Thursday, February 3, 2022

कुशल कर्म नै धर्म हो ... गीता शाक्य, लगनखेल, ललितपुर

 कुशल कर्म नै धर्म हो ... गीता शाक्य, लगनखेल, ललितपुर


                             गायीकाः गीता शाक्य

ज्ञानमाला भजनबाटै मानविय जीवनमा सतकर्म, धर्म र ज्ञान प्राप्त गर्ने साधना हो । संगीत कला क्षेत्रमा लामो समय निरन्तर भजन गायनमा समर्पित गायीका गीता शाक्य संगको छोटो संवाद ।


प्रस्तोता ः पवन जोशी

१.गीताजी के मा व्यष्ट हुनुहुन्छ ?

—हिजो आजको परिस्थितिले गर्दा संगठित रुपमा ज्ञानमाला भजन ठप्पनै छ भन्नु प¥यो तर पनि अहिले एउटा नयाँ भजनगीत रेकर्ड गर्ने तयारिमा रियाज क्रम जारी छ ।

२.१८ वर्ष निरन्तर ज्ञानमाला भजनमा लाग्नु भयो, कतिको बुद्धज्ञान प्राप्त गर्नु भयो ?

—बुद्ध ज्ञान प्राप्तीको निम्ति समयको हिसाब हुँदैन, त्याग तपस्या र बलिदानको आवस्यक्ता हुन्छ । हामीले त बुद्धको उपदेश –शिक्षा) सांगीतिक मार्फत प्रस्तुत गर्ने हो । जती ज्ञान प्राप्त गरें त्यसलाई व्यवहारमा उतार्ने प्रयासको निम्ति हामीहरु ज्ञानमाला भजनमा लागी रहेका छौं ।

३.ज्ञानमाला भजनमा ज्ञानै ज्ञानको माला बुनिन्छ सत्य हो ?

—शान्तिको लागी एक चित्त भएर अगाडी बढनुनै बुद्धधर्म र मानविय कर्म हो । बुद्ध ज्ञान प्राप्त गर्न सक्यौं भने सुख शान्ति र आनन्दमय जीवन यापनमा मदत पु¥याउछ । लोभ पाप र मोहको अन्त हुन्छ ।

४.ज्ञानमाला अज्ञानीहरुको निम्ति अर्थहिन हैनर ?

—ज्ञानमाला कहिल्यै कसैको लागि अर्थहिन हुँदैन, अबुझ र अज्ञानीहरुलाई ज्ञान दिलाउँदै अज्ञानबाट मुक्त पार्ने उपाय नै ज्ञानमाला हो । सहज रुपमा बुझन सक्ने र क्षमता अनुसार ज्ञान प्राप्त गर्न सकिने छ ।

५.गायीका संग हुनुपर्ने ज्ञानहरु के के हुन ?

—सुर, संगीत, तालको साथै शुद्ध उचारण र शब्दको भावनात्मक अभिव्यक्त गने क्षमताको विकास गर्नु जरुरी छ ।

६.भजन गीत गाउँदा मन हलुका हुन्छ, सुन्नेले के पाउंछ ?

—गीत भनेको मन वहलाउने शुत्र मात्र नभई देवी देवताहरुको गुणलाई दर्शाएको हुन्छ अझ बुद्धभजन गीतमा मानव जातीलाई सही तरिकाले जिउने मार्ग दर्पण गराउंछ । विभिन्न अर्ती उपदेश पाउने भएकोले श्रोताहरुको मन आनन्द हुन्छ ।

७.महिलाहरु घरको कामबाट पंछिन ज्ञानमाला भजनमा लाग्छीन भन्छननी ?

—आरोप लगाउनेको मुख कस्ले थुन्न सक्छ र , महिलाहरुको उन्नती हेर्न नसकेर होला, सांचै भन्नु पर्दा जुन कुनै क्षेत्रमा पनि पुरुष सरह काम गरेकै छ ।

८.अरुलाई पाप गर्न लगाएर धर्म कमाउनेलाई के भन्नु हुन्छ ?

—स्वार्थी अधर्मी । धर्म भनेको कुशल कर्मलाई भनिन्छ । चित्त शुद्ध गरी सम्पूर्ण मानव जातीको हितमा कुशल कर्म गर्नुनै धर्म हो ।

९.महिला हिंसा भन्नाले के बुझनु हुन्छ ?

—लिङ्गभेड गर्दै पहिचानको निम्ति अगाडी बढनबाट बाधा पु¥याउन सबैखाले कृयाकलापलाई म महिला हिंसा भन्न चाहन्छु ।

१०.तपाईंले कतिवटा गीत गाउनु भयो ?

—म प्रायः भजन गीत समुहमा गाउन मन पर्छ धेरै गीतहरु पनि गायीसकें एकलमा भन्नु पर्दा ३ वटा मात्र रेकर्ड भयो ।

११.किन म्युजिक भिडियो निर्माण गरिन्छ ?

—सुनमा सुगन्ध ठप्न अर्थात शब्द र संगीतको भावनालाई अभिनयको प्रस्तुतीबाट छरप्रष्ट अभिब्यक्त गराउँदै भाषा नबुझने. दर्शकहरुलाई बुझाउन ।

१२.अन्तमा ?

कीर्तिपुर सन्देश साप्ताहिक पत्रिका मार्फत मनका कुराहरु व्यक्त गर्न पाउंदा धेरै खुसि लाग्यो, साप्ताहिक परिवारप्रति हार्दिक अभिवादन ।


No comments:

Post a Comment