Sunday, September 11, 2016

सुखी यौन जीवनका लागि दम्पतीलाई सल्लाह

सुखी यौन जीवनका लागि दम्पतीलाई सल्लाह


—राजेन्द्र अमात्य—
तनाव, धुम्रपान र जाँड रक्सीबाट बच्नुहोस् । श्रीमान श्रीमती एक रथका दुई पांग्रा हुन् ।
सुखी यौन जीवनको लागि उपयुक्त सन्तुलित भोजन, नियमित व्यायाम तथा रक्तसंचार थेरापी आवश्यक हुन्छन्, सुखी यौन जीवनका लागि दम्पतीले विना संकोच परस्पर विचार विमर्श गरेमा अत्यन्त सहायक हुन्छ । रक्सी सेवन गरेमा यौन शक्ति बढ्छ भन्नु बिलकुल मुर्खता हो । सबैभन्दा महत्वपूर्ण कुरा चुरोट, सुर्ती र जाँड रक्सी सेवन गर्ने बानी छ भने पूर्णरुपमा परित्याग गर्नुस् ।

चुरोट, सुर्ती र जाँड रक्सी सेवन गरेर कहिल्यै आफ्नो पत्नीलाई सुखी पार्न सकिंदैन । आज भोलि सुगर रोग दिनप्रतिदिन बढ्दैछन् । होशियार रहनुस् । सुगरकै कारण धेरै पती पत्नीबीच मनमुटाव भैरहेका छन् । सुगर रोग भएका पुरुष व्यक्तिले लिङ्गको उत्थान कायम राख्न सक्दैन । वास्तवमा सुगर रोगको निदान नभइसकेको व्यक्तिका लागि नपुंकसता सुगरको पहिलो लक्षण हुन सक्छ । यहि कारणले कतिपय पुरुष व्यक्तिहरु तनावमा छटपटाईरहेका हुन्छन् ।

यौन सम्बन्ध नितान्त व्यक्तिगत र खाना जतिकै आवश्यक कुरा हो ।
जसरी भोक लाग्दा खाना खाइन्छ र शरीरमा इनर्जी प्राप्त हुन्छ । त्यसरी नै पती पत्नीबीच शारीरिक यौन सम्बन्ध हुँदा सन्तुष्टी मिल्छ र हरेक काममा सफलता प्राप्त हुन्छ । सुगर रोग लागेपछि हजारमा एकजनाले मात्र यौन सम्बन्ध त्याग्न सक्छ । ९ सय ९९ जनाले त्याग गर्न मुस्कील पर्छ । सुगर रोगलाई राम्रोसंग नियन्त्रण गरिएमा नपुंसकता निको पार्न सकिन्छ ।
महिलालाई सुगर रोग लागेमा योनिमार्गमा चिल्लो पदार्थ निस्कन बन्द हुने हुँदा स्त्रीलाई चरमसुख प्राप्त निकै कठिन हुन्छ ।
झगडाको मुख्य कारण अधिकांस दम्पतीहरुमा इच्छा लाग्दा यौन सम्बन्ध कायम नहुनु पनि
हुनसक्छ । दम्पतीहरुमा यौन विषयमा आवश्यक कुराकानी नहुनु दम्पतीको खुसी जीवनको लागि बाधक
हुनसक्छ । सुगर रोगले छोएको छ भनेर यौन सम्बन्ध त्याग गर्नु आवश्यक छैन ।
सुगर रोग भएका व्यक्तिले आयुर्वेदिक औषधि र रक्तसंचार थेरापीको कोर्ष पुरा गर्नुस् । सुगर पूर्णरुपमा नियन्त्रणमा राख्न सकिन्छ ।

मुख्य कुरा के भने दम्पतीको जीवनलाई विरुवाको रुपमा लिनुपर्छ । जसरी माटोमा विरुवा रोप्दैमा विरुवा हुर्कन सक्दैन । त्यस्तै विवाह गर्दैमा दम्पतीको जीवन सुखी हुन सक्दैन । विरुवा रोपिसकेपछि जसरी मल जल एवं उपयुक्त वातावरणको जरुरत पर्दछ त्यस्तै दम्पतीको जीवनलाई सुखी बनाउन परस्परमा प्रेम, यौन, विश्वास, खानपान, घुमघाम र सद्भावनाको अत्यन्त आवश्यकता पर्दछ ।
हाम्रो नेपालमा धेरै मानिसहरुलाई सुगर, प्रेसर थाइराइड जस्ता दीर्घ रोगले गर्दा यौन शिथिलता, यौन कमजोरीपन तथा नपुंसकता हुने भएकाले धेरै पुरुष व्यक्तिलाई मानसिक तनाव भईरहेका छन् । यस्तै समस्याहरु बढेको देखेर फिट्नेस प्वाइन्टले समाधान गर्नतिर लागिरहेका छन् । फिट्नेस प्वाइन्टले प्राकृतिक तथा रक्तसंचार थेरापी लगायत फिजिकल व्यायाम गर्न लगाई यौन दुर्बलता र कमजोरीपना हटाउने उपचार गराउँदै आइरहेका छन् ।
स्मरणरहोस् के तपाईंलाई कुनै कारणले यौन दुर्वलता, नपुंसकता जस्ता यौन कमजोरीले तनाव भईरहेको छ भने अब चिन्ता लिनु पर्दैन । Publeshed on Kirtipur Sandesh Weekly Issue 262

No comments:

Post a Comment