Tuesday, April 30, 2013

न्यायपालिकाको सम्मान हो कि प्रतिशोध ?

अंक ८२ ने.सं. ११३३ सिल्लागा दुतिया बुधवाः २०६९ फागुन १६ गते बुधवार Feb 27, 2013
 
न्यायपालिकाको सम्मान हो कि प्रतिशोध ?

संविधानसभा विघटन गर्ने प्रधान्यायाधीश नै अर्को संविधानसभाको निर्वाचनका लागि नेतृत्व गर्न तयार

वार एशोसिएशन आन्दोलनमा

समाचार टिप्पणी : सन्दर्भ चुनावी सरकार

कीर्तिपुर सन्देश

प्रधानन्यायाधीश खिलराज रेग्मी जो संविधानसभाको म्याद थप गर्न नहुने फैसला गर्दा सर्वोच्चको इजलासमा नेतृत्व गर्नु भएको व्यक्तित्व हुनुहुन्छ अहिले उहाँ नै अर्को संविधानसभाको निर्वाचन गर्न सरकारको नेतृत्वका लागि तयार भएपछि नेपालको राजनीतिमा अर्को तरंग सिर्जना भएको छ । 

उहाँले सर्वोच्च अदालतका सहप्रवक्तालाई निर्देशन दिएपछि गत सोमावार जारी गरेको प्रेस विज्ञप्तिमा उहाँले आफू नेतृत्व गर्न तयार रहेको आशय व्यक्त गर्नु भएको थियो । 

सर्वोच्चका प्रधानन्यायधीश रग्मीलाई चुनावी सरकारको नेतृत्व गर्न एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरूले जुन ढंगबाट अगाडि सारेको छ यसलाई न्यायालयलाई सम्मान गरेको भनी टिप्पणी हुन थालेका छन् भने कुनै कुनै कानुन व्यवसायीले भने दलका नेताहरूले विगतमा न्यायालयका     कारणले संविधानसभा विघटन गरेको र जेठ १४ अगाडि संवैधानिक अदालतको प्रस्ताव गर्दा विरोध गरेको कारणले कतै न्यायलयप्रतिको प्रतिशोधको भावनाले विवादमा तानेको त हैन भनी प्रश्न उठाउन ठालेका छन् । दलका नेताहरूले रेग्मीलाई सरकारको नेतृत्व दिन लागेको विषय भोली चुनाव हुने हो कि हैन भन्ने विषयमा पनि जोडिएको छ । अतः भोलीका दिनवाट नै दलका नेताहरूको वास्तविक रुप र योजना थाहा पाउने अवस्था छ । यसै वीच कानुनी व्यवसायीहरूको साझा संगठन नेपाल बार एसोएिशनले भने आन्दोलन गर्ने तयारी गरेको छ । 

दलका नेताहरूले प्रधान न्यायधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न लागेको विषयमा वारले आन्दोलन गर्ने निर्णय मंगलवारको वैठकले निर्णय गरेको हो । यसै वीच अव खिलराज रेग्मीले दलका नेताहरूसंग लसपस गरेका कारण अव उहाँ इजलासलमा बस्न लाएक नभएको समेत टिप्पणी हुन थालेका छन् । यो घटनाक्रमलाई हेर्दा अव न्यायलय पनि विवादमा परेको स्पष्ट भएको छ । कानुन व्यवसायीहरू नै रेग्मीको नेतृत्वमा सरकार गठन गरी चुनाव गर्नुपर्ने मत राख्दै आएका छन् भने वार भने आन्दोलनमा जाने निर्णय गरिसकेको अवस्था छ ।

No comments:

Post a Comment