Sunday, April 3, 2022

पत्रकारको नजरमा कीर्तिपुरका मेयर रमेश महर्जन

 पत्रकारको नजरमा कीर्तिपुरका मेयर रमेश महर्जन



कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जन

नयाँ संविधान–२०७२ लागु भएपछिको सो संविधान अन्तर्गत नेपालमा पहिलो स्थानिय तहको चुनाव २०७४ साल बैशाख ३१ गते भएको थियो । अब आउने २०७९ साल बैशाख ३० गते दोस्रो पटक स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । अब चुनाव हुन लगभग २ महिनामात्र बाँकी छ । यतिबेला उक्त चुनावमा कुन पार्टीले कसलाई टिकट दिन्छ भन्ने कीर्तिपुरमा अडकलबाजी सुरु भैसकेका  छन । अब आउने चुनावमा उम्मेदवार हुन जो पनि लालायित हुनेछ किनकी अहिले पदाधिकारी जितेपछि परिवार भोकै हुँदैन । पाँचवर्षको लागि सरकारी जागिर खाएकोजस्तो तलब भत्ता पाउने छ । पहिले राजनीति गर्नु भनेको समाजसेवा मानिन्थ्यो । 

जुनसुकै पार्टीले जसलाई टिकट दिए पनि जोसुकैले जिते पनि वर्तमानमा जन प्रतिनिधिहरुले गरिरहेका कामहरुले निरन्तरता पाउने कि नपाउने ? या अरु कुनै नयाँ योजना छ कि भन्ने उम्मेदवारहरुलाई मतदाताले प्रश्न गर्न सकोस भनेर यहाँ बर्तमान नगर प्रमुख रमेश महर्जनको पालामा भए गरेका केही कामहरुको संक्षिप्त विवरण तयार गरी प्रस्तुत गर्न लागेको छु ।

१.मातृभाषाको विषयमा ः

कीर्तिपुर नगरपालिका एउटा ऐतिहासिक, सांस्कृतिकको साथै वीरहरुको शहर भनेर चिनिन्छ । यहाँ नेवारहरुको बाहुल्यता छ । नेपालको हरेक प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरको विशेष योगदान  रहि आएको छ । २०४६/०४७ सालको जनआन्दोलनमा कीर्तिपुरका ४ जना सपुतहरुले ज्यानको आहुति दिएका थिए । आन्दोलनकारीहरुले कीर्तिपुर कब्जा गरेका थिए । त्यस्तै २०६२/०६३ सालको जनआन्दोलनमा पनि सेनाको ट्यांकरलाई कीर्तिपुरवासीले लोकतान्त्रिक चोकमा रोकेका थिए । 

भाषा भनेको जातिय पहिचान हो । नेवारहरुको आफनै मौलिक भाषा, संस्कृति छ । नेपालले राष्ट्रसंघको सदस्यता पाएको नै नेपालभाषा र रञ्जना लिपिको कारण हो । तर नेपालभाषालाई नै दबाउन सरकार नै लागेको थियो । २०५४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले स्थानिय भाषालाई स्थानीय निकायमा प्रयोग गर्न मान्यता दिएकोमा २०५६ साल जेठ १८ गते सर्वोच्च अदालतको आदेशमा सो खारेज गरिदियो । त्यसैले हरेक वर्ष जेठ १८ गते नेवारहरुले कालो दिनको रुपमा मनाउँदै आइरहेका छन । नेपाल गणतन्त्र घोषणा भएको संविधानले स्थानीय तहलाई स्थानीय भाषा प्रयोग गर्ने अधिकार दियो । सोही अधिकार बमोजिम २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएपछिको  पहिलो परिषद बैठकमा नै कीर्तिपुर नगरपालिकाले नेपालभाषालाई सरकारी कामकाजमा प्रयोग गर्न पाउने घोषण गरियो । जुन ऐतिहासिक निर्णयको रुपमा लिनुपर्छ । 

नेवारहरुको बाहुल्यता भएको ठाउँमा नेपालभाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिनु भनेको नेवारहरुको पहिचान स्थापित गर्नमा कोसे ढुङगा साबित हुनेछ ।

नेपालमा २०२८ सालको नयाँ शिक्षा नीतिका कारण विद्यालयहरुमा नेपालभाषा पठन पाठन कम हुँदै गयो । इच्छाधिन गणितसँगै नेपालभाषा विषयलाई जोडिदिंदा इच्छाधिन गणित पढन चाहनेले नेपालभाषा पढन पाउँदैन । जसले गर्दा नेपालभाषा कमजोर हुँदै गयो । 

नेपालभाषा पढाउने स्कूलमा पनि नेपालभाषा शिक्षकको दरबन्दी नै छैन । त्यो त स्कुल र शिक्षकहरुको आपसी सरसल्लाहमा कहिं कहिं नेपालभाषा पढाई हुन्थ्यो । अहिले कीर्तिपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम अन्तर्गत नेपाल भाषामा पनि शिक्षा दिन सुरु गरिसकेको छ । 

नेपालभाषामा पाठ्यक्रम तयार गरेर १६ जना शिक्षक छनौट गरी तालिम पनि दिइसकेको छ । कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकामा मात्र नेपालभाषाको कक्षा सुरु भएको छ । अहिले आएर ललितपुर महानगरपालिका र टोखा नगरपालिकामा पनि नेपालभाषा पढाउने तयारी हुँदैछ । भाषा भनेको जातिय पहिचान हो । यसलाई जीवित राख्नु नेवाः जातिको कर्तव्य  हो । जुन बर्तमान मेयर रमेश महर्जनले नेवाः पहिचानको लागि दह्रो पाइला चाल्नु भएको छ जसले निरन्तरता पाउनु पर्छ ।

२.सामाजिक क्षेत्र ः 

सामाजिक क्षेत्रमा पनि कीर्तिपुर नगरपालिकाले उल्लेखनीय काम गरेको छ । 

क) निशुल्क औषधी  वितरण ः 

कीर्तिपुर नगरपालिका भित्रका ज्येष्ठ नागरिकहरुलाई चिनी रोग र प्रेसर रोगको औषधी निशुल्क वितरण गर्ने  गरेको छ ।  जुन कार्यक्रमको उच्च मुल्यांकन गर्नुपर्छ । सामान्यतया जेष्ठ नागरिकहरुले साहै्र गाह्रो नभएसम्म डाक्टरी जाँच गराउँदैन । जुन बेलादेखि कीर्तिपुर न.पा.ले चिनी रोग र ब्लड प्रेशरको निशुल्क औषधी वितरण गर्न थालियो । त्यसबेलादेखि डाक्टर देखाउनतिर लागे । विरामी भए समयमै औषधोपचार गर्न  पाए । 

नगरपालिकाले दिने औषधी मासिक लगभग रु.तेह्र हजारदेखि पन्ध्र हजारसम्म लाग्छ । निशुल्क औषधी पाउँदा औषधी सेवन नियमित हुन गयो जसले गर्दा ज्येष्ठ नागरिकहरुको स्वास्थ्यमा सुधार भएको  देखिन्छ ।

ख) घर घरमा स्थानीय  सरकारः 

घर घरमा स्थानीय सरकार कार्यक्रम अन्तर्गत कीर्तिपुर न.पा.भित्रका स्थायी बासिन्दा कसैको घरमा बच्चा जन्म भएमा उक्त व्यक्तिको घरमा गई बधाई स्वरुप सुत्केरी स्याहार्न रु.३०००/ सहयोग गर्ने गर्दै आइरहेको छ । त्यस्तै कसैको घरका सदस्यको निधन भएमा समवेदना स्वरुप रु.१०,०००/ सहयोग गर्दै आइरहेको छ । जसले गर्दा निम्न मध्यम वर्गको लागि ठूलो भरोसा साबित भएको छ ।  यसरी जनताको घर घरमा गएर जीवित सम्बन्ध बनाउने माध्यम पनि भएको छ । जसले गर्दा समयमा जन्म दर्ता र समयमै मृत्यु दर्ता प्रमाण पत्र लिने चलन बढेर गएको छ ।

ग) निःशुल्क ल्याव निःशुल्क ल्याव सञ्चालन÷स्वास्थ्य चौकि विस्तार ११ वटा, कोभिडको समयमा निशुल्क पिसिआर तथा एन्टिजेन परिक्षण सुविधा दिएको छ ।

३. शिक्षा क्षेत्र ः 

नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको जिम्मा नगरपालिका आएको  छ । नगरपालिकामा जिम्मेवारी आइसकेपछि सामुदायिक विद्यालयहरुको अनुगमन  निरीक्षण पछि भौतिक साधन सम्पन्न गराउनको लागि अहिले समय अनुसार चल्नु पर्ने भएकोले  हरेक विद्यालयलाई २० देखि २५ वटासम्म कम्प्युटर वितरण गरिएको छ । जसले गर्दा सामुदायिक विद्यालयका विद्यार्थीहरुले पनि आधुनिक प्रविधि सञ्चालन गर्न पाएका छन । 

त्यस्तै खानेपानी, शौचालय, आइसिटि ल्याब तथा विज्ञान प्रयोगशाला, ई पुस्तकालय आदिको स्थापना गरि दिएको छ । जसले गर्दा विद्यार्थीहरुको पढाईस्तरमा बृद्धि भएको छ ।  कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई स्यानिटरी प्याड निशुल्क उपलब्ध गराइएको  छ । कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको लागि दिवा खाजाको व्यवस्था गरिएको छ । जसले गर्दा विद्यार्थीहरुलाई खाजा समय घर आउनु परेन । खाजा खान आउने विद्यार्थीहरु खाजा समयपछि गयल हुने गर्दथ्यो, खाजा दिएपछि यो समस्या रहेन ।

२०७२ सालको भूकम्पले क्षति पु¥याएका वा प्रभावित विद्यालयहरुको पुनःनिर्माण  गरिएको छ । ३ ठाउँमा सार्वजनिक ई–लाईब्रेरि सञ्चालन गरिएको छ ।

४. सांस्कृतिक सम्पदा  संरक्षण ः 

सांस्कृति सम्पदा भनेको देशको गहनाहरु हुन । कीर्तिपुर एउटा ऐतिहासिक सांस्कृतिक शहर हुन । मासिन लागेका थुप्रै सांस्कृतिक सम्पदाहरुको मरमत सम्भार भएका छन । कैयौं पाटी पौवा पोखरीहरुको निर्माणमा उल्लेखनीय प्रगति भएका  छन । जुन कीर्तिपुरको पहिचानको रुपमा स्थापित भएका छन ।

२०७२ सालको भूकम्पले भत्केको चिलन्चो बिहार, चिलन्चो स्तुपा आदिको मर्मत भएका छन । ल्वंदेगः, विष्णुदेवी भाजंगल, आदिनाथ चोभार, जल विनायक गणेश मन्दिर आदिको पुनःनिर्माण भएका छन ।

सांस्कृतिक सम्पदामा अग्रणी भूमिका ः सांस्कृति सम्पदा भनेको देशको गहना  हुन । कीर्तिपुर एउटा ऐतिहासिक सांस्कृतिक शहर हुन । कीर्तिपुरमा मासिन लागेका थुप्रै सांस्कृतिक सम्पदाहरुको मरमत सम्भार भएका छन । त्यस्तै अमुर्त सम्पदाको रुपमा रहेको कीर्तिपुरका दाफा खलः, धिमे खलः, भजन खलः आदिहरु ज्यू त्यू गरेर मुस्किलले मात्र चलिरहेका थिए । 

मेयर रमेश महर्जन आफै पनि संगित बजाउन जान्ने दाफा खलःमा आवद्ध भएका कारण उहाँले बन्द हुन लागेका र बन्द भैसकेका दाफा खलःहरुलाई जिवित पार्नु भयो । दाफा बजाउनको लागि पहिले त दाफा बाजा वितरण गर्नु भयो । बर्षमा दुई महिना दाफा बजाउने गर्छन । एक महिना विहान र एक महिना बेलुका । उहाँले बिहान दाफा भजनमा आउनेहरुलाई चिया खर्च भनेर दिनको पचासको रुपैयाको दरले दिनु भयो । जसले गर्दा चिया खाएर बचेको पैसा आखा खलःमा नै राखियो । पहिले बाजा मरमत गर्नु प¥यो भने आखा खलःका सदस्यहरुले चन्दा उठाएर मरमत गर्नुपथ्र्यो । अहिले त्यो अवस्था रहेन । नयाँ जनप्रतिनिधिहरु आउनु अगाडी कीर्तिपुरमा ११ वटा दाफा खलःहरु थिए भने अहिले १५ वटा दाफा खलःहरु हुन गएका छन । दाफा महोत्सव, धा महोत्सवको आयोजना गरी आ–आफ्नो प्रतिभा प्रस्तुत गर्ने सुअवसर पाएका छन । त्यस्तै हरेक बाजा खलःहरु, भजन खलःहरुलाई हारमोनियम  वितरण गरिएको छ । जसले गर्दा खिँबाजासँग हारमोनियम मिलाएर बजाउने नयाँ परम्पराको थालनी भएको छ । 

जात्रा संरक्षणका कार्यक्रमहरु चलाएर सांस्कृतिक संरक्षण  गरिएको छ । प्राकृतिक युद्ध स्मारक पार्क, पोखरीसहितको मन्जुश्री पार्क, होमस्टे तालिम तथा भ्रमण अवलोकन तथा लोकल गाइड तालिम संचालन गरिएको छ ।

कीर्तिपुरका पुराना बस्तीहरुको संरक्षण गर्न सांस्कृतिक संरक्षीत क्षेत्र घोषणा गरी सो को  संरक्षण गरिएको छ । 

४) कीर्तिपुर सास्कृतिक संरक्षित क्षेत्र घोषणा गरि कानून समेत बनाइसकेका छन । यो किन चाहियो भन्ने सवालमा

१) प्राचीन कीर्तिपुरका मूर्त अमूर्त सम्पदा अर्थात कला, संस्कार, रितिरिवाज, बाजागाजा, प्राचीन साहित्य आदि संस्कृतिजन्य गतिविधिको संरक्षण र सम्बद्र्धन गर्न । 

क) संरक्षित क्षेत्र भित्रको जात्रा पर्व, मठ मन्दिर र सम्पदाहरूको लगत कायम गर्ने, 

ख) सास्कृतिक जात्रापर्ब संचालन गर्न आबश्यक जन शक्ती, आबश्यक जिन्सी सामानहरूको प्रबन्ध गर्ने,

ग) सम्पदाहरूको सरक्षण र  सुरक्षा गर्ने,

घ) परम्परागत दाफा खल, भजन खल, यस्तै अन्य सास्कृतिक समूह पहिचान र आबश्यक सामाग्री प्रबन्ध गर्ने,

२) पर्यटन क्षेत्र एंब ब्यबसायको आधारशीला खडा गर्न,

३) नेवाः सँस्कृती स्वायत्त क्षेत्र घोषणाको आधारशीला खडा गर्न एबं यसको पूर्ब अभ्यास गर्न,

४) विश्व सम्पदा सूचीमा प्रस्ताबित “कीर्तिपुर मध्यकालीन बस्ति”लाई मूर्त सम्पदा सूचीमा सुचिकृत गर्न,

५) नेवाः बस्ती नेवाः बाहेक अन्यलाई घर जग्गा बिक्री गर्न रोक लगाउने र कीर्तिपुरमा मौलिक घर निर्माण गर्न,

६) सास्कृतिक संरक्षित क्षेत्र भित्रको सस्कृती सम्पदा संरक्षण गर्ने बार्षिक र आबधिक बजेत प्रस्ताबित गर्ने,

७) नेपाल भाषा, लिपि संरक्षण, प्रयोग पठन पाठन गर्ने,

८) सास्कृतिक संरक्षण गर्न आबश्यक नियम नियमावली बनाउन,

९) कीर्तिपुरका सस्कृति सीप, नेवाः परिकार संरक्षण गर्दै यस्लाई ब्यबसायिकरण गर्न, 

१०) सास्कृतिक अध्ययन अनुसंन्धान र दस्ताबेजीकरण गर्ने,

खेलकुद क्षेत्रमा अतुलनिय योगदान ः

 खेलकुद सम्बन्धमा कीर्तिपुर नगरपालिकाले एक वडा एक खेलस्थल भन्ने अभियान चलाएर खेलकुदस्थलहरु निर्माण गर्दै  छन । वडा नं.१ मा काम सुरु भइसकेका छन । वडा नं.२ मा इन्द्रायणी कभर्डहल सम्पन्नको चरणमा छ । 

वडा नं.३ मा दीखू खेल मैदान, 

वडा नं.४मा पुष्पलाल पार्क र गाम्चा खेलमैदान, 

वडा नं.५मा जनसेवा कभर्ड हल, 

वडा नं.६ मा पाँडेछाप कभर्डहल, हिमाल सिमेन्ट कारखानानिर काम सुरु भइसकेका छन । 

वडा नं.७ मा भाजंगल ब्याडमिन्टन कोर्ट, 

वडा नं.८ मा ध्वाखासी ब्याडमिन्टन कोर्ट, 

वडा नं.९ माटेबुलटेनिस प्रशिक्षण केन्द्र, 

वडा नं.१० मा कभर्डहल निर्माण तथा हस्तान्तरण, फुटवल ग्राउण्ड र बहुउदेश्यीय कभर्डहल निर्माण प्रक्रियामा  छन ।

यो बाहेक पनि फिटनेस पार्क बनाएको छ । कीर्तिपुरमा खेलकुद विकास गर्न मेयर खेलकूद कार्यक्रम अन्तर्गत विभिन्न खेलहरुको प्रशिक्षण दिंदै आएका छन ।

घरबासविहिनलाई आवास उपलब्ध गराउने योजना ः

कीर्तिपुर नगरपालिकाले घरबास बिहीन जनतालाई स्वच्छ वातावरणयुक्त आवास उपलब्ध गराउने काम सुरुवात गरिएको छ । केही प्राविधिक कारणले सम्पन्न भईकन पनि हस्तान्तरण हुन सकेको छैन ।

कीर्तिपुर नगरपालिका वडा नं ५ भुसाल टोलमा ६ परिवारलाई विपन्न परिवार स्वच्छ आवास कार्यक्रम अन्तर्गत अनुदानमा आवास गृह बनाएर हस्तान्तरण गर्ने चरणमा पुगेको छ । तर यही सन्दर्भमा निर्माण व्यवसायीहरूले काममा लापरबाही गर्दा समयमै काम पु¥याउन आवश्यक रहेको छ । यस कार्यक्रम अन्तर्गत लाभग्राहीसँग लागत सहभागितामा आवास निर्माण गर्ने सम्बन्धी लाभग्राही र नगरपालिका बीच सम्झौता भएको थियो । यो कार्यक्रमको सफलता र प्रभावकारिता हेरी अन्य स्थानमा पनि यो कार्यक्रम विस्तार गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

जनताको सल्लाह सुझावलाई शिरोधार्य गर्ने परिपाटी ः

कीर्तिपुर नगरपालिकाले भूमिको मुल्यांकन गरी सम्पतिा करमा जोडेर कर लिन लाग्दा कीर्तिपुरवासीले विरोध गरी नगरपालिकामा ज्ञापन पत्र बुझाउँदा खेतलाई सम्पत्ति करमा नजोड्ने, पहिलेजस्तै रोपनीको १०० रुपैयाँ मात्र लिने निर्णय  गरियो । जसले गर्दा जनताको आन्दोलन समाप्त भयो ।

त्यस्तै हालैमात्र लायकूमा वडा नं.१ को वडा भवन बनाउन लाग्दा सो ठाउँ तलेजु मन्दिर  रहेको ठाउँ भएको कारण तलेजु मन्दिर नै बनाउनु पर्ने मांग भए बमोजिम सरसल्लाह गरेर वडा कार्यालय रहने गरी तलेजु मन्दिर नै बनाउने योजना पारित  भयो । जसले गर्दा तलेजु निर्माण संघर्ष समिति बनाएरै कीर्तिपुर वासी आन्दोलित भएका थिए । सो आन्दोलन पनि समाप्त हुन पुग्यो ।

चुनाव घोषण पत्र अनुसार २०७२ सालको भुकम्पले भत्काएको घर पुनःनिर्माण गर्दा नक्सापास दस्तुर नलिने भन्ने घोषणा गरिएको थियो । पछि पुनःनिर्माणको नक्सा पास  गराउन जाँदा ९०% मात्र छुट दिइयो ।

सडक विस्तार, सडक  स्तोरोन्नति कार्यक्रम ः

१.नगाउँ–भत्केको पाटी (१४ मि., 

२.छुगाउँ–वडा नं.३ कार्यालय १४ मी, 

३.छुगाउँ–लनगोल–टौदह ८ मी, ४.भाजंगल–जनसेवा यँचो ११ मी.,

५.धल्पा चर्च–गाम्चा ८मी, ६.ससः मूलखुसी ८ मी. ७.कीर्तिपुर गेट–भाजंगल ६–८ मी. 

८.ध्वाखासी–शहिद पथ–भाजंगल ८मी, 

९.नेपालभाषा एकेदेमी(उद्धचोक–मैत्रीनगर ३०मी, १०.कीर्तिपुर चक्रपथ–ट्याग्ला चोक ८ मी, 

११.पुरानो नगरपालिका–नयाँ नगरपालिका १४ मी, १२.गाम्चा–झुलपोखरी ८ मिटर१३.नेपालभाषा एकेदेमी(बल्खु करीडोर ३ कि.मी.



प्रस्तोता----नजरराम महर्जन


No comments:

Post a Comment