Saturday, January 8, 2022

लोक नृत्य हाम्रो पहिचान —राजु महर्जन, कुटीसौगल, ललितपुर

 लोक नृत्य हाम्रो पहिचान —राजु महर्जन, कुटीसौगल, ललितपुर


                                    राजु महर्जन 

लोकनृत्य कहिल्यै अन्त्य नहुने कलाकारीता हो । यो नेपाल र नेपालीको सिंगो पहिचान र अस्तित्व हो नृत्य तथा अभिनय कला क्षेत्रमा अविस्मरणीय कलाकार राजु महर्जन संगको छोटो संवाद

                               — प्रस्तोता ः पवन जोशी

१.राजु हिजो आज केमा व्यस्त हुनुहुन्छ ?

—हिजो आज कोविड १९को प्रभाव अलि कम छ त्यसैले नृत्य कक्षा तथा कल्चर ठेटर अनलाईन मेडीया युट्यूव च्यानल संचालनको काममा लागी रहेको छु ।

२.के को निम्ति च्यानल खोल्ने विचार गर्नु भो ?

—नव प्रतिभा भएका कलाकारहरुलाई सामाजिक संजालबाट प्रचार प्रसार गरी वहांहरुको पहिचान जन समक्ष प्रस्तुत गर्ने लक्ष लिएर च्यानल खोलन लागेको हो ।

३.तपाईंले करिवन ५ दशक कलाक्षेत्रमै समर्पित हुनु भो त्यसको उपलब्धी ?

—सत कर्ममा लागेपछि उपलब्धी नहुने त सवालै हुँदैन, मैले पनि नृत्य प्रशिक्षक र कलाकारको पहिचान पाएँ, २–४ प्रतियोगितामा भाग लिएर २–४ वटा अवार्ड जित्न सफल भएँ आत्मा सन्तुस्त छु ।

४.तपाईंको विचारमा अभिनय के हो ?

—समाजमा घटेका घटनाहरुलाई छरप्रष्ट गरी चेतना मुलक सन्देश प्रवाह गर्नुनै अभिनय हो । अभिनयबाटै मनुष्य जातीलाई सकारात्मक सोंचमा परिवर्तन गर्ने उपाय पनि हो ।

५.तपाईंलाई कस्तो भुमिका मन पर्छ ?

—हाँस्ने हँसाउने स्वास्थ्यको लागी लाभदायक भनिन्छ मलाई पनि हँसाउने भुमिका असाध्य मन पर्छ । त्यसैले आजसम्म मैले धेरै चलचित्रमा अभिनय गरें, हाँस्य विधालाई नै प्राथमिकता दिइराखेको छु ।

६.अभिनय र नृत्य क्षेत्रमा गुरु हुन सजिलो कि चेला ?

—साँच्चै भन्नु पर्दा म विशुद्ध जनजाती नृत्य र संगीतको पुजारी कलाकार, मेरा उद्देश्यनै जातिय कला संस्कृतिको उत्थानमा टेवा पु¥याउने हो । म संग दक्षता छ, गुरु हुँदा चेलाहुँदा केही फरक पर्दैन । सहर्ष स्वीकार्छु ।

७.म्यूजिक भिडियो निर्माण गर्नुको अर्थ ?

—परिवर्तित समाचारमा दर्शक सम्म आफ्नो प्रतिभा प्रस्तुती लिएर जाने उपाय हो । यो वर्तमान समयको माग भनौ वा दर्शकहरुको चाहना ।

८.किन तपाईं लोकनृत्यलाई प्राथमिकता दिनु हुन्छ ?

—मैले न्यू हिमाल चूली कल्चरल ग्रुपमा ७ वर्ष जे सिकें त्यसैलाई निरन्तरता दिंदै आजसम्म लोक नृत्यलाई जातिय शान र पहिचानस्वरुप संसार भरी प्रख्यात छ । नेपाली लोकनृत्यलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो ।

९.हाँस्य कलाकार हुन के के गर्नु पर्छ ?

—आपूmले चाहेको काम पुरा गर्न मेहेन लगन हुनु जरुरी छ । हचुवा भरमा हैन सम्बन्धित विषयमा ज्ञान हासिल गरेर लाग्नुस भविष्यसम्म पनि तपाईंको भाग्य उज्यालो रहन्छ ।

१०.अन्तमा ?

—मनका कुरा राख्ने ठाउँ दिन भएकोमा कीर्तिपुर सन्देश साप्ताहिक परिवारलाई अभिवादन । सम्पूर्ण नेपालीहरुले कला संस्कृती र संस्कारलाई अंगाल्दै संरक्षण गरी दिनु हुन विनम्र अनुरोध गर्दछु ।


No comments:

Post a Comment