Tuesday, May 28, 2013

सङ्घीय समाजवादी पार्टी, नेपालको काठमाडौं क्षेत्र नं.८ को क्षेत्रीय भेला सम्पन्न

अंक ९३ ने. सं. ११३३ बछलाथ्वा पञ्चमी बुधवाः २०७० जेठ १ गते बुधवार May 15, 2013
 
सङ्घीय समाजवादी पार्टी, नेपालको काठमाडौं क्षेत्र नं.८ को क्षेत्रीय भेला सम्पन्न

२०७० बैशाख २८ गते शनिवार पार्टीका महासचिव राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सङ्घीय समाजवादी पार्टी, नेपालको काठमाडौं क्षेत्र नं.८ को क्षेत्रीय भेला तथा क्षेत्रीय तदर्थ समिति गठन गर्ने कार्यक्रम जगत सुन्दर ब्वनेकुथि डल्लु लखुतिर्थ १५ वडामा सयौंको उपस्थितिमा सम्पन्न भयो ।

भेला आयोजक समितिका संयोजक वि.जि.रत्नको सभापतित्वमा भएको उक्त भेलाले २९ सदस्यीय क्षेत्रीय तदर्थ समिति, काठमाडौं क्षेत्र नं.८ गठन गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र श्रेष्ठले ल्याटिन अमेरिका ब्राजिल, भेनेजुयला आदि देशको उदाहरण दिंदै सङ्घीयता र समाजवाद सँगसँगै जान सक्दैन भन्नेहरूको खण्डन गर्नु भयो । 

उहाँले जनता भोका नाङ्गा रहे सङ्घीयता आइसके पछि पनि असन्तुष्ट हुने भएकोले समाजवादमा मात्र सङ्घीय शासन दिगो हुने कुरा बताउनु भयो । पूंजीवादले जातीय मुक्ति र वर्गीय मुक्तिको समस्या एक साथ हल गर्न नसक्ने भएकोले सङ्घीय समाजवाद आवश्यक रहेको बताउनु भयो । उहाँले लोकमान प्रकरणको सन्दर्भमा कांग्रेस र एमालेले द्वैध चरित्र देखाएको आरोप लगाउँदै ४ पक्षीय सिण्डिकेट रुपी मुहान नै फोहर भएपछि यस्ता घटना घटिरहने भएकोले ११ बुँदै ४ पक्षीय सहमति र २५ बुँदे संविधान संशोधन आदेश खारेज हुनुपर्ने बताउनु भयो । समुद्रमा गोहिले अन्य जीव जन्तु खाएपछि सायद आपूmले पाप पो ग¥यो कि भनेर आँसु बगाए जस्तै अहिले कांग्रेस एमालेले लोकमान प्रकरणमा गोहिको आँसु बगाएको आरोप लगाउनु भयो ।
अन्य वक्ताहरूमा पार्टीका केन्द्रिय सल्लाहकार समितिका सभापति मङ्गलसिद्धि मानन्धर, स्थायी समिति सदस्य तथा नेवाः प्रदेश इन्चार्ज केवि घःजु केन्द्रिय सदस्य सुवर्णमान डंगोल, सङ्घीय समाजवादी महिला संघका महासचिव लिला सिटौला, संङ्घीय तथा जातीय मामिला विभागका सदस्य मनरत्न शाक्य लगायतले पनि आफ्नो धारणा राखेका थिए ।

अन्य अतिथिहरूमा केन्द्रिय सदस्य तथा संगठन विभागका सचिव लालवहादुर तामाङ, केन्द्रिय सदस्य एवं काठमाडौं जिल्ला अध्यक्ष सानुराजा शाक्य, केन्द्रिय सदस्य तथा प्रचार विभाग उप प्रमुख रमेश चन्द्र श्रेष्ठ, काठमाडौं जिल्ला सचिव हिराकाजी महर्जन, काठमाडौं जिल्ला आर्थिक विभाग प्रमुख राजु सुवेदी रहेका थिए । भेलाको अन्त्यमा क्षेत्रीय तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि राजेन्द्र श्रेष्ठले शपथ ग्रहण गराउनु भएको थियो । काठमाडौं क्षेत्र नं.८ को क्षेत्रीय तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरू निम्न अनुसार रहेका छन ।

अध्यक्ष वि.जि.रत्न, उपाध्यक्ष बाबुराजा महर्जन, सचिव कृष्ण ठकुरी, उपसचिव केशरमान श्रेष्ठ, सदस्यहरू श्रीकृष्ण महर्जन, सञ्जय रौनियार, पुरुषोतम डंगोल, शारदामुनि बज्राचार्य, हरिओम जोशी, कुमेश बज्राचार्य, रुवि शाक्य, कविन्द्रनाथ कपाली, सुदर्शन मुनि बज्राचार्य, गणेशमान श्रेष्ठ, नानीमाया प्रजापति, आशिष श्रेष्ठ, सुजन प्रधान, कुमार डंगोल, सुरज सायमि, विजय डंगोल, हरिगोपाल महर्जन, विकास महर्जन, रमेश मालाकार, प्रकाशलाल जोशी, किरण महर्जन, मच्छे वहादुर अमात्य, रमिता शाक्य, केदारलाल श्रेष्ठ र रमेश महर्जन

No comments:

Post a Comment