Tuesday, April 5, 2022

कीर्तिपुरमा चौथो नेपालभाषा साहित्य नखः (महोत्सव) सम्पन्न

 कीर्तिपुरमा चौथो नेपालभाषा साहित्य नखः (महोत्सव) सम्पन्न


जनकवि दुर्गालाल श्रेष्ठ पानसमा दीप प्रज्वलन गर्नुहुँदै


कीर्तिपुरका मेयर रमेश महर्जन पुस्तक विमोचन गर्नुहुँदै

कीर्तिपुर सन्देश साप्ताहिक

सन्ध्या टाइम्स पिथनाको आयोजनामा कीर्तिपुर नगरपालिकाको सहयोगमा चौथो नेपालभाषा साहित्य नखः गत चैत ११ गते नेपालभाषा एकेडेमीको हलमा कीर्तिपुर न.पा.का मेयर रमेश महर्जनले ब्यानर पर्दा हटाएर र नेपालभाषा मंकाः खलःका अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।

विमोचन भएका पुस्तकहरु
उक्त उद्घाटन समारोहमा विभिन्न विधाका ६ वटा पुस्तकहरु पनि विमोचन गरिएको थियो । जसमा राजेन्द्र कुमार पुताको उपन्यास “खिउँफल्चा” स्नेहसायमिको चिबाखं “स्नेह सायमिया चिबाखं”, गिरिजाप्रसादको उपन्यास संग्रह, पूर्णराम मुनंकःमिको निबन्ध “नेवाः गौरव”, रमभक्त कायस्थको हाइकु संग्रह “लखय् लूगु किचः” र प्रा.डा. धर्मराज डंगोलया अनुसन्धानमुलक लेख संग्रह “जिगु जीवन यात्राय्” थिए ।


विमोचन भएका पुस्तकहरु

सन्ध्या टाइम्स पिथना प्रा.लि.का अध्यक्ष रमेशकाजी स्थापितको सभापत्विमा भएको उक्त कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष सुरेश किरणले स्वागत मन्तव्य राख्नु भएको थियो ।

उक्त उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मेयर रमेश महर्जनले कीर्तिपुर नगर ऐतिहासिक, सांस्कृतिक र सम्पदाको सम्पन्न शहरमा नेपालभाषा साहित्य महोत्सव भैरहेकोमा खुसि व्यक्त गर्नुभयो । 

उपमेयर सरस्वती खडकाले नेवारहरुको बाहुल्यता रहेको नगरमा भएको यो महोत्सवले यहाँको कला, संस्कृति, भाषा, सम्पदाको जगेर्ना गर्न ठूलो योगदान हुने बताउनु भयो ।

जनकवि दुर्गालाल श्रेष्ठले नेवाःहरुले महिनैपिच्छे भनेझै थुप्रै चाड पर्वहरु मनाउने गर्छन । यो साहित्य नखः एउटा नयाँ पर्व हो भन्नु भयो । विमोचित पुस्तकहरुको समिक्षा नेपालभाषा एकेडेमीका भाइस चान्सलर मल्ल के सुन्दरले गर्नु भएको थियो ।

उद्घाटन पछि सम्पदा यात्रा गर्र्दै कीर्तिपुरको लायकू क्षेत्रमा पुगी दोस्रो चरणको विभिन्न कार्यक्रमहरु सम्पन्न गरियो । जसमा “नेवाः ऋतु म्ये” बारे गायक पवित्र कसाःले संगीतज्ञ रामकृष्ण दुवालसँग संवाद गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपालभाषाका विभिन्न साहित्यकारहरुले आ–आफ्नो रचना पाठ गर्नु भएको थियो । बेलुका सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।

चौथा नेपालभाषा साहित्य नखःको दोस्रो दिन पाँगा लाछिमा भएको कार्यक्रममा काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र कीर्तिपुर नगरका मेयर रमेश महर्जन र उपमेयर सरस्वति खडकासहित चार जनालाई सम्मान गरियो । नेपालभाषाको माध्यमबाट स्थानीय विषय नेपालभाषा अध्यापन गर्ने व्यवस्था गर्नु भएकोमा उहाँहरुलाई सम्मान गरिएको थियो ।


काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य सम्मान ग्रहण गर्नुहुँदै

उक्त कार्यक्रममा मन्तव्य राख्नेक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाकयले सामुदायिक विद्यालयहरुमा नेपालभाषा पढाउने सुरु त भयो तर यसलाई व्यवस्गित गर्न बाँकी ने रहेको बताउनु भयो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सम्मान पत्र ग्रहण गर्नुहुँदै

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरमा अहिले इसिडिदेखि कक्षा ३ सम्म नेपालभाषा पठन पाठन भैरहेको छ । हरेक वर्ष कक्षा थपिंदै कक्षा १२ सम्म पढाउने योजना रहेको बताउनु भयो ।


कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन सम्मान पत्र ग्रहण गर्नुहुँदै

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुर ३ कक्षासम्मको पाठ्यक्रम तयार गरी पढाई सुरु भैसकेको हुँदा आगामी वर्षहरुमा पनि कक्षा थपिंदै जाने बताउनु भयो ।

उपमेयर सरस्वती खडकाले नेवाः बाहुल्यता भएको कीर्तिपुरमा नेपालभाषा मात्र अल्पमतमा रहेका तामाङहरुको मातृभाषाको विकासको लागि पनि कदम चालेको बताउनु भयो ।

कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खडका सम्मान पत्र ग्रहण गर्नुहुँदै

प्रमुख अतिथि नेपालभाषा मंकाः खलःका अध्यक्ष एवं जनकवि दुर्गालाल श्रेष्ठले “जनताको नोकर भएर काम गर्ने जनप्रतिनिध जनताको आँखामा देवता हुन्छ । नेपालभाषा स्कुलहरुमा पढाउन पाउँ भनी धेरै वर्षदेखिको सपना आज पुरा भैरहेकोमा नेवाः मन भएका मेयरहरुलाई धन्यवाद पनि दिनुभयो ।

नेपालभाषा एकेडेमीका भाइसचान्सलर मल्ल के सुन्दरले नेवाः अधिकार सम्पदा रक्षाको लागि पनि काठमाडौं, ललितपुर, कीर्तिपुरका अहिलेका जनप्रतिनिधिहरुलाई दोहो¥याउनु पर्ने विचार राख्नुभयो ।

उक्त कार्यक्रममा कीर्तिपुरको सांस्कृतिक सम्पदा पर्यटकीय सम्भावनाबारे प्रयागमान प्रधान, राजमान मानव र रमेशमान डंगोलसँग पत्रकार कल्पना महर्जनले अन्तरसंवाद गर्नु भएको थियो । त्यस्तै नेपालभाषा पठनपाठनबाट साहित्यलाई सहयोग शिर्षकमा सुरेश किरणले तुलसीलाल सिंह, सहसंयोजक ललितपुर महानगरपालिका स्थानीय पाठ्यक्रम विकास समिति, गुजेश्वरी श्रेष्ठ, सदस्य काठमाडौं महानगरपालिका शहरीयोजना आयोग, डा. बज्रमुनि बज्राचार्य सदस्य शिक्षा समिति कीर्तिपुर नगरपालिसकासँग अन्तरक्रिया गर्नु भएको थियो ।


कीर्तिपुरको सांस्कृतिक सम्पदा पर्यटकीय सम्भावनाबारे प्रयागमान प्रधान, राजमान मानव र रमेशमान डंगोलसँग पत्रकार कल्पना महर्जनले अन्तरसंवाद गर्नु भएको थियो ।

महोत्सवको दोश्रो दिन पनि नेपालभाषा साहित्य वाचन, हास्यव्यङ्ग र सांस्कृतिक कार्यक्रम गरिएको थियो । विभिन्न कार्यक्रममा सहभागिहरुलाई आयोजकहरुले मायाको चिनो प्रदान गरिएको थियो ।


No comments:

Post a Comment