Tuesday, April 30, 2013

एमाले र कांग्रेसभीत्र चर्किएको आन्तरिक विवाद

अंक ८२ ने.सं. ११३३ सिल्लागा दुतिया बुधवाः २०६९ फागुन १६ गते बुधवार Feb 27, 2013
 
सम्पादकीय
 
एमाले र कांग्रेसभीत्र चर्किएको आन्तरिक विवाद
  
एकीकृत माओवादीले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव गर्नासाथै कांग्रेसका सभापति सुशील कोइरालादेखि एमालेका अध्यक्ष झलनाथ खनालले समेत विरोध गरेतापनि पछिल्लो समयमा सो प्रस्तावलाई समर्थन गर्दै सहमति समेत गरेका कारण दुबै पार्टी भित्र आन्तरिक विवाद् बढदै गएको अवस्था छ । 

एमालेको केन्द्रीय समितिको बैठकले राजीनामा दिएपछि मात्रै प्रधानन्यायाधीशाको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सवालमा सहमति हुन सक्ने म्याण्डेट दिइ शीर्ष नेताहरुलाई सो विषयमा निर्णय गर्ने जिम्मेवारी दिएको थियो भने उता एमालेको स्थायी समिति र केन्द्रीय समितिले पनि कांग्रेसले जस्तै शीर्ष नेताहरुलाई जिम्मेवारी दिएपछि दुबै दलका शीर्ष नेताहरु एमाओवादीको प्रस्तावमा समर्थन गरेपछि अन्य नेताहरुले सार्वजनिक रुपमै विरोध गर्दैै आएका कारणले पनि अव फेरी विवाद चर्कदै जाने संभावना बढदै गएको छ । 

उता प्रधानन्यायाधीश रेग्मीले समेत चुनावी सरकारको नेतृत्व गर्न सकारात्मक रहेको कुरा सार्वजनिक गरेपछि विरोध गर्दै आएका एमाले र कांग्रेसका नेताहरु अचम्मित भएका छन् । र अव कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफलमा ब्यस्त भएका छन् भने शीर्ष नेताहरुको पनि  विरोध गर्दै पार्टी भित्र अन्तरविरोधलाई चर्काउने संभावना पनि बढदै गएको छ ।

No comments:

Post a Comment