Wednesday, July 21, 2021

उपन्यास साहित्य— गुंजिरहेको आवाज—३ कीर्तिपुरका नेवारहरुको वास्तविक कथा समेटिएको उपन्यास

 उपन्यास साहित्य— गुंजिरहेको आवाज—३ कीर्तिपुरका नेवारहरुको वास्तविक कथा समेटिएको उपन्यास



—नजरराम महर्जन

अहिलेसम्म तपाईंले भाइकाजी र गंगाको बुंगमतीमा भेट भएको पढ्नु भयो । के उनीहरूको प्रेम सफल भएको हो कि होइन ? भाइकाजीले कस्तो कस्तो हन्डर खानु प¥यो यस खण्डमा पढ्न पाउनु हुन्छ ।

फेरि त्यसरी लड्छ कि भन्ने डर लाग्यो होला गंगाले विस्तारै उसको हात समात्न आइन् । उसले पनि उनको हात बेस्सरी समात्यो । हात समातेर दुवैजना सिखलीतिर गइरहे । खेतमा काम गरिरहेकाहरूले उनीहरूलाई हेरिरहे । तैपनि गंगाले उसको हात समात्न छाडेन ।

 “तिम्रो हात त निकै कडा छ ।” गंगाले उसको हात समात्दै भनिन् ।

“सिकर्मीको हात कडा भइहाल्छ नि । तिम्रो त कपासजस्तो नरम छ ।”

उनीहरू सिखली पुगे । दुवैजनाले सिखली माई ढोगे । मन्दिर घुमेर बागमती नदी हेर्दै एकछिन बसे । दुवैजनाको उसले केही भन्ला कि उसले केही भन्ला कि भनेर पर्खिरहे । एकले अर्काको मुख हेरिरहे । दुवैजनाको आँखा जुध्यो । दुवैजना मुसुक्क हाँसे ।

“गंगा, म तिमीलाई एउटा कुरा भन्छु, तिमी नरिसाउने हो ?” उसले कुराको सुरुवात ग¥यो ।

“संगै आएर पनि रिसाउँला र ? भन न के भन्न चाहेको ?”

“मलाई तिमी साहै्र मन प¥यो । तिमीलाई म मनपर्छ कि पर्दैन ?” उसले गंगाको मुख हेरेर सोध्यो ।

“मन परेको नपरेको मलाई थाहा छैन । तिमीलाई म मनपर्छ भने लमि पठाएर मलाई माग्न पठाउनु ।” भुईंतिर हेर्दै गंगाले भनिन् ।

“माग्न त पठाउँछु । तिम्रो बुबाले दिन्छ र ?”

“किन नदिने ? म कति पढेलेखेकी भनेर नदिने ?” गंगाले उसलाई हेरेर विस्तारै भन्यो ।

“तैपनि अरूलेजस्तै खेतमा काम गर्नु पर्छ, दिन्न भन्छ कि भन्ने डर लाग्छ ।”

“त्यो त मलाई थाहा छैन । आमाबुबाले तिमी मन पर्छ कि भनेर सोधे म नाईं भन्दिन ।”

“तिम्रो आमाबुबाले दिन्न भन्यो भने तिमी मसँग भागेर आउन तयार छौं ?”

“छे ! भागेर जाने कुरा पनि गर्नु हुन्छ र ? के मुखले आउने ? पछि के मुख लिएर माइत जाउँ ? म तिमीकहाँ भागेर आएँ भने, जीवनभरी मैले माइत जानु पर्दैन । मेरो फुपू भागेर गएकी आजसम्म बुबाले माइतमा पाइला टेक्न दिएको छैन ।”

“ल, म आजै घरमा गएर मेरो दिदीलाई भनेर तिमीलाई माग्न पठाउँछु । यदि घरबाट दिन्न भन्यो


भने तिमी भागेर आउनु पर्छ है ?” उसले निर्णायक स्वरमा भन्यो ।

गंगाले बोलिनन् । उनी लुसुक्क उठिन् । अनि ऊ पनि उठे । दुवैजना जलविनायकतिर लागे । बाटोभरि गंगाले बोलिनन् । उसलाई के गरूँ, के भनूँ भयो । उसले मन मनमा आपूmले आफैलाई गाली ग¥यो । आज पहिलोचोटि भेटमा नै सबै कुरोको छिनोफानो गर्नु पर्ने ? कति हतारिएको उसको मन । कति रमाईलोसाथ कुराकानी गरेर जाने विचार थियो अब बोल्दै नबोली लुसु लुसु जान परिरहेको छ ।

उनीहरू जलविनायक (क्वयना) पुगे । दुवैजनाले पालैपालो देवता ढोगे । मन्दिर तीन चक्कर लगाएर माथि आए ।

“गंगा, तिमी किन नबोलेकी  ? मैले भनेको तिमीलाई मन परेन ?” उसले प्रश्नै प्रश्न तेर्सायो ।

“के भनूँ, के भनूँ, मेरो बुबाले तिमीलाई दिन्छु भन्दैन जस्तो लाग्छ । पहिले कीर्तिपुरको तुयुचालाई पनि एक्ली छोरी खेतमा काम गर्नु पर्ने ठाउँमा दिन्न भनेर दिनुभएन ।”

“त्यसैले त म पनि माग्न पठाउँछु, दिन्न भन्यो भने तिमी भागेर आउनु पर्छ भनेको । जीवन बिताउनु पर्ने तिमी, तिम्रो बाबुले भनेर हुन्छ ? संधै तिम्रो बाबुले हेरिरहन सक्छ ?”

गंगाले केही जवाफ दिइनन् ।

गंगाले बोल्न छाडिन् । दुवैजना चोभार जाने बाटोमा पुगे । चोभार जाने भनेर सोचेर आएका थिए । अब घर पुग्न हतार लाग्यो । चोभार गएन । ईटागोल भएर आयो । पाँगामा पुग्दा दुवैजना छुट्टिए ।

गंगा भेटेदेखि भाइकाजीको मनमा गंगाको मात्र सम्झना आइरह्यो । गंगालाई ल्याउन उसको मन हतारिरहेको छ । सुत्दा, उठ्दा उनको मात्र सम्झना आइरहन्छ । एकदिन ऊ उसको कीर्तिपुरमा दिदीकहाँ गयो । भाई आफ्नो घर आएको देखेर दिदी खुशी भइन् । 

“चाडबाडमा बोलाउन आउँदा बाहेक अरू बेला कहिल्यै नआउने केटो, आज आनन्दैले आइस् । के काम भएर आएको ?” ऊ किन आएको थाहा पाउन उसको दिदीले सोधिन् ।

“आज दिदीलाई एउटा दुःख दिउँ भनेर आएको ।”

“के कुरा ? भाइको लागि केही गर्दा पनि दिदीलाई दुःख होला र ? पैसा चाहियो ?”

“होइन दिदी, सरस्वती भाउजुको टोलको हाराचाको छोरी गंगा मागी देऊ भन्न आएको ।”

“के भन्यौं ?” उसको कुरा सुनेर दिदी आश्चर्यचकित हुँदै भनिन्, “बाले पठाएको हो ?”

“बालाई भनेको छैन, त्यसैले त दिदीले नै बालाई भनेर गंगा माग्न पठाई दिनु भन्न आएको ।”

“तिमीले ती केटीलाई राम्ररी चिनेका छौं ?”

“चिनेको मात्र होइन, हामी दुईजना बीच प्रेम सम्बन्ध पनि छ ।” उसले लाजै नमानी भन्यो ।

“उसोभए तिमीले मात्र भनेर हुँदैन, आमाबाबुसँग कुरा गरेर हेर्छु । बुबाले माग्न जाउ भन्यो भने मेरो सासुआमालाई पठाईदिन्छु ।” उसको दिदीले भनिन् ।

दिदीको कुरा सुनेर भाइकाजीको मन रमायो । ऊ बाघभैरव घुम्न गए । त्यसपछि ऊ उमामहेश्वर मन्दिर पनि घुम्न गयो । उमामहेश्वरको आधा उकालोमा देवी देवताको जोडी मूर्ति देख्यो । ऊ त्यो मूर्तिलाई राम्ररी हेरिरहेको बेला एकजना बुढो मानिसले उसलाई भन्यो, “ल, ल, यो ख्याली द्यः ९ीयखभ न्यम० हो । यसको चाकरी गर्नु तिमीले कुनै केटीलाई मन पराएका छौं भने यो देवताले मिलाई दिन्छ ।”

भाइकाजी छक्क प¥यो । उसले मन मनै ती देवतासँग गंगा माग्यो र माथि उमामहेश्वर मन्दिरतिर लाग्यो । उमामहेश्वर घुमेर तल आउँदा पनि उसले फेरि ख्याली द्यःसँग गंगा मागेर आयो ।

पर्सिपल्ट उसको दिदी माईत आइन् । आमाबुबासँग कुरा गरिन् । उसको आमाबाबु पनि माने । केटाकेटी एक अर्कामा मन पराउछ भने हुन्छ । कसलाई केटी माग्न पठाउँ भन्ने सल्लाह भयो । बुहारी सरस्वतिको आमालाई नै लमि बनाएर पठाउनु पर्ला, उनीहरू एउटै टोलका हुन् भन्ने सल्लाह भयो । बुहारी सरस्वतीलाई बोलाएर भने । उनले पनि हुन्छ भनेर टाउको हल्लाइन् । म माईत गएर आमालाई पठाउँछु भनिन् ।

सरस्वतीको आमा गंगाको घरमा गएर कुराको थालनी गरिन् ।  

“कसलाई माग्न आएकी मेरी छोरी ?” गंगाको बाबुले सोध्यो ।

“मेरो छोरी सरस्वतीको देवर भाइकाजीलाई माग्न आएको ।”

“केटोले कति पढेलेखेको छ ?”

“हामीकहाँको स्कुलमा सात कक्षासम्म पढाई हुन्छ । सात कक्षा पास गरेको छ । आजकल सिकर्मी काम गर्छ ।”

“मेरो एक्लो छोरी, त्यत्रो विघ्न खेतबारी भएको घरमा मेरो छोरीले काम गरेर खान सक्दैन । आजकल सात कक्षा पास भनेको त केही होइन । त्यस्तो अनपढ केटोलाई मेरो छोरी दिन्न ।” गंगाको बाबुले सिधै भन्यो ।

“सरस्वतीको लोग्ने पनि धेरै पढेलेखेका होइन तैपनि हामीले छोरी दियौं । अहिलेसम्म घरजम गरेर बसेकै छन् । मेरी छोरी छोराको आमा भइसकिन् । पढेलेखेकाले मात्र जीवन धानीरहेका छन् र ?”

“ल भइगो धेरै कुरा गर्नै पर्दैन । मेरो छोरी दिन्न भनेपछि कुरै सकिगो । अबदेखि यस्तो कुरा लिएर नआउनु ।”

“छोरी मान्छे भएको घर पसलजस्तै त हो नि । पसलमा जो पनि किन्न आउँछ ।”

सरस्वतीको आमा लुसुलुसु बाहिरिइन् । उसले भाइकाजीको दिदी दिलमायालाई बोलाएर सबैकुरो बताइन् ।

दिलमाया माइत गएर बाबुलाई सबै कुरो बताइन् । 

आफ्नो छोरालाई अनपढ भनेर हेला गरेकोमा नानीकाजी रिसायो “उसको छोरी पनि त पढेलेखेकी होइन नि । उसको छोरीलाई कहाँ बिहे गरेर पठाउँछ होला हामी पनि हेरौं । भाइकाजीलाई यसै साल विवाह गरीदिने । ल कोही छ भने हेर्नु ।”

दिलमायाले भाइकाजीको लागि उनको टोलकी जमुना माग्न गइन् । यसैसाल दिन्छु भनेर ल्यायो । उसको बुबाले उसँग जमुना मनपर्छ, मन पर्दैन नसोधीकन विवाह छिनीदियो । पछि दिलमायाले भनेर मात्र उसले थाहा पायो । उसले त्यो केटी मन पर्दैन भनेर विरोध ग¥यो ।

“यसपाली नै विवाह गर्ने भनेर मैले बचन दिइसकें । त्यसैले यसपाली नै विवाह गर्नुपर्छ ।” नानीकाजीले भन्यो ।

“अहँ, गंगासँग भए बिवाह गर्छु । होइन भने अरू कसैसँग विवाह गर्दिन ।” उसले जवाफ दियो ।

“हामीले भनेको केटी विवाह नगर्ने हो भने यो घरमा बस्न पाउँदैनौं, निस्कि जा । यदि तिमीले गंगा ल्यायौं भने जिन्दगीभर घरमा हुल्न दिन्न ।” उसको बुबाले सिधै भन्यो ।

उसले केही नभनीकन बाबुको अगाडि नबसीकन तल झ¥यो ।

उसको बाबुको रीस नराम्रो छ । ऊ घरमा बसीरह्यो भने उसलाई ती केटीसंग विवाह नगराई छाड्दैन । त्यसैले उसले घरमा नजाने विचार ग¥यो । उसलाई सुत्दा, उठ्दा गंगाको सम्झना आइरह्यो । ऊ गंगासँगको प्रेममा पागल भइसकेछ । गंगाको लागि उसले आमाबाबु मात्र त के जस्तोसुकै त्याग गर्न ऊ तयार भयो । उसले काठमाडौंमै एउटा कोठा डेरा लियो । एकदिन काममा गएको भाइकाजी घर आएन । उसलाई पढाई नपुगेको भनेर हेला गरेको उसले सहन सकेन । उसको दिल दुख्यो । पहिले पढ्ने उमेरमा पढ्न मन लागेन । अहिले भए पनि पढ्नु प¥यो भनेर ऊ रात्री पाठशालामा कक्षा आठमा भर्ना भयो । अब उसलाई घर जाने फुर्सद नै भएन ।

चाड पर्वमा समेत ऊ घर गएन । ऊ घर नगएकोले उसको बुबाले उसलाई घर बोलायो । तैपनि ऊ घर गएन । ऊ घर नगएको कारण उसको आमाले रोएर दिन रात बिताए । उसलाई बिहे गर्न ठीक गरेको केटीलाई अर्कैसँग विवाह गरेर पठायो । अनि उसको आमाको अवस्था सुनेर ऊ घर गयो ।

“छोरा, तिमी यसरी घर छाडेर किन हिंडेको ? तिमीलाई त्यो केटी मन पर्दैन भने विवाह गरीदिन्न । अब ती केटीको बिहे भइसक्यो । अब काठमाडौं बस्नु पर्दैन । डेरा छाडेर घर आऊ ।” उसको आमाले भनिन ।

“होइन आमा, मेरो पढाई पुगेन भनेर मैले धेरै अपमान सहेंँ । पढ्ने बेलामा पढ्न सकिनँ । अहिले म रातीको विद्यालयमा पढ्न गइरहेको छु । राती घर फर्कंदा अबेर हुन्छ । त्यसैले काठमाण्डौंमा डेरा लिएर बसेको छु ।”

उसले फेरि पढ्न थालेको कुरा सुनेर उसको आमाबाबु खुसि भयो । आपूmहरूले पैसा दिनु नपर्नें गरी आफैले कमाएर पढीरहेको छ, ठीकै छ भनेर केही भनेन । त्यसबेलादेखि ऊ शनिवारको दिनमात्र घर आउन थाल्यो । उसको बाबुले उसको ज्याला माग्न छाड्यो ।

एकचोटि शुक्रवारको दिन ऊ घर आयो । उसको भाउजू माइती गएकी छिन् । उसलाई गंगा भेट्न मन लाग्यो । ऊ गंगा भेट्न जाने नभनिकन भाउजू भेट्न जाने बहाना बनाएर कीर्तिपुरमा गयो । उसको भाउजू सरस्वतिको घर जानु अगाडि ऊ बाघभैरव मन्दिर घुम्न गयो ।



मन्दिर घुम्न जाँदा त्यहाँ गंगा पनि साथीहरूसँग आइरहकी देख्यो । उसले विस्तारै गंगालाई बोलायो । उसको स्वर सुन्ने बितिक्कै गंगा फर्केर आइन् । दुवैजनाले खासखुस कुरा गरे । अब आउने शनिवार गंगा पचलीमा पूजा गर्न जाने त्यहिं भेट्ने भनिन् । भाइकाजीले हुन्छ भनेर आयो ।

शनिवारको दिन निर्धारित समयमा उनीहरू पचलीमा भेट भयो । अब उनीहरूलाई घरबाट विवाह गरी दिन्न भन्ने कुरा उनीहरूले थाहा पाइसकेको छ । अब भागेर गए मात्र उनीहरूको विवाह हुन्छ ।

“गंगा आमाबाबुले भनेको केटी विवाह नगरे घरमा राख्दिन भनेको छ । त्यसैले म घरबाट निस्केर आएँ । काठमाण्डौंमा डेरा लिएर राखेको छु । तिम्रो बुबाले पनि मलाई तिमी दिन्न भनीसकेको छ । त्यसैले अब हामी दुवैजना भागी विवाह गरेर काठमाण्डौं डेरामै बसौं । तिमी कहिले आउने ?”

“तिमीले जहिले लिन आउँछौं, तब आउँछु । म एक्लै त आउँदिन ।” गंगाले उसको कुराको समर्थन गर्दै भनिन् ।

“उसोभए आजै जाउँ हिंड ।” उसले खुसि हुँदै भन्यो ।

“आज त नाईं, मेरो साथीहरूले के भन्ला ? मलाई नलिइकन उनीहरू घर गयो भने मेरो बाबुले उनीहरूको जात्रा गर्नेछ । पछि कुनै दिन ।”

“उसोभए कीर्तिपुर जात्राको बेला म जात्रा हेर्न आउँछु । त्यसैलेबेला हामी दुवैजना भाग्नु पर्ला हुन्न ?”

“पक्का हो ?” गंगाले पनि खुसि भएर सोधिन् ।

“पक्का हो । लाय्कूमा द्वारे पूजा आउनेबेला धेरै हुलमूल हुन्छ । त्यहीबेला हामी दुवैजना भागूंला, हुन्न ?” भाईकाजीले प्रस्ताव राख्यो ।

“हुन्छ” भनेर गंगाले टाउको हल्लाइन् । दुवैजना छुटेर आए ।

बखुंमदः जात्राको बेला गंगा आउँछु भनेकोले भाइकाजीले विछ्यौना, भाँडाकुँडा सबै तयार पारी सक्यो । उसलाई त्यो जात्राको दिन आउन पनि बर्षौ लागेको जस्तो भयो ।

बखुँमदः (सात गाउँले) जात्रा आयो । भाइकाजी पाँगा जात्राको दिन घर आयो । जात्राको बेला छोरा आएको देखेर उसको आमा खुसी भइन् । उसको भाउजुको माईती खलकहरू भोलिपल्ट कीर्तिपुरमा जात्रा हेर्न आउन पाहुना बोलाउन आए । भाइकाजीलाई पनि आउनु भनेर कर गरेर गए ।

भोलिपल्ट भाइकाजीले आमालाई भन्यो, “आमा, म दिलमाया दिदी बोलाउन जान्छु, जात्रा पनि हेरेर आउँछु ।”

“हुन्छ, गएर आउनु ।” आमाले भनिन् ।

भाइकाजी कीर्तिपुरको जात्रा हेर्न गयो । द्यरखाबाट खट उठाएर लाय्कूमा ल्याइसकेछ । द्वारेपूजा आएको छैन । द्वारेपूजा नआएसम्म खट त्यहीं राखीराख्छ । तःननिकाहरू लःस्वां (पानी पूmल) चढाएर गइसक्यो । बाजा खलकहरू बाजा बजाएर भजन गरिरहेका छन् । जाँड रक्सि पिएर आ–आफ्नो टोलको बाजाको तालमा नाचिरहेका छन् ।

भाइकाजीले यताउता आँखा डुलाएर गंगालाई खोजिरहेका छन् । तर गंगालाई उसले देखेन । उसको मन हतारियो । के गरूँ, के गरूँ भयो । उसले ख्याली द्यः सम्झ्यो, ऊ उमामहेश्वर मन्दिरतिर लाग्यो । आधा उकालोमा उसले फेरि ख्याली द्यःको दर्शन गरेर आज गंगालाई लैजान पाउँ भनेर माग्यो । 



उसले लायकूमा द्वारे पूजा आएको देख्यो । द्वारेलाई रातो कपडाले बेरिएको तरबार बोकेर आइरहेको छ । उसको पछि पछि खिंबाजा र बाँसुरी बजाएर आइरहेका छन् । बाजा खलकपछि महिलाहरू नेवाः पोशाकमा हातमा किस्ती एउटा एउटा लिएर लाईनमा आइरहेका छन् । द्वारेपूजा आएको हेर्नको लागि लाय्कूमा भीड बढ्न थाल्यो । त्यही भीडमा भाईकाजीले गंगालाई देख्यो । ऊ भीड छिचोल्दै गंगाको नजिक पुग्यो । उसले विस्तारै गंगाको हात समातेर तान्यो । गंगा झस्कीन् । भाइकाजीलाई देखेर गंगा आश्चर्यचकित भइन् । भाइकाजी आउँछ कि भन्ने उसलाई अलिकति आशा त थियो, तर आउँछ नै भन्ने विश्वास गरेको थिएन । भाइकाजी आयो । उनले यो गर्ने, त्यो गर्ने केही थम्याउन सकेन । झुमिले लगेकोझै उनी भाइकाजीको पछि लागिन् । दुबैजना हूलमूलबाट बाहिरिए । उनीहरू उमामहेश्वर मन्दिरको आधा उकालोमा रहेको ख्याली द्यः ९ीयखभ न्यम०को मन्दिर घुमेर गःछेँ हुँदै काठमाण्डौंतिर लागे ।

बाटोमा जाँदै खासखुस कुरा भयो ।

“यसपाली श्रीपंचमीमा मेरो बिहे गरीदिने कुरा छिनीसक्यो ।” गंगाले भनिन् ।

“मलाई पनि बिहे गरिदिने पक्का गरीसकेको थियो । म घरमा नबसी काठमाण्डौंमा डेरा लिएर बसें । त्यसैले मेरो बिबाह भएन । आज नै मसंग हिंड, म तिमीलाई काठमाण्डौंमा राखेर पाल्छु ।”

गंगालाई के गरूँ, के गरूँ भयो । उनले केही भन्न सकिनँ । उनी भाइकाजीको पछि लागिरहिन् । दुवैजना मुख्य बाटोबाट नगइकन त्यांगला भएर भाइकाजीको डेरामा गए । दुवैजनाले भोज खाएको थिएन । भोक लाग्यो । गंगाको चित्त दुख्यो । घरमा त्यत्रो भोज बनाएको छ । यहाँ भोकै बस्नु परिरहेको छ । भाइकाजीले धन्दा नलिनु म छँदै छु नि भनेर भरोसा दिएपछि उनको मन अलि हलूका भयो । भाइकाजीले बाहिर गएर छ्वय्ला चिउरा र तामा किनेर ल्यायो । दुबैजनाले एउटै थालमा राखेर खानु पर्ने भयो । भाइकाजीको डेरामा थाल एउटै मात्र थियो । लोग्ने स्वास्नीले एउटै थालमा खानु हुँदैन । लोग्नेलाई स्वास्नीको जुठो खुवाउनु हुँदैन भन्ने संस्कारमा हुर्केकी गंगालाई अप्ठ्यारो लाग्नु स्वाभाविक हो । 

“अहिले एउटै थालमा खाउँ । म बाहिर गएर अर्को थाल किनेर ल्याउँला ।” गंगाको मनको कुरा थाहा पाएर भाइकाजीले भन्यो ।

दुवैजनाले एउटा थालमा छ्वयला बजि र तामा राखेर खायो । मन मिलेकाहरू मिलेर खाँदा दुबैजनालाई खुबै मिठो लाग्यो ।

नयाँ ठाउँ, नयाँ मानिससँग बस्नु परे पनि आपूmले मन पराएका मानिससँग बस्न पाउँदा गंगा खुसी छिन् । तैपनि गंगाको घरबाट खोज्न आउँछ कि ? भेटाएमा फर्काएर लैजान्छ कि भनेर डराइरहिन् । भाइकाजीलाई काममा पठाएको छैन । गंगा बाहिर कहिं पनि गएको छैन । भनू डेराबाट बाहिर गएको छैन । पसल जानु परे भाइकाजी एक्लै जान्छ । एक हप्तासम्म उनीहरूलाई कसैले खोज्न आएन । गंगा भगाएर ल्याउने बिचारले भाइकाजीले कसैलाई आफ्नो डेरा देखाएको थिएन । अब त गंगालाई खोज्न आउँदैन होला । भेटाए पनि फर्काएर लैजाँदैन होला भन्ने ठान्यो ।

काम नगरीकन खान पाउँदैन । उनीहरूसँग भएको पैसा सकियो । एक हप्तापछि भाइकाजी काममा गयो । उसलाई उसको बाबुले खोज्न आएको, गंगाको माइती खलकले खोज्न आएको भनेर उसका साथीहरूले भन्यो । उसलाई घरको सबै कुरा साथीहरूले बतायो । जात्राको दिन घरबाट निस्केकी गंगा घर फर्केर नआएपछि उनका माइती खलकहरू भाइकाजीको घरमा खोज्न आएका थिए । भाइकाजीको घरका मानिसहरूलाई पनि थाहा थिएन ।  भाइकाजीको डेरा देखाईदिन भनेछ । भाइकाजीको डेरा कहाँ छ कसैलाई थाहा छैन । कसैले पनि देखाइदिएन । गंगा भाइकाजीसँग आएकी भए उनको बुबाले घरमा हुल्न नदिने रे । भाइकाजीको बुबाले पनि घरबाट भनेको केटीसँग विवाह नगरेर घरको इज्जत फाली दियो । उसले मन पराएको केटी पनि हामीलाई मन पर्दैन भन्यो भनेर उसको साथीहरूले भन्यो ।

भाइकाजी काठमाण्डौं डेरामा बसेर पढी रह्यो । उसले गंगालाई पनि पढाउन सुरु ग¥यो । दिनभरि घरमा बसिरहने गंगाले छिट्टै अक्षर चिन्न थालिन् । पछि लेख्न पनि जानिन् । एक दुई महिनासम्म त काम नगरीकन बसेर खान पाएर गंगालाई रमाईलै लाग्यो । तर धेरैदिनसम्म काम नगरीकन कोठामा थुनेर बस्नु पर्दा गंगालाई नरमाइलो लाग्यो । भाइकाजी एक्लैको कमाईले पढेर दुईजनाको पेट भर्नु पर्ने, आपूmले पनि काम गर्न पाए अलिकति भए पनि पैसा बच्छ कि भन्ने गंगालाई लाग्यो । उनले आपूmलाई पनि काम खोजि दिन भाइकाजीलाई भनिन् । भाइकाजीले वास्ता गरेन । एकदिन गंगाले साह्रै नरमाइलो भएको गुनासो गरेर काम गरेर के को लाज भनेर कर गरिन् । भाइकाजीले काम गर्ने ठाउँमा दराज, मेच, पलंगमा पालिस राख्नु पर्छ, पालिस राख्नलाई त महिलाहरूलाई नै राख्न दिन्छ । उसले गंगालाई पनि पालिस राख्ने काम दिन आपूmसँगै काममा लग्यो । 

दिनभरि काम गर्नु परे पनि भाइकाजीसँगै काम गर्न पाउँदा गंगा खुसि भयो । दुवैजनाले काम गर्न थालेपछि अलिअलि भए पनि पैसा बच्न थाल्यो । पैसा बचे पनि उनीहरूले जथाभावी पैसा खर्च गरेन । उनीहरू दुवैजनालाई दुवैजनाको घरमा पस्न दिएको छैन । भाइकाजीलाई उसको गाउँको कुरा उसको सिकर्मी साथीहरूले बताउँछ । गंगासँगै भएर उसको मन सन्तुष्ट छ । दुबैजना सँगै काममा जान्छन् । सँगै फर्किन्छन् । फर्कने बेला घरमा चाहिने सामान किनेर ल्याउँछन् ।

काठमाडौंमा भाइकाजीको डेरा भएको टोलमा कसैको सिकर्मी सम्बन्धि काम गराउनु प¥यो भने भाइकाजीलाई नै बोलाउन आउँछ । ऊ गएर काम गरीदिन्छ । काम गरेवापत जति ज्याला दिए पनि चुपचाप लिएर आउँछ । त्यसैले त्यो टोलमा सबैले मन पराउँछ । उसको नामनै सिकःमिचा भयो । त्यसैले आफ्नो घरमा जान नपाए पनि उनीहरूले चित्त दुखाउनु परेको छैन । वीरगंजको घटना पत्रिकामा लेखेको जस्तो उनीहरूले भोग्नु परेन । हाम्रो समाज त्यति कट्टर छैन । त्यसैले उनीहरू छुट्टिनु परेन ।


No comments:

Post a Comment