Wednesday, May 29, 2013

कीर्तिपुरमा खुद्रा ग्यास विक्रेता संघ गठन

अंक ९३ ने. सं. ११३३ बछलाथ्वा पञ्चमी बुधवाः २०७० जेठ १ गते बुधवार May 15, 2013

कीर्तिपुरमा खुद्रा ग्यास विक्रेता संघ गठन



सरकारले विभिन्न नियमहरू बनाएर खुद्रा ग्यास विक्रेताहरूलाई करको दायरामा ल्याउन खोजेपछि  खुद्रा ग्याँस विक्रेताहरू आन्दोलित भएका छन । 

आन्दोलनको क्रममा नै संगठनको आवश्यकता महसुस गरी कीर्तिपुरमा खुद्रा ग्याँस विक्री गर्ने खुद्रा ग्यास विक्रेताहरूले गत बैशाख २५ गते बुधवार भेला भै तदर्थ समिति गठन गरिएको थियो । जसमा : अध्यक्ष हरिकृष्ण थापा, उपाध्यक्ष भूवन नगरकोटी, सचिव राजमान महर्जन, कोषाध्यक्ष श्रवणकुमार श्रेष्ठ, सदस्यहरूमा विजय महर्जन, श्रीराम थापा र देव महर्जन गरी ७ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो । सोही समितिले गत बैशाख २८ गते शनिवार कीर्तिपुर पार्टी पार्टी प्यालेसमा एउटा भेलाको आयोजना गरियो । ग्यास विक्रेता संघ २०५३ का अध्यक्ष विवेन्द्र प्रधानाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष हरिकृष्ण थापाले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष भूवन नगरकोटी र संचालन सचिव राजमान महर्जनले गर्नु भएको थियो । उक्त समितिमा अहिलेसम्म ८५ जना सदस्य रहेका छन । 

एउटा ग्यास सिलिन्डरमा रु.१४४०/- लगानी गरेर जम्मा रु.३०/- मुनाफा हुन्छ । सो भनेको २ प्रतिशत मात्र मुनाफा रहेको छ । त्यसमा पनि ग्याँस कम्पनीले मांग अनुसार आपूर्ति गर्न सकेको छैन । यसै वीच वार्षिक बीस लाख रुपैयाँभन्दा बढीको कारोवार गर्नेहरूले भ्याटमा दर्ता भएर भ्याट तिर्नु पर्ने भएको हुँदा आपूmहरूलाई खासै मुनाफा नहुनेको साथै झन्झट बढी हुने जनाई सो को विरोध गर्ने जनाइएको छ ।

No comments:

Post a Comment