Friday, April 8, 2022

नेकपा एमाले कीर्तिपुर नगर कमिटीको प्रतिवद्धता पत्र

 २०७४ सालको चुनावमा कीर्तिपुरका मेयर रमेश महर्जनले गर्नु भएका प्रतिवद्धताहरु ः


२०७४ बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा भागलिएका राजनैतिक पार्टीहरुले आ–आफ्नो केन्द्रीय र स्थानीय गरी चुनावी प्रतिवद्धता जाहेर गरेका थिए । कीर्तिपुर नगरमा चुनावका लागि राजनीतिक पार्टीहरुले आ–आफ्नो प्रतिबद्धता जारी गरेको थियो । प्रतिवद्धता पत्र भनेको यदि उसले जितेमा के के काम गर्ने भन्ने उल्लेख भएको हुन्छ । यहाँ नेकपा एमालेले स्थानीय रुपमा गर्ने प्रतिवद्धता पत्र प्रकाशित गरेको थियो । सो प्रतिवद्धता अनुसार काम भएको छ कि छैन वा काम हुन थालेको छ कि छैन जनतालाई सुसुचित गराउनु पत्रकारको कर्तव्य भएकोले सबैको स्मरणको लागि यहाँ प्रतिवद्धता पत्र प्रस्तुत गरिएको छ । एमालेले सार्वजनिक गरेको प्रतिबद्धतापत्रलाई सबै कीर्तिपुर नगरवासीले हेर्न थालेका छन् । एमालेको तर्फवाटै उम्मेदवार बन्नु भएका मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्का सहित बहुमत वडा अध्यक्ष सहित एमालेले जितेको अवस्था छ । यस्तो अवस्थामा एमालेको नेतृत्वमा रहेको वर्तमान कीर्तिपुर नगरपालिकाले के कति प्रतिबद्धता पुरा गर्ने हो भन्ने विषयमा सबैको चासोको बिषय बनेको छ । जनता सचेत भयो भने नेताहरुलाई ठीक बाटोमा ल्याएर देश विकास गर्ने बाटोमा लैजान सक्छ भन्ने कुरा पनि बुझ्नु जरुरी छ । 

नवनिर्वाचित नगरप्रमुख रमेश महर्जनले यी ५० वटा प्रतिवद्धताहरुमा राख्नु भएको थियो ।

१.आगामी ५ वर्षभित्र कीर्तिपुर नगरपालिकालाई पूर्ण रुपमा निरक्षरता उन्मुलन गर्ने ।

२. कीर्तिपुर क्षेत्रका सम्पूर्ण सरकारी विद्यालयहरुलाई भौतिक सुविधा सम्पन्न गुणस्तरीय शैक्षिक केन्द्रको रुपमा विकास गर्ने । यस क्रममा प्रत्येक वडामा १÷१ विद्यालयलाई शैक्षिक सामग्रीको रुपमा २५ वटा त्ब्द्यीभ्त वितरण गर्ने । 

३. विद्यालय तहको अध्ययन पूरा गरेका (एस.इ.इ उतीर्ण) विद्यार्थीले कम्तिमा २५ जना निरक्षरलाई साक्षर बनाउनु पर्ने कानुनी व्यवस्था मिलाउने र पढाए वापत नगरपालिकाको तर्फबाट आकर्षक छात्रवृत्ति वा पुरस्कारको व्यवस्था गर्ने । 

४. नेवार समुदायको बहुलता रहेको यस क्षेत्रको स्थानीय सरकारको रुपमा रहने कीर्तिपुर नगरपालिकाको प्रशासनिक काममा नेपालभाषालाई समेत प्रयोगमा ल्याउने ।

५. विद्यालय तहमा मातृभाषाबाट समेत शिक्षा प्रदान गर्न आवश्यक व्यवस्था गर्ने ।

६. नगरपालिकाको व्यवस्थापनमा एक प्राविधिक शिक्षालय संचालन गर्ने ।

७. नगरपालिकाभित्र एक कृषि शिक्षालय स्थापना गर्ने ।

८. कीर्तिपुर नगर क्षेत्रमा बसोबास गर्ने सबैको पहुँच हुने गरी एक भ्(ीष्दचबचथ स्थापना गर्ने ।

९. कीर्तिपुरको गहनाको रुपमा रहेको त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक तथा प्राकृतिक उन्नयनका लागि सक्रिय रहने साथै त्रि.वि.संग समन्वय गरी विद्यालय हाताभित्र आवश्यक सुरक्षा व्यवस्था गर्ने ।



१०. स्थानीय विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयमा अध्ययनका  लागि नगरपालिकाको समन्वयमा छात्रवृत्ति तथा कोटाको व्यवस्था गर्ने ।

११. कीर्तिपुरलाई उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्ने ।

१२.आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका निम्ति नगरपालिकाको पहलमा सुविधायुक्त ऋणको व्यवस्था गर्ने । सोका लागि नगर क्षेत्रभित्रका बैंक, वित्तीय संस्था तथा सहकारीहरुसंग समन्वय कायम गर्ने ।

१३. नगर भित्रका प्रत्येक नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पु¥याउन अनिवार्य स्वास्थ्य बीमा लागू गर्ने ।

१४. नगरपालिकाको आफ्नै लगानीमा एक सुविधा सम्पन्न अस्पताल स्थापना र संचालन गर्ने ।

१५. नगर क्षेत्रभित्र रहेका खानेपानीका मुहानहरु र सिमसार क्षेत्रको संरक्षण गर्दै तिनको अधिकतम सदुपयोेगबाट प्रत्येक घरमा यथेष्ट मात्रामा खानेपानी उपलब्धी गराउने ।

१६. नगर क्षेत्रभित्र बढ्दो यातायातको चापलाई व्यवस्थित गर्न जनसहभागितामूलक वृहत कार्यक्रम संचालन गर्ने ।

१७. जनताको गुनासो सुन्ने व्यवस्था मिलाउन छुट्टै एक प्रशासनिक ईकाइको व्यवस्था गर्ने ।

१८. जनप्रतिनिधि तथा कर्मचारीहरुबाट हुन सक्ने अनियमिततालाई रोक्न आर्थिक अनुशासन कडाइका साथ लागू गरी भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउने ।

१९. बिना कारण र बिना औचित्य ढिलो सेवाका लागि क्षतिपूर्तिको व्यवस्था गर्ने ।

२०. हालसम्म पनि ढल निकासको सुविधा नभएका कारण वस्तीहरुमा ढल निकास सुविधा पु¥याउने ।



२१. नेपाल सरकारको प्राथमिकतामा रहेको काठमाडौं उपत्यका वाह्य चक्रपथ आयोजना तथा एकिकृत जग्गा विकास कार्यक्रमलाई सफल बनाउन हरतरहले सहयोग उपलब्ध गराउने र त्यस्ता क्षेत्रमा नगरपालिका आफैले बस्ती विकास कार्यक्रम ल्याउने । 

२२. नगरका सडकहरु खाल्डाखुल्डी मुक्त बनाई गुणस्तर युक्त बनाउने ।

२३. नगरपालिकामा खेलकूदको विकास र प्रवद्र्धनको लागि अधिकार सम्पन्न खेलकुद बोर्ड गठन गर्ने । प्रत्येक वडामा खेलकुदको पूर्वाधार विकास गर्दै जाने ।

२४. युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न बैंक तथा वित्तिय संस्थाबाट सहुलियतपूर्ण ऋणको व्यवस्था गर्ने ।

२५. युवाहरुलाई कुलतबाट जोगाई उत्प्रेरणा प्रदान गर्न छुट्टै एक प्रशासनिक ईकाइको स्थापना गर्ने ।

२६. कीर्तिपुर नगर क्षेत्रभित्रका अत्यन्त न्यून आय भएका परिवारका लागि परीक्षणको लागि परीक्षणको रुपमा राशन कार्डको व्यवस्था गर्ने ।

२७. हालसम्म आफ्नो निजी भवन बनाउन बाँकी भूकम्प पिडितका लागि नगरपालिकाले नक्सा पास गर्दा लाग्ने शुल्कमा पूर्ण छुटको व्यवस्था गर्ने ।

२८. उच्च शिक्षामा दलित विद्यार्थीको पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था गर्ने ।

२९. उच्च शिक्षामा महिलाको सहभागिताको संख्या बढाउन उपयुक्त रणनीति तयार गर्ने ।

३०. सामाजिक सुरक्षा भत्ता प्राप्त वृद्धवृद्धाका लागि ब्लड प्रेसर र सुगरको औषधि निशुल्क वितरण गर्ने ।

३१. साँस्कृतिक र मौलिक बाजागाजालाई संरक्षण गर्दै वर्तमान युग सुहाउँदो रुपमा रुपान्तरण गर्न विशेष कार्यक्रम ल्याई त्यस्ता बाजा खलः तथा गुठीलाई एकमुष्ठ वार्षिक अनुदानको व्यवस्था गर्ने । 

३२. फोहर मैलाको व्यवस्थापन केन्द्र स्थापना गर्ने ।

३३. दलित समुदाय माथि हुने थिचोमिचो र सामाजिक विभेद अन्त्य गर्न बनेका कानुन कडाईका साथ लागू गर्ने ।

३४. नगर क्षेत्रभित्र रहेका पुरानो बस्तीभित्र ऐतिहासिक र मौलिकता झल्कने भवन निर्माण गर्दा उचित अनुदानको व्यवस्था गर्ने ।

३५. अधिकार सम्पन्न नगर स्तरीय विपत व्यवस्थापन समिति गठन गरी कार्यरुप दिने ।

३६.नगर क्षेत्रमा अधिकांश महिलालाई अर्थोपार्जन–उन्मुख बनाउने।

३७.  महिला हिंसा अन्त्यका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने ।

३८. कानूनी सेवा प्राप्त गर्न नसक्ने महिलाका लागि निःशुल्क कानुनी सेवा उपलब्ध गर्ने गराउने ।

३९. प्रत्येक वडामा ँचभभ ध्ष्(ँष्(श्यलभ स्थापना गर्ने ।



४०. नगरपालिकाका सम्पूर्ण प्रशासनिक कामकारवाहीलाई एकीकृत र भरपर्दो बनाउन विशेष कार्यक्रम मार्फत ई–नक्सा पास, ई–कर भुक्तानी जस्ता ई–गभरनेन्स सेवा विस्तार गर्ने ।

४१. उपलब्ध स्थानीय दक्ष जनशक्ति उपयोग गरी कीर्तिपुरलाई सूचना प्रविधि केन्द्र ९क्ष्ष्अियल ख्बििभथ० को रुपमा विकास गर्ने ।

४२.कीर्तिपुरका प्रत्येक सहिद परिवारका १ जना सदस्यलाईरोजगारी प्रदान गर्ने ।

४३. नगरपालिकाको पहलमा विश्वविद्यालयसँग समन्वय गरी शिक्षण अस्पताल सहित त्रि.वि.का सम्पूर्ण प्राविधिक केन्द्रीय विभाग कीर्तिपुर परिसरमा स्थापना गर्न पहल गर्ने ।

४४. कीर्तिपुर र नैकाप बिचको बल्खु खोला प्रदुषण रहित बनाई च्यअप ऋष्mिदष्लन र मिनी बन्जि जम्प संचालन गर्ने ।

४५. जनप्रतिनिधिहरुले पदबहाली गरेको १ हप्ताभित्र जनप्रतिनिधि तथा कर्मचारीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने ।

४६. विगतमा केन्द्रीय सरकारअन्तर्गत संचालित जिल्ला स्तरीय कार्यालयहरुलाई नगरपालिकाको अधिनमा ल्याई प्रभावकारी र समन्वयात्मक रुपले संचालन गर्ने ।

४७. नगरका विभिन्न स्थानमा बाल उद्यानहरु, मनोरञ्जन स्थल, पिकनिक स्थल निर्माण गर्ने ।

४८. कीर्तिपुर नगरपालिकाभित्र संचालित सहकारी संस्थाहरुबिच समन्वय गरी आर्थिक र सामाजिक क्षेत्रमा पूँजी परिचालन गर्न प्रोत्साहन गर्ने ।

४९. दक्षिणकाली र चन्द्रागिरी नगरपालिकासँग समन्वय गरी चम्पादेवी तथा भष्मेश्वर लगायतका वन क्षेत्र समेटी एकिकृत बागमती जलाधार संरक्षण तथा वन्यजन्तु आरक्षण स्थापना गर्न पहल गर्ने ।

५०.कीर्तिपुर नगरपालिकाभित्रका ऐतिहासिक तथा धार्मिक पोखरी, दहहरुको संरक्षण गर्ने ।



प्रस्तोता ः नजरराम महर्जन


No comments:

Post a Comment