Sunday, January 30, 2022

खेल जगत—ग्वंगः कासा (cock fight game)

 खेल जगत—ग्वंगः कासा (cock fight game)



प्रदिप महर्जन

ग्वंगः कासा नेवार समूदायमा एकदमै प्रचलित स्थानीय परम्परागत खेल हो । सायद हाम्रा थुप्रै नेवार पाठक वर्गहरु पनि आपूm बाल्यकालमा यो ग्वंगः कासा धेरैले खेलेको हुनु पर्दछ । तीस पैतीस वर्ष पहिले अहिले जस्तो केटाकेटीहरु को हातहातमा खेल्ने सामाग्रीहरु थिएन । त्यसैले त्यतिबेलाका बालबालिकाहरु आप्mना साथीहरुको समूहमा चोक बहालमा निस्केर मिलेर खेल्ने र रमाइलो गर्नुको बिकल्प थिएन । त्यस बखत नेवार समूदायका केटाकेटीहरुको समूहमा खेलिने रमाइला खेलहरुमा गुच्चा, ह्वाक्रा, तासपास, आसपास, तकमल्चा, जलाघला, ग्वंगः कासा, देगः कासा (ग्याम बल) आदि खेलहरु मध्ये खेल्ने र हेर्ने दुबै समूहको लागि एकदमै रमाइलो खेलमा ग्वंगः कासा पर्दछ । यो खेल खेल्नको लागि खेलाडीमा बल तागत पूmर्तिलोपना बेग छल्ने क्षमता सबै उतिकै आवश्यक हुन्छ । बिषेशत एक खुट्टाले मात्र टेकेर उफ्रीउफ्री जानु पर्ने भएकोले तिघ्राको मांसपेशिक बल वा शक्ति हुनुपर्दछ । त्यस्तै खेलाडीको पाखुरा र कुम पनि बलियो हुनु पर्दछ । यो खेल कुखुराको भाले जुध्दा उफ्रेर खुट्टाले एकले अर्कोलाई लात्ताले हाने जस्तै गरेर एकले अर्काेलाई कुमले हानेर खेलिने भएकोले यसलाई ग्वंगः कासा ( cock fight game) अर्थात भाले जुधाई खेल भनिएको हो । ग्वंगःको अर्थ हो भाले कुखुरा । नेवार समूदायमा महिला र पुरुष विषेश वीच खेलिने छुट्टा छुट्टै स्थानीय परम्परागत खेलहरु छन् । त्यसमध्ये ग्वंगः कासा पुरुषहरु वीच खेलिने खेल हो । यो खेल्न एउटा खुल्ला चउर, सिटी भए पुग्छ । यो खेल एक्ला एक्लै, दुई समूहबीच र सबै एउटै समूहमा खेल्न सकिन्छ । एउटै समूह बनाएर खेलेमा निश्चित घेरा भित्र खेल्न उभिएका खेलाडीहरुले खेल सुरुको संकेत दिनासाथ एक खुट्टाले टेकेर उफ्री उफ्री कुमले हानेर बिपक्षीलाई लडाउने वा समातेको हात फुस्काउने प्रयास गर्छन । अन्तिम समयसम्म बाँकीरहेको खेलाडीलाई नै बीजयी घोषित गरिन्छ । त्यस्तै एक्लाएक्लै खेल्ने क्रममा  पनि निश्चत घेरा भित्र खेल्न उभिएका खेलाडीहरु खेल सुरुको संकेत पाउने वितिकै एकले अर्काेलाई कुमले ढकेल्न अगाडी जान्छन् भने खेल जित्ने खेलाड् िअर्को चरणमा प्रबेश गर्ने गरिन्छ । 

खेल्ने तरिका

यसको लागि २.५ मिटर अर्धव्यास भएको एउटा गोलो घेरा चाहिन्छ । यो रमाइलो खेल खेल्नको लागी सबैभन्दा पहिले खेल्ने खेलाडीहरु तयारी अवस्थामा हुनुपर्दछ । तयारी अवस्थामा बस्दा खेलाडीहरुले आप्mनो दायाँ वा बायाँ गोडा पछाडी खुम्च्याउनु पर्दछ । यसरी दायाँ खुम्च्याएको भए दायाँ हातले र बायाँगोडा भए बायाँहातले गोडा समात्नु पर्दछ । त्यस पछि त्यो गोडा समातेको दायाँ वा बायाँहातको नाडीमा अर्काे हातले नफुस्कने गरी पछाडीबाट समात्नु पर्दछ । 

यसरी समातेर तयारी अवस्थामा बसे पछि अम्पायरले खेल सुरुको सिठी बजाए बछि एक खुट्टाले टेकेको अवस्थामा उफ्रीउफ्री अगाडी बढेर भाले कुखुराले खुट्टाले लात हाने जस्तै गरी कुमले एकले अर्काेलाई हान्नु वा धकेल्नु पर्छ । यसरी धकेल्न आउँदा आफुले छलेर पुनः उस्लाई हान्ने प्रयास गर्नु पर्दछ भने कहिले त्यसै माथी जाईलाग्नु पर्छ । यसरी खेल्दा विपक्षिलाई धकेलेर घेरा बाहिर पठाउनु पर्छ अथवा उस्ले खुट्टा समातेको हात फुस्कने गरी धकेल्नु पर्छ । जस्ले विपक्षिलाई हात फुस्काउने वा घेरा बाहिर पठाउन सक्छ उसैको जीत भएको  मानिन्छ । कहिले काहिं आफुले हान्न जाँदा बिपक्षिले छलेर आफु धलमलिंदै लडेर हात फुस्केमा पनि आप््mनो हार हुन सक्दछ । यो खेल खेल्दा कुनै खेलाडीले बिपक्षिलाई घुँडाले हान्ने त्यस्तै टाउको वा कुहिनाले हान्ने गरेमा गल्ती मानिन्छ । यदि कुनै खेलाडी लडेर पनि खुट्टा समातेको हातफुस्केको छैन र उठेर आउन सक्छ भने उस्ले पुनः खेल्न पाउने हुन्छ । त्यसैले यो खेलमा जित्नको लागि घेरा बाहिर पठाउने वा हातफुस्कने गरी धकेलेर लडाउनु नै पर्ने हुन्छ ।


No comments:

Post a Comment