Thursday, April 7, 2022

नेपालभाषा शिक्षकहरुले नगर प्रमुख र उप–प्रमुखलाई सम्मान गरियो

 नेपालभाषा शिक्षकहरुले नगर प्रमुख र उप–प्रमुखलाई सम्मान गरियो 


              कीर्तिपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा नेपालभाषा लागु गरेर कार्यान्वयन गरेकोमा नेपालभाषा शिक्षकहरु मिलेर बनाएको नेपालभाषा स्यनामि पुचः संस्थाबाट कीर्तिपुर न.पा.का प्रमुख रमेश महर्जन र उपप्रमुख सरस्वती खड्कालाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । स्यनामि पुचःका अध्यक्ष सिलकुमारी महर्जनले नगर प्रमुख र उपप्रमुखलाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख रमेश महर्जनले नगर प्रमुखको हैसियतमा आपूmलाई सम्मान गरिएको धन्यवाद दिनुहुँदै सबै कार्यपालिकाका सदस्यहरुको पनि हक रहेको बताउनु भयो । कार्यपालिकाका सबै सदस्यहरुको सर्वसहमति निर्णयले यो लागु गर्न सकेको बताउनु भयो । पहिले त अलि डर पनि लागेको थियो, अहिले आएर अभिभावकहरुले पनि नेपालभाषा पढाउनु पर्ने भने पछि आपूmहरु एउटा खुड्किला पार गरेको अनुभुति भएको र यसलाई अझ व्यवस्थित गरेर लैजानु पर्ने बताउनु भयो ।

उप प्रमुख सरस्वति खडकाले नेपालभाषा शिक्षकहरुलाई धन्यवाद दिनुहुँदै आपूmहरुले नेपालको संविधानले दिएको अधिकारलाई कार्यान्वयन गरेको बताउनु भयो । यो नगर प्रमुख रमेश महर्जनको सफल नेतृत्वले सम्भव भएको हो भन्नुभयो ।

नेपालभाषा स्यनामि पुचः कीर्तिपुरका अध्यक्ष सिलकुमारी महर्जनले स्कूलमा नेपालभाषा सिकाउन जान कीर्तिपुर न.पाले शिक्षकको रुपमा छानेपछि कसरी पढाउने भनेर अलमल भएको अवस्थामा कीर्ति रिसर्च सेन्टरले निशुल्क दुई महिने नेपालभाषा पढाउने बारे तालिम दिंदा आपूmहरुलाई धेरै सजिलो भएको बताउनु भयो । यो तालिम अझै पुगेको छैन, यस्तो तालिम अझै दिनुहुन कीर्ति रिसर्च सेन्टरको साथै नगरपालिकासँग अनुरोध गर्नुभयो ।

नेपालभाषा पढाउने निर्णयमा सहयोग गर्नुहुने प्रा.डा. धर्मराज डंगोल, जुजुभाई महर्जन, डा.बज्रमुनि बज्राचार्य र जीवन महर्जनलाई पनि कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो । नेपालभाषा स्यनामि पुचःका सदस्य अतुला महर्जनले संचालन गर्नु भएको कार्यक्रममा वडाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्की, शिक्षा शाखा प्रमुख उप–सचिव टंकलाल गैरेयालगायत शिक्षहरुको समेत सहभागिता रहेका थिए ।


No comments:

Post a Comment