Monday, September 12, 2016

“जिउँदो लाशको मुर्दो आवाज” — जेल डायरी— ५

जिउँदो लाशको मुर्दो आवाज — जेल डायरी 
२०६७/०६/०९ सनिवारतेश्रो दिन



विहान सबेरै उठेर नित्यकर्म गरें चाँडै उठेन भने चर्पि प्याक हुन्छ ब्रश गरें मुख धोएँ मेरो चीनि बढेजस्तो मैले औषधी नै खान पाएको थिएन हिंड्डुल गर्न पाएँ, रेडियो सुत्र पाएँ पत्रिका नै पढ्न पाएँ कस्तो मानसिक यातनापूर्ण दिन बिताउनु परिरहेको एक एक पल बिताउन मलाई गाह्रो भइरहेको गाह्रो भएर के गर्ने

छोराले बिहानको खाना ल्यायो मलाई छुडाउन सबैजना लागिरहेको जानकारी दियो साढे नौबजे अरूले खाना खाएको बेला मैले पनि खाना खाएँ त्यहीबेला एउटी महिला प्रहरी आइन् उनले औषधीको नाम लेखिन् पैसा लिएर मेरो औषधी कित्र गइन्

विहानको १०.३० बजेतिर एकजना सादा पोशाकको प्रहरीले मलाई लिन आयो हतकडी नलगाइकन एक्लै बाहिर लिएर गयो ढोकामा पुगें डीएसपीले मलाई भेटघाटस्थलमा लिएर गयो त्यहाँ नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समिति अध्यक्ष मण्डलका सम्पूर्ण सदस्यहरू, मल्ल के. सुन्दर, उमेश स्थापित, पंचलाल अरूहरू पनि आएका थिए उहाँहरू मलाई छुडाउन आएका होलान् भन्ठानें मेरो मन प्रफुल्लित भयो उहाँहरूले घटनाको बारेमा सोध्नुभयो मैले यथार्थ कुरा बताएर भनें, “यो सबै भूmठा आरोप मात्र हुन् कुनै घटना घटेकै थिएन

हामीले एसपीसँग कुराकानी गरिसकें यो महिला सेलको मामिला हो यहाँबाट केही गर्न सक्दैन म्याद थपेर ल्याइसक्यो अब जे गर्छ अदालतबाटै फैसला हुनसक्छ उहाहरूले भत्रुभयो
पाँच मिनेट जति कुरा गरेर उहाँहरू जानुभयो मलाई फेरि भित्र ल्यायो यहाँबाट छुट्न पाउने मेरोे आशा निराशामा परिणत भयो मनमा अनेकौं तर्कहरू उब्जिन थाल्यो परिस्थितिको सामना गर्ने हिम्मत गरें
त्यसबेलादेखि प्रहरीहरूले मलाई अलि राम्रो व्यवहार गर्न थाले अब कोठामा नबसी बरण्डामा बसिरहे पनि प्रहरीले केही भन्दैनन् आज दुई जना नयाँ केटीहरूलाई देखें कहाँबाट समातेर ल्याएको भनेर सोधेको ठमेलबाट यौन कार्य गरिरहेका बेला दुई जना केटाहरू सहित समातेर ल्याएको भन्यो साँझ मलाई भेट्न मेरा आफन्तहरू, साथीभाइहरू आए, गए कसैले मलाई यहाँबाट छुडाएर लान सकेन

 साँझ रोलकल हुँदा पनि मलाई तल चोकमा उभिन जानु परेन कोठाभित्रै बस्न दियो कोठामा बस्ने केटाहरूसँग मेरो हेमखेम बढ्न थाल्यो कोठामा बसेपछि त्यहाँ भित्र बसेका केटाहरूसँग कसरी थुनामा परेको भनेर एक अर्काको दुःखका कुराहरू साटासाट हुन थाले केही कुरा लेखुं भने कलम, कापी केही पनि राख्न दिएको छैन जतिसुकै मिल्ने साथी भए पनि फोन नम्बर टिप्न पाएको होइन आजदेखि मलाई पनि भित्र कोठामा सुत्न दियो कोठाको झ्याल ठूलै रहेछ झ्याल बन्द गरीराखेको भ्यान्टिलेसन बाहेक प्रकाश हावा आउने कुनै ठाउँ थिएन झ्यालभरि काठको फ्लेक ठोकी राखेको मनमा अनेकौं कुरा खेलाउँदै आधारातसम्म नसुतिकन बसें ती बच्चाहरूले ममाथि त्यस्तो झुठो आरोप किन लगाएको होला ? घरमा श्रीमती हाइ ब्लड प्रेसरको रोगी उनले कसरी मन थामी होलिन् मेरा दाजु भाइ, इष्टमित्रहरूले के सोचे होलान् ? मेरो जिन्दगी जेलमै बित्ने हो कि ? कहिल्यै यस्तो फण्डामा नपरेको मान्छे अरूहरूलाई प्रहरीले समात्दा छुडाउन जान्थें आज मलाई कसैले छुडाउन आएन यस्तै सोच्दै कुनबेला निदाएँ थाहा नै पाइन

No comments:

Post a Comment