Thursday, March 24, 2022

स्थानीय चु नावः हाम्रो सरोकार

 स्थानीय चु नावः हाम्रो सरोकार

—नरेश श्रेष्ठ

आगामी नयाँ वर्ष वैशाख ३० गते स्थानीय तह अर्थात नगरपालिका र गाँउपालिकाको चुनाव हुँदै छ । नेपालको संविधान अनुसार नेपालको तीन सम्वैधानिक सरकार मध्ये स्थानीय सरकार अर्थात नगरपालिका र गाँउपालिकाको निर्वाचन विशेषत स्थानीय समुदायको लागि अत्यन्त महत्वपूर्ण छ । प्रदेश र सघं(केन्द्र) निर्वाचन भन्दा स्थानीय नगरपालिका र गाँउपालिका यस अर्थमा पनि महत्वपूर्ण छ कि स्थानीय नगरपालिका र गाँउपालिकामा स्थानीयको सरोकार, सम्वन्ध र सहभागीता, भूमिका एवं पहुँच आधारमा नीति निर्माण, विकास एवं वजेत विनियोजन आदीमा निर्णायक भूमिका हुन्छ ।

यस अर्थमा नेवाः समुदायको लागि पनि नेवाः समुदाय क्षेत्रमा हुने निर्वाचन स्वभाविक रुपमा महत्वपूर्ण हुने नै भयो । आवधिक रुपमा प्रत्येक ५ वर्षको लागि गरिने निर्वाचनवाट निर्वाचित जन प्रतिनिधिहरुले समुदायको भावना चाहना अनुकूल कार्य नगरेमा ती जन प्रतिनिधिहरु कार्यवाही स्वरुप फिर्ता वोलाउने, अविश्वासको प्रस्ताव राख्ने आदी गर्न नसक्ने अवस्था रहेकोले पनि नेवाः समुदाय क्षेत्रमा हुने निर्वाचनमा नेवाः समुदायको मुद्दाहरु स्थापित गर्ने र नेवाः मुद्दाको मुद्दा वोक्ने व्यक्तिलाई निर्वाचित गर्ने अवसर नेवाः समुदायलाई छ । पछिल्लो समयमा नेवाः समुदायमा प्रशस्त जागरण आएको छ । भविष्यमा नेवाः एजेण्डा केन्द्रीत राजनीति शुरु गर्न सकिने आशा गर्न सकिन्छ । उपत्यकाका कीर्तिपुर नगरपालिकाले ५० वटा धारा, पाटी, पोखरी लगायत सम्पदाहरु, यसै गरी ललितपुर महानगरपालिकाले ७१ वटा सम्पदाहरु, काठमाडौ महानगरपालिकाले १५० वटा सम्पदाहरु पुर्ननिर्माण गरेका छन । यसै गरी उपत्यकाको २२ वटा नगरपालिकाले संख्यात्मक रुपमा उल्लेखनीय सम्पदाहरुको पुर्ननिर्माण गरेका छन । नेवाः सम्पदा नेवाः एकताको आधार समेत हो । यसले समुदायमा नेवाः एकताको भावना र गर्वको महशुस गराउँछ ।

यस्तै सर्वाधिक चर्चामा रहेको ललितपुर महानगरपालिका अन्र्तगत पुञ्चोक स्थित समय् फल्चा सर्वोच्च अदालतलको फैसलाले पुर्नस्थापित एवं पुर्ननिर्माण भैसकेको छ । चर्चित स.अ.पूर्व न्यायाधीश वलराम के.सी.समेतको इजलासवाट २०६४ सालको सर्वोच्च अदालतको उक्त फैसलाले १) सम्पदा संरक्षणमा प्रचलित कानून वाधक हुन नसक्ने र २) सम्पदाको संरक्षणमा हदम्याद लागू हुन नसक्ने भन्ने सम्पदा संरक्षणको लागि महत्वूर्ण नजीर समेत प्रतिपादन गरेको छ । यस्तै गरी लगनखेल स्थित मच्छेन्द्र क्याम्पस समेत रहेका ऐतिहासिक सप्तपातल पोखरी पुर्नस्थापित गर्ने गरी पक्षमा सर्वोच्च अदालतलको फैसला भई सो फैसला पूर्ण कार्यान्वयनको चरणमा रहेको छ । यसै फैसला वमोजिम पोखरीको जग्गा आर्मी क्याम्प रहेकोमा करिव १७ रोपनी जग्गामा रहेको आर्मीको कव्जा मुक्त भई पोखरीकै रुपमा कायम भैसकेको छ ।

यस्तै स्थानीय सरकारले नेवाः समुदायको साँस्कृतिक जीवनलाई संरक्षण गर्न साँस्कृतिक सरक्षण क्षेत्र घोषणा र कार्यान्वयन गर्ने गरी ऐन कानून निर्माण गर्ने क्रम जारी छ । टोखा नगरपालिका साँस्कृतिक सरक्षित क्षेत्र घोषण र कार्यान्वयन गर्ने पहिलो र कीर्तिपुर नगरपालिका दोश्रो नगरपालिका हुन । सामुदायिक स्वायक्तताको दृष्टिले कीर्तिपुर नगरपालिकाले हालै जारी गरिएको कीर्तिपुर नगर साँस्कृतिक सरक्षित क्षेत्र सम्वन्धि ऐन, २०७८ पहिलो सामुदायिक वैधानिक स्वायक्तता सहितको ऐेन वनेको छ । यस प्रकारको सामुदायिक स्वायक्तता सहितको ऐनले आदीवासी समुदायको साँस्कृतिक अधिकार प्रयोग प्रचलनमा सम्वन्धित समुदाय नै निर्णायक हुने र केन्द्र, प्रदेश र स्थानीय सरकारले समुदायको साँस्कृतिक हकलाई कुनै हस्तक्षेप गर्न पाउँदैन भन्ने मान्यता कानूनी रुपमा स्थापित हुँदै जाने देखिएको छ ।

नेवाः समुदायको एकताको महत्वपूर्ण अर्को आधार भनेको नेवाः समुदायको मातृभाषा । यसको प्रयोग र प्रचलन दायरा वढदै गएको छ । कानूनले प्रत्येक समुदायले आफनो मातृभाषा १( ८ कक्षासम्म अनिवार्य विषय वनाई विद्यालयमा पठन पाठन गर्न पाइने अधिकारको प्रयोग गरी काठमाडौ महानगरपालिकाले १(८ कक्षासम्म, कीर्तिपुर नगरपालिकाले १(३ कक्षासम्म र अन्य नगरपालिकाले समेत यसको तयारी गरिरहेको छ । यसले एकातिर नेपाल भाषाको प्रयोग र प्रचलनमा विस्तार भएको छ भने अर्को तिर यसले रोजगार सिर्जना गरेको छ । काठमाडौ महानगरपालिकाले नेपालभाषा पढाउने १७२ जना नयाँ शिक्षकहरुको नियुक्त गरेको छ । सम्पदा सरक्षण, गाँउ ठाँउको स्थानीय नामकरण, नेपाल भाषाको प्रयोग र आदीवासीय हक अधिकार प्रति सचेतनामा उल्लेखनीय प्रगति भएको छ । यसमा राजनीतिक दल तथा दल आवद्ध कार्यकर्ताको भन्दा पनि गैर राजनीतिक नेवाः सामाजिक अभियन्ताहरुको अहम भूमिका र योगदान छ । 

विद्यमान राजनीतिक दल आदीवासीय हक अधिकार र सम्पदा संस्कृति प्रति अनुदार छ र सामुदायिक हक अधिकारको विषय दलको प्राथमिकतामा पर्दैन भन्ने यथार्थताको ज्ञान दल आवद्ध कार्यकर्ताहरुले वुझदै छ । 

खास गरी स्थानीय चुनावको सन्र्दभमा स्थानीय समस्या समाधान र स्थानीय मुद्दाहरुको सम्वोधन राजनीतिक दलमा आस्था राख्नेवाट होइन कि राजनीतिक दलमा आस्था नराख्नेले गर्न सक्छ भन्ने मान्यता वढदै भएको पाइन्छ । नेवाः अस्तित्व र एकतामा विमती राख्ने कोही छैन र यस माथि प्रहार भए चिन्तित नहुने पनि कोही छैन । नेवाः सरोकारको विषय तथा मुद्दाको पक्षमा ठूलै जनमत तयार छ । यसर्थ, स्थानीय निर्वाचनको सवालमा नेवाः एजेण्डा स्थापित गर्ने हाम्रो उद्देश्य हो । त्यसलाई देख्न नसक्नु वा पहिचान गर्न नसक्ने अवस्थामा अव रहनु हुँदैन । यस पालिको स्थानीय चुनाव हाम्रो मुखैमा आइसकेको छ, यस पालि होइन भने हामीले अर्को ५ वर्ष कुर्न पर्ने अवस्था आउँछ । ५ वर्ष भनेको लामो समय हो । हामी नेवाः समुदायलाई....आसे आसे मजुनी लिपा सेयका....भन्ने वानी छ अर्थात सही समयमा सही निर्णय नगर्ने आरोप लगाइन्छ । 

के नेवाः समुदाय नेवाः एजेण्डाको आधारमा मात्र चुनावमा जान सक्ने अवस्था छ ? कसरी ? भन्ने प्रश्न उव्जिन्छ । नेवाःका विषय वस्तु सामूहिक हुने र व्यक्ति विशेषको नहुने भएकोले चुनावको सन्र्दभमा व्यापक सामुहिक छलफल शुरुवात गर्नु नै यसको पहिलो कदम हो । मेरो विचारमा निम्न तरिकाले जाने हो भने अहिलेको स्थानीय चुनावलाई नेवाः मुद्दा केन्द्रित भै यसको उपयोग गर्न सकिन्छः

१) स्थानीय चुनावको सन्र्दृभमा नेवाः सम्मेलन र घोषणा पत्र जारी ।

२) केन्द्रिय निर्देशन समिति गठन ।

३) अवस्था र ठाउँ हेरी हाम्रो समेत्न लगाइ दलको घोषणा पत्रमा समावेश गर्न लगाउने वा दल र उम्मेवारको प्रतिवद्धता जाहेर गर्न लगाउने वा हाम्रो तर्फवाट स्वतन्त्र साझा उम्मेवार उठाउँने ।

नेवाः एकता, पहिचान र अस्तित्व हाम्रो साझा विषय हो र यसको पछाडी अवश्य पनि ठूलै जनमत छ । यद्यपि, हामी राजनीतिक रुपमा विभाजित थियौ र अहिले पनि विभाजनको रेखा मेट्न सकेको छैन । पछिल्लो समयमा खास गरी वालाजु वाइपासमा नेवाः समुदाय उठी वास हुनुपर्ने अवस्था, विकासको नाममा खोकना लगायत पूरानो नेवाः वस्ती समाप्त हुने गरी जुन राज्य आतँक मच्याइयो, यसमा कुनै पनि नेवाः मन भएका व्यक्तिले स्वीकारेको छैन र आफनै दलको सरकार भएपनि राम्रो गर्यो भन्न सकेको छैन । 

यसर्थ, स्थानीय चुनावमा हाम्रो उपस्थितिले नेवाः समुदायलाई संगठित र प्रतिवद्ध वनाउने साथै जनमन निर्माण गर्ने गहन जिम्मेवारी पुरा गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा आगामी स्थानीय चुनावलाई नेवाः एकता, पहिचान र अस्तित्व हाम्रो साझा विषय हो र यसमा कुनै विमति नहुनु भनेको यसको पछाडी अवश्य पनि ठूलै जनमत छ । यद्यपि, हामी राजनीतिक रुपमा विभाजित थियौ र अहिले पनि विभाजनको रेखा मेट्न सकेको छैन । 

पछिल्लो समयमा खास गरी वालाजु वाइपासमा नेवाः समुदाय उठी वास हुनुुपर्ने अवस्था, विकासको नाममा खोकना लगायत पूरानो नेवाः वस्ती समाप्त हुने गरी जुन राज्य आतँक मच्याइयो, यसमा कुनै पनि नेवाः मन भएका व्यक्तिले स्वीकारेको छैन र आफनै दलको सरकार भएपनि राम्रो गर्यो भन्न सकेको छैन । 

यसर्थ, स्थानीय चुनावमा हाम्रो उपस्थितिले नेवाः समुदायलाई संगठित र प्रतिवद्ध वनाउने साथै जनमन निर्माण गर्ने गहन जिम्मेवारी पुरा गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा आगामी स्थानीय चुनावलाई उपयोग गर्नुपर्ने देखिन्छ । 

समाप्त 

No comments:

Post a Comment