Tuesday, May 28, 2013

कीर्तिपुर स्वयंसेवक समाज छैठौं क्यारियर हन्ट कार्यक्रम सम्पन्न

अंक ९३ ने. सं. ११३३ बछलाथ्वा पञ्चमी बुधवाः २०७० जेठ १ गते बुधवार May 15, 2013

कीर्तिपुर स्वयंसेवक समाज छैठौं क्यारियर हन्ट कार्यक्रम सम्पन्न

कीर्तिपुर स्वयंसेवक समाजले प्रत्येक वर्ष एस.एल.सी दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी जीवन उपयोगी सीपका साथसाथै पाठ्यपुस्तकका अक्तिरिक्त सैद्धान्तिक तथा व्यावहारिक मध्यम स्तरको ज्ञान दिई उनीहरूमा स्वःनिर्णय गर्न सक्ने क्षमता अभिबृद्धी गर्ने उद्देश्यका साथ आयोजना गर्दै आइरहेको क्यारियर हन्ट कार्यक्रमको छैठौं संस्करण यही २०७० वैशाख २१ गते शनिबार कीर्तिपुरमा सम्पन्न भएको  छ । 

उक्त कार्यक्रमको विगतको स्वरूपलाई परिमार्जन गर्दै यस वर्ष एक दिने कार्यशालाको रूपमा आयोजना गरिएको उक्त कार्यक्रममा यस वर्ष की.न.पा क्षेत्रका विद्यालयहरूबाट एस.एल.सी परीक्षामा सामेल भएका २९ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । उक्त एक दिने कार्यशालामा रोल मोडेल(उत्प्रेरक/प्रेरणादायी व्यक्तित्व), लक्ष्य निर्धारण (Goal Setting), व्यक्तित्व विकास(Personality Development) ,क्यारियर परामर्श (Career Counseling) विषयमा समाजका सहजकर्ताद्वय श्री आकर्षण प्रधान र श्री रूपेन्द्र महर्जनबाट विद्यार्थीहरूलाई सहजीकरण गरिएको थियो ।

स्मरणीय छ की.स्व.सले विगत पाँच वर्षदेखि निरन्तर क्यारियर हन्ट कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

No comments:

Post a Comment