Friday, July 23, 2021

कीर्तिपुर नगर सम्वाद ः डिएसपी ठाकुरप्रसाद पोखरेलसंग भलाकुसारी

 कीर्तिपुर नगर सम्वाद ः डिएसपी ठाकुर प्रसाद पोखरेलसंग भलाकुसारी 



                              डिएसपि ठाकुर प्रसाद पोखरेल

‘दुई बर्षभित्र कीर्तिपुर प्रहरी वृत्त पूर्वाधार सम्पन्न हुनेछ !’

संक्षिप्त परिचय ः 

प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेल,

प्रमुख एवं ईन्चार्ज, महानगरीय प्रहरी वृत्त, कीर्तिपुर ।

जन्म ः गोरखा जिल्ला, पालुङटार नगरपालिका वडा नं. २

नेपाल प्रहरी प्रवेश ः २०६१ साल जेठ १५ गते प्रहरी निरीक्षक पदबाट

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत रहि नेपाल प्रहरीको २०७८ साल असार ८ गतेको निर्णयअनुसार कीर्तिपुर वृत्तमा सरुवा भई असार १४ गते कीर्तिपुर आउनुभई वृत्त प्रमुखको कार्यभार सम्हाल्नुभयो । नेपाल प्रहरीमा प्रवेशयता प्रहरी संगठनका विभिन्न १४ वटा जिल्लामा जिम्मेवारीमा रहनुभई अनुभव बटुली सक्नुभएका पोखरेलको कीर्तिपुर वृत्तमा पनि १४ औं पोष्टिङ नै भएको बताउनुभयो । उहाँसंग कीर्तिपुर सन्देश सप्ताहिकका प्रतिनिधि विरेन्द्र शाक्यले गर्नु भएको संक्षित कुराकानी (सं.)

कीर्तिपुर वृत्तको प्रमुख एवं ईन्चार्जको जिम्मेवारी लिएर कीर्तिपुर आउनु हुुदा के, कस्तो योजना र अठोट लिएर आउनुभयो ? 

 – असार १४ गतेबाट यस कीर्तिपुर प्रहरी वृत्तको कमाण्ड सम्हालिई रहुदाको स्थितिमा मैले सुरुबाट नै के कुरा अठोट लिएर आएको छु भने श्रीमान् प्रहरी महानिरीक्षकज्यू कार्ययोजनाअन्तर्गत नेपाल 
प्रहरीको कार्ययोजना र १४ वटा लक्ष्य र साथै श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षकज्यू, महानगरीय प्रहरी परिसर, काठमाडौंको कार्य योजनाअन्तर्गत १२ वटा लक्ष्यहरुको अक्षरश पालना गर्ने र कानुनी आधारमा कोहि कसैसित नझुक्ने प्रण गर्दछु । कीर्तिपुरबासीको शान्ति, सुरक्षा र अमनचैनलाई मध्यनजर गर्दै चौबिसै घन्टा प्रहरी सेवा उपलब्ध गराइरहेको परिप्रेक्ष्यमा प्रहरीको खटाईलाई अझ प्रभावकारी तुल्याउने र कोभिडको महामारीलाई स्वस्थ समाज, सुरक्षित समाज निर्माण र भरपर्दो सुरक्षा सेवा के, कसरी दिन सकिन्छ भनेर कीर्तिपुर नगरपालिका र त्यसअन्तर्गतका १० वटा वडाहरु र वडा अध्यक्षज्यूहरु संग मेरो निरन्तर सम्वाद भईरहेको छ । यसमा समस्त कीर्तिपुरबासीहरुले के कुरा बुझि दिनुपर्दछ भने जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट निषेधाज्ञा जारी रहेको परिप्रेक्ष्यमा गर्न हुने, नहुने र गर्न नसकिने कुराहरु स्पष्टरुपमा आएको छ, हामीले त्यसलाई  कार्यान्वयनको अवस्थालाई फिल्डमै उत्रिएर कार्यान्वयन गराईराखेका छौं । र, यसमा मैले सबै पक्षको सहयोगको अपेक्षा गरेको छु, कीर्तिपुर प्रहरी वृत्त सहयोगको अपेक्षा गर्दछ । शान्ति, सुरक्षा र अमनचैन कायम गर्ने र कानुनको अक्षरश पालना गर्ने, संगठनले अख्तियार गर्दैआएको आर्थिक पारदर्शितामा शून्य सहनशीलताको सिद्धान्तलाई अंगिकार गरिराखेको छु । र, हामीले गर्नपर्ने, गर्न नसकेका कामहरु केहि भए खुलस्तरुपमा राख्न सक्नुहुनेछ । कीर्तिपुर प्रहरी वृत्त, कार्यालयको ढोका सदैव खुल्ला रहनेछ । र, यहाुको संचार माध्यमबाट म यो पनि प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु कि कीर्तिपुर क्षेत्रको शान्ति, सुरक्षा र अमनचैनका लागि  कीर्तिपुर वृत्त मलगायत मेरो टीम अहोरात्र खटिनेछ । 

नागरिकको सुरक्षाका लागि प्रहरीको खटाई र ड्यूटी के, कसरी परिचालन हुन्छ ?

– पिकेट, सीआरभी, क्यूआरटी, मोबाइल टीम र अन्य जुनसुकै परेको अवस्थामा पनि प्रहरीको सेवा दिने किसिमले हामीहरु यस कार्यालयमा स्थापित छौं । र, म आफै पनि बिहान ५ बजेदेखि राती १२ बजेसम्म यहाुहरुसंगै छु, यहाुहरुको सुख, दुःखमा मेरो टीम सदैव कटिबद्ध रहनेछ । र, आशा पनि गर्दछु, शान्ति, सुरक्षा, अमनचैन र विकासको गतिलाई उचाईमा पु¥याउन हामीले प्रदान गरेको शान्ति, सुरक्षाको अनुभूतिले पक्कै पनि थप मद्दत पु¥याउनेछ भन्ने अपेक्षा लिएको छु । यस वृत्तमा आएको आज २३ औं दिनको दौरानमा मैले धेरै सुझावहरु पनि पाएको छु र यहाँहरुको सुझावको कार्यान्वयन गर्ने पक्षमा म दृढ छु । केहि गुनासो वा तिक्तताहरु भए फोन, म्यासेज वा मेलबाट मलाई सूचना दिन सक्नुहुनेछ । र आगामी दिनहरुमा म निरन्तर जनताको सेवामा कटिबद्ध रहनेछु भन्ने प्रतिबद्धता पनि म यहाुकै संचार माध्यममार्फत् ब्यक्त गर्न चाहन्छु । 

वर्तमान समयमा नागरिकको सुरक्षाका लागि कीर्तिपुर वृत्तको जनशक्तिको अवस्था र भौतिक संरचना, पूर्वाधारको अपर्याप्तता चुनौतीपूर्ण देखिन्छ, कसरी सहजीकरण गनुहुन्छ ? 

– यस वृत्तअन्तर्गत १ सय ५१ जनाको दरबान्दी रहेकोमा आजको दिनमा कार्यरत जनशक्तिको संख्या १ सय ४३ जना रहेको छ, केहि विदामा छन् । भौतिक संरचनाको सवालमा हाम्रा दुईवटा सीआरभी भ्यान, एउट मोबाइल गाडी, एउटा सिनियर अफिसरको गाडी, सीआरभीमा क्यूआरटी दुईवटा, पिकेट ड्युटी, क्यूआरटी र मोबाइल टीम,सीआरभी टोली, मोबाइल टीम र स्टायण्ड बाइ टोली सधैं खटिरहेका हुन्छन् । यसरी हेर्दखेरि कीर्तिपुर वृत्तमा जनशक्ति अभाव छैन । पूर्वाधारको हकमा एउटा सीआरभीर दुईवटा क्यूआरटी थप्नुपर्ने अनुभव भएको छ । वृत्तको भवनको हकमा त्रिविमा जुन भवन बनेको छ, त्यसमा सर्न पाएको भए हुन्थ्यो, तर सकिएन । त्यसको सट्टा ५ रोपनी जग्गमा भवन बनाउनको लागि ठेक्कापट्टा पनि भई काम पनि सुरु हुने तर्खरमा पुगेको छ । लगभल दुई वर्षमा हामी भौतिक पूर्वाधारमा पनि सम्पन्न हुने अपेक्षा छ ।

कीर्तिपुर क्षेत्र बहुसंख्यक नेवार समुदायको बस्ती, चाडपर्व नजिकिएको छ, थप सुरक्षा कार्ययोजना के छ ? 

 – कीर्तिपुरमा जात्रापर्व नजिकिएको छ । जात्रालाई लक्षित गरेर मैले थप सुरक्षा योजना बनाउने सोचमा छु । तर अब कोभिड महामारी रहिरह्यो भने अथवा तेस्रो लहर देखियो भने जात्रालाई पनि हामीले सुरक्षाका दृष्टिले सचेतनामूलक ढंगले अघि बढ्नुपर्ने देखेको छु । अथवा कोभिड संक्रमण घटेको अवस्थामा समुदाय(प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रसंगको सहकार्यमा हामी सामुदायिक सचेतनाका विभिन्न कार्यक्रमहरु अघि बढाउनेछौं । खासगरि युवाहरुमा लागु औष्ध दुब्र्यसनको समस्या जुन देखिएको छ, नगरपालिकासंग सहकार्य गरी विद्यालय र वडास्तरमा केन्द्रीत गरी कार्यक्रम गर्नेछौं । महिला, बालबालिका, घरेलु हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु पछिल्लो समयमा बढ्दै गएको साइबर क्राइम के हो र यसले कस्तो असर गर्छ ? यो कस्तो खालको अपराध हो ?यसले समाजमा कस्तो असर गर्छ र के, कस्तो कारवाही हुन्छ भन्ने विषयमा जानकारीमूलक र सन्देशमूलक कार्यक्रम गर्ने योजनामा छौं ।



No comments:

Post a Comment