Tuesday, July 20, 2021

कांग्रेसले टुंगो लगाउँदै मन्त्री, राजन केसी मन्त्री बन्ने चर्चा

 कांग्रेसले टुंगो लगाउँदै मन्त्री, राजन केसी मन्त्री बन्ने चर्चा






न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्रीको बारेमा गृहकार्य अगाडि बढाएको छ । सरकारमा सहभागी हुने अन्य दललाई दिने मन्त्रालयको टुंगो लगाएर कांग्रेस मन्त्री काम अगाडि बढाएको हो । कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको सरकारमा कम्तिमा ७ वटा मन्त्रालय पाउने भएको छ ।

प्रधानमन्त्री देउवाले सपथ लिएकै दिदै पार्टीबाट बालकृष्ण खाँडलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनााउनुभएको थियो । अब बाँकी पाउने मन्त्रालयमा पनि मन्त्री छान्ने काममा पार्टीको संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छलफल तीब्र बनेको छ ।

आइतवार प्रधानमन्त्री देउवाले संसदबाट विश्वासको मत लिएसँगै कांग्रेसभित्र मन्त्री छनोटको विषयले प्राथमिकता पाएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरूसँगको परामर्शमा प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थाल्नुभएको छ । गठबन्धनमा मोटोमोटी मन्त्रालयको संख्या र मन्त्रालयको विषयमा टुंगो लागि सकेको कांग्रेसका एक नेताले बताए ।

माओवादी केन्द्रका दुई जना मन्त्री सहभागी भएसकेका छन भने जनता समाजवादी पार्टी उपेन्द्र यादव समुह सरकारमा सहभागी हुने तयारीमा छ । देउवालाई विश्वासको मत दिने एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समुहलाई पनि सरकारमा सहभागी गराउने चाहना प्रधानमन्त्री देउवाले राख्नुभएको छ ।

पार्टी नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्ने दौडमा लागेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र संशाक कोइरालाको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम पनि करिब टुंगो लागेको स्रोतको दावी छ । स्रोतका अनुसार काठमाडौं १० नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित पूर्व खेलकुद मन्त्री समेत भइसकेका राजन केसीलाई मन्त्री बनाउने सहमति जुटेको छ । पौडेल पक्षबाट, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु,प्रमोद यादव, र, तुजुलाल चौधरी पनि लविङमा लागेका छन् ।

त्यसैगरी नेता कृष्ण प्रसाद सिटौला पक्षबाट गगन थापा पनि सरकारमा सहभागी गराउने तयारी अगाडि बढेको छ । विगतमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको कोटाबाट स्वास्थ्यमन्त्री बनेका थापालाई अहिले फेरि स्वास्थ्य मन्त्री बनाउन गृहकार्य अगाडि बढेको छ ।

No comments:

Post a Comment