Sunday, April 10, 2022

कीर्तिपुरमा परम्परागत घर निर्माण गर्नेहरुलाई अनुदान दिइयो

 

कीर्तिपुरमा परम्परागत घर निर्माण गर्नेहरुलाई अनुदान दिइयो 


गत चैत २२ गते एक कार्यक्रमका बीच कीर्तिपुर नगरपालिकाका विभिन्न वडाहरुका कोर एरियामा परम्परागत शैलीमा घर निर्माण गरे वापत सम्बन्धित व्यक्तिहरुलाई अनुदान सहयोग प्रदान गरियो ।

कीर्तिपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा कीर्तिपुरका मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्का र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले चेक हस्तान्तरण गर्नुभएको थियो । 

चेक हस्तान्तरण गर्ने क्रममा मन्तव्य राख्दै मेयर रमेश महर्जनले भन्नुभयो, “नेवाः परम्परागत अथवा नेवाः शैलीको घर जगेर्ना गर्नको लागि यो सानो सहयोग हो । गत वर्ष पनि केही घरहरुलाई अनुदान सहयोग गरेको थिएँ । यसरी हरेक वर्ष ८, १० वटा घरलाई सहयोग गर्दा आठ दश वर्षमा कमसे कम नेवाः परम्परागत घरहरु सयवटा जति त हुन्छ होला । नत्र यहाँ सिमेन्टको घर मात्र बाँकी रहने भयो ।”

अनुदान सहयोग पाउनेहरुमा





१=अमिर महर्जन–वडा नं=२ रु=१२०,७५०÷

२=कन्या महर्जन— वडा नं=९ रु=१७३,५०२÷

३=प्रेमनाथ महर्जन —वडा नं=९ रु=५४५२०५÷

४=पार्वती महर्जन —वडा=न=५ रु=१,२५,१६०÷

५=विजय लक्ष्मी महर्जन— वडा नं=८ रु=१७०,६२५÷

६=श्याम कुमार महर्जन—वडा नं=३ रु=२३२,७८५÷

७=शिवशरण महर्जन—वडा नं=१० रु=१४२,५९०÷

८=सत्यमान श्रेष्ठ—वडा नं=१० रु=८५,०७७÷

९=सिद्धिबहादुर तण्डुकार वडा नं=१ रु=१,३२,०९०÷


संवाददाता ः निशान्त मान सिंह


No comments:

Post a Comment