Wednesday, May 29, 2013

समय सँधै एकनास रहँदैन

अंक ९३ ने. सं. ११३३ बछलाथ्वा पञ्चमी बुधवाः २०७० जेठ १ गते बुधवार May 15, 2013

कविता

समय सँधै एकनास रहँदैन

राम महर्जन, की.न.पा. १६ नगाउँ
 
नविर्स नेताजी देशलाई यसरी
मुलुकलाई पर्दछ बाधा बेस्सरी
सम्झिने गर देशलाई पनि जसरी
नत्र चल्छ यो देश कसरी
    जुन बेला खानुछ औषधी मुलो
    समयको महत्व छ उही बेला
    आजको भोली हुन्छ कुबेला
    बेमौसमको बाजा नबजाउ तवला
राष्ट्रको सम्पति सम्हाल पाईपाई
नसिध्याउ यस्लाई केवल खाइ खाई
संचित गर यस्लाई पसिना चुहाई चुहाई
यसैमा देशको भविष्य हुन्छ हाई हाई
    नेता जो छ देशभक्त हाम्रो
    उसैलाई भनिएला आमाको सुपुत्र
    हुँदैन त्यो नेता कसैलाई चाम्रो
    नबिताउ समय व्यर्थमा नेताजी
देशको आवश्यकता के हो बुझ
नबुझी नलाग हचुवाको भरमा
सानालाई पनि समेटिने गर
समय सँधैं एकनास रहँदैन
   

No comments:

Post a Comment