Thursday, July 22, 2021

सामाजिक सञ्जाल टिकटक धौलागिरी पछ्याउँदै

 सामाजिक सञ्जाल टिकटक धौलागिरी पछ्याउँदै 





सचिन्द्र श्रेष्ठ 
कुशमा पर्वत

  पछिल्लो समय निकैनै विश्व ब्यापी चर्चामा रहेको सामाजिक सन्जाल हो टिकटक ! कोभिडको महामारी सँगसँगै हरेकको हात हातमा टाइम पासको माध्यम बनेर सबैलाई मनोरन्जन दिइरहेको टिकटक हरेक देशका सेलिब्रेटी देखी सर्बसाधारणसम्म सबैको मोबाइलमा रमाइलोको सारथी बने पनि बिभिन्न कारणहरूले केही देशहरूमा चाँही बन्देज गरिएको समाचार आए पनि यस्को चर्चा, परिचर्चा र लोकप्रियता भने पटक्कै घटेको छैन बरु उल्टै बढेको बढ़ै नै देख्न र सुन्न पाइन्छ ।

   विश्वका धेरै देश जस्तै नेपाल पनि टिकटकबाट अछुतो हुने त कुरै भ्एन ! सर्ब सुलभ पहुँच ईन्टरनेट र हात हातमा मोबाइल भएसी एक पटक गित हेरेर छम छमी नाचुम कस्लाई हुँदैन होला 
र ? झनै हाम्रो जस्तो लोक संगीतले भरीपूर्ण ठाउँ, पारी पञ्चे बाजा घन्किदा वारी बसी उठी नाच्ने हामीहरू टिकटकको मज्जा लुट्नलाई किन पछी हट्थ्यौ होला र ? धेरै यस्ता स्थानलाई टिकटकले प्रचार प्रसारमा टेवा पु¥याएर देशको अर्थतन्त्रलाई मजबूत समेत बनाएको छ ।

   बजारमा होड्बाजी नै देखिन्छ कस्ले कस्तो भिडियो हाल्ने र कती कमेन्ट कती लाइक आउने भनेर ! केही मान्छेहरू त बिभिन्न ब्रान्डका क्यामारा बोकेर दिनहु यस्कै खेती गरेको पनि बाटो बाटोमा मज्जाले देखिन्छ । टिकटक बाटै चर्चित मोडेल बनिरहेका केही उदाहरणहरू नेपालमा प्रसस्त देख्न सकिन्छ । यस्को अलावा अभिनय र राजनीतिक ब्यक्तित्वहरू पनि यसै सँग जोडीएर मनोरन्जन लिने र दिने गरेको हामीहरू देखी नै रहेका छौ ! छिटो र सस्तो समाचारहरूको निम्ती पनि आजकल मान्छेको यही टिकटक तिर नै झुकाब बढाइरहेको छर्लङ छ ।

   पूर्व मेचीदेखी पस्चिम महाकालीसम्म मोबाइल बोक्नेहरू प्रत्यक्ष वा अप्रत्यक्ष टिकटकसँग जोडीएको सन्दर्भमा आज धौलागिरीमा टिकटक प्रयोग कर्ताहरूको बढदो संख्या र यस्को फाइदा र बेफाइदाका बारेमा थोरै चर्चा गर्ने जमर्को गरिएको छ ।



पछील्लो पुस्ता मोर्डेन टेक्निकल कुराहरूमा बढी नै रमाउने गरेको पाइन्छ धौलागिरी क्षेत्र (साबिक मुस्ताङ म्याग्दी बाग्लुङ र पर्बत ) मा पनि टिकटकका प्रयोगकर्ताहरू हरेक दिन बढीरहेका छन । अग्ला अग्ला पुल नजिक पिङ खेल्दा होस्, बन्जी गर्दा होस् या चहकदार होटेल, झरना र रेस्टुरन्टमा खाना जाँदा होस् युवा युबतीहरू सेल्फीमा रमाउँदै एउटा टिकटक पनि बनाइहाल्छन ! बाग्लुङ र कुश्मामा दशकौदेखी पत्रकारितामा लागेका ब्यक्तीदेखी सामाजिक अभियन्ता, राजनीतिक ब्यक्तित्व अनि साधारण युवा युवतीहरू टिकटकमा मज्जा लिइरहेको कुनै नौलो बिषय होइन !

    पर्यटनको प्रचुर सम्भावना बोकेको धौलागिर क्षेत्रको कुश्मादेखी मुस्ताङको जोमसोमसम्म जाँदै गर्दा बनाइएका टिकटक भिडियोहरू सामाजिक सन्जालमा भाईरल बनेको बेला बेलामा देख्न पाइन्छ । कोभिडको यो माहामारीले ब्यापार ब्यबसाय ठप्प प्राय हुँदै गएको यस्तो कठिन अवस्थामा पनि कुश्मा र बाग्लुङका अग्ला अग्ला पुल, धौलागिरी हिमाल चाँदी झै टल्केको र रमणिय दृश्यहरू सहितको टिकटक भिडियोहरूले कुश्मा बाग्लुङ जहाँको त्यही उस्तै छ र आन्तरिक र बाह्य पर्यटन तान्न फाइदा साथै त्यहाँको दृश्यले बिदेशी नेपालीलाई सम्झना ताजा बनाइदिएको पाइन्छ ।



  यो लकडाउनको कठिन अवस्थामा मौनतालाई तोड्दै बिभिन्न बहानामा ग्यादी कुश्मा र कुश्मा बलेवा पुल नजिक चौरमा केही युवा युवतीहरूको झुन्ड रमाइरहेको दृश्यसँग सँगै केही अनुमती मागेर उनीहरूलाई प्रश्न गरेका थियौ । टिकटक नै किन ? सबैको उत्तर उस्तै उस्तै थियो रमाइलोको लागि । उनीहरूको उत्तर उनीहरूकै शब्दमा अहिले टिकटक मा धौलागिरी क्षेत्रमा युवा युवति माझ चर्चित नाम थियो कृति ! कुश्मा कि स्थाई बासिन्दा कृति सुबेदी करिब साँढे ४ बर्ष देखी टिकटकमा अग्रसर भएको र अहिले करिब ५५ हजार फ्लोवर्स त्यस्तै १० लाख बेसी लाइकहरु सहित को टिकटकमा आफुलाई मिठा मिठा गीत र रमाइला भिडियोहरू राखेर मनोरन्जन गर्ने र गराउने गर्दी रहिछन !  प्रत्यक्ष भेट्न नसके पनि हामीले उन्कै नजिकका साथीभाईहरू मार्फत फोन सम्पर्क मार्फत बर्तमान समयमा टिकटकको प्रयोग र यस्ले सामाजिक रूपमा पारेको असर अनि फाइदाका बारेमा सोध्ने प्रयास गरेका थियौ !



     उन्कै शब्दमा सामाजिक सन्जाल प्रयोग गर्न नजानेमा काल र जानेमा बबाल हो भन्दै ठट्यौली उत्तर दिदै उनले थपिन ’दुःख सुख सबै कुराहरू बाड्न र सचेतना फैलाउन पनि यस्ता छोटा र मिठा भिडियोहरू मार्गदर्शक बन्न सक्छन, प्रयोग गर्दा अरूको मान मर्यादामा हानि नहुने गरी आफ्नो मनोरन्जनको लागि प्रयोग गरियो भने पनि टिकटकबाट दिनमा कम्तीमा पनि एउटा नयाँ कुरा सिक्न सकिन्छ’ । उन्कै शब्दमा उनी विवाहित हुन तर पनि माइती घर देखि नब प्रबेसी घरसम्म सबै उन्को टिकटकका फ्यान नै हुन पचासौ हजार साथीहरू फ्लोवर हुँदा नि आफु माथि कोही कसैबाट अमर्यादित र अभद्र व्यबहार नभएको बरु सबैले आफुलाई सानी भनेर माया र सपोर्ट गरेको नाम चलेकै मान्छेबाट तिजको गीतमा मोडल हुन फेरि आए पनि आफु म्युजिक भिडियो खेल्न अझै पूर्ण नभएको जस्तो महसुस भएकाले यति मै सिमित रहे उनी थप्छिन ’टिकटकका नाममा बसका छत, पुल, खोला अनी बिजी बाटोमा हातमा मोबाईल तेर्साएर घट्ने दुर्घट्नाबाट भने हामी सबै सचेत हुनु पर्छ !’

  बढ्ने क्रममा रहेका साना केटाकेटीहरूलाई पनि यसले यतिकै ग्रसित पारेको छ नि भन्ने प्रश्नमा कृति थप्छिन – मोबाइल बच्चा बच्ची भुलाउने साधन बनाउनु हुँदैन अझै टिकटक बनाउन लागाउने या त्यसमा लत लगाउदा बाबु नानीहरू समयमा नखाने, नसुत्ने बिभिन्न अपाच्य अभिनय गर्ने लगायतका कृयाकलापमा अग्रसर हुन थाल्छ्न जस्ले पछी उनीहरूको भबिस्य नै अन्धकार हुन सक्छ । टिकटक नेपालमा नि ब्याण्ड हुने भन्ने हल्ला सुनिदै छ अनि टिकटक बिना त अब बाँच्न नि सक्नु हुन्न होला है भनेर सोध्दा उत्तरमा कृति भन्छिन ’मान्छेको साधना कला, गला र क्षमता कहिलै लुक्दैनन लुकाउन पनि सकिदैन । टिकटक बिना नि जिन्दगी थियो सबै बाचेकै थियौ अब पनि त्यही नै निरन्तरता हुने हो ! सानैदेखी मलाई नृत्यमा बिशेष रुची थियो अनी नृत्य कक्षा लिए पनि तर स्कुल सकिएसी निरन्तरता दिन पाइन त्यसैको प्यास टिकटकबाट मेटाइरहेकी छु यसले मलाई बिशेष साथीभाईहरु सँग जोड्न र नयाँ कुरा देख्न सिक्न धेरै सहयोग गरेको भने छ तर टिक्टक बिना अरू केही हुनै नसक्ने भन्ने पक्कै होइन !’

  समाजिक सन्जालप्रती सबैका आफ–आफ्ना धारणाहरु हुन्छ्न त्यस्तै कुश्मामा अबस्थित प्रचलित बैकका म्यानेजर सी शर्मा (नाम परिबर्तन) भन्छन् आधुनिकता सँगसँगै नयाँ टेक्नोलोजी र त्यस्को प्रयोग अनि सामाजिक सन्जालको प्रारुपको बारेमा गहन रूपमै बुझ्नु जरुरी छ ता कि यिनको प्रयोगबाट असर हैन फाईदा होस् ! उनी सामाजिक सन्जालमा रमाउन समय पाउदैनन तर उनी घरका सबै सदस्यहरूलाई सकारात्मक प्रयोगको लागि अग्रसर गराउद्छन अझै टिकटिक कै कुरागर्ने हो भने श्रीमतीसँग समय मिलेसम्म सँगै बसेर हेर्ने भिडियो बनाउन प्रोत्साहन गर्ने गरेको बताउछन ! 



  त्यस्तै बिदेसको लामो बसाइ बिट मार्दै पाङ बाग्लुङ पुल नजिक चर्चित रेस्तुरेन्ट सन्चालन गर्दै आएका एक माइलो भाई अधिकारि (नाम परिबर्तन) हाँसी हाँसी भन्छन् आज मरे भोली दुइ दिन रम्ने रमाउने हो जिन्दगी ! परिवर्तनसँग सँगै आएका र पाएका सेवा सुबिधाहरूलाई पोजेटिभ रूपमा प्रयोग गर्दै खुशीले समाजिक सन्जालमा आफ्नै पत्नीसँग बिभिन्न भिडियोहरू सँगै देखिदै आएका अधिकारि सबै कुराको राम्रो र नराम्रो पक्ष हुने जिकिर गर्छन् ! खाडी क्षेत्रमा आधुनिक सेवा सुबिधा सँग मानब अधिकारको समेत बर्खिलाप जनताहरू बाँच्न वाध्य छन । नेपाली हामीहरू भाग्यमानी होउ त्यसैले यस्ता मौका र सुबिधालाई सकारात्मक रूपमा प्रयोग गर्नु पर्छ जस्ले खुशी दिन्छ !

      अस्टे«लियालाई कर्मथलो बनाएर एक दशकदेखि बस्दै आएका कुश्मेलि युबा सन्तोष पाठक पनि टिकटकलाई लिएर उनले फरक मत राखेका छन । मनोरंजन दिनुका साथै यसमा देखिने भिडियोले उक्त स्थानको प्रचार प्रसार गर्नाले आर्थिक लाभ लिन मद्दत पु¥याउने गरेको बताउँछन् । त कतिपय रूपमा आफ्नै परिवार समेत भाँडने गर्दछ तसर्थ यसको सही सदुपयोग गर्नु आवश्यक रहेको बताए । पाठक भन्छन्–‘टिकटक, फेसबुक, पब्जि जस्ता सामाजिक सञ्जाल एउटा नराम्रो लत भएको हुँदा अहिलेका बालबालिका नराम्रोसँग यसमा सहज घुलमिल हुनुले उनिहरूको भबिश्य थप चुनौती रहने तर्क गर्छन् । ‘राज्य यसलाई थप चासो र सजक अपनई यसको सञ्चालन गर्नु पर्दछ ।’ 

   दुबइमा आधा दशकदेखी बस्दै आएका कुश्मा कै कर्मठ युवा यस श्रेष्ठ (नाम परिबर्तन) यही सन्दर्भमा जोडीदै भन्छन् सामाजिक सन्जाल बिनाको आधुनिकताको अब कल्पना गर्न सकिदैन हुन त उनी आफु टिकटकसँग आबद्ध छैनन तर फेस्बुक र अन्य सामाजिक सन्जालमा उन्को राम्रो पहुच छ जहाँबाट टिकटकका केही भाईरल भिडियोहरू  नियाल्छन र धारणा राख्छन । बुझ्नेलाई श्रीखन्ड नबुझ्नेलाई खुर्पाको बिड, सामाजिक सन्जालमा पनि टिकटक आजकल अती नै छरपस्ट छ जस्को कम्सल प्रयोगले मान्छेहरूको ज्यान समेत जाने र दिनहु प्रचार बाजी झै झगडाको बिउ, नै हुँदा यस्ता कुराहरूबाट सबै सचेत हुनु पर्ने सुझाउछन ! 

     आफु टिकटक नचलाए पनि चलाऊनेहरू संयमित र मर्यादित भएर प्रयोग गर्नु पर्ने उन्को धारणा छ । आफ्नो आफिस भित्रै भिडियो बनाउने, कर्मचारीले काम गर्दाको भिडियो, पैसा,गहना, गोप्य कागज पत्रजस्ता सामग्री भिडियो मार्फत सार्वजनिक गर्ने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिने धम्की दिने, अपरिचित व्यक्तिको भिडियो अपलोड गर्ने, जस्ता प्रवृत्ति दिन दिनै बढेको छ । टिकटकबाटै गोपनीयता भंगमात्र होइन, ठगी समेत हुने भएको हुदा यसलाई बेलैमा सतर्क रहेर सामाजिक सञ्जालको प्रयोग गर्न आग्रह गर्छन् ।

     अहिले आएर यसलाई सफ्ट पोर्न साइडको उपमासँग जोडिएर अत्यन्त जटिल रूपले हेर्ने गरिएको हुदा सही र सहज प्रयोग गरी संयम अपनाई अपलोड गर्न सके उत्तम हुनेछ र भबिष्यमा हुने जटिलताबाट समाधान गर्न मद्दत पुग्ने छ ।


No comments:

Post a Comment