Wednesday, May 29, 2013

कीर्तिपुर क्रसकन्ट्री - २०७० सम्पन्न

अंक ९३ ने. सं. ११३३ बछलाथ्वा पञ्चमी बुधवाः २०७० जेठ १ गते बुधवार May 15, 2013
 
कीर्तिपुर क्रसकन्ट्री - २०७० सम्पन्न

नवीन महर्जन    





कीर्तिपुर खेलकुद विकास समाजद्वारा नववर्षको उपलक्ष्यमा वर्षेनी आयोजना गर्दै आएको कीर्तिपुर क्रसकन्ट्री–२०७० गत बैशाख २८ गते शनिवार सम्पन्न भएको छ । 

पाँगा दोबाटोबाट शुभारम्भ भई कीर्तिपुरको नवनिर्माण मुल गेट (ढोका) सम्म करीव ५.कि.मि.को उक्त सडक दौड प्रतियोगिताको खुल्ला पुरुष तर्फ कीर्तिपुरको धर्म महर्जनले १३. १९ सेकेण्ड १९ दशमलवमा   पुरा गरी प्रथम भएको छ भने दामोदर बुढा मगरले १३ मि. ३४ सेकेन्डमा पुरा री द्वितिय तथा सोनाम लामाले १४ मि ०२ सेकेन्डमा पूरा गरी तृतिय भएका थिए । 

त्यसैगरी खुल्ला महिला तर्फ शर्मिला क्षेत्री प्रथम भगवती कुमारी शाही दोस्रो तथा नारायणी देवी सिंह तेस्रो भएकी थिइन् ।  स्मरणरहोस खुल्ला तर्फ यो प्रतियोगिता नवौं संस्करण   थियो । त्यसैगरी छैटौं संस्करणको विद्यालय स्तरीय छात्र तर्फको प्रतियोगितामा मंगल उच्च मा.वि.का नवराज बुढा प्रथम, साल्भेनिया एकेडेमीका सागर कार्की द्वितिय तथा मंगल उच्च मा.व.का नै संजिव मगर तृतिय भएका थिए । त्यस्तै गरी छात्रा तर्फ सितापाइला उच्च मा.वि.का हुमी बुढामगर प्रथम, पुष्पसदन आ.मा.वि.का रेशुका मानन्धर द्वितिय तथा बासु उच्च मा. वि. भक्तपुरकी शर्मिला सुवाल तृतिय भएकी थिइन ।

 यस विद्यालयस्तरीय प्रतियोगितामा मंगल उच्च मा.वि., पुष्पसदन आ.मा.वि., हिलटाउन उच्च मा.वि, उज्ज्वल शिशु निकेतन एकेडेमी, साल्भेनिया एकेडेमी, अनर इन्टरनेशनल, बासु, उच्च मा.वि, गोल्डेन रेज एकेडेमी, सीतापाइला उच्च मा.वि., राराहिल मेमोरियल स्कुल, श्री पद्म उच्च मा.वि., जनसेवा उच्च मा.वि. ग्रीन भिलेज फाउण्डेसन एजुकेशन लगायत गरी १०० जना भन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो । यस प्रतियोगिताको भेट्रान तर्फ मंगलदास तण्डुकारलाई पुरस्कृत गरेको थियो । सम्पूर्ण इभेन्ट्समा दशौं स्थानसम्म सहभागीलाई टिसर्ट र प्रमाण पत्र वितरण गरिएको थियो भने प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरूलाई कृष्ण क्याटरिङ्गमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. रामकृष्ण महर्जन, अतिथीहरू प्रा.डा. शिवशरण महर्जन, कालिन्चोक भगवति गणका प्रमुख भरत श्रेष्ठ लगायतले ट्रफी, मेडल, टिसर्ट, प्रमाण पत्र एवं नगद पुरस्कार वितरण गरिएको थियो । 

साथै यस पुरस्कार वितरण कार्यक्रममा यस समाजका अध्यक्ष एवं कार्यक्रमको सभापति प्रदिप महर्जनले कीर्तिपुरको प्रतिनिधित्व गरी आगामी मे २९ तारिख अर्थात् जेठ १५ गते हुने सगरमाथा हिरक जयन्ति म्याराथन –६० कि.मि. तर्फ सहभागी हुने धर्म महर्जनलाई संकलित रकम प्रदान गरिएको थियो ।  हिमालय एक्सपिडिसन सन्स कम्पनीद्वारा नेपालको साहसिक खेलकुद पर्यटन प्रवद्र्धन गर्दै लैजाने उद्देश्यले सन् १९५३ मे २९ को दिनको सुखद सम्झनामा मे २९ मा सगरमाथा दिवशको दिन तेन्जिङ–हिलारी सगरमाथा म्याराथन(४२.१९५ कि.मि) र यस वर्ष सगरमाथा आरोहणको ६०औं जयन्तीको अवसरमा सगरमाथा हिरक जयन्ती म्याराथन जस्को दुरी हो ६० कि.मि. यस्मा कीर्तिपुरका धर्म महर्जनले सहभागिता जनाउने भएको     हो । जसको लागि करीव ८०,०००/- को बजेट आवश्यक थियो तसर्थ कीर्तिपुर खेलकुद विकास समाजले उहाँलार्य आर्थिक सहयोगको आव्हान गर्दै यस क्षेत्रका विभिन्न संघ संस्थाहरूलाई पत्राचार    गरेको थियो जस अनुसार अहिलेसम्म कोर्नेल नेपालको तर्फबाट रु.६०००/– नयाँ बजार क्लबको तर्फबाट रु.५,०००/- तथा दक्षिण भेगीय नीजि तथा आवासीय विद्यालय संगठन कीर्तिपुरबाट रु. ४,०००/- नगद प्राप्त भएको थियो जुन उक्त दिन हस्तान्तरण गरेको थियो साथै अन्य विभिन्न संघ संस्थाले पनि सहयोग गर्नु हुनेछ भनेर हामी आशावादी छौं । साथै उहाँले उक्त प्रतियोगितामा सफलता हासिल गर्न सकोस् भनी हामी कीर्तिपुर वासीको तर्फबाट शुभकामना पनि दिन चाहन्छु ।

No comments:

Post a Comment