Wednesday, May 29, 2013

कीर्तिपुर सहकारी समन्वय समितिको शुभकामना एवं चियापान कार्यक्रम

अंक ९३ ने. सं. ११३३ बछलाथ्वा पञ्चमी बुधवाः २०७० जेठ १ गते बुधवार May 15, 2013
 
कीर्तिपुर सहकारी समन्वय समितिको शुभकामना एवं चियापान कार्यक्रम


कीर्तिपुर क्षेत्रमा जन आन्दोलन २ को सफलतापछि सहकारी खोल्ने होडवाजी नै चलेको थियो । अहिलेसम्म प्राप्त जानकारी अनुसार कीर्तिपुर नगरपालिका क्षेत्रभित्र करीव ८४ देखि ९० वटा सहकारी खुलेको छ ।

सानो ठाउँमा धेरै सहकारी खुलेपछि सहकारी विच ऋण प्रवाह गर्नेमा होडवाजी नै भयो । ऋण तिर्न नसक्ने ग्राहकले एउटा सहकारी छाडेर अर्को सहकारीमा ऋण लिन थाल्यो । यो कुरा एउटा सहकारीले अर्को सहकारीलाई जानकारी नदिने परिपाटीले सहकारीहरूको खराव कर्जा बढ्दै गए । यी कुराको ख्याल आएपछि कीर्तिपुरमा कारोवार गरिरहेका सहकारीहरूले एक आपसमा समन्वय गर्नु पर्ने महसुस गरी कीर्तिपुर सहकारी समन्वय समितिको गठन भयो । 

उक्त समन्वय समितिले विगत २ वर्षदेखि हरेक चैत २० गते सहकारी दिवस र कीर्तिपुरको सहिद दिवसको अवसर पारेर संयुक्त ¥याली निकाल्दै आइरहेका छन । गत बैशाख २८ गते शनिवार उक्त समितिले कृष्ण क्याटरिंग हलमा नव वर्ष २०७०को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरियो । सहकारी समन्वय समितिका संयोजक कीपू बचतका अध्यक्ष सिद्धि कुमार महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल हुनुहुन्थ्यो । समिति सदस्य सहकारीका अध्यक्षहरूलाई खादा ओढाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन कीर्तिपुर बहुउद्देश्यीय सहकारीका अध्यक्ष रमेश महर्जनले गर्नु भएको थियो । स्वागत मन्तव्य पाँगा महिला वचत तथा ऋण सहकारीका अध्यक्ष मेनूका महर्जनले दिनु भएको थियो । कार्यक्रमको उद्देश्य र कार्यक्रमको औचित्य बारे बोल्दै पाँगा बहुउद्देश्यीय सहकारीका सरवकुमार महर्जनले कीर्तिपुरमा सहकारी बैंकको शाखाको जरुरत भएको जानकारी दिनु भएको थियो । 

प्रमुख अतिथि केशव बडालले सहकारी समन्वय समितिको कदमको प्रशंसा गर्नु हुँदै सहकारीहरूले एकले अर्कासँग वैरभाव नराखी सहकारी भावनाले काम गर्नु पर्ने बताउनु भयो । उहाँले सरकारले नीजि वैंकहरूलाई गाँभ्न थाले जस्तै कमजोर सहकारी हरू पनि मर्ज गरेर जानु पर्ने सल्लाह दिनुभयो । शुभकामना कार्यक्रम पछि चियापानको आयोजना गरिएको थियो ।

No comments:

Post a Comment