Saturday, July 24, 2021

प्रसंग ः दलित र घरबेती

 प्रसंग ः दलित र घरबेती




मिरा राजभण्डारी अमात्य

मेरा केही खस ब्राह्मण मित्रहरू छन् । उनीहरूका चुल्हातिर मैले छुनु हुन्न, वा मन पराउँदैनन् । 

म दलित होइन, भक्तपुरको तलेजुको राजभण्डारी (भारी) अर्थात छ डोरे नेवाः अर्थात छ्ः वता जनै लगाउने नेवाः । मेरा कथित खस ब्राह्मण साथीहरूको चुल्हातिर जान वर्जित मलाई जातिये बिभेद गरेको भन्दिन । त्यो तिनीहरूको अधिकार क्षेत्रका व्याबहारिक कुरा हुन्, मेरो घरमा तिनीहरू आउँदा मेरो पूजा कोठामा प्रवेश निषेध छ, मेरो कुल देवता भएको कारण । 

अहिलेको सस्तो लोकप्रियताको लागि उठाइएको दलित र प्रधान मुद्धाको प्रकृती हेर्दा त मेरा घिमिरे, पौडेल, अधिकारी, कोइराला, न्यौपाने साथीहरूमाथि मैले र ममाथि जातिय् बिभेद गरेको बिरुद्ध मुद्धा हालाहाल गर्नुपर्ने देखियो त । 

दोश्रो  कुरा ः मेरो घर बने पछी पहिले भाडा बस्नेहरू मुश्लिम समुदायका थिए । मुश्लिम समुदाय हाम्रो पूजा आजामा प्रयोग भएका प्रशाद खानु हुन्न । एउटै घरमा बर्षौ धारा पानी एक भएर मिलेर बस्यौ । भाडामा दिंदा थर समुदाय भन्दा पेशा र शिक्षालाई बढी प्राथमिकता दिने गरिन्छ काठमाण्डौमा । 

बिशेष पत्रकारलाई कोठा दिन मन पराउदैनन यो चाँही मलाई नि थाहा छ । समावेशी अधिकार स्थापित गर्न पत्रकार महासंघमा हामीले समेत धेरै जेहाद छेड्यौ, अहिले महासंघ पूर्ण समावेशी बनेको छ । 

राज्यद्वारा भए गरिएका सार्वजनिक श्रोत सुविधामा जातिय् लैङ्किक बर्गिय छेत्रीय बिभेद गर्न पाइन्न तर ब्यक्तिगत सम्पत्तीमा ब्यक्ती बिशेषको मौलिक र नितान्त निजी अधिकार हुन्छ । 

नियतबस रेकर्ड बोकेर अरूका घर दैलोमा आँफै आफुलाई दलित भन्दै कोठा नदेओस मै भन्ने मनोवैज्ञानीक उक्साहत गरेको देखिएको प्रधान दलित प्रकारणले काठमाडौं उपत्यका रैथाने नेवा बिरुद्ध जातिय हिंसा भड्काउने नियत स्पष्त देखिन्छ । हिजोका दिनमा किर्तिपुरमा भएको घरबेती मधेसी बिच र गर्भवतीलाई डेराबाट निकालजस्ता पकापकाया द्वन्दलाई उदाहरणको रूपमा लिन सकिन्छ । 

जातिय् हिंसा भड्काउन हाल गरिएको घरबेती दलित प्रकरणका पात्रमाथि हालको संचार नितीले प्रश्न ऊठाउने ठाउँ पनि दिएको छ । के स्रोत ब्यक्तीसँग अनुमती नलिइकान भ्वाइस रेकोर्ड प्रयोग गर्न पाईन्छ ? मेरा पत्रकारिताका गुरु तत्कालिन चिफ रिपोर्टर (कान्तिपुर) नारायन वाग्लेज्युले समेत् कथित दलित (पीडित भनिएका)लाई खुल्ला हृदयले बधाई दिएको देख्दा कही हाम्रो पत्रकारिता नै समाज जोड्न भन्दा तोड्नतिर लागि परेको त छैन भन्ने शंकालु प्रश्न उब्जाइ रहेको छ ।


No comments:

Post a Comment