Wednesday, May 29, 2013

मैत्री समाज कीर्तिपुरद्वारा रक्तदान कार्यक्रम

अंक ९३ ने. सं. ११३३ बछलाथ्वा पञ्चमी बुधवाः २०७० जेठ १ गते बुधवार May 15, 2013

मैत्री समाज कीर्तिपुरद्वारा रक्तदान कार्यक्रम


कीर्तिपुरमा कार्यरत सामाजिक संस्था मैत्री समाज कीर्तिपुरले गत बैशाख २८ गते शनिवार पाँगा माध्यमिक विद्यालयको प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरियो ।

उक्त कार्यक्रममा ३७ जनाले रक्तदान गर्नु भएको थियो । जसमा पुरुष ३२ जना र महिला ५ जनाले रक्तदान गर्नु भएको कार्यक्रमका संयोजक तीर्थराज सापकोटाले बताउनु भएको छ ।

उक्त कार्यक्रममा महिलाहरूको पनि उल्लेख्य उपस्थिति रहेका थिए तर रक्तदान गर्ने इच्छा हुँदाहुँदै पनि विभिन्न शारीरिक कारणले रक्तदान गर्न पाएन ।

No comments:

Post a Comment