Sunday, September 11, 2016

एउटै मञ्चमा एक दर्जन पुस्तक विमोचित

एउटै मञ्चमा एक दर्जन पुस्तक विमोचित


१५० औं मोति जयन्तिको अवसरमा गत भाद्र १६ गते बिहिबार प्रज्ञा भवनको हलमा विभिन्न स्रस्टाका विभिन्न विधाका बाह्रवटा पुस्तक विमोचन भएको थियो ।
जय गौरी पब्लिक रिलेसन एण्ड पब्लिकेशनको आयोजनामा पब्लिकेशनका अध्यक्ष दामोदर ढकालको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बराल हुनुहुन्थ्यो । विशेष अतिथि डा. रेणु थापा, अतिथिहरु डा. नारायण गैरे, पोष्टराज चापागाईं, ईं दुर्कमान महर्जन, शान्त प्रधान लगायतले एक साथ बाह्रवटा पुस्तकको  विमोचन गर्नु भएको थियो । जसमा “मोतिका पद्चाप” नामको ८६ जना गजलकारहरुको संयुक्त गजल संग्रह, “मितेरी”का साथै अन्य दशवटा पुस्तक विमोचन भएको थियो । जसमा “आस्था र जीवन” (उपन्यास) —नजरराम महर्जन, “बाइरोडको ड्राइभर (उपन्यास ) —नजरराम महर्जन, “दराजभित्रका बस्तीहरु” गजल संग्रह) –प्रकाश पुष्पक राई, “घाँटी रेटिदैछ” (हाइकु) तेस्रो संस्करण –प्रकाश पुष्पक राई, डोको (कविता संग्रह) –प्रकाश पुष्पक र दामोदर ढकाल, “ओठमा लाली पेट खाली”  (मुक्तक संग्रह)–दामोदर ढकाल र रितु प्रियसी, “अन्तर ध्वनी” (कविता संग्रह) —कृष्णप्रसाद पौडेल, “मैनबत्तीको कोइला” (गजल संग्रह) –चन्द्री मुक्तान खुशी, “मेरो गोरेटोमा तिम्रो छाया” (मुक्तक संग्रह)–रत्नप्रसाद अनामणी, “ख्याल ख्यालमै सल्क्यो जिन्दगी” (गजल संग्रह ) –रत्नप्रसाद अनामणी रहेका छन् ।
“गजल लेख्नकै लागि मात्र नलेखेर पढ्दा वा सुन्दा त्यसले पाठकको मनमा झस्का दिन सक्नुपर्छ, पाठक श्रोतालाई सियोले घोचे भैंm घोच्न सक्नुपर्छ, साहित्यको क्षेत्रमा गजल लेख्नेहरूको संख्या बढ्दै जानु खुसीको कुरा हो, तर गजल लेख्नेहरूले के लेख्ने र कसरी लेख्ने भन्ने कुरा चाहिं कहिल्यै भुल्नुहुँदैन, तबमात्र निरन्तरको प्रयासमा गजलको मास्टर बन्न सकिन्छ” उक्त भनाई प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले राख्नु भएको थियो ।


 कार्यक्रममा पुस्तकका लेखकहरुलाई आफ्नो पुस्तकको बारेमा केही कुरा राख्ने अवसर दिइएको थियो ।
सो क्रममा उपन्यासकार नजरराम महर्जनले आफ्नो दुईटै उपन्यास पहिले नेपालभाषामा प्रकाशित भैसकेको, नेपालभाषा नबुझ्ने पाठकहरुले नेपालीभाषामा अनुवाद गरी प्रकाशित गर्न  अनुरोध गरेकोले आफैले अनुवाद गरी जयगौरी पब्लिकेशनलाई प्रकाशित गर्न दिएको बताउनु भयो ।

उहाँले फेरि भन्नुभयो, “साहित्य समाजको ऐना हुनु पर्छ । साहित्य जीवनको लागि लेखिएको हुनुपर्छ । उपन्यास अलिखित इतिहास हो । उपन्यासमा तत्कालिन परिबेशको उल्लेख गरेको हुन्छ जस्तो बाईरोडको ड्राइभरमा पृथ्वी राजमार्गको मुगलिङ–नारायण गढ बाटो चालु हुनुपूर्व त्रिभुवन राजमार्ग मात्र चल्थ्यो । त्यस राजमार्गमा चलाउने ड्राइभरहरुको कथा व्यथा समेटिएको छ । कपडामा फाइवर मान्छेमा ड्राइभर काम लाग्दैन भन्ने भनाईलाई एक जना शिक्षित ड्राइभर रमेशले झुठा बनाई दिएको देखि उसले आफ्नो कसरी बनायो भन्ने बारेमा लेखेको बताउनु भयो ।


त्यस्तै “आस्था र जीवन” उपन्यास एक जना मान्छे आस्थावान भयो भने उसको जीवन कस्तो हुन्छ, पंचायती व्यवस्थामा विद्यार्थी मण्डलले अंचलाधीशले, सिडिओले कसरी व्यापारी र सर्वसाधरणलाई दुःख दिन्छ भन्ने कुरा देखाइएको बताउनुभयो ।


“एकैचोटि बाह्रवटा पुस्तकको विमोचन गर्न पाउनु गौरी पब्लिकेशनको लागि गर्वको विषय बनेको छ । अब अर्को पल्ट २४ वटा पुस्तकको विमोचन गर्ने योजना रहेको
छ ।” उक्त भनाई कार्यक्रमको सभापतित्व गरिरहनु भएका जय गौरी पब्लिेकेशनका अध्यक्ष दामोदर ढकालको थियो ।


“फोन र फेसबुकबाट पठाएको निमन्त्रणालाई स्वीकार गर्नु भै हल भरिभराउ हुने गरी उपस्थित हुनु भएका सबैलाई धन्यवाद दिन चाहन्छु । यहाँहरुको सहयोग पाईरहे अगाडी बढ्न सजिलो हुनेछ । आज विमोचन भएको “मोतिका पदचाप” संयुक्त गजल संग्रहका बहुसंख्यक स्रस्ताहरु जीवन यापनको लागि धेरैजसो विदेशमा हुनुहुन्छ । उहाँहरु उपस्थित हुन नसके पनि अनलाईनबाट उहाँहरुले यो कार्यक्रम सुन्न सकिने गरी प्रत्यक्ष प्रसारण भैरहेको छ ।” दामोदर ढकालले भन्नु भयो ।








No comments:

Post a Comment