Wednesday, May 29, 2013

कवि राजभाइ जकःमिलाई कीर्ति विहारद्वारा सम्मान

अंक ९३ ने. सं. ११३३ बछलाथ्वा पञ्चमी बुधवाः २०७० जेठ १ गते बुधवार May 15, 2013
 
 कवि राजभाइ जकःमिलाई कीर्ति विहारद्वारा सम्मान




गत बैशाख २१ गते काठमाडौं इतुम्बहालमा भएको स्वयम्भु ज्ञानमाला भजन खलःको हिरक जयन्तीको उपलक्ष्यमा बौद्ध संगीत जागरण समितिले गरेको ज्ञानमाला भजन प्रतियोगितामा श्रीकीर्ति ज्ञानमाला भजन खलःद्वारा प्रस्तुत भजनले उत्कृष्ट रचनाको पुरस्कार प्राप्त गर्न सफल भएको खुशीयालीमा रचनाकार राजभाइ जकःमिलाई श्रीकीर्ति ज्ञानमाला भजन खलःले गत बैशाख २५ गते बुधवार एक कार्यक्रम गरी सम्मान गरिएको थियो । 

प्रमुख अतिथि संस्कृतिविद सत्यमोहन जोशी रहनु भएको श्रीकीर्ति विहार भजन खलःका अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नगरमण्डप श्रीकीर्ति विहारका प्रमुख पञ्याकीर्ति महास्थविरले पञ्चशील प्रार्थना गरेर शुभारम्भ गरेको उक्त कार्यक्रममा सचिव महन्त महर्जनले स्वागत मन्तव्य दिनु भएको थियो । सल्लाहकार. पूर्ण महर्जनले संचालन गर्नु भएको थियो । कवि राजभाइ जकःमिलाई सम्मान पत्र प्रदान गर्नुहुँदै प्रमुख अतिथि सत्यमोहन जोशीले कवि जकःमिले मातृभाषाबाट साहित्य रचना गर्नु भई देशको साहित्य उत्थानमा अमूल्य योगदान गर्नु भएको चर्चा गर्नु हुँदै निरन्तर रुपमा साहित्य साधना गर्नु भै अन्तराष्ट्रिय क्षेत्रमा पनि प्रख्याती कमाउन सकिने बताउनु भयो । उक्त अवसरमा अमल्सि टोलबासीको तर्फबाट  पनि भरत महर्जनले कवि जकःमिलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

No comments:

Post a Comment