Sunday, February 6, 2022

अबको आवश्यकता व्यवस्थित आवास निर्माणमा नयाँ टे«ण्डको साथ

 अबको आवश्यकता व्यवस्थित आवास निर्माणमा नयाँ टे«ण्डको साथ



ई.शरद मंगल जोशी

‘प्रजातन्त्र’ आगमन पछि तीव्रतर रुपमा काठमाडौंमा आवादी बढ्यो । पचासको दशकको अन्त्यसम्म देखिने काठमाडौंका खुल्ला फाँट, खेत, जमिन सिध्याउँदै माओवादी शान्तिप्रक्रियामा आएको केहि वर्ष भित्रै अब काठमाडौं खाली जमिन नै देख्न नसकिने अवस्था सिर्जना भएको छ । प्रारम्भमा जबर्जस्ती र २०४६ साल यता कौडीको भाउँमा बेचेर अन्ततः काठमाडौंको जमिन रैथानेहरुको हातबाट सिद्घिएको छ ।

उपत्यकामा अहिले काठ क्षेत्रका जग्गाहरु प्नि सबै भरीभराऊ भइसकेका छन् । काठमाडौं मै घर जग्गा जोड्ने मानिसहरुको चाप भने घटेको छैन । यसैकारण अहिले काठमाडौं केन्द्रबाट १५/२० किलोमिटर टाढासम्म पनि धमाधम प्लटिङ्ग भइरहेको देख्न सकिन्छ । प्लटिङ्गको नाममा डाँडै पिच्छे डोजर लागेको देखिन्छ । डाँडा काटेरसम्म देखाउन कतै खोला नाला नै थुनिएको छ भने, कतै डाँडा काट्दा बलौटे माटो मात्रै निस्किएपछि त्यसमा ढलान गरिएको छ । भिरालो जमीनमा गरिएका प्लटिङ्गमा पुछारतिरका जग्गा सबै भरान माटोको भरमा छोडिएका छन् । त्यसमाथि बलौटे माटो रहेको ठाउँमा न पुछार तिरका जग्गामा घर बनाउनै मुस्किल हुन्छ ।

डाँडा काटिएको ठाउँमा त राम्रै घर बने पनि तल माटो मात्रै भरिएको ठाउँमा भने जग हाल्ने माटो पनि नभेटिने सम्भावना रहेकोले यस्तो ठाउँमा ठूलो घर बनाउन मिल्दैन । यसरी अव्यबस्थित बीती निमार्ण बढ्नुमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रलाई निकै धेरै कर्जा प्रवाह हुनु पनि एक कारण हो । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह भएको कुलकर्जा मध्ये सबैभन्दा धेरै धितो राखेर लिइएको छ । २०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानी मारहेको कर्जामध्ये ६६.५% प्रतिशत कर्जा घरजग्गा धितो राखेर प्रवाह भएको छ । २०७७ मंसिर मसान्तमा घरजग्गा धितोमा प्रवाहित कर्जाको ६६.३% प्रतिशत थियो । तर पुष माघमा घरजग्गा व्यापार केही सुस्ताए पनि कोरोना संक्रमण दर घटेसंगै नेपालमा सब्भन्दा पहिला तंग्रिने भनेकै रियलस्टेट हो । यो क्षेत्रलाई व्यवस्थित तरिकाले ल्याएमा धेरैलाई माथि लैजान सक्छ । यो क्षेत्रसंग २५० व्यापार जोडिन आइपुग्छन् । डण्डी, सिमेन्ट, गिट्टी, झ्याल ढोका, इँट्टा, बालुवा, इलेक्ट्रिकल सामान लगायत विक्री पनि हाउजिङ्ग निमार्णमै जोडिन्छ ।

मनिसका लागि गाँसपछिको दोस्रो आवश्कता बास हो । त्यसैले पनि रियलस्टेटको व्यापार सदाबहार नै हुन्छ । त्यसैले कोरोना संक्रमण दर घटेपछि सबभन्दा पहिले तंग्रिने भनेकै रियलस्टेट हो । सबै मानिसलाई ३/४ आना जग्गा बाँडेर पुग्दैन । सबैलाई पुग्ने गरि नयाँ टे«ण्ड सहित ब्यबस्थित आवास निर्माण गर्नु पर्दछ । संसारभरि नै उचित बसोबासको लागि ‘स्काई लिभिङ्ग’ उत्तम विकल्प हो । त्यसैले ‘हाइराइज अपार्टमेन्ट’ बनाउन संबन्धित निकायले पनि जोड दिनु पर्दछ र यस्ता अपार्टमेन्टहरु बलियो तरिकाले बनाउनु पर्दछ ।

नेपालमा ब्यबस्थित आवास विकास हुन थालेको १८ वर्ष जति भयो । यो अवधिमा व्यव्स्थित आवास परियोजनाहरु हाउजिङ्ग, कोलोनी र अपार्टमेन्टमा बस्ने परिवार १८ हजार हाराहारी पुगेका छन् । अहिले हाउजिङ्ग व्यवसायी संग अपार्टमेन्टको यूनिटहरु सकिंदै छ । हाउजिङ्गका सिगंल घरहरुको स्टक पनि एकदमै कम छ । यसबाट हामीले थाहाँ पाउँछौं कि नेपालमा ‘हाइराज’ अपार्टमेन्ट देखि सिगंल घरको माग उच्च छ । व्यवस्थित आवास परियोजनामा विक्रीका लागी अपार्टमेन्टका इकाइ छैनन् । त्यसकारण नयाँ परियोजना नयाँ टे«ण्डका साथ ल्याईदा बिक्री हुन्छ भन्नेमा कुनै शंका छैन ।

नेपालीहरुलाई पनि बिस्तारै व्यवस्थित आवासमा बस्ने बानी परिसकेको छ । त्यसैले नयाँनयाँ हाउजिङ्ग परियोजना ल्याउनु पर्दछ जस्लेगर्दा व्यवस्थित बस्ति विकास हुन जान्दछ । एक पटक व्यवस्थित आवास भित्र बसेको व्यक्ति हत्तपत्त बाहिर निस्कन खोज्दैन । अन्त बस्न पनि सक्दैन । बरु उस्ले व्यवस्थित आवास क्षेत्र भित्र बस्न अरुलाई पनि प्रोत्साहित गरिरहेको हुन्छ । 

सरकार र स्थानिय निकायले पनि व्यवस्थित आवास विकासकर्ता लाई प्रोत्साहित गरि छिटो भन्दा छिटो स्वीकृति दिने व्यवस्था गर्नु पर्दछ । अझ यसमा बाहिर विदेशमा जस्तो बैंकको ब्याज पनि कम वा सस्तो बनाइदिनु पर्दछ । अस्टे«लियाले पूर्वाधार र आवास निर्माण क्षेत्रलाई पहिलो प्राथमिकता राखेको छ । ऋणको ब्याज ०.५ प्रतिशतमा झारिसकेको छ । अमेरिकामा ४० वर्षयताकै सबैभन्दा सस्तो ब्याजमा घरजग्गा कर्जा उपलब्ध हुन थालेको छ ।

व्यवस्थित आवासको राष्ट्र बैंकले पनि  एक कदम अघि बढेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले पनि अनौपचारिक र औपचारिक भनेर हाउजिङ्ग क्षेत्रलाई पहिचान गर्ने काम गरेको छ । सरकारबाट अनुमति प्राप्त गरी विकास गर्ने व्यवस्थित आवासलाई बैंक तथा वित्तीय संस्थाहरुबाट ६० प्रतिशतसम्म ऋण दिने व्यवस्था भौटिक नीतिले समेटेको छ । यसअघि ४० प्रतिशतसम्म ऋण दिइने गरेकोमा अहिले त्यसलाई बढाएर ६० प्रतिशतसम्म पुगेको छ । यसबाट अझै प्रष्त हुन्छ व्यवस्थित आवासका परियोजना सहजै विक्री हुने अवस्था छ ।

अब कुरा गरौं व्यवस्थित आवासका परियोजनाहरुमा बढी भन्दा बढी खुल्ला क्षेत्र राखि आवास क्षेत्र निमार्ण गर्नु पर्दछ । यसरी खुल्ला क्षेत्र सहित परियोजनाहरु ल्याउन अब नयाँ टे«ण्ड भित्रयाउनु पर्दछ । विश्वका ठूला शहरहरुमा अपार्टमेन्ट स्टार होटल र सपिङ्गमल सहितका परियोजना निर्माणमा नयाँ टे«ण्ड शुरु गरि सकेका छन् र यस्ता स्थापित टे«ण्ड नै भैसकेका छन् । अब नेपालमा पनि रियलस्टेटमा नयाँ टे«ण्ड आएको छ । नयाँ ट्रेण्ड भन्नाले पाँचतारे होटल, अपार्टमेन्ट र सपिङ्गमलको फ्यूजन हो । नेपालका केही क्षेत्रमा यो नयाँ ट्रेण्ड अनुसार परियोजनाहरु निमार्ण भइसकेका छन् र कति निमार्णहरु बन्दै पनि छन् । नेपालमा यी नयाँ ट्रेण्ड कुपण्डोल हाईतमा रहेको समित होटलको ठाउँमा अपार्टमेन्ट सहितको पाँचतारे होटल संचालनमा आउँदै छ । 

महाराजगंजको काठमाडौं भ्याली पब्लिक स्कुल भएको ठाँउमा अपार्टमेन्ट सहितकै पाँचतारे होटल बनाउँदै छ । ठमेलको छाँया सेन्टरमा पाँचतारे होटल र मल्टिप्लेक्स सहितको सपिङ्ग कम्पलेक्स संचालनमा आइसकेको छ । ताहचलमा अपार्टमेन्ट सहितको पाँचतारे होटल संचालनमा ल्याइसकेको छ । चाबहिलको गोपीकृष्ण हल भत्काएर पाँचतारे होटल, सपिङ्ग कम्पलेक्स र मल्टिप्लेक्स सहितको बिशाल परियोजना बनाउने भइसकेको छ । यी रियलस्टेट नयाँ ट्रेण्डमा एउटै  परिसर भित्र होटलमा खान बस्न, कम्पलेक्समा सपिङ्ग गर्न, अपार्टमेन्टमा बसोबास गर्न र मल्टिप्लेक्समा सिनेमा हेर्न पाइन्छ । यस्ता अपार्टमेन्टमा होटल कै सरह सेवा सुविधा उपभोग गर्न पनि पाइन्छ ।

नेपालमा यस्ता परियोजनाहरु एक पछि अर्को आउनु कारणमा शहरको महंगो मूल्यको जग्गामा रिर्टन अफ इनभेष्टमेन्ट पाउनका लागि र खुल्ला क्षेत्र पनि हुने हुँदा अपार्टमेन्टलमई जोड्न थालिएको छ ।

हस्पिटालिटीमा यो विजनेश मोडल विश्वभरी चल्न थालेको छ । कुनै पनि होटल संचालन गरेर एक दशकसम्म नाफा कमाउन सम्भव छैन । तर होटलमा ठूलो लगानी हुने हुदाँ बैंकको ऋणको बोझ बोकि राख्नु पर्ने हुन्छ । यदि अपार्टमेन्ट बनाएर विक्री गरी होटल बनाउन सकियो भने सुरुदेखि नै होटल ऋणमुक्त हुन्छ । त्यसैले पनि नेपालमा यी नयाँट्रेण्ड रियलस्टेटमा चल्न थालेको छ । अब बाकि परियोजनाहरु पनि यी ट्रेण्ड ल्याउन सकेमा खुल्ला क्षेत्र सहित व्यवस्थित विकास सहित कोभिडले थिलो थिलो परेको नेपालको अर्थतन्त्रलाई उकास्नमा पनि मद्दत गर्दछ ।

(लेखक रियलस्टेटमा २० वर्षको अनुभव प्राप्त)

No comments:

Post a Comment