Sunday, September 11, 2016

जवाफ छ कोहि संग ?

जवाफ छ कोहि संग ?
—रामकृष्ण महर्जन—
 जनताहरू भोकभोकै सडकमा मरेको नदेख्ने, नेताहरूलाई भने छिसिक्क ज्वरो मात्रै आए नी प्रेशर नाप्ने देखि सम्पूर्ण उपचार खर्च ब्यहोर्ने !!!
जनतालाई करको भारले ढाड सेकाउने, नेताहरूलाई राष्ट्रको ढुकुटी बाँडेर स्वास्थ्य उपचारको नाममा लूट भैराखेको छ । दश बर्ष जनयुद्ध गरी आएको क्रान्तिकारी पार्टीको दोस्रो पटकको सरकार छ !! खै गरीब जनताको पक्षमा कुरो बुझेको ??? क्यान्सर नै भएको हो भनेर उपचार गराउन के डा.ले साँच्चिकै क्यान्सर नै हो भनि प्रमाणित पनि त ग¥यो होला नी ? पहिला पहिला दरबारका दुईचार जनाले लुट्थ्यो अहिले ६०१ जनालाई पु¥याउनु पर्ने ! प्रत्येकलाई यस्तै दिदै जाने हो भने नदी नाला मात्र होईन देशै बेचेर नी पु¥याउन गाह्रो हुन्छ ६०१ जना लाई ।

पूर्व राष्ट्रपतिको एउटा छोरा डाक्टर अर्को ईन्जिनीयर भएको प्रतिस्थित ब्यक्तिले गरीब जनताबाट उठेको कर, देशको ढुकुटीमा आँखा लाउनु पर्ने कुनै कारण नै थिएन नी । आफ्नै साख गिर्ने काम भयो एक ब्यक्तिको उपचारमा तीन करोड मागेर ।

शुरू आफैबाट गर्नु पर्छ भन्ने र गरेर देखाउने समयमा सम्मानित नेताले देशको ढुकुटी ताकेर ठुलो भूल ग¥यो । उहाँले अरू नेताहरूलाई समेत तह लगाउन सक्नु हुन्थ्यो, आफूले बीर अस्पतालमा उपचार गर्ने आँट गरेको भए.....! देशका गरीब जनताहरू अस्पतालको मुखै नदेखि मर्न बाध्य छन्, उहाँ भने उपचारको नाममा करोडौको खर्चेर बिदेशमा जान खोज्ने ! उहाँको सिको गरेर उपचार गर्न हामी सर्बसाधारणको औकात पनि त छैन । न त उहाँलाई जस्तो सरकारले ल साठ्ठी लाख भनि ढुकुटीको बजेट दिन्छ ! त्यति मात्र नभई एक दिनको भत्ता नै तीन सय डलर दिने रे !! त्यसैले जनतालाई सिकाउन पहिला आफ्नै देशका अस्पतालहरूलाई बिश्वास गर्न जान्नु पर्छ, अनि मात्र जनताले बिश्वास गर्छन । उहाँको छोराहरू डाक्टर र ईन्जिनीयर भएर त सरकार सँग उपचार खर्च माग्छन् भने हामी जस्तोले कसरी उपचार गर्ने होला जवाफ छ कोहि सँग ?

No comments:

Post a Comment