःगु पक्षय् हे तया तयेगु । दलया नेतातय्गु गुटयात स्वल धाःसां दलत फुक्क हे दल मखु मोर्चाया रुपय् न्ह्यःने वनाच्वंगु दु । मोर्चा जुइ धुनेवं थःथःगु कार्यकर्तातय्त ब्यागलं ब्यागलं कथंया आन्तरिक तयारी यायेगु निसे ंमेगु गुटया नेताया विरुद्धय् तकं लगे जुइ । चान्स वयेवं मेगु गुटया नेताया पक्षय् दुपिं कार्यकर्तायात क्वःथलेगु निसें ल्यूने लाकेगु तकं यायेत लिफः स्वइमखु ।

चुनाव वइ अबले  गुटत सक्रिय जुइ । पार्टीया आन्तारिक चुनाव जुइमा वा देय्या आम निर्वाचन । चुनाव वयेवं  पार्टी  दुने या गुट गुट यात मिले  यायेत हे  नेतातय्त तसकं  थाकुइगु  जुया च्वंगु दु । आम निर्वाचनया नितिं  थःपिं  कमजोर जुइगु  अवस्था पार्टीदुनेगुट गुट सक्रिय मजुइगु । जब थःपिनिगु पार्टी बःलाःगु अवस्था वइ अबले पार्टी दुने गुट गुट सक्रिय जुइ । थःगु  पार्टीया उम्मेदवार यात तकं  बुकेत तयार जुइ । पार्टीया आन्तरिक चुनावय् स्वल धाःसा थःथःगु गुटया पिंहे चुनावय् त्याकेगु भूमिका म्हितेगु । पार्टीदुने जक मखु थ्व ल्वय्ला पार्टीया भातृ संगठनय् नं खने दु । गबलें गबलें ला भौतिक रुपं हे आक्रमण यायेगु ज्या याना च्वंगु खने दु । अय् पार्टी दुने हे गुट गुट जुइगुलिं छगू गुटय् मच्वन धाःसा उम्ह कार्यकर्तावा नेताया अर्थ तकं मदइगु ।

दलय् दुने सक्रिय जुइगु धइगु बास्तवय् देय् व जनताया नितिं ज्या यायेगु खः । तर दलय् दुने च्वना ज्या यायेगु धइगु थः सुरक्षित जुइगु नितिं, पार्टीपाखें ग्वहालि कायेगु, भागबन्दाय् थः लाकेगु, थः ल्यूनेनं शक्ति दु धकाः क्यनेगु अले मेपिंसिबें कमजोर मजुइगु नितिं थें तायेका च्वंगु दु । दलय् च्वनेगु धइगु न्ह्यागु इलय् नं न्ह्यागु हे यायेत नं तयार जुइमा धकाः थुइकेगु याना च्वंगु दु । त्यःगुं मत्यःगुं ज्या यायेमाः यायेत तयार जुइम्ह अले दलं हे उम्ह मनूयात संरक्षण याइगु धकाः तायेका च्वंगु दु । थःगु ब्यक्तिगत स्वार्थया नितिं हे अप्वः याना दलय् दुने वना सक्रिय जुया च्वंगु दु धकाः सर्वसाधारण मनूतसें काइगु स्वाभाविक हे खः ।

दलय् दुने इमान्दारम्ह मनू च्वये वनी मखु धकाः धायेगुयाः । ई बिया इमान्दार जुया देय् व जनतायानितिं ज्या याइम्ह कार्यकर्ता न्ह्याबलें अन हे लाना च्वनी । अज्वःपिं कार्यकर्ता गबलें च्वये वन ेफइ मखु । अथे जुया च्वनेगुया अर्थ नं मदु धकाः तकं स्वयं पार्टीया कार्यकर्तातसें धायेगु याना च्वंगु दु । दलय् दुने ला फय्गं खँल्हाये फुम्ह, नेतातय्गु ल्यूल्यू वने फुम्ह, च्वय्या तहलय् थःम्ह मनू दुम्ह, धेबा नं पाये फुम्ह, माल धाःसा पार्टीं धाइगु न्ह्यागुहे ज्या यायेत तयार जुइम्ह, थःगु छ ेँत्वःता वनेत तकं तयार जुइम्ह मनू हे पार्टी दुने न्ह्यःने लाइ धइगु सवालय् नं थौं सुनं कन्फ्युज मदये धुंकूगु अवस्था दु । थुकिया अर्थ दलया नेता कार्यकर्ता जुइगु व कन्हय् वना थाहां वनेगु खःसा कित ध्यबा दुम्ह जुइ माः । कि थः मनू पार्टीया उच्च थासय् दुम्ह जुइमाल अर्थात छगू गुटया च्वय्या तहया नेतात प्यंकहे स्वापू दयेफुम्ह जुइमाल । मखुसा छु तहया कार्यकर्ता खः वहे तहलय् लाना च्वनी । मेमेपिं धमाधम च्वय् च्वय् वना च्वनी । अन्तिमय् वना निराश जुइगु बाहेक छुंहे जुइमखु । अथे जूसां नं दलय् दुने च्वना ज्या यायेगु इच्छा दुपिं उगु हे कथं सक्रिय जुइमाः । दलय् दुनेया वइगु थीथी कथंया हाथ्यात वइगु यात तकं थुइका सक्रिय जुइमाः ।

दलया नेतात व कार्यकर्तात थौकन्हय् छेँय् छेँय् दु । मानौ कि पार्टी कमिटी हे छेँय् छेँय् दु । उलि जक मखु दाजु छगू पार्टी, किजा छग ूपार्टी, कला छगू पार्टी, अबु छगू पार्टीया कार्यकर्ता तकं जुया च्वंगु दु । पार्टी नं हिला हिला च्वनी । गबलें छगू पार्टीइ जुइसा मेगु इलय् मेगु हे पार्टीइ जुया च्वनी । पार्टी हिलेगु धइगु लं हिला फिइगु कथं जुया च्वंगु खनेदु । खः पार्टी धैगु लं हे खः । थःत छु याः व लं फिइगु धाइ थें हे खः । थौं यःगु लं कन्हय् मयेयेफु । कन्हय् यःगु लं थौं मयेयेफु । उकिं हिला हिला फिइगु स्वाभाविक नं खः । तर नेवाःतय्गु सन्दर्भय् धायेगु खःसा नेवाः धइगु छेंगू खः । छेंगू छिगू छगू हे जुया च्वनी । जन्मु जुसांनिसें सीगु इलय् तकनं छगू हे छ्यंगू जुइ । जन्मजूसा ंनेवाः सीसां नेवाः । उलि जक मखु न्ह्यागु देशय् वं सां नेवाः । अनया नागरिक जूसां नं नेवाः । आखिर नेवाः धइगु म्हसीका  खः । नेवाः मखु आः जिमेम्ह हे जुल धकाः धाये फइगु अवस्था मदु ।

नेवाः जुया नेवाः समाजया नितिं छुं यायेगु खःसा न्हापां थः नेवाः धकाः थुइके माल । नेवाः धकाः थुइके धुंकाः जक छिगू पार्टी, छिगू नागरिकता लगायतया खँ वइ । उकिं नेवाः जुया नेवाः या नितिं ज्या यायेगु खःसा नेवाःतय्त माःगु छु खः धकाः नं थुइकेमाः । नेवाः धाये धुनेवं नेवाःतय्गु मूल विषय भाषा, संस्कृति, भूमिया खँ वइ । नेवाःतय्गु भाषा, भूमि व संस्कृति ल्यंकेगु खःसा राजनीतिक दलय् दुने दुसां पिने दुसां नं थःथःगु कथंया भूमिका म्हितेमाः । दलय् दुपिन्सं दलय् दुने च्वना अले दलं पिनेच्वंपिन्सं राज्ययात ध्यानाकर्षण यायेगु ज्या यायेमाः । दलं पिनेच्वना दबाव मुलक ज्या यायेगु यायेमाः । दलय् दुने च्वंपिन्सं नं नेवाःतय्गु अभियान, आन्दोलननापं नेवाःतय्गु माग कथं हे थः दलय् दुने उगु थासय् थ्यंगु खः, जन प्रतिनिधि जुल धाःसा नेवाःतय्गु कारणं हे थः अन थ्यंगु खः धकाः महसूस यानाहेज्या यायेमाः । उकिया नितिं नेपाःया संविधानं बियातःगु अधिकार, अन्तर्राष्ट्रिय कानून बियातःगु अधिकारयात तकं थुइके माःगु दु । थौंया इलय् नेवाःतय्गु वहे  अधिकारया बारे थुइकेगु अभियान नं न्ह्याकेमाःगु आवश्यकता दु ।


Friday, January 17, 2025

बाघभैरव सहकारीको २५ औं वार्षिक साधारण सभा

बाघभैरव सहकारीको २५ औं वार्षिक साधारण सभा


बाघभैरव सहकारी सुरक्षित सहकारी हो— प्रमुख अतिथि बागमती प्रदेश सांसद एवं पूर्व सहकारी मन्त्री पुकार महर्जन


कीर्तिपुर नयाँबजारस्थित आफ्नै भवनमा संचालित बाघभैरब बचत तथा ऋण सहकारी संस्थाले गत पौष २६ गते बाघभैरब बैंक्वेटको सभाहलमा २५ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।


संस्थाका अध्यक्ष नवीन नकर्मीको सभापतित्वमा प्रमुख अतिथि बागमती प्रदेश सांसद एवं पूर्व मन्त्री पुकार महर्जनले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भयो । संस्थाका संस्थापक अध्यक्ष एवं कीर्तिपुर नगरपालिकाका मेयर स्व.राजकुमार नकर्मी र शेयर सदस्य रोशन महर्जनलाई एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । 


ऋण उपसमितिका संयोजक अमरकाजी श्रेष्ठले स्वागत मन्तव्य राख्ने क्रममा संस्थाको आर्थिक स्थितिबारे प्रष्ट रुपमा ब्याख्या गर्नुभयो ।

संस्थाका अध्यक्ष नवीन नकर्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा २०५७ सालमा रु. १० लाख शेयर पूँजीबाट सुरु गरेको संस्थाको अहिले आएर रु ७,८५,५२,१००/ पुगेको बताउनु भयो ।

उहाँले शेयर पूँजी आ.व.२०७९/०८०मा रु.७,३६,५५,७००/ रहेकोमा आ.व.२०८०/०८१ मा रु.७,८५,५२,१००/ पुगेको छ जुन गत वर्षभन्दा ६.६५%प्रतिशतले वृदि भएको छ ।

त्यस्तै निक्षेप संकलन आ.व.२०७९/०८० मा रु.१,१८,९९,२७,६३९/रहेकोमा आ.व. २०८०/०८१ मा रु.१,०७,६४,६६,६२४/ रहेको छ । जुन गत वर्षमा भन्दा ९.५४% घटेको छ । निक्षेप संकलनमा कम आएझै कर्जा लगानीमा पनि घटेको छ । आ.व.२०७९/०८० मा रु.१,२६,५१,४२,६८१/ रहेकोमा आ.व.२०८०/०८१ मा रु.१,१२,८९,३२,४२८/ रहेको छ । जुन गत वर्षभन्दा १०.७७%ले घटेको छ । त्यस्तै सञ्चालन आम्दानी आ.व.२०७९/०८० मा रु.१,८२,७९,८२२/ रहेकोमा आ.व. २०८०/०८१ मा रु.२,०६,९३,७४०/ रहेको छ जुन गत वर्षभन्दा १३.२१%ले बढी देखिन्छ । हाल शेयर सदस्यहरुको तर्फबाट नियमित बचत योजना अन्तर्गत मासिक रुपमा करिब रु.३ लाख रुपैयाँ संकलन भैरहेको जानकारी दिनुभयो । अहिले देशमा आएको आर्थिक मन्दि र सहकारीप्रति जनमानसमा फैलिएको डर त्रासले कारोबारमा केही कमी आएको हो । तापनि यस सहकारीलाई त्यति असर नगरेको जानकारी दिनुभयो ।


प्रमुख अतिथि बागमती प्रदेश सांसद एवं पूर्व पर्यटन, संस्कृति तथा सहकारी मन्त्री पुकार महर्जनले संस्थाको बार्षिक प्रतिवेदन हेरीसकेपछि बाघभैरव सहकारीका निक्षेपकर्ताहरुले आर्थिक मन्दि भएतापनि पीर लिन नपर्ने बताउनु भयो । किनकी यस सहकारीको तरलता काफी छ । विभिन्न बैंकहरुमा जम्मा पूँजी गत वर्ष रु.६०,९२१,९८६/ रहेकोमा यस आ.व.मा १४४,८७०,२१८/ जम्मा भएको छ । जुन गत वर्षभन्दा दोब्बर रहेको छ । यस सहकारीलाई शेयर सदस्य र बचतकर्ताहरुले पनि साथ सहयोग दिइरहेको देखिन्छ भन्नुभयो ।


कीर्तिपुर नगरप्रमुख कृष्णमान डंगोलले कीर्तिपुर नगरपालिका अन्तर्गत रहेका सहकारीहरुलाई सहयोग गर्न नगरपालिका हरदम तयार रहेको बताउनु भयो । 


सहकारी शाखा प्रमुख सुजिन्द्र महर्जनले अहिले बजारमा आर्थिक मन्दि भएतापनि यस सहकारीलाई खासै प्रभाव पारेको देखिएको छैन । यसो हुनुमा यस सहकारीले सहकारी नियमलाई पुरा पालना गरेका कारण हो । अहिले कीर्तिपुरमा शिव शिखर, कृषि विकास बहुउदेश्यीय सहकारी र दर्शन सहकारी कीर्तिपुर नगरपालिका अन्तर्गत नरहेको जानकारी दिनु हुँदै कीर्तिपुरमा संचालित सहकारीहरुमा खासै समस्या नरहेको बताउनु भयो । कीर्तिपुर नगरपालिकाले अनुगमन तिब्र पारिरहेको जानकारी दिनुहुँदै सहकारी संचालक र शेयर सदस्यहरुको आपसी तालमेलका कारण यो सहकारी नम्बर एक हुन सफल भएको बताउनु भयो ।



उक्त कार्यक्रममा प्रमुख अतिथि सांसद पुकार महर्जनले बाघभैरव सहकारीको २५ औं वर्षको लोगो लोकार्पण गर्नु भएको थियो ।

कार्यक्रम सस्थाका कोषाध्यक्ष मिलनमान महर्जनले संचालन गर्नु भएको थियो ।