Wednesday, April 6, 2022

आत्म सन्तुष्टी मिल्छ .... रत्न सम्भव शाक्य, डल्लु काठमाडौं

आत्म सन्तुष्टी मिल्छ .... रत्न सम्भव शाक्य, डल्लु काठमाडौं



गायन कला आवाज मात्र होईन, मातृभाषा कला संस्कृती र संस्कारको जगेर्ना पनि हो । चर्चित गायक रत्न सम्भव शाक्यसंगको छोटा संवाद



 —प्रस्तोता पवन जोशी

१.के गर्दै हुनुहुन्छ ?

—भरखरै पेज थ्री अवार्ड ११४२ को सांगीतिक प्रतियोगितामा  “छ वःगु खनेवं मन जिगु चं चं धाःथें च्वं” गीतबाट उत्कृष्ट आधुनिक युगलगीत नोमिनेसनमा परेको छु, जुन गीतलाई मैले र प्रतिमा बज्राचार्यले गाएको थिएँ । त्यहि गीतलाई म्युजिक भिडियो निर्माण गर्ने तरखरमा छु ।

२.कति वर्ष भयो यहाँले गायन कला अंगाल्नु भएको ?

—मैले ६ वर्ष भयो गाउन थालेको मेरो पहिलो गीत हो “गनवने त्यना मय्जु गाच्व ब्वयकाः” अमृतरत्न शाक्यको रचना, सुरनेमान शाक्यको संगीतमा मैले गाएको थिएँ ।

३.गायन कला क्षेत्रमा लागेर के हासिल गर्नु भयो ?

—मुख्यत आत्मा सन्तुष्टीनै ठूलो उपलब्धी हो । सानै देखिन गायन विधा मनपर्छ त्यसैलाई पुरा गर्दै छु ।

४.धेरै संघ संस्थाले अवार्ड कार्यक्रम गर्दै छन्, तपाईंको धारणा ?

—अवार्ड कार्यक्रम धेरै राम्रो हो । यसले गर्दा कलाकर्मीहरुलाई प्रतिभा प्रस्तुत गर्ने मौका साथ हौसला प्रदान गरेको छ । छनोट हाम्रो होइन राम्रो छान्नु पर्छ भन्ने मेरो धारणा ।

५.गायन विधामा हुनुपर्ने ज्ञान ?

—सुर ताल र रसको ज्ञान हुनु जरुरी छ ।

६.पैसा खर्च गर्न सके गायक गायीका बनिन्छ रे यस्मा तपाईं सहमत हुनुहुन्छ ? 

पैसाले गीत गायीने हैन प्रतिभाले गाउँछ संगीत ज्ञान प्राप्त गरे पछि मात्र गायक गायीका हुने सौभाग्य मिल्छ ।

७.म्युजिक भिडियो किन निर्माण गरिन्छ ?

—वर्तमान समयको माग हो । भिडियोको जमाना आयो, बाध्यताले आफ्नो प्रतिभा दर्शकसम्म पु¥याउन भिडियो निर्माण ग¥यो ।

८.तपाईंको पहिलो गीत गाच्व ब्वयकाः भिडियो प्रसारण पश्चात कस्तो रेस्पोन्स पाउनु भयो ?

—म्युजिक भिडियो प्रसारण पश्चात धेरै दर्शकहरुले राम्रो गीत हेर्न पायो भन्दै स्यावासी दिनु भयो जीवनमै ठुलो काम गरेको महसुस भयो । अवको भिडियो पनि नौला स्वादमा निर्माण गर्ने योजना छ ।

९.म्युजिक भिडियो निर्माणको झन आर्थिक भार परेन ?

—आर्थिक लाभ मात्र सबै होईन, लोपहुन लागेको मातृभाषाको जगेर्णा पनि एक प्रकारको भाषिक आन्दोलन हो । समयमा बचाउन सकेन भने जातिय अस्तित्वनै समाप्त हुन्छ । त्यसैको निम्ति मातृभाषा गीत गाउंछु त्यसैमा मन हलुका र आनन्द प्राप्ति हुन्छ ।


No comments:

Post a Comment