Thursday, November 25, 2021

आफ्नो छुट्टै ब्रान्ड बनाउन सफल कीर्तिपुरका युवा व्यवसायी दिनेश दर्शनधारीसँगको छोटो भलाकुसारी

 

आफ्नो छुट्टै ब्रान्ड बनाउन सफल कीर्तिपुरका युवा व्यवसायी दिनेश दर्शनधारीसँगको छोटो भलाकुसारी

. तपाईको मोबिल्याण्ड ग्रुप अफ कम्पनीजले हालसालै एउटा विज्ञापन प्रकाशनमा ल्याएको सब्जी Land किसानदेखि Kitchen सम्मयसले बजारमा निकै प्रचार पाएको यसको अर्थ के हो ? अलिकति बुझाई दिनुहुन्छ कि ? तपाईंले तरकारी खेती गर्न खोज्नु भएको कि, तरकारी किनेर व्यापार गर्न खोज्नु भएको हो ?

नेपाल कृषिप्रधान भनेर चिनिएको देश हो तर अहिलेचाहिँ हाम्रो देशले वार्षिक अर्बौको तरकारी आयात गर्छ सायद सुरुमा यो सानो प्रयास हुनसक्छ तर यो किसानदेखि किचनसम्मको जुन Concept हामीले बजारमा ल्यायौ यसको मूल उद्देश्य भनेको एकातिर नेपाली किसानलाई व्यवसायीकरणमा ढाल्नु हो भने अर्कोतिर ग्राहकले गुणस्तरिय ताजा अनि organic तरकारी फलफुल तथा मासु घरमा नै delivery पाउने सुबिधा मिलाउनु हो हामीले लिएको उद्देश्य सफल भयो भने अहिले विशेषगरी भारतबाट दिनहु आयात हुने विषादीयुक्त तरकारीलाई हाम्रै गाउँ, टोल, छिमेक जिल्लाको वरपरको उत्पादन अर्थात तरकारी तथा फलफुल अनि माछा मासु उचित मूल्यमा खरिद गरी त्यसलाई प्रशोधन गरी सबैको घरसम्म पु¥याउने लक्ष्य हो बिभिन्न देश घुम्ने सिलसिलामा अरु देशमा तरकारीको मात्र छुट्टै मार्टहरु हुने गरेको देखेको छु तर नेपालमा भने तरकारी तथा छुट्टै मार्ट नभई अरु mall हरु जस्तै भाटभटेनी, बिग मार्ट जस्ता मार्टमा सानो ठाउँमा अलिक प्राथमिकतामा नपरेको ठाउँमा तरकारी राखेको देखेको छु त्यसैले नेपालमा पनि छुट्टै तरकारी फलफुल तथा मासुको मात्र पनि मार्ट चल्न सक्छ भनेर यो sabjiland को स्थापना आज भन्दा वर्ष अगाडी भएको हो ललितपुर सानेपामा sabjiland को आफ्नै प्रसोधन  प्याकेजिंग unit सहितको  तरकारी तथा फलफुल मार्ट पनि अहिले Sabjiland ले प्रशोधित अर्गानिक तरकारीहरु फलफुल मात्र नभई माछा मासु Dry bruits समेत प्रसोधान र packaging गरेर बेचिरहेको आफ्नो showroom online store हरुबाट बिक्रीवितरण गर्दै आइरहेका छौं हाम्रो आफ्नै मोबाइल App पनि जसमा सम्पूर्ण किसिमका तरकारीहरु अर्डर गरि खरिद गर्नसक्छौं जुन home delivery  पनि हुन्छ. online payment system ले अझ सबै कुरा सहज बनाई दिएको अहिले सानेपा मात्र सीमित रहेको सब्जी तथा फलफुल मार्ट निकट भविष्यमा नै दर्शनको जहाँजहाँ सेवा केन्द्रहरु छन् ती सबै ठाउँमा समेत तरकारी मार्ट विकास गर्ने हाम्रो योजना रहेको त्यस्तै अब reary to cook concept अनुसारको product पनि ल्याउने तयारीमा छौं आज भोलिको busy life मा ready to कुकको हाम्रो product launch भयो भने Kitchen मा तरकारी काट्ने, पखाल्ने झन्झट पनि हट्छ दर्शन सहकारीका सदस्यहरुलाई बिशेष छुटको व्यवस्था गरेका छौं भने कीर्तिपुरका ग्राहकहरु लाई समेत छुटको व्यवस्था गरिएको अझ दर्शन सहकारीकै मोबाइल एप प्रयोग गरेर तरकारी खरिदको भुक्तानी गर्नुभयो भने अरु थप बिशेष छुटहरु समेत पाइने व्यवस्था गर्न लागेका छौं अहिले काठमाडौ उपत्यका भरिका 100 भन्दा बढी किसान समुहहरु हामीसँग आबद्ध हुनुहुन्छ हामीले ती किसानहरुलाई दर्शन सहकारी मार्फत ऋण लगानी समेत गर्ने गरेका छौं

                हामीसँग आबद्ध भएका किसानहरूसंगfuture contract समेत गर्ने भएकोले  किसानहरु मूल्य नपाएर मारमा पर्ने सम्भावना कम हुन्छ किसानले आफ्नो product को उचित बजार मूल्य पाउछ भने किसानको product बीचमा बिचौलिया बिना सिधा ग्राहकको घरसम्म पुग्ने भएकोले rate पनि सस्तो नै पर्छ हामीले किसानहरुलाई मल पनि हाम्रै तराईमा रहेको भैसी फार्ममा उत्पादन भएको कम्पोस्ट भर्मि कम्पोस्ट मल समेत सस्तो rate मा दिने गरेका छौं त्यसैले किसान दाजुभाईहरुलाई समेत अहिले धेरै सहज भएको पहिला पहिला किसानहरुलाई हुने गरेका कठिनाई जस्तै लगानी अभाव, मलको समस्या, बजारको समस्या यो 3 वटा समस्यालाई sabjiland ले सकेसम्म हल गर्ने प्रयास गर्दा किसानले पनि हामीलाई अझ सस्तो गुणस्तरिय  product दिने गरेका छन

गर्न मैले डिग्री इन्जिनियरिङमा गरे तर कृषि वन क्षेत्रमा पनि धेरै self study गरेको छु त्यसैको फल नै आज यो sabjiland हो अनि हरेक कुरालाई ब्यापारसंग जोड्न निरन्तर study गरिरहेको नै हुन्छु. अझ हाम्रो group को एउटा department यस्तै reaserch मात्र गरिरहेको हुन्छ. कुन business ले सेवा अनि नाफा दिन्छ त्यस्तो business हेरीरहेकै हुन्छौं स्थापनाको छोटो अवधिमा मै subjiland को बिस्वस्नीयता अनि continue suppy हाम्रो quality assurance ले गर्दा काठमाडौँ उपत्यकामा हाल संचाललनमा रहेका प्राय ठुला 5star and 4 star hotel हरुले हामीबाट supply लिनु हुन्छ कुनै पनि व्यक्तिको सबभन्दा पहिलो प्राथमिकता भनेको स्वास्थ्य हुनुपर्छ. जसको लागि स्वस्थ खाना स्वस्थ तरकारी अत्यावश्यक हुन्छ. स्वस्थ अर्गानिक तरकारीको पर्यायबाची भनेको अहिले sabliland  को तरकारी फलफुल हो दर्शनको sabjiland भनेर जुन किर्तिपुर सन्देश पत्रिकामा बिज्ञापन आयो सबै को ध्यान त्यस तपm तानेको मलाई पनि महसुस भएको मलाई पनि धेरै सुभचिन्तकहरुले call गरेर सोध्नु भएको थियो अहिले पनि दिनहु call आउछ अब कीर्तिपुर सन्देश मार्फत नै सबैलाई प्रस्ट पार्न पाउदा खुसि पनि लाग्छ धेरैले sabjiland मा share पनि किन्न पाउछ कि भनेर पनि सोध्नु भएको थियो सबैलाई यसै कीर्तिपुर सन्देश मार्फत के भन्न चाहन्छु भने पहिला यो sabjiland लाई राम्रो नाफा कमाउने उचाइमा पु¥याउछु. त्यसपछि दर्शन सहकारीका सम्पूर्ण इच्छुक सदस्यहरुलाई share पनि वितरणको लागि आव्हान गरिनेछ

. हालसालै तपाईं माल्दिभ्स घुम्न जानु भएको फेसबुकमा तस्वीर पोस्त गर्दा थाहा पाएँ तपाईंजस्तो व्यस्त व्यक्ति त्यतिकै मनोरञ्जनको लागि जानु भएको होइन होला जस्तो लाग्छ कुनै कुनै व्यापार व्यवसायको अनुभव बटुल्न जानु भएको जस्तो लाग्छ खास कुरो के हो ? बताइदिनुहुन्छ कि ?

हुन मेरो आफ्नो दिदी बहिनी नभएकोले मैले भाई टिका मनाउनु पर्दैन प्राय तिहारमा रमाइलोको लागि कहिँ कहिँ घुम्न गएकै हुन्छु कोविडको कारणले दुई बर्ष भयो कुनै पनि देश जान नपाएको Maldives ले tourist visa खोलेको थाहा पाएको थिएँ तर risk  लिन चाहेको थिएन Tour मा हुने झन्झट अनि विभिन्न ठाउँमा हुने extra pcr cheking अनि online form हरुको झन्झट अनि कहिले कहिँ pcr report को कारण quarantine बस्नु परेको कहानी अरुबाट सुनेपछि खासै विदेश घुम्न रुचि देखाई रहेको थिएन तर संयोग भनौकी के भनौ मेरो एक जना युरोपियन jorg weytjens भन्ने साथी Maldives को kagi Island होटेलमा केहि महिना अघि मात्र general Manager भएर आएको त्यो होटलको पहिलो बार्षिक उत्सब November 8 को लागि निम्तो दिनु भएको थियो हाम्रो छोराहरुको नयाँ फिल्मको गाना को shooting Maldives मा गर्ने कि भनेर छलफल भैरहेको बेला यो बोलावट आउनुमा पक्कै संयोग होला भनेर Jorg ले दिएको निम्तोलाई तुरुन्त स्वीकार गरि  जाने निधो गरेको थिए अहिले विश्वकै ध्यान केन्द्रित गरी tourism मा धेरै अगाडी बढी रहेको देशमा गएर त्यहाँको tourism sector को बारे study  पनि गर्न पाउँदा मख्ख नै भएँ त्यो देश घुमे पछी आफुलाई फील भयो कि यदि नेपाली नेपालले चाहेमा tourism sector मा त्यहाँ भन्दा सम्भावना धेरै हाम्रो देशमा पनि बढी अब यदि हाम्रो film  सुटिङ गर्नुप¥यो भने Kaagi Hotel Maldives ले हामीलाई  80 प्रतिशतसम्म discount दिने सम्झौता गरेर फर्के   त्यसैले यो tour को सबै भन्दा उपलब्धि भनेकै यहि भयो  त्यसैले अब हाम्रो फिल्मको shoot मा यति धेरै discount भनेको करिब ३०३५ लाख भन्दा पनि बढी पैसा बच्ने भयो Maldives मा मैले  एउटा अचम्मको कुरा देख्न पाएको कुरा पनि share गरि हाल्छु नेपालको airport सानो भन्ठानेको Maldives को airport हाम्रो भन्दा पनि धेरै सानो पाए   त्यस्तै त्यहाँको राजधानी भन्दा island हरु बढी बिकास भएको देखे मेरो बिचारमा मैले के पनि नयाँ गरेको छैन आजभन्दा २५ वर्ष अगाडि जुनबेला मलाई business को किराले टोक्यो त्यो बेला एउटा किताब अध्ययन गरेको थिए  you can win भन्ने त्यहाँ भनेको थियो कि तिमीले कुनै पनि कुरामा success हात पार्नु भने तिम्रो वरपर भएका काम कुरालाई अरुले भन्दा फरक ढंगले सम्पन्न गरेर देखाऊ तिमी सफलताको उचाईमा पुग्ने छौ मैले त्यो कुरालाई मनन गरि अक्षरस पालना गरि अगाडी बढे आज सफलता हात लाग्यो

. यो भन्दा पहिले गत वर्ष तपाईंको कम्पनीलेगोठदेखि ओठसम्मभन्ने नारा दिएर भैंसी पालनमा मानिसहरुलाई आकर्षित गर्नुभयो तपाईंको यस कार्यक्रममा धेरै जनाले सहभागीता जनाएका छन यसको के हाल खबर ?

गोठदेखि ओठसम्म बाट पालिएका सबै भैसी सुरक्षित छन्। यदि भैसीको ठाउँ मा गाइ पालिएको भए  lockdown मा धेरै risk  हुने थियो वा सबै गाइलाई take care  गर्न नसकेर खुवाउन नसकेर मर्न पनि सक्थ्यो। अहिले बारा बिराटनगर गरेर 800 जति भैसी पाडा पाडी हामीले पालिरहेका छौं यसलाई बढाएर 2000 पु¥याउने लक्ष्य कोविड lockdownले गर्दा पुरा हुन सकेको थिएन निकट भबिस्यमा त्यो पनि पुरा गर्ने लक्ष्य साथ कामहरु भईरहेका छन बिचमा यसै कारणले धेरै जनाले हामी संग मिलेर भैसी पालन गर्न खोज्दा पनि हामीले बन्द गर्नु परेको थियो अब केहि समय पछि नै पुन भैसी पालनमा इच्छुक को लागि खोल्ेने तयारी गर्दै छौं धमाधाम अत्याधुनिक भैसी गोठहरु बन्दै छन सकिने बित्तिकै खबर गर्ने छौं अब ओठसम्मको कुराको लागि भैसीको दुधबाट लोकल pure घिउ पनिर उत्पादन गरि share holder हरुलाई सुलभ दरमा बिक्रि वितरण गर्दै आएका छौं। भबिस्यमा डेरी उद्योग खोल्ने सोच पनि हाम्रो रहेको

 .यस्तो नयाँ नयाँ अवधारणा ल्याउन तपाईंलाई कसैले आइडिया दिनुहुन्छ कि ? या आफ्नै सोचको उपज हो ?

मेरो बिचारमा मैले केहि पनि नयाँ गरेको छैन आजभन्दा २५ वर्षअगाडि जुनबेला मलाई businee को किराले टोक्यो त्यो बेला एउटा किताब अध्ययन गरेको थिएँ you can win भन्ने त्यहाँ भनेको थियो कि तिमीले कुनै पनि कुरामा सफलता हात पार्नु भने तिम्रो वरपर भएका काम कुरालाई अरुले भन्दा फरक ढंगले सम्पन्न गरेर देखाऊ तिमी सफलताको उचाईमा पुग्ने छौ मैले त्यो कुरालाई मनन गरि अक्षरस पालना गरि अगाडी बढे आज सफलता हात लाग्यो मैले अघि पनि तपाईलाई भनि सके हाम्रो business group मा एउटा research group जुन डिपार्टमेन्टले दिनरात business को क्षेत्रमा नयाँ के गर्न सकिन्छ अध्ययन गरिरहेको हुन्छ अध्ययन गरेको कुरालाई हामीले मिटिङमा गहन छलफल गर्छौ त्यसपछि केहि समय trail गर्छौ यदि trail मा पनि success  भयो त्यसबाट राम्रो business अनि नाफा हुने भयो भने मात्र बजारमा लान्छौ यी यस्तै कारण होला हामीले गरेका व्यापारहरु अहिले सबै success भएर गएको त्यसैले यदि व्यापार गर्नु भने पहिलो research दोस्रो experiment,  तेस्रो risk capacity आदि धेरै factor ले फरक पर्छ भने हामीले यी सबै बुंदाहरु गहन रुपमा प्रयोग गर्छौ अर्को अहिले कुनै पनि ठुलो व्यापार गर्नु भने एक्लै सम्भव छैन त्यसकारण हामी पनि business team भएकोले नै सफलता हात परेको जस्तो लाग्छ

.अहिलेको समयमा तपाईंले जुनसुकै योजना ल्याएर काम गर्दा पनि सफलता पाउनु भएको यसको अर्थ तपाईंको ग्रह दशा राम्रो भएर हो कि ? या अरु कुनै कारणले ?

मोबाईल सबैले बेचेकै छन् हाम्रो तरिका फरक छन् Bike सबैले बेचेका छन त्यसमा पनि हामीले फरक तरिका अपनायौ अझ कृषि प्रधान देश नेपालका नागरिक हामी कृषि नगर्ने को होला ? तर हाम्रो फरकपनको कृषिले गर्दा नै सफलता हात पार्न सफल भएका छौं हामीलाई नै देखासिकी गर्दै धेरै corporate क्षेत्रका नाम चलेका व्यक्तित्व समेत यसै छेत्रमा होमीएका हामीले देखेका छौं तपाई हामी सबैले बुझेको कुरा के हो भने यदि business सबैको बसको कुरा हुन्थ्यो भने सबै MBA गर्नेहरु  top level को business man हुन्थ्यो होला त्यसैले कुनै गायकलाई गाना गाउन god gifted गला अनि स्वर पनि चाहेजस्तै ब्यापारमा पनि भगवानको पनि आशिर्बाद हुनु नै पर्छ जस्तो लाग्छ मलाई त्यस्तै परिवारको अनि साथी संगी सल्लाहकारको साथले पनि हामीलाई उचाईमा पु¥याउन सफल भएका हौ त्यस्तै चाहेको बेला पुँजी ब्यबस्थापन पनि सफलताको अर्को सिढी हुन अर्को भाग्यमा पनि बिस्वास गर्ने भएकोले मैले व्यापारमा सफल हुने भाग्य पनि लिएर आएको जस्तो लाग्छ ज्योतिषलाई देखाउदा पनि मैले जे गरे पनि राम्रो हुन्छ भन्नु भएको थियो त्यसैले सबै कुराको समिश्रन नै हाम्रो सफलता जस्तो मलाई लाग्छ तपाई हामीले बुझ्नु पर्ने अर्को कुरा के हो भने हरेक छेत्रमा पूर्ण रुपमा सफल हुने प्रतिशत मात्र हुन्छ त्यस भित्र हामी पनि परेका छौं त्यसमा हामी खुसि छौं

  अस्ति भर्खर एउटा समाचार आएको थियो कि तपाई हरुको बारामा रहेको प्रोजेक्टमा प्रदेश कृषि मन्त्रि विजय यादवको अनुगमनको क्रममा खरबौको  लगानी भएको कृषि बन परियोजना अनुगमन भनेर ? तपाई संग खरबौ रुपैया कहाँ बाट आयो ?

बास्तवमा त्यो बेला मन्त्रिज्युको अनुगमन हुन्छ भन्ने हामीलाई जानकारी थिएन तर हामीलाई के खुसि लागेको भने मन्त्रिज्युको भ्रमाण पछि प्रदेश मन्त्रालयबाट पनि सहयोग गर्छु भन्ने आस्वासन दिनु भयो मन्त्रिज्युले नै भन्नुभएको अनुसार यस्तो प्रोजेक्ट नम्बर प्रदेशमा मात्र होइन देशमा नै छैन अब आयो प्रोजेक्ट value को कुरा समाचारमा अलिक भाषामात्र फरक हुन गएको हो त्यहाँ खरबौको लगानी भनिएको रहेछ। तर भन्नु पर्ने अर्बौको लगानी खरबौमा परिणत भएको भन्नु पर्ने जस्तो लाग्छ अहिले नै त्यो प्रोजेक्ट कति value को भनेर भन्न चाहन्न किनकि अझै construction phase मा नै तर यति कुरा guarantee कि मोबिल्याण्ड ग्रुपल लगानी  गरेको पुँजीभन्दा धेरै गुना नाफा भने पक्कै दिन्छ भाबी पुस्तालाई पनि यसले लगातार आम्दानीको बाटो दिनेछ देशकै लागि नमुना प्रोजेक्ट घुम्न हेर्न लायक ठाउँ भने पक्कै बन्ने

अन्तमा केही भन्नु कि ?

                हाम्रो सफलतामा सबैभन्दा ठुलो हात अर्को एउटा खुसिको कुरा पनि तपाई को यो लोकप्रिय पत्रिका मार्फत सबैकोमा पु¥याउन चाहन्छु आजभन्दा वर्ष अगाडी Damil अर्थात दर्शनका सबै शेयर धनिहरुको साथ माया हो अर्को छुटाउनु नहुने कुरा एउटा के हो भने Darsan Multi Investment कम्पनीले वर्ष अगाडी शेयर  मार्फत पुँजी संकलन गरेको थियो 100% bonus दिने घोसणा सहित त्यसैले यो कम्पनीले आफ्नो बाचा पुरा गर्न 100% bonus अर्थात लाख फिर्ता गर्ने तयारी गर्दै सबै शेयर सदस्यहरुको साथ सहयोग अनि धैर्यताले हामी सफल भएका छौं आगामी दिनहरुमा पनि यस्स्तै नयाँ नयाँ प्रोजेक्ट lunch गर्ने सोचमा छौं जसले बढी भन्दा बढी नाफा देवोस

 

No comments:

Post a Comment