Sunday, September 11, 2016

पाँगामा महिलाहरूको स्तन तथा पाठेघर परिक्षण शिविर

पाँगामा महिलाहरूको स्तन तथा पाठेघर परिक्षण शिविर 





कीर्तिपुर सन्देश साप्ताहिक

पाँगा महिला बचत तथा ऋण सहकारी संस्थाको पहलमा नेपाल अर्वुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाको आयोजनामा भाद्र १८ गते शनिवार पाँगा पार्टी भेन्यूमा महिलाहरुको स्तन तथा पाठेघर परीक्षण शिविर भएको थियो ।

 शिविरको लागि नाम दर्ता गर्ने समय १२ बजे लेखिएको भए पनि अत्यधिक भीडका कारण ११ बजेदेखि नै नाम दर्ता रोक्नु परेको थियो । पाँगा स्थित ११ वटा महिला समूहहरुको सक्रियता रहेको उक्त शिविरमा ३१५ जनाले स्वास्थ्य जँचाएका थिए ।

अरुबेला हुने कतिपय स्वास्थ्य शिविरमा जचाउन आउनेको कमि देखिन्छ आज यत्रो भीड किन भएको होला भनी सहकारीका सचिव चन्द्रमाया महर्जनसँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो, “कमसे कम वर्षमा एकचोटि आफ्नो स्वास्थ्य जचाउनु पर्छ भन्ने महिलामा आएको जागरणको कारण हो । यो साहै्र खुशीको कुरा हो ।”
उक्त शिविरमा छेत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल)का डा.चन्द्र लक्ष्मी श्रेष्ठ, डा. सुधा थापा, डा.दीपा क्षेत्री, डा.इन्दिरा सत्याल, डा. रिमा श्रेष्ठको टोलीले विरामीहरुको परिक्षण गर्नुभएको थियो ।

शिविर संचालनका लागि पाँगा पार्टी भेन्यूका संचालक नविन श्रेष्ठले ठाउँ उपलब्ध गराई सहयोग पु¥याउनु भएको थियो । कार्यक्रममा नेपाल अर्वुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाका सभापति अजय सिंह सुवाल, निवर्तमान सभापति भागवत श्रेष्ठ, सचिव दिव्यलक्ष्मी बज्राचार्य, कोषाध्यक्ष श्रीकृष्ण महर्जन, उपसभापति हरि गोपाल प्रधान, सदस्यहरु जुना श्रेष्ठ, विरेन्द्रलाल श्रेष्ठ, किरण महर्जन लगायतको उपस्थिति रहेका थिए ।

उक्त शिविरमा मिस नेवाः २०१६ की एन्जला श्रेष्ठ, मिस नेवाः २०१५ की सुनिता डंगोलको पनि उपस्थिति रहेका थिए । साथै क्षत्रपाटी निःशुल्क चिकित्सालयका प्रसाशकिय अधिकृत लिना शाक्य, ईश्वर श्रेष्ठ, हरिओम श्रेष्ठले सहयोग पु¥याउनु भएको थियो ।

शिविरको समापन पछि भएको कार्यक्रममा सभापति अजय सिंह सुवालले कार्यक्रममा सहयोग गर्नुहुने संस्था तथा व्यक्तिलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

पाँगा महिला बचत तथा ऋण सहकारी समितिकी अध्यक्ष विना महर्जन, निवर्तमान अध्यक्ष मेनुका महर्जन, सचिव चन्द्रमाया महर्जन लगायत सम्पूर्ण सदस्यहरुले सहयोगको लागि नेपाल अर्वुद रोग निवारण संघ, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, पाँगा पार्टी भेन्यूलाई धन्यवाद दिंदै भविष्यमा यस्तै सहयोग पाईरहने आशा व्यक्त गर्नु भएको थियो ।
 Published on Kirtipur Sandesh Weekly Issu 262

No comments:

Post a Comment