Saturday, March 26, 2022

सांगीतिक क्षेत्रमा प्रेरणा... अमोघवीर बज्राचार्य हःखा, ललितपुर

 सांगीतिक क्षेत्रमा प्रेरणा... अमोघवीर बज्राचार्य हःखा, ललितपुर


अमोघवीर बज्राचार्य

विशुद्ध नेपालभाषा गीतहरुको प्रतियोगिता नेवाः आइडलले कोसेढुङ्गा सावित गर्छ । बहु चर्चित गायक, नायक अमोघवीर बज्राचार्यसंगको छोटो संवाद — प्रस्तोता ः पवन जोशी



१.अमोघ वीरजी नयां नौलो खवर के छ ?

—ज्ञानमुनी शाक्यको रचना र संगीतमा नेपालभाषा गीत अप्सरा हे खः रेकर्ड गरियो । यथाशिघ्र म्युजिक भिडियो निर्माणको निम्ति ज्योती म्युजिक संग होमओर्क गर्दैछु ।

२.सामाजिक संजालमा टिकटकको उपलब्धी ?

यसमा सकारात्मक र नकारात्मक दुवै पक्ष मिश्रित छ । यसले धेरै नयां कलाकार उत्पादन गर्नुको साथै प्रतिभावान कलाकारहरुलाई स्थापित गरेको पनि छ । यदा कदा लाईभ गरेर माग्ने भांडो बनाएको छ ।

३.धेरै गायन प्रतियोगिता भैरहेको छ, विश्वास गर्नु हुन्छ ?

गायन कला क्षेत्रमा लागे पछि अविश्वासको सवालै रहेन संसार्स अनलाइन टेलिभिजनको प्रतियोगितामा दुतिय हुने सौभाग्य पाएँ । धेरैजस्तो प्रतियोगितामा उत्कृष्ट १० मा पर्न सफल भएको छु । नव प्रतिभा कलाकारहरुलाई अग्रगमन दिसा तर्फ उन्मुख गायन प्रतियोगिताले गरेको छ । निर्णय गर्दा हाम्रोलाई होइन राम्रोलाई छान्नु पर्छ ।

४.किन तपाईं गायन तथा अभिनय कला क्षेत्रमा प्रवेश गर्नुभयो ?

हाम्रो घरनै संगीतमय कलाकारीताको मन्दिर हो । मेरो दाजु भाईहरु गाउनु हुन्छ, मेरो बुबा पद्यवीर बज्राचार्य स्टेज प्रोगामको उत्कृष्ट गायक हुनुहुन्छ । वहांले रेडियो नेपाल जीवन दबूबाट भ्वाइस टेष्ट पास गर्नु भएको थियो ।

५.गायक गायीकामा हुनु पर्ने ज्ञान ?

सुर ताल र स्पष्ट स्वरको ज्ञान हुनु जरुरी छ । संगीत ज्ञानलाई सहि तरिकाले निरन्तर रियाज गर्नु पर्छ ।

६.तपाईले कतिवटा गीत गाउनु भयो ?

अहिलेसम्म सामुहिक र एकल गरी ५ वटा गीत रेकर्ड गरें एउटा हिन्दी पनि गाएको छु ।

७.म्युजिक भिडियो निर्माणको अर्थ आफुलाई मिडियामा प्रचार प्रसार गर्नु हो ?

कुनै पनि गीत रेकर्ड हुन्छ त्यो ठन्काउनलाई होइन प्रचार प्रसार गर्नुपर्छ । जमाना सोसियल नेटवर्क हो, भिडियो निर्माण विना कसैलाई थाहै नहुने भयो त्यसैले होला ।

८.कुन भाषाको गीत गाउँदा वा अभिनय गर्दा सहज हुन्छ ?

— मैले खस नेपाली, नेपालभाषा र हिन्दी भाषाको गीत गाएँ, नेपाली र नेपालीभाषामा अभिनय गरें अप्ठेरो परेन ।

९.नेवाः आइडलले नव गायक गायीकाहरुलाई कस्तो हौसला प्रदान गर्छ ?

नेपालमै पहिलो पटक विसुद्ध नेपालभाषा गायन प्रतियोगिता नेवाः आइडलले सांगीतिक क्षेत्रमा लाग्न प्रेरणा दिनेछ । यो प्रतियोगिता कोसेढुङ्गा सावित गर्छ ।

१०.अन्तमा

कीर्तिपुर सन्देश साप्ताहिक पत्रिका मार्फत मनका कुराहरु राख्ने मौका दिनु भएकोमा साप्ताहिक पत्रिका परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।


No comments:

Post a Comment