Wednesday, September 14, 2016

“जिउँदो लाशको मुर्दो आवाज” — जेल डायरी— ६

२०६७/०६/१० आइतवार चौथो दिन, दोस्रो म्याद थप


विहान उठेर आउँदा नयाँ अनुहारका मान्छेहरू थुप्रै बरण्डामा बसिरहेको देखें । यिनीहरू हिजो राति ल्याएका होलान् । मैले नित्यकर्म गरें । अब त म पनि यहाँको पुराना थुनुवा भइसकें । मेरो मनबाट डर हटिसकेको थियो । छोराले विहान बेलुका घरबाट खाना पु¥याइरहेको थियो ।

    विहान छोराले ल्याएको खाना खानमात्र सकेको थियो । प्रहरीले मलाई लिन आयो । हातमा हतकडी लगाइदियो । प्रहरी भ्यानमा राखेर वीर अस्पताल पु¥यायो । मेरो मेडिकल जाँच गराएर तुरुन्त फर्काए ल्यायो । के मेडिकल जाँच भन्ने रु मेरो तौल लियो । ब्लड प्रेशर नाप्यो, तपाईंसँग कुनै दीर्घ रोग छ भनेर सोध्यो । चीनि रोग छ भनें । मलाई कमिज फुकाल्न लगाएर मेरो जिउ हे¥यो भैगो भनेर पठायो । शायद बलात्कार प्रयास गर्दा कुनै घाउ खोट लागेको छ कि भनेर हेरेको होला ।

खाना खाएर एकछिन बसेको मात्र थिएँ । फेरी प्रहरीले मलाई बोलायो । हतकडी लगाएरै गेट बाहिर पठायो । बाहिर हेरेको त मलाई लिन महिला सेलका दुईजना महिला प्रहरीहरू सादा पोशाकमा आएका रहेछन् ।
पहिले झै ट्याक्सीमा राखेर सरकारी वकिल कार्यालयमा लगे । हुनत उनीहरूले प्रहरी भ्यानमा अरूसँगै मलाई पनि कोचेर लैजान लागेका थिए । ट्याक्सी भाडा म तिर्छु भनेकोले ट्याक्सीमा लगेका हुन् । म सरकारी वकिल कार्यालय पुग्दा छोरा–बुहारी, रामकुमारी, नन्दकुमारी र भान्जा नरेन्द्रलाई देखें । मलाई त्यहाँ बयान लिन लाग्दा मैले भनें, ‘जाहेरवालीहरू मेरा छोरीहरू हुन् । उनीहरूलाई मेरो अगाडि ल्याउनुस् । यदि उनीहरूले मेरो अगाडि मैले कुन दिन, कुन बेला, कसरी बलात्कार गर्न खोजेको हो भने म जुनसुकै सजाय भोग्न तयार छु । तपाईंहरूले जस्तोसुकै बयान गराउन चाहनु हुन्छ त्यस्तो बयानमा सही गर्न म तयार छु ।’

महिला सेलबाट आएकी असईले भनिन्, ‘तपाईंको बच्चाहरू तल आएका छन् । भेट्ने हो ?”

मलाई ती बच्चाहरूको मुख हेर्न मन लाग्यो । मैले भनें, “हुन्छ, बोलाएर ल्याउनुस् ।”

“म बोलाएर ल्याउँछु ।” यति भनि उनी तल गइन् ।

म बयान नदिइकन बसिरहें । अ।स।ई। फर्केर आएर भनिन, ‘बच्चाहरू आउन मानेन । संस्थाका मान्छेहरू पनि आएका छन् । उनीहरूले पनि पठाउन मानेन ।’

‘भूmठो कुरालाई सत्य बनाउन गाह्रै होला । मैले गर्दै नगरेको कुरो कसरी मेरो अगाडि भत्र सक्छ ?’ मैले भनें ।
त्यहीबेला मेरा विद्यार्थीहरू नीमता, सरिता, अनिशा, सबिना, कृष्णकुमारी र सम्झना लगायत थुप्रै बच्चाहरू आएका थिए । त्यसमध्ये सम्झना र नीमता मलाई समातेर धुरुधुरु रोइन् । कृष्णकुमारी र सविना पनि रोइन ।

‘यिनीहरू को हुन ?’ असईले सोधिन् ।

‘यिनीहरू पनि मैले नजन्माएका छोरीहरू हुन् ।’ मैले भनें ।

मेरो बयान लिन सुरु भयो । मैले भनें, ‘ममाथि लगाइएका आरोपहरू सबै भूmठा हुन् । जाहेरवालीहरूसँग मेरो रगत या हाड कुनै नाता नभए पनि मैले भावनात्मक रूपले छोरीजस्तै व्यवहार गरेर पाली राखेको थिएँ । असोज १ गते म उनीहरू बसेको घरमा गएकै थिएन । त्यो दिन एउटा सामाजिक संस्थाको वैठकमा थिएँ ।’

“यदि तपाईंले केही नगरेको भए यस्तो अमानवीय आरोप किन लगाएको होला ?”

“मैले उनीहरूलाई टी।भी। मोबाईल हरेक सुबिधा दिइराखेको थिएँ । उनीहरू गरीव भनेर माया गरी राखेको त उनीहरूको बानि विग्य्रो । बाहिरका केटाहरूसँग हिंड्न थाले । मोबाईलमा ‘आइ लव यू’ भन्ने एस.एम.एस. पाएपछि मोबाईल खोसें । एकजनाको डायरी भेट्टाएँ । यो पढ्ने बेला हो, यसरी नहिंड भनी सुझाव दिने गर्दथें । उनीहरू मध्ये एक जनालाई असोज ३ गते घरबाट निकालि दिएँ । अर्कीलाई दसैंमा घर पठाई दिन्छु भनेकोले मलाई यस्तो आरोप लगाई भूmठो मुद्दा दिएको हुन सक्छ ।” मैले बयानमा भनें ।

यसरी मसँग विभित्र १७ वटा प्रश्नहरू सोध्यो । सबैको जवाफ दिएँ । त्यतिबेला मैले जुजुभाइ, मखमल र जनार्दनलाई झलक्क देखेको थिएँ । त्यहाँ बस्दाबस्दै मैले चिया पिएँ । अरूहरूलाई छोराले चिसो पिलायो । त्यसपछि मलाई जिल्ला अदालत लग्यो ।

“तपाईंको राजीखुसीले यो बयान दिनुभएको हो ?” न्यायाधीशले सोध्नुभयो । मैले हो भनें । त्यसदिन पनि जम्मा ५ दिनको म्याद दियो । मेरा शुभचिन्तकहरू र प्यारा बच्चाहरूलाई छाडेर हामी हनुमान ढोका फक्र्यौ ।

No comments:

Post a Comment